Posted by: Nepe February 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
ईकोजजी, उर्दु साहित्यको वर्तमान अवस्था र विविधता बारे अनभिज्ञ छु । तर फाट्टफुट्ट सुनेको सन्दर्भको आधारमा के भन्न सक्छु भने पुरानो जमानामा गजल नै उर्दु कविताको पर्यायवाची शब्द (synonym) थियो भने आधुनिक कालमा पनि गजल पद्यको सबभन्दा प्रचलित विधा रहेको छ । गजल बाहेक परम्परागत नज्म (सबै प्रकारको गीत), रुबाई (मुक्तक) र अपरम्परागत गद्य-कविता पनि प्रचलित हुँदैछन् । गद्यको हकमा पुरानो समयमा 'दासता' (उपन्यास निकट) र 'अफसाना' (छोटा कथा) प्रचलित थिए रे । अब अहिले समयको आवश्यकता अनुसार सबै प्रकारको विधा र विविधता होलान् नै । जहाँसम्म गजलका कठोर नियमहरु कविताकै विकासमा वाधा पुगेका होलान् कि नहोलान् भन्ने जिज्ञासा छ, त्यसको उत्तर त संभवत: गालिबले नै जमानामा दिईसकेका थिए । उनले एक पटक भनेछन्- शायरी उनका सबै भावनाहरु पोख्नको निम्ति पर्याप्त छैन । उनले त्यसो भने तापनि उनले शायरी बाहेक अन्य विधामा हात भने हालेनन् । किन हालेनन्, दैव जानुन् । संभवत: वफादारीको मामला थियो, या परिचयको । मलाई पर्याप्त छैन, तर म पर्याप्त छु म पर्याप्त छु, त्यसैले म व्याप्त छु यो गालिबको शेर होईन । तर उनले यस्तै सोचेर शायरीमै सिमित रहने निर्णय गरे हुनन् भन्छु । ____
Read Full Discussion Thread for this article