Posted by: Ok July 19, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
निरञ्जन थापा कम जन्ड निशानाबाज होइनन् । छ्यालीस सालमा निरंकुशतन्त्रविरोधी विद्रोहको आगो सर्वत्र दन्कियो । जनपिराहा सामन्तशाहीलाई आगो निभाउन धौ-धौ पर्?यो । वंशमार्गी शासनतन्त्रका निधारमा चिटचिट पसिना आए । ओठ-तालु सुके । होस् गुम भएर भाग्नुपर्ने खतरा पैदा भयो । तिनताक यी निरञ्जन थापा गृहमन्त्री थिए । यिनको पालो आफैं हेलिकोप्टरमा सवार भए । अनि गगनविहार गर्दै यिनले गगनबाटै जनताका स्वतन्त्रताप्रेमी छोराछोरीहरूलाई गोलीको निशाना बनाए । तानाशाहीको विश्व-इतिहासमा यो एक अद्भूत कीर्तिमान हो । र नै थापा अहिले पुनः शाही मन्त्री बनाइएका छन् । काका लख काट्छन्, सके यिनको काम-कर्तव्य आकाशमा सवार भई लोकतान्त्रिक आन्दोलनको उत्ताल आवेगको आगो निभाउन माथिबाटै निशाना दाग्नु होला । पञ्चायतमा आर्जन गरेको अकुत अनुभव छँदैछ । उसो त दरबारका निकट नातेदार निक्षशमशेर राणा पनि कम कुशल निशानाबाज होइनन् । भोगिजान्ने युवाहरू भन्छन्, लोकतान्त्रिक आन्दोलन दबाउने एकजना साहसी फिल्डमार्सल यी पनि हुन् । यिनले दमनकर्ममा कहिले आप\mना गण खटाए, कहिले आफैं पाउकष्ट गरे । यिनी असोज १८ अघि नै सडकमा ओर्लिएका थिए । बाह्र-पन्ध्रजना ज्यालादारीहरूको झुन्ड पछि लगाएर लुखुर-लुखुर हिँड्दै यिनी कुर्लिन्थे, 'राजा आऊ, देश बचाऊ !' श्री निक्ष नागरिक हक र लोकतान्त्रिक मूल्य-प्रणालीका घनघोर शत्रु हुन् । यिनलाई मनपर्ने शासन आप\mना पितापुर्खा श्री ३ महाराजहरूकै जस्तो हो । र नै यिनले अहिले आस्था र यत्नको बक्सिस पाएका छन् । मन्त्री नहुँदै त यिनी सडक-सडक निशाना दाग्दै त्यसरी दगुर्थे भने अख्तियारवाला भइसपेछि अब यिनले झनै कमाल गर्लान् । बद्रीप्रसाद मण्डल अलि भिन्न काँटका निशानाबाज हुन् । यिनी रूपसी युवतीहरूमाथि निशाना दाग्छन् । पञ्चायती मन्त्री छँदा वीर अस्पतालमा यिनले गजपले निशाना दागेथे । यो भग-निशाना हो । निशानाबाजहरूमध्ये अतिशय भगमार्गी यी मण्डल नारी जगतका लागि भयकारी सिकारी हुन् । निशानाबाजहरूको झुन्डमा विविधता होस् भन्ने हेतुले होला मण्डललाई पुनः शाही मन्त्रीको पगरी गुथाइएको छ । यो पगरी सहरका रूपसीहरूका लागि खतराको ठूलो घण्टी हो । उसो त दोस्रो काँटका निशानाबाज पनि पहिलो काँटका भन्दा केही कम छैनन् । यी मातृद्रोही निशानाबाज हुन् । जुन आमाको दूध चुसेका थिए त्यही वक्षमा निशाना दागेर यी शाही मन्त्री भए । नवमन्त्री प्रकाश कोइराला नम्बर एक मातृद्रोही हुन् । बाबुको छोरो र छोरीको बाबु हुनु नै यिनको कुल योग्यता हो । शाही मन्त्री बन्न रहर लाग्यो र यिनले बाबु बीपीको नाम र आमा नेपाली कांग्रेसको छविमाथि निशाना दागे । र दगाइवापत यिनले शाही मन्त्री पद बक्सिस थापे । विनोद शाह, सलिममियाँ अन्सारी, छक्कबहादुर लामा, गोल्छे सार्की आदि प्रकाश कोइरालाकै बफादार पथगामीहरू हुन् । सबका सब मातृघातीहरू ! चल्तीको राजनीतिक भाषामा यी भगौडा भनिन्छन् । लाभको लोभले दलबाट भागेर शाही तबेलामा तृण ज्युनार गर्ने दिशातिर यी लागे । क्रमश:
Read Full Discussion Thread for this article