shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 185077 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 02-04-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो । तर बिज्ञहरुलाई एउटा प्रश्न:

दक्षिण एसियाली भाषाहरु मध्य के कुनै एक भाषा अर्को भन्दा गजलको लागि बढी उपयुक्त छ ? अर्को शब्दमा, उर्दु र नेपाली शब्दाबलीको समान ज्ञान भएको एक गजलकार लाई के नेपालीमा भन्दा उर्दुमा गजल स्वत:स्फुर्त हुन्छ ?
 
Posted on 02-04-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष जी,
वाह !वाह!
 
Posted on 02-04-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले बहुलट्ठीदै बुटको तलुवा चाट्यो
कहिले हिड्दै गरेको खुट्टा मर्कायो सडकले!


नि:शब्द ! गुरु।

आजकाल मन्द बिषलाई भन्दा तर्वारको अचुक प्रहारलाई बढी महत्व दिन थालेको छ मेरो
सोँचाइले।

:-)
-भउते
 
Posted on 02-04-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

एकदम थर्काउने गजल गयो यसपाली । गज्जबको छ ।

**** *** *** ***

प्रतिध्वनी (Echoes) ज्यू,

न्युन-अक्षरे शब्दहरु र एकानुप्रासयुक्त (mono-rhyming) शब्दहरुको प्रचुरता शायरीमा चाहिने संक्षिप्तता र तुकबन्दीको लागि ज्यादै आवश्यक हुन्छन् । हिन्दी-उर्दु भाषा यस मामलामा समृद्ध छन् र त्यसैले गजलको लागि अति मैत्री ।

हिन्दी-उर्दुको तुलनामा नेपाली भाषामा एक अक्षरे र एकानुप्रासयुक्त शब्दहरु साह्रै कम छन् । त्यसैले नेपाली गजलको काफियाबन्दीमा अतिरिक्त उदारताको पक्षमा छु म ।

काफियाबन्दीमा निम्न उदारताहरुको पक्षमा छु म,

१) ट-वर्ग र त-वर्गको अक्षरलाई एउटै वर्गको मान्ने,
२) श, ष र स मा भेद नगर्ने
३) अनुस्वारयुक्त र अनुस्वारविहिन अक्षरमा भेद नगर्ने

भनिरहन पर्दैन, माथिका अलग अक्षरहरुमा स्वरात्मक भिन्नता ज्यादै ठूलो छैन, त्यसैले वाचन/गायन हुँदा तिनको तुकबन्दी खल्दैन । अलिकति खले पनि सर्वस्विकृत भईसके पछि खल्ने कुरा आउदैन ।

न्युन-अक्षरे शब्दहरुको अभावको क्षतिपुर्ति खाँदिएको अनौपचारिक शब्द (contracted informal words) बाट गर्न सकिन्छ । जस्तै: पनि= 'नि, थियो= थ्यो', भनिरहेको छु= भनिरा' छु, आदि ।

यस्ता उदारता बेगर नेपाली गजल हिन्दी-उर्दु भाषाको समकक्षमा फस्टाउन नसक्ने निश्चित छ ।

तर कति भने पहिले यसबारे एउटा औपचारिक समझदारी-सम्झौता हुनुप-यो । प्रज्ञा प्रतिष्ठान वा कुनै लेखक प्रतिष्ठानले त्यसको पहल गरे हुन्थ्यो ।

*** *** ***


बङ्गाली, शिंहाली र जोङ्खा भाषा संभवत: नेपाली जस्तै अनुप्रासविपन्न होलान् भन्ने ठान्छु । तर यो अनुमान मात्रै हो है । त्यसैले उर्दु जतिको गजल मैत्री भाषा होओईनन् भन्ने ठान्छु दक्षिण एशियामा । कोही भाषाविज्ञहरु ?
___
 
Posted on 02-04-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु!
नि:शब्द!
यस्तो गजललाई ढलान गर्ने कुरा गर्नुभयो मलाइ त अहिले नै परिपक्व लाग्छ! :):)

मलाइ पनि लहड चलेको चल्यै छ। एउटा टाँस्दै छु है त? अलि बेहर नमिलेको जस्तो लागिरहेको छ गुरुहरुको केहि सुझाव?


गजल


“अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु
बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु।

बाली खाने साहुको, मलामी तयार छन्
बन्दकिमा रहेको, खेत छुटाउन खोज्दै छु!

बाढिले धेरै लग्यो, मेरो आफ्नो घरबारी
बाँध बाँधि खोलो, उल्टो बगाउन खोज्दै छु!

