Posted by: Ok August 21, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/Nepal/afailaishodera.php शाही शासनमा ठगी सिरियल -खगेन्द्र संग्रौला अनुभवको कुरूप ऐनामा पढ्दा मलाई शाही शासन सबै कुरामा उल्टो प्रतीत हुन्छ । दिशा यसको उल्टो छ, गति उल्टो र उल्टै मति । प्रचलित तर्कप्रणालीको उल्टो, मानवसभ्यताद्वारा स्थापित मर्यादायुक्त मूल्यप्रणालीको उल्टो । मुखले नरम बोलीमा प्रजातन्त्र भनियो, कामले कठोर निरङ्कुशतन्त्रको नग्न अभ्यास थालियो । मुखले सुशासनका कुरा कथुरियो, व्यवहारले कुशासनको मौलो गाडियो । भ्रष्टाचारी सदाचारी ठहरियो, व्यभिचारी आदर्श पुरुष मानियो । गर्ने नागरिक शासन नै हो भनियो, अघोषित सैनिक शासनको खाँडो जाग्यो । शाही शासनमा अपराधी कञ्चन भयो, व्यभिचारी सज्जनमा गनियो । खिया-पुरुष तरोताजा पुरुषमा पर्?यो, इतिहासको पत्रु पात्रले जीवन्त र गतिमान पात्रको सम्मान पायो । जता हेर्छु, जे पनि उल्टो छ । उल्टाहरूको यो उल्टो शासनमा हालै एउटा ठगी सिरियलको मञ्चन भयो । संयोग अनौठो छ । राजा ज्ञानेन्द्रको सवारी सुनसरीमा भएको थियो । त्यहाँ जाग्रत नेपालीहरूले नचिनेका, नचुनेका र नपत्याएका राजाका एक दर्जनजति कार्यकर्ताहरू भेला गरिए । अनि, राजाले तिनलाई ठिङ्गे लगाएर एक 'राउन्ड' अर्ती दिए । सुन्दा अर्ती औधी राम्रो थियो । तिमीहरू जनताका मर्का बुझ, तिमीहरू जनताको सेवा गर, आदि । ठीक त्यहीबेला यता राजधानीमा शाही शासनकै छत्रछायाँमा ठगी सिरियलको धुमधामका साथ मञ्चन हुँदैथियो । प्रसङ्ग नेपाल टेलिकमको हो । शाही सत्ताद्वारा लामो समयसम्म प्राण हरिएको पि्र-पेड मोबाइल उग्र विरोध र अखण्ड निन्दापछि खोलिने भयो । तर, त्यसमा एउटा नादिरशाही सर्त थोपरिएर आयो । भनियो, फारमवालाको चिनारी एक सरकारी हाकिमद्वारा सदर गरिनुपर्छ । यो ठगी सिरियलभित्रको कुटिल कार्यनीति थियो । थाहा छ, भुक्तभोगी नागरिकका नजरमा हाम्रा भ्रष्ट सरकारी अड्डाहरू धक र दकसका मुहान हुन् । नागरिकलाई झुलाउनु, गलाउनु, लतार्नु र ठग्नु त तिनको सनातन संस्कृति नै हो । जब सरकारी सर्त सुन्यो, त्यो सुनेर सरोकारवाला नागरिक गलित भयो । कुन सरकारी हाकिमबाट आप\mनो चिनारी सदर गराउनु ? निज भीआईपीकहाँ त्यतिमाथि कुन माध्यमले पुग्नु ? आप\mनै पहुँच वा सोर्स-फोर्स हुने केही थोरै भाग्यमानीहरू त पुग्लान् नै । जुन अभागीको त्यो छैन, उसले के गर्नु ? ससाना र निमुखा नागरिकहरूसामु यसरी अनेकन विकराल प्रश्नहरूले मुख बाए । क्रमशः
Read Full Discussion Thread for this article