Posted by: Nepe February 4, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष, एकदम थर्काउने गजल गयो यसपाली । गज्जबको छ । **** *** *** *** प्रतिध्वनी (Echoes) ज्यू, न्युन-अक्षरे शब्दहरु र एकानुप्रासयुक्त (mono-rhyming) शब्दहरुको प्रचुरता शायरीमा चाहिने संक्षिप्तता र तुकबन्दीको लागि ज्यादै आवश्यक हुन्छन् । हिन्दी-उर्दु भाषा यस मामलामा समृद्ध छन् र त्यसैले गजलको लागि अति मैत्री । हिन्दी-उर्दुको तुलनामा नेपाली भाषामा एक अक्षरे र एकानुप्रासयुक्त शब्दहरु साह्रै कम छन् । त्यसैले नेपाली गजलको काफियाबन्दीमा अतिरिक्त उदारताको पक्षमा छु म । काफियाबन्दीमा निम्न उदारताहरुको पक्षमा छु म, १) ट-वर्ग र त-वर्गको अक्षरलाई एउटै वर्गको मान्ने, २) श, ष र स मा भेद नगर्ने ३) अनुस्वारयुक्त र अनुस्वारविहिन अक्षरमा भेद नगर्ने भनिरहन पर्दैन, माथिका अलग अक्षरहरुमा स्वरात्मक भिन्नता ज्यादै ठूलो छैन, त्यसैले वाचन/गायन हुँदा तिनको तुकबन्दी खल्दैन । अलिकति खले पनि सर्वस्विकृत भईसके पछि खल्ने कुरा आउदैन । न्युन-अक्षरे शब्दहरुको अभावको क्षतिपुर्ति खाँदिएको अनौपचारिक शब्द (contracted informal words) बाट गर्न सकिन्छ । जस्तै: पनि= 'नि, थियो= थ्यो', भनिरहेको छु= भनिरा' छु, आदि । यस्ता उदारता बेगर नेपाली गजल हिन्दी-उर्दु भाषाको समकक्षमा फस्टाउन नसक्ने निश्चित छ । तर कति भने पहिले यसबारे एउटा औपचारिक समझदारी-सम्झौता हुनुप-यो । प्रज्ञा प्रतिष्ठान वा कुनै लेखक प्रतिष्ठानले त्यसको पहल गरे हुन्थ्यो । *** *** *** बङ्गाली, शिंहाली र जोङ्खा भाषा संभवत: नेपाली जस्तै अनुप्रासविपन्न होलान् भन्ने ठान्छु । तर यो अनुमान मात्रै हो है । त्यसैले उर्दु जतिको गजल मैत्री भाषा होओईनन् भन्ने ठान्छु दक्षिण एशियामा । कोही भाषाविज्ञहरु ? ___
Read Full Discussion Thread for this article