gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 84595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-25-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरोमा त सिफ्ट थिच्दै @ चिन्ह पो थिच्नुपर्छ त।
 
Posted on 07-25-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै, जमाना पनि के उल्टो आयो गाँठे, सोझो ग-यो, बुझ्नीले चाइञ्जो अर्कै बुझ्दिनी। अब जिम्मालकाँ'ट मधेशी रौसी थोरै झिरिप्प पारेर चौतारीको बाटो घर आम्दै थें, स्कूलमा त बत्ती झलमल! अब यो राती हुँदो चोर त पसेन, बिताउनी भ' साईँध्वाले, गामका बरालिएका केटकेटी बल्ल लईनमा आ'का थे, अब फेरि बिग्रिने भन्ने पीर प-यो। चोरलाई आज मैले तेसको बाउको बिहे देखाइदिन्छु भनेर पसेको, के को चोर हुनु नि! मिस पो टेबुलमा ऊँघिर'नु भ'को गाँठे! केटाकेटीका कापी जाँच्दा जाँच्दै निदाउनु भ'छ बरा! भित्र पसौं आफ्नो मुख ह्वास्स गनाउनी, बाहिरैबाट नमस्कार भनेर हिँने के रे। मिस तर्सिनु भो जस्तो छ। हुनत भउते पनि मूढोझैँ चौतारीमा पसारिएर घ्वार्र---घ्वार्र घुरिराथ्यो'। मिस त्यै सुनेर पनि तर्सिनु भो होला।
 
Posted on 07-25-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्नुभाको दादा ??

Gautamjee narisaunus hai.:)

नेपाला'ट त्यो के जाति ओन्लाइन् आएर हैरानै गर्छन्के । फेरि आफुलै नि कुरा गरुम् गरुम् लाग्ने

ऐयाsssss !!!!! कति हास्नु र अहिले वर्षा मास् हुदो बारिमा टन्न घास् पलाइ र'छ जानुपर्यो घास् काट्नलाई

बोडि सिमि हर्लक्क् बढेर् आयो ।घास् काटेर् बाख्रालाई नि हुने बोडि सिमि पनि अलि राम्रो फल्ने

n
 
Posted on 07-25-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गोताएँ....ए गोताएँ..."

मुढो बोल्ला गोताएँ बोल्दैन।

मदेसाटी ल्याको रौसी ला'र हाम्रो घरको फलैँचाको पल्लो कुनामा भौते र यता भित्ता पट्टी गोताएँ कतिखेर निदाएछन मैले पनि पत्तो पाइन। मेरो पनि कन्चट तल कालो गैराको घट्ट फन्के जस्तो फन्फनी फन्किराथ्यो।
हुन त मेरै फलैँचाँ सुते नि हुनि हो केटाहरुलाई,तर अगि सम्म गोताएँ " भोलि ब्यान सखारै याउँकली मइत बाट आम्छे राति जसरी भ' नि घर पुउनु पर्छ" भन्दै थ्यो तेसैले बोलाको मुइले।
"ओ गोताएँ, उठेर घर जा... फेरी याउँकलीले भोलि उठिबास लाउलि"
यसपाली अलि ठुलै स्वरले कराइछु क्यारे, गोताएँ त उठेन, तर भौते बज्जेको सातो गएछ।
सपनाँ छल्न आएर आत्तिँदै उठेको जसरी जर्याकजुरुक उठेर आँखा रातो रातो पार्दै, एकछिन मलाई हेर्यो, फेरि पल्याक-पुलुक यताउता मुन्टो घुमार गोताएँलाई हेर्दै म पट्टी कन्नो फर्कार सुतो र एक निभेषमै घुर्न थाल्यो।
फेरी गोताएँलाई घच्घच्यार उठाएँ, बल्ल बल्ल बिम्झ्यो।
" अघि त घर जानु पर्छ जिम्माल भन्दै थ्यौ नि?, खाने बेला आँखा देखेनौ"
गोताएँ "हिँ हिँ हिँ" गर्न थाल्यो।
"ए राता मकै, यसो एकछिन पल्टेको पो त, यति खा'र नि रौसि लाउछ त मुलाई"
यो गोताएँले जति खा'र ढले पनि रौसि लागो र पुगो भनेको कइलेइ सुन्न पाइएन।
" लु अब म जान्छु, घर पुउनु छ, भौतेलाई उठाम्नु परो" भुँडि कन्याउँदै गोताएँ भौतेलाई बोलाम्न थालो।
भौतेलाई झकझक्याएर उठ्यायो र घर फर्किने कुरो गर्यो।
भउते चुपचाप उठ्यो र केइ नबोलि आँगनको डिलमा पुगो र तल कान्लाको सिँचाई गर्न थालो।
भउते रौसि लाए पछि तेती बोल्दैन,तर नजिकै पुन्टेकी साली देखो भने बोलिमा बिरेक नै लाग्दैन, अचम्मको बबुरो छ भउते।
आँगनको डिलाट धारा बगाउँदा भउते हल्लिएको देखेर मैले त आज तल कान्लामा नै सुत्ने भो भन्ठानेको तर गोताएँले गएर समातो। त्याँटी दुइ भाइ ढुन्मुनिँदै " यो ल्याउने र ऊ ल्याउने था छैन एउटि स्वास्नि नल्याइ नि भाछैन" भन्दै माथि इस्कुलको बाटो घरलाग्या थे, गोताएँको त इस्कुलाँ माष्टरनी नानी सँअ जम्का भेट भओ रे, अनि के के भो था पाइएन। भौतेलाई तेइ इस्कुलको चौतारिमा छाडेर हिनो कि के हो...घर नि पुगो कि पुगेन..
 