‘नरबलि’ मेरो भाईको, दिन्न अब पुजारिले
मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु!

कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन!
काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु!

 
Posted on 02-04-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजु,

ज्यादै ज्ञानमुलक (englightening) ।

धन्यवाद ।

थप (follow up) जिज्ञासा के छ भने समकालीन उर्दुमा गजल बिधा (genre) को योगदान कुन हद्सम्म छ ? गजलका प्राविधिक आबस्यकताहरुले भाषाको बिकासक्रम (evolution) मा कत्तिको प्रभाब पारेका छन् ?

पुरातनबादी भाषाबिद्हरुले आपत्ति मान्नसक्ने बिषय भएको हुनाले अन्य भाषामा त्यस्ता प्रभाबका उल्लेखनिय उदाहरणहरु भए थप (additional!) बल पुग्ने थियो होला ।

बिश्वास नलाग्न सक्छ, यति लेख्नको लागि आबस्यक शब्दहरु सोच्न आधा घण्टा लाग्यो । :-( नेपाली औपचारिक (formal) शब्दज्ञान बढाउन बिशेष के गर्न सकिएला!!!
 
Posted on 02-05-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईकोजजी,

उर्दु साहित्यको वर्तमान अवस्था र विविधता बारे अनभिज्ञ छु । तर फाट्टफुट्ट सुनेको सन्दर्भको आधारमा के भन्न सक्छु भने पुरानो जमानामा गजल नै उर्दु कविताको पर्यायवाची शब्द (synonym) थियो भने आधुनिक कालमा पनि गजल पद्यको सबभन्दा प्रचलित विधा रहेको छ । गजल बाहेक परम्परागत नज्म (सबै प्रकारको गीत), रुबाई (मुक्तक) र अपरम्परागत गद्य-कविता पनि प्रचलित हुँदैछन् ।

गद्यको हकमा पुरानो समयमा 'दासता' (उपन्यास निकट) र 'अफसाना' (छोटा कथा) प्रचलित थिए रे । अब अहिले समयको आवश्यकता अनुसार सबै प्रकारको विधा र विविधता होलान् नै ।

जहाँसम्म गजलका कठोर नियमहरु कविताकै विकासमा वाधा पुगेका होलान् कि नहोलान् भन्ने जिज्ञासा छ, त्यसको उत्तर त संभवत: गालिबले नै जमानामा दिईसकेका थिए । उनले एक पटक भनेछन्- शायरी उनका सबै भावनाहरु पोख्नको निम्ति पर्याप्त छैन । उनले त्यसो भने तापनि उनले शायरी बाहेक अन्य विधामा हात भने हालेनन् । किन हालेनन्, दैव जानुन् । संभवत: वफादारीको मामला थियो, या परिचयको ।

मलाई पर्याप्त छैन, तर म पर्याप्त छु
म पर्याप्त छु, त्यसैले म व्याप्त छु

यो गालिबको शेर होईन । तर उनले यस्तै सोचेर शायरीमै सिमित रहने निर्णय गरे हुनन् भन्छु ।
____
 
Posted on 02-05-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईकोजजी,

नेपाली भाषाको शब्द भण्डार विस्तृत गर्न त नेपाली साहित्य अध्ययन गर्ने बाहेक के सल्लाह राम्रो हुन सक्छ र ? ईश्वरवल्लभ र अभि सुवेदी जस्ता कुमारी (virgin) शब्दहरु प्रति विशेष अनुराग भएका लेखकहरुलाई नियमित पढ्नुहोस् ।

संस्कृतबाट अंग्रेजी अनुवादको आवश्यकता परे Monier Williams Sanskrit English dictionary यहाँ छ,
- http://www.ibiblio.org/sripedia/ebooks/mw/

अंग्रेजीको संस्कृतमा गर्न परे,

- http://webapps.uni-koeln.de/tamil/

आशा छ, यिनलाई सहयोगी पाउनुहुनेछ ।
 
Posted on 02-05-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजु, धेरै धन्यवाद । नेपाल बाट केही पुस्तकहरु झिकाउने प्रयास गर्दैछु । यहाँले उल्लेख गर्नुभएका लेखकहरुलाई अबश्य समाबेस गर्नेछु ।
 
Posted on 02-05-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईकोजजी,

खुशि लाग्यो सुनेर । सुखद पठन !

