Posted by: Birkhe_Maila February 4, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष गुरु! नि:शब्द! यस्तो गजललाई ढलान गर्ने कुरा गर्नुभयो मलाइ त अहिले नै परिपक्व लाग्छ! :):) मलाइ पनि लहड चलेको चल्यै छ। एउटा टाँस्दै छु है त? अलि बेहर नमिलेको जस्तो लागिरहेको छ गुरुहरुको केहि सुझाव? गजल “अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु। बाली खाने साहुको, मलामी तयार छन् बन्दकिमा रहेको, खेत छुटाउन खोज्दै छु! बाढिले धेरै लग्यो, मेरो आफ्नो घरबारी बाँध बाँधि खोलो, उल्टो बगाउन खोज्दै छु! ‘नरबलि’ मेरो भाईको, दिन्न अब पुजारिले मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु! कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन! काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु!
Read Full Discussion Thread for this article