Posted on 07-25-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै गाम्ले लाइ।

एता उता को कामले गर्दा २-४ दिन चौतारीमा आउन पाइएन। आएर न बोले पनि एसो चियाउदै चाइ गरेको थिए।
मिस दिदीले हाजिर कापी बाट नाम चाइ काटी दिनु भएको छैन होला क्यारे।(बिदा को निबेदन बिधुतिय चिठी बाट पठा थे, मिस दिदी ले पाउनु भयो होल भन्ने आस गरेको छु :P )

आजकल खुब रमाइलो हुदै छ चौतरी। लौ गाम्लेहरु रमाइलो गर्दै गरुम।

जदौ
 
Posted on 07-25-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!!

पुगेन घर पुगेन, के को पुग्थ्यो नि?

हैन कस्तो र'छ त्यो रउसी, हाम्पनि एसो चाखम न। ल त सुटुक्क एक गिलास एता नि दिनुस्। घरमा नि "सोझो छ" भन्छन्, फेरि आफ्नी पनि आइरहन्छे चौतारी घुम्न, देख्ली उस्ले भन्ने डर छ। लुकी लुकी पिम्न परो।
 
Posted on 07-25-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नेप्चे नि आएछ, क्यार्दै छौ नेप्चे? भैँसी बेच्ने भन्तेउ बेचेऊ? खै आफ्नो नि भैसि थाक्यो क्यार्ने क्यार्ने।

कुम्ले... लु मैले बुझेँ यो चौतारिका उरन्ठेऊला ठिटाओ संगतले तिम्रा आन्द्रा नि फडफडाउन थालेछन्। आउने भ' आउन त तुच्च तुच्च पारलाउ, बरु गामबाट एउटा झक्किको रातो भाले नि खोजेर ल्याउन है? तर भाले काटेर आधि फक्लयाँटो चाइँ लुकाम्न पर्छ, आज पुन्टे दाई नि आउने भन्याछन् तिनलाई त एउटा भाले एक गाँस हुन्छ फेरि!
 
Posted on 07-25-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो टुक्रा चौतारीको गाम्लेहरुमा समर्पित,
(बिशेस गरेर चित्रे लाइ :P )

रोग?

औसिको रात पनि किन हो,
पुर्निमाको जस्तो लाग्न थालेको छ।
सयौ तस्बिर हेरे पनि,
एउटै तस्बिर आखामा नाच्न लागेको छ।
दिनमा त के,
रातमा पनि निन्द्रा लाग्न छाडेको छ।
पानि पिए पनि,
रौसिको झै मात लग्न लागेको छ।।

***********************************************************************

माहिला दाइ, भैसि बेच्ने त भनेको हो। तर अस्ति बेच्न ठिक्क परेको भैसि त घोप्टे भिर बाट लडेर ठहरै भयो :(
 
Posted on 07-25-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गर्न त झन्डै बिर्सेको,

रोल नम्बर २१ - नेप्चे
यस मिस।
 
Posted on 07-25-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे , हाजिर् गर्न पर्दैन आज मिस् ले भन्या आजकाल् रौसि खाने र कुखुरा चोर्ने को बिगबिगि भएर धेरै केट्केटि आउन डराए अरे किलासाँ अनि मिस् नि इस्कुलाँ चाबि लाएर बाख्रा लाइ घास् काट्न जानुभा'छ ।
तेइ भे'र हाजिर् गर्न पर्दैन रे मिस् ले भन्नुभको इस्कुलै छुटि रे :D
 
Posted on 07-25-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero internet ta feri chet bhayo ghar ma...bajjiye Time Warner doesnt seem to know how to fix it permanently!

Ahile cyber cafe baata yesso hi-hello dee haalum bhanera paseko.

Sabai gaamle harulai sastanga dandawat!