***** ***** ***** *****

बिर्खेजी,

हो, बेहर मिलाउन बाँकी छ । तर काफिया भने पूर्ण छ ।

र बडा समसामयिक र सटिक सन्देशहरु । वास्तवमा हामी यस्तो भीमकाय र गहन द्वन्दबाट गुज्रिरहेका छौं, त्यसबाहेक अन्य कुरामा कलम चलाउँदा पनि अपराधबोध हुन्छ ।

एउटा छुद्र भाषिक संसोधनको सुझाव,

बाँध बाँधि खोलो, उल्टो बगाउन खोज्दै छु!

'उल्टो' अलि खट्कन्छ । त्यसलाई 'सुल्टो' बनाउँदा कसो होला ? यसरी,

उल्टो बाढीले लग्यो, मेरो आफ्नो घरबारी
बाँध बाँधी खोलो, सुल्टो बगाउन खोज्दै छु!

__
 
Posted on 02-05-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद भउते, नेपे, ईको, गुरुबा, बिर्खे

मलाई त साझामा गजलप्रेमीहरुको बढ्दै गा’को जमात् देखेर दङ्ग लागेको छ !
हुन त अहिले नेपालमा गजलको बाढी आ’को छ रे !
कबितामा जस्तै competition छ रे गजलमा !
२०६० साल सम्ममा ८ दर्जन भन्दा बढि गजल संग्रह प्रकाशित भए रे !
गजलमा कलम चलाउनेको संख्या हजार नाघी सक्यो रे !
गजल पहिले जस्तो नबुझिने र प्रेममा मात्र आधारित नहुदा demand बढेको छ रे !

बिर्खे
तपाईलाई चलेको लहड ले म दङग छु !
काफीयालाई गजलको मुटु भन्दा रहेछन् जानीफकारहरु । तपाईको काफीया प्रयोगमा EKG त के stethoscope पनि नपर्ने छ ! बेहर शिल्प भनिदो रहेछ । कसैलाई प्राक्रितिक रुपले आउला कसैलाई मिहेनत गर्नु पर्ला मलाई जस्तै । शास्त्रीय गजलको चिन्ता नगरम् अहिले । त्यसो त हाल नेपाली गजलको सम्सारमा स्बनिर्मीत गजलको प्रचलन हुंदा शास्त्रीय शास्त्रीय भनेर कराउनेहरुको कुरा थन्किएको छ रे ! Writing is an art not a chance, as those move easiest who knows how to dance. समयले त्यो पनि सम्पूर्ण बनाउला !
भाब: नेपाली जन जीबन सचित्र बर्णन छ तपाईको गजलमा ! गजल पढ्दै जांदा जे होस् चित्रहरु मानसपटलमा बन्दै गा’का थिए आफ से आफ !

एउटा preview, Valentine Day सम्ममा सकाउने बिचार छ !

गन्हाउने गल्लीबाट गुज्रेको देखे सबैले
अबको ठेगाना सोधे तिम्रो दिल देखाउं

नरम अनुभुति दिन सकिन्छ कसरी ?
सर्बाङ्ग साटी आफैलाई छोएर सिकाउं !

(अरु नै थियो शब्दहरु: नेपे गुरुलाई मुसुमुसु नहसांउ भनेर बदलें)

Gautam jee
I think you will begin to appreciate Ghazals more as you face difficulties in writing one.
 
Posted on 02-05-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलका बारेको यति राम्रो छलफलका लागि गुरुहरुलाई धन्यवाद।

बिर्खेजी, दामी गजल लेख्नु भयो। गजलको भावले मुटु छोयो।
 
Posted on 02-05-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजू,
धन्यवाद् comment को लागि। मलाइ पनि तपाईँले औँल्याउनु भएको शेर अलि मनमा खट्की राखेको थियो २ वटा कुराले-
१) खोलो उल्टो बगाऊनुको अर्थ विपरीत पनि लाग्न सक्छ।
२) 'बाँध बाँधि' भन्दाखेरि 'बाँधि बाँधि' जस्तो सुनियो। कि बाँधी दिर्घ हुनु पर्ने हो???।

तपाईँको सुझाव मन पर्यो म त्यहि शेर राखेर यसलाई मिलाउँछु।


शिरीष गुरु, Thank you!
खै बेहर मिलाउने मेरो बसमा छैन जस्तो छ!
एउटा प्रश्न गरौँ गुरुलाई भनेर, कुनै शेरमा मैले माथिको गजलमा राखेको जस्तो
कसैले भनेको कुरा (" ") संकेत दिएर लेख्न मिल्छ कि मिल्दैन?
(उदाहरण “अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु )

गौतम गुरु, धन्यवाद्!
गुरुहरुको सिको गर्दैछु :)
 
Posted on 02-05-06 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे-जीले यता आएर धमाका फोरेको हो रे'छ नि त।

“अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु
बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु।


कस्तो मनै भारी भएर आयो।
:-(
-भउते
 
Posted on 02-05-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत! लाजै लाग्यो
दीर्घ को spelling नै ह्र्स्व लेखेछु :):)
 
Posted on 02-05-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भौते गुरुले लेखेको नदेखिराको मैले त, ह्र्स्व दीर्घमा हराइरहेको थिएँ!
:)
 
Posted on 02-06-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि व्याकरणको, खास गरेर ह्रस्व-दीर्घको मामलामा, खत्तम छु । फेरि वाक्य-विन्यासमा पनि अंग्रेजीको प्रशस्त नक्कल हुन जान्छ ।

'भाषा विकास परियोजना' मा कार्यरत केदार शर्माजी साझाका आक्कल झुक्कल आउनुहुने भए तापनि साझाको एक योग्य भाषाविद् एवं श्रोतसम्पन्न व्यक्ति हुनुहुन्छ ।

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=2&threadid=17982&start=21

वहाँलाई साझामा पनि एक 'भाषा सहयोगी परियोजना' शुरु गर्न सादर निवेदन गर्ने हो कि ?

___
 
Posted on 02-07-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe wrote
कसैले भनेको कुरा (" ") संकेत दिएर लेख्न मिल्छ कि मिल्दैन?

I don't know.

I did a little observation and most of the ghazals do not even use any commas or exclamation or question marks (even though they sound like questions) except । at the end. However here are some examples of use of quotation marks.

गाली खाने "नेता" पद हैन, शुद्ध शक्ति पाए हुन्थ्यो,
स्वच्छ विचार राख्नेको त जनता सीधै गला रेट्छन् ।

मित्र (गजल) - होमनाथ सुवेदी
(www.hknepal.com)

अनुभूती साँच्न त मन चाहिन्छ
मुटुमा कति कति "कोलाज" थियो

- ईश्बरि कार्कि
टुक्रा टुक्रा आकाश
पेज १४

With the changes from the traditional formats, I think, there should be no problem.
 
Posted on 02-07-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजू, गौतम जीले भनेको जस्तो एउटा धागो सुरू गर्नै पर्ने भयो अब। तपाइँले देखाउनु भएको धागोजस्तै एउटा अर्को सुरू गरेर केहि कुराहरु राखौँ, वहाँको नजर परिहाल्छ कि?

धन्यवाद् शिरीष गुरु!
भनेपछि quotation प्रयोग गर्ने त्यति चलन रहेनछ तर नियम अलि ऊदार हुँदै गएको पनि रहेछ।
 
Posted on 02-08-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्प्यूटरमा चार पांच वटा ओथारो नपुगेर चल्ला
नकोरेलेका अण्डाहरु मध्ये एउटा यो पनि हो !
आनाटोमी डिभेलप गर्दैछु !




बिहानीको सङकेत दिने भाले बास्नै छाड्यो !
घरतिरको खबर सोध्ने मन लाग्नै छाड्यो !

मन्दिरकै परिसरमा फूल ओईलाए
भगबानको निम्ति माला गास्नै छाड्यो !

ज्यान बचाउन गांस ननिल्दै लुक्नु पर्छ
थाक-का-थाक जुठा भांडाहरु माझ्नै छाड्यो !

मान्छेले परिबर्तन जङ्गलमा खोजे पछि
ईन्द्रेणी देखेर मयूरहरु नाच्नै छाड्यो !

शक्ती बटुल्न ओरालो लाग्यो खहरे अरु !
माटो किन नबगोस् ? भीरले धान्नै छाड्यो !

बाटो बन्द नगर्नु बरु आकाशमा गोली
जहां लगा’नि भा’छ बन्दूकले ताक्नै छाड्यो !

कामै लाग्नु पर्छ सदिच्छा मात्रले पुगेन
पर्दा त के? मर्दा पनि छिमेकीले डाक्नै छाड्यो !

भुत्तो हतियारको प्रहार मीठो निर्दयीलाई
तिखारिकन खुकुरी, धारले हान्नै छाड्यो !

बिहानीको सङकेत दिने भाले बास्नै छाड्यो !
घरतिरको खबर सोध्ने मन लाग्नै छाड्यो !

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters