Posted by: shirish February 3, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शब्द समुह एकै जस्तो सुनिने तर काफियामा rhyme नगर्ने नेपाली गजल भेटें ! - बिजय सुब्बा (बिजय सुब्बा का गीत र गजलहरु पेज ६४) ढोगी रहें सत्य मानी अझै सम्मान पुगेन कसो गर्दा हुने हो कि क्या अनुमान पुगेन अन्जानमा हातले नै छुन नपरोस् भनेर समाचारमा सबै थियो अझै सामान पुगेन ? तिमीलाई नहेर्नू नि महाभूल पो भएछ कसै गर्दा पनि अब यहांको मान पुगेन माटो थाप्दा धृणा थाप्छु निकै जलेर बस्या छु यति थुक्दा पनि अझै के अपमान पुगेन ? तेर्हथुम २०५० कार्तिक गौतमजी क्षमा प्रार्थी छु ! यस्ता पनि गजलका रुप हुन्छन् भन्ने प्रमाण पाए क्या हुन्थ्यो !
Read Full Discussion Thread for this article