[VIEWED 183621
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-19-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-06 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा कुरा गर्न मन लाग्यो मलाइ। केहि लेख्ने रहर हुन्छ मलाइ पनि त्यसैले राम्रो नराम्रो, तरिका मिले नमिलेको केहि नसोची खिस्रिक्क लेखिदिन्छु म। यहि शिलशिलामा गजलले मन तान्यो र लेखौँ न त भन्दै कोरेँ एउटा दुइटा गजल पनि। तर खै किन हो जति जति शिरिष गुरुको यो धागो हेर्छु त्यति त्यति झन झन गारो र असाध्य लाग्दै जान्छ मलाइ यो गजल लेखन। तर पनि अध्ययन मा छु भन्न पर्यो। धेरै धेरै धन्यवाद् गजल लेखनको यो धागोको लागि!! ल गुरुहरु लेख्दै जाउँ म सिक्दै छु! :)
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतम गुरु तपाईको अन्ताक्षरी "त्तिन्छु" बाहेक मात्तिन्छु रत्तिन्छु आत्तिन्छु झु्त्तिन्छु यिन मा पनि अनुप्राश मिले सुनमा सुगन्ध हुनथ्यो तपाईको भाब त खतरआ छ ! र (अ) त्तिन्छु रि (इ ) त्तिन्छु आ (आ) त्तिन्छु झु् (उ) त्तिन्छु बिर्खे टासम गजल् हामी सबे सिकारु त हम नि I could not type properly in this romanized thingy that San has recently put.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-06 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले एक अक्षरे अन्ताक्षरको पुनरावृत्ति हुने काफिया देखेको छु उर्दु गजलमा । तर गौतमजीको गजलमा भने दुई अक्षरे अन्ताक्षरको पुनरावृत्ति भएको छ । यस्तो काफिया मैले देखिनसकेको हुनाले म यस्सै भन्न सक्तिन । तर मलाई धेरै आसा छ, यस्तो काफिया मान्य हुन्छ । शिरीषले कतै सन्दर्भ सामाग्री भेटिहाल्छन् कि, आधिकारिक पुष्टिको निम्ती । *** *** *** *** तिम्रो नाम छ-साकार छु झिक्न नखोज रित्तिन्छु म सहेको छु नरक, तर तिमी नबोल्दा आत्तिन्छु म आह, प्रेमीको उपाव्याध (vulnerability) ! __
|
|
|
ladyinred
Please log in to subscribe to ladyinred's postings.
Posted on 01-31-06 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Name aru ko dil bata jhikna milcha ra?
|
|
|
confusedd
Please log in to subscribe to confusedd's postings.
Posted on 01-31-06 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
spyboy bro ko chai ramro lagyo.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-06 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमजी लेख्नुहुन्छ: कस्का लगि लेख्ने भन्ने कुरामा मेरो विचार राख्न मन लाग्यो। मलाई त सकेसम्म सरल भाषामा सकेसम्म सबैले बुझ्ने गरी लेख्नु पर्छ जस्तो लाग्छ। लेखनको सौन्दर्यने त्यहि हो जस्तो लाग्छ मलाई। फेरि सरल लेख्दैमा स्तरीयता नहुने भन्ने कुरा पनि भएन। डा. हरिराज भट्टराई (त्रि. वि. का पूर्व प्राध्यापक) ले अमेरिकावासी नेपाली कविहरुको समकालिन कविताहरुको एक संकलन सम्पादन गर्नु भएको छ । (यो अहिले मुद्रण भईरहेको छ र शिघ्र प्रकाशन हुँदैछ ) । यसमा कविता विधा बारे मेरो एक दुई शब्द पनि परेका छन् भन्ने सुनेको छु, सम्पादक महोदयबाट । आफु कविमा दरिए पनि आधुनिक कविताको बदख्वाँई गरेको छु मैले त्यहाँ । आधुनिक कविताले आम पाठकसंग संवाद गर्ने भाषा भेटिनसकेको दावी गरेको छु मैले र त्यसको प्रमाणको रुपमा चाहिं अहिले सम्म सर्वाधिक बिक्री हुने (best-seller) विधाहरु गैर-कविता नै भएको तथ्यलाई पेश गरेको छु । अर्को महत्वपूर्ण दावी के गरेको छु भने कविताको अलोकप्रियता विधागत कारणले भएको होईन । यसको पुष्टिको लागि मैले गीतहरुको लोकप्रियता र व्यावसायिक सफलताहरुलाई अघि सारेको छु । गीतहरुको लोकप्रियता र कविताहरुको अलोकप्रियताबाट सिक्नुपर्ने धेरै कुराहरु छन् समकालिन आधुनिक कविहरुले भन्ने मलाई लाग्छ । क्लिष्टता/सरलता, तरलता/सन्देश, भद्दापन/मितव्ययिता आदि पक्षहरु त्यसमा आउछन् जस्तो लाग्छ मलाई । त्यसैले गौतमजी र म समविचारका रहेछौं भन्नपरो ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepe wrote शिरीषले कतै सन्दर्भ सामाग्री भेटिहाल्छन् कि, आधिकारिक पुष्टिको निम्ती । भन्छ्यौ मायाले मात्तिन्छु म, तिम्रो गालीमै रत्तिन्छु म! तिम्रो नाम छ-साकार छु झिक्न नखोज रित्तिन्छु म सहेको छु नरक, तर तिमी नबोल्दा आत्तिन्छु म झूठकै होस्, बत्ती त बाल पुतली जस्तै झु्त्तिन्छु म Nepe guru Can you please tell me which/what is radif and which is kaafia first in Gautam's ghazal ? Can you please post those kind of urdu ghazal and make our lives easier with kaafia ! I felt this can be an excellent song.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-31-06 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shirish, I probably should correct myself. To be honest, I am not sure about the formal definition of "Qafiya" and "Radif". "Radif" is referred to when additional word/s follow/s the "Qafiya" word. However, somewhere, I have read somebody defining all the "common letters" (including the part of the "qafiya") as the "radif". In that case, Gautma's ghazal is qafiya-less. "त्तिन्छु म" is radif. Earlier I was assuming "त्तिन्छु" as qafiya and "म" as radif. In any case, I have seen this kind of अनुप्रास-विधान । I will try to find some examples. Give me some time. Regardless, I will admit that मेरो ज्ञान अपूर्ण छ । नेपाली गजलकारहरुले एउटा वृहद सम्मेलन डाकी नेपाली गजलको नियम निरुपण गर्नु पर्ने जरुरी भईसकेको छ जस्तो लाग्छ मलाई । त्यस्तो प्रयास भईसकेको पो छ कि ?
|
|
|
Hunk_in_Grave
Please log in to subscribe to Hunk_in_Grave's postings.
Posted on 01-31-06 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am a complete novice in this field, however a casual listener/reader of ghazals, but not aware of the literature of ghazal writing. First off a very trivial question tor the experts. Is there any difference between sher and ghazal. As far as I know, ghazal is a collection of number of shers that makes it more like a song. Please correct me if I am wrong. Secondly, how is a ghazal different from a poem? My guess is that a poem is more flexible in a sense that it does not necessarily have to be in accordance with the rules that a ghazal writer needs to obey while writing a ghazal. Again correct me if I am wrong. Just curious.