Posted by: shirish January 31, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नेपे गुरु तपाईको पोष्टिङ पछि त मैले सानो तिनो रिसर्च नै गरें ! सर्सति हेर्दा यदि शब्दहरु दोहरिन्छन् भने ति शब्द अगाडीको अक्षरलाई अनुप्राश गरिने रहेछ ! आंशीक, एकाक्षेरे या पूर्ण जे भए पनि तर पूर्ण गेयात्मक हिसाबले सही मानिदो रहेछ ! ललीजन राबल (भुमिकामा रारा जले पछि) गजलमा काफीया प्रयोगमा बिशेष ध्यान पुर्याउनु आबश्यक छ किनभने काफीयाले नै गजललाई गीतबाट पृथक बनाउछ ! मतलामा भोट खोट काफीया प्रयोग भएमा अन्य शेरहरुमा ओकार पछि ट बर्णलाई कायम राख्न सक्नु पर्छ ! ….......ध्वनी वा उच्चारणसंग सम्बन्धित कुराहरुको ख्याल काफीया प्रयोगका सन्दर्भ हुनै पर्छ ! गजल संरचनाको द्रष्टिकोणले गजल पढ्दा सर्बप्रथम रदीफ, काफीयाको प्रसड्ग ऊठाउनु पर्ने हुन्छ ! रदिफ-काफियाको सुन्दर प्रयोग को एउटा बान्की हेरौं हिडेको हो धुन ने त्यो टा टो देखेपछि सबै फर्के आगोको त्यो बा टो देखेपछि सम्झनामा दुखेन कि परदेशी छाती सपनीमा घरको त्यो मा टो देखे पछि - बुध्दी सागर चपाईं (रारा जले पछि) अरु उदाहरण पुन प्रयोग भएका शब्दहरु अगाडीको स्बरमा आउने अनुप्राशको राती रुने सल्लाको त्यो बोले सतायो थाहै नदिइ पुरानो याले सतायो -बुध्दी सागर चपाईं (रारा जले पछि) आशीक काफिया सम्झ ने पनि हजार भेटें बिर्सने पनि हजार भेटें हिरा बनेर कांच जस्तै चर्कने पनि हजार भेटें चाकडीका शब्द घोली भन नगर अब चाप्लुसीका गीत गाउने चन नगर अब घृणा कसैले रेर को भो ? आंखा कसैले रेर के भो ? - रबि प्रान्जल (उहि बाढी उही भेल) बहेको छ हाबा नजान्ने म मात्रै यी देबी बडा रे नमान्ने म मात्रै तिमीले भुलेको म प्रेमी पुरानो बुढो झैं फुलेको म प्रेमी पुरानो - निर्मल ढुङ्गाना (दिन हराएको दिन) गौतमजी अन्यथा नसम्झनु होला ! Honk in the grave there is a very good illustration by Nepe. I will find and email to you.
Read Full Discussion Thread for this article