:)
 
Posted on 07-25-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिर्खे ब्रो पो पाल्नु भा रहेछ, आरामै? ल स्वागतम छ मित्र पाल्नु भकोमा :) :)

उही लङोटिया बन्धु
लुते
 
Posted on 07-25-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु के जाती हिन्दिको उखान याद आओ," नाम लिया सइतान हाजिर" मुइले त पुन्टे दाई राती भाले र रौसि खान आम्छन भन्ठानेको त अइले नै पो औँरेजी फलाक्दै आइपुगे। एस्तै हो पुन्टे दाई टाइम वार्नर, कमकास्ट अनि के जाती चार्टर सबै एउटै ड्याङका मुला हुन।

*******************
हन लुते, क्यार्दै छौ? पोहोर हो कि के हो तिमी स्वर्ग, मर्त्य पाताल चाइन्जो तिनै लोकको यात्रामा निस्केको? अइले त हेर्दा पनि लाउरे लाउरे जस्तो देखिन्छौ त। कपाल नि केओ कारपिन तेल हालेर मजाले कोरेको रेछौ। पछाडिओ खल्तिमा काइँयो नि देखिन्छ।
टेउसास मा लेउसास चढ्दै सेउसि सित हिँड्न थाल्यौ कि के हो? :):)

पि.एस - टेउसास=Texas , लेउसास= Lexus, सेउसी =sexy
 
Posted on 07-25-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नेपाली लेख्न सिक्दै छु । रमाइलो रैछ :)
 
Posted on 07-25-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, २ मुरी धनिया को पात सुचना को लागि।

लौ आजकल छुट्टी रे? त्यो रौसि खाने र कुखुर चोर्नेहरु लाइ समातेर यहि चौतारी मा बाधेर लडाउनु पर्छ (आफु त रौसि न खाने परियो, रौसि खानेहरु रिसाउने पो हुन कि तेसो भन्दा :P )

स्कुल् धेरै दिन चै बन्द गर्न भएन है। अस्तिन पनि त्यो भकुन्डो को जात्रा ले गर्दा धेरै दिन सम्म स्कुल बन्द भा थ्यो।

*******************************************************************

लुते ब्रो लाइ पनि स्वागत छ चौतरी मा।
 
Posted on 07-25-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बित्यास पारे यिनीहरुले!
झन लुकी लुकी रउसी पिउने भन्या त हल्ला गर्नु गरेछन्। रउसी खानलाइ लगेको कुखुरो नि चोरेको हुन्छ त? रउसी सित्तैमा आएपछि कुखुरो नि सित्तैमा आउनु परेन त? कस्तो कुरो नबुझ्या होला!

पुन्टे दा बिचरा!! के गरुन? पैसो नि तिर्न परो नि? :पि, हुन त यो टाइमवार्नर भन्या बज्जे तेस्तै हो। मलाइ नि दु:ख दिनु दिन्छ।

लुतेजी टाइममा आउने भे छ। आज बेलुकी माइलादाइ कहाँ गाम को कुखुरो अनि रउसी खाने कर्जेकरम छ के रे, अलि अलि मात्र पिउने हो भने आउनुस धेरै पिउने भे त छैन। अनि लाहुरबाट ल्याको रेडियो नि ल्याउनु होला त्यो "कलकत्ते काँइयो" भन्ने गाना सुनम्ला!!!

:-)
 
Posted on 07-25-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त हेरी यो किलासाँ फस् ट्याम् आ। खालि हात त के आई भो र भनेर यो गणेश् बिंडी बोकेर आको। २१२ लम्बरको हो। असलि।

बन्दकि मायाँ उधारो जिन्दगि
उकास्नी कसो गरी?
तमसुकको त भैयो भैयो बन्दी
लिलामिबाट उम्किने कसो गरी?

दुई बटुका कोदा अमृत लायेसि त यो बिंडीले नी उकास्छ उकास्न त तर फेरी अमृतले धर्म छोडेसि उस्त उस्तै।
 
Posted on 07-25-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो त दिनप्रति दिन बढिरहेको छ यो चौपारि मा सायद धेरै गर्मि पनि बढेर हुन सक्छ । ल रमाइलो गर्दै गर्नु है म अल्लि काम मा व्यस्त भएर धेरै समय दिन पाएको छैन म केहि दिन पछि फेरि धेरै समय दिने गरेर आउने छु । ल अहिले बिदा चाह्न्छु , गलाब मेरो घर त पर्वत तिर हो केहि काम को सिलसिला मा गोर्खा को उत्तरि भेग तिर घुम्ने अवसर पाएको थिए तेत्ति मात्र हो ।
अन्त मा सबै गाम्ले हरु लाइ मेरो नमस्कार
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters