Posted by: Gautam B. February 3, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यसरी गजल लेख्न सकिने रहेछ भने धेरै सजिलो हुन्थ्यो होला! माथिको मेरो एउटा गजल (गोतामेको गजल -११) लेख्ने बेला धेरै कनेर सोच्दा पनि 'आत्तिनु' र 'मात्तिनु' संग पूरै अनुप्राश मिल्ने शब्दहरु भेटिंन। एउटा 'पात्तिनु' छ, तर अलि फरक प्रसंग भएकोले प्रयोग भएन। फेरि कहिलेकाहिँ मनमा उठेका केहि भावनाहरुलाई गजलकै रुप दिऊँ भन्ने लाग्छ। माथिको गजलमा मैले जुन भाव राख्न खोजें, त्यो भाव मेरा लागि अत्यन्त प्रिय छ; कसै गरे पनि यसलाई मुक्तक बनाउन मन लाग्दैन। राम्रो गीत बन्छ भन्नु भएको छ शिरिष गुरुले। अब त्यतातिर झन केहि पनि थाहा छैन। आजसम्म एउटा गीत पनि लेखेको छैन।
Read Full Discussion Thread for this article