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 6:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु तपाईको पोष्टिङ पछि त मैले सानो तिनो रिसर्च नै गरें ! सर्सति हेर्दा यदि शब्दहरु दोहरिन्छन् भने ति शब्द अगाडीको अक्षरलाई अनुप्राश गरिने रहेछ ! आंशीक, एकाक्षेरे या पूर्ण जे भए पनि तर पूर्ण गेयात्मक हिसाबले सही मानिदो रहेछ ! ललीजन राबल (भुमिकामा रारा जले पछि) गजलमा काफीया प्रयोगमा बिशेष ध्यान पुर्याउनु आबश्यक छ किनभने काफीयाले नै गजललाई गीतबाट पृथक बनाउछ ! मतलामा भोट खोट काफीया प्रयोग भएमा अन्य शेरहरुमा ओकार पछि ट बर्णलाई कायम राख्न सक्नु पर्छ ! ….......ध्वनी वा उच्चारणसंग सम्बन्धित कुराहरुको ख्याल काफीया प्रयोगका सन्दर्भ हुनै पर्छ ! गजल संरचनाको द्रष्टिकोणले गजल पढ्दा सर्बप्रथम रदीफ, काफीयाको प्रसड्ग ऊठाउनु पर्ने हुन्छ ! रदिफ-काफियाको सुन्दर प्रयोग को एउटा बान्की हेरौं हिडेको हो धुन ने त्यो टा टो देखेपछि सबै फर्के आगोको त्यो बा टो देखेपछि सम्झनामा दुखेन कि परदेशी छाती सपनीमा घरको त्यो मा टो देखे पछि - बुध्दी सागर चपाईं (रारा जले पछि) अरु उदाहरण पुन प्रयोग भएका शब्दहरु अगाडीको स्बरमा आउने अनुप्राशको राती रुने सल्लाको त्यो बो टले सतायो थाहै नदिइ पुरानो या दले सतायो -बुध्दी सागर चपाईं (रारा जले पछि) आशीक काफिया स म्झ ने पनि हजार भेटें बि र्सने पनि हजार भेटें हिरा बनेर कांच जस्तै च र्कने पनि हजार भेटें चाकडीका शब्द घोली भ जन नगर अब चाप्लुसीका गीत गाउने च लन नगर अब घृणा कसैले गरेर को भो ? आंखा कसैले तरेर के भो ? - रबि प्रान्जल (उहि बाढी उही भेल) बहेको छ हाबा न जान्ने म मात्रै यी देबी बडा रे न मान्ने म मात्रै तिमीले भुलेको म प्रेमी पुरानो बुढो झैं फुलेको म प्रेमी पुरानो - निर्मल ढुङ्गाना (दिन हराएको दिन) गौतमजी अन्यथा नसम्झनु होला ! Honk in the grave there is a very good illustration by Nepe. I will find and email to you.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 6:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै पछि आज एउटा कलिलो घाम पाएको छु कति हण्डर ठक्कर खांदै तिमीसम्म आएको छु
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-31-06 7:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरुहरुलाई धेरै धेरै धन्यवाद। अनि शिरिष गुरु, अन्यथा मान्ने त कुरै भएन नि! मिल्छ कि मिल्दैन भन्ने थाहा नभएरै गुरुहरुसंग सोधेको हुँ। ladyinredजी, नाम झिक्नु भनेर साथ छोड्ने कुरालाई जताउन खोजेको हुँ।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 01-31-06 7:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यै नलेखे पनि म शिरिष जी र गौतम जीको यो गजल सहयात्राको नियमित पाठक हो है। सबै गजल सारै मन परिराखेका छन। जतिखेर नि "वाह वाह" मात्र गरिराख्दा नि चाकडी- चाप्लुसी गरे जस्तो देखिनी के। शिरिष जी को लगाव देखेर कहिले काहीँ त सबै काम छोडी गजल-लेखनमै हाम्फालुँ जस्तो हुन्छ। लेख्न बस्यो क्यै फुर्दैन। यो लेख्ने काम हलो जोते जस्तो मेलो सक्काम भनेर नहुने र'छ। अझ सोचाइमा बिर्को लागे पछि त झन नहुनी। मेरो त बिर्कोमा खिया पनि लागे जस्तो छ। :-) :-) -भउते
|
|
|
ladyinred
Please log in to subscribe to ladyinred's postings.
Posted on 02-01-06 4:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्झ ने पनि हजार भेटें बिर्सने पनि हजार भेटें हिरा बनेर कांच जस्तै चर्कने पनि हजार भेटें चाकडीका शब्द घोली भजन नगर अब चाप्लुसीका गीत गाउने चलन नगर अब घृणा कसैले गरेर को भो ? आंखा कसैले तरेर के भो ? - रबि प्रान्जल (उहि बाढी उही भेल) ---------------------------------------------------------------------------------------------------------- Cool...I like this... :)
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-01-06 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, गौतम, ल मैले फेला पारें एउटा नियमित काफियाविहिन गजलको नमुना: 'जिगर' श्योपुरी गजल अब समझने लग गये खुद से जुदा दुनिया को हम कह न दें गबराके आखिर अलविदा दुनिया को हम हो जो ख्वाहिशमन्द जीने का वही पुजे इसे ना कभि माना, ना मानेंगे खुदा दुनिया को हम अब हमे नंगा नजर आने लगा हर एक शख्स कल तलक समझा किये तन की रिदा दुनिया को हम (रिदा = cover) ये जहाँ देता रहे दुनिया को इक मेले का नाम मानते हैं हम फकत राहे-खुदा दुनिया को हम जब तलक जिन्दा रहे दुनिया ने ठुकराया मगर वक्ते-आखिर कर चले खुद पर फिदा दुनिया को हम दो घडी मिल बैठ कर पी और उठ कर चल दिये ऐ 'जिगर' बस मानते है मयकदा दुनिया को हम ___
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-02-06 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank you Nepe I need one more thing: The proof that particular posting is a or variation of ghazal. It will make every body's life easier.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-03-06 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, यस्तो खालको काफियाबन्दी एकदमै विरल देखिने हुनाले, यसलाई त्यसै अनुसार बुझ्नु र प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । तैपनि आधिकारिक जानकारी पाए हुन्थ्यो भन्ने छ मलाई ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-03-06 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसरी गजल लेख्न सकिने रहेछ भने धेरै सजिलो हुन्थ्यो होला! माथिको मेरो एउटा गजल (गोतामेको गजल -११) लेख्ने बेला धेरै कनेर सोच्दा पनि 'आत्तिनु' र 'मात्तिनु' संग पूरै अनुप्राश मिल्ने शब्दहरु भेटिंन। एउटा 'पात्तिनु' छ, तर अलि फरक प्रसंग भएकोले प्रयोग भएन। फेरि कहिलेकाहिँ मनमा उठेका केहि भावनाहरुलाई गजलकै रुप दिऊँ भन्ने लाग्छ। माथिको गजलमा मैले जुन भाव राख्न खोजें, त्यो भाव मेरा लागि अत्यन्त प्रिय छ; कसै गरे पनि यसलाई मुक्तक बनाउन मन लाग्दैन। राम्रो गीत बन्छ भन्नु भएको छ शिरिष गुरुले। अब त्यतातिर झन केहि पनि थाहा छैन। आजसम्म एउटा गीत पनि लेखेको छैन।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-03-06 9:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शब्द समुह एकै जस्तो सुनिने तर काफियामा rhyme नगर्ने नेपाली गजल भेटें ! - बिजय सुब्बा (बिजय सुब्बा का गीत र गजलहरु पेज ६४) ढोगी रहें सत्य मानी अझै सम्मान पुगेन कसो गर्दा हुने हो कि क्या अनुमान पुगेन अन्जानमा हातले नै छुन नपरोस् भनेर समाचारमा सबै थियो अझै सामान पुगेन ? तिमीलाई नहेर्नू नि महाभूल पो भएछ कसै गर्दा पनि अब यहांको मान पुगेन माटो थाप्दा धृणा थाप्छु निकै जलेर बस्या छु यति थुक्दा पनि अझै के अपमान पुगेन ? तेर्हथुम २०५० कार्तिक गौतमजी क्षमा प्रार्थी छु ! यस्ता पनि गजलका रुप हुन्छन् भन्ने प्रमाण पाए क्या हुन्थ्यो !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-04-06 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन देखि दिमागमा खाका बनाउदै थिएं आज reinforcement बनाए र कुनै दिन ढलान गर्नु पर्ला ! बिद्रोहीको संसर्गमा सत्ता थर्कायो सडकले आज तिनकै बिरुद्द नारा चर्कायो सडकले! कहिले बहुलट्ठीदै बुटको तलुवा चाट्यो कहिले हिड्दै गरेको खुट्टा मर्कायो सडकले! अघिल्तिर हिड्नेको आंखामा कालो पट्टी बांधेर हूललाई फेरि गुफामै फर्कायो सडकले ! प्रेम प्रेमीको खरीद बिक्री हुंदा हर पल आफ्नो नाफामा अरुको भाबना लर्कायो सडकले!
|
|