gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 84582 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-24-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रसिद्ध लोककथाहरू

रिप भान विंकल
अमेरिकी लोककथा

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम छाडेर जहिले पनि अरुकै काम गरिरहेका हुन्थे ।

उनको यस्तो बानीले उनकी पत्नी साह्रै दिक्क थिइन् । उनी दिनभरि कचकच गरिरहन्थिन् । "रिप, आज तिमी श्रीमती ग्रिनको भित्ता लिप्न व्यस्त छैनौ भने गोठमा मुसाको प्वाल टाल । छिमेकी किसानको घुर डढाल्नुको सट्टा कुखुरालाई चारो ख्वाऊ अनि गाईको दूध दुह । आर्ने ज्याकबको पर्खाल बनाउन छाड । बारीमा गएर आलु गोड । गाडा सफा पार्ने काम छ । ढल सफा गर्नुछ । आगन बढार्नुछ . . . ।" सँधैजसो यस्तै कुरा हुन्थ्यो ।

पत्नीको कचकच सुन्नु पर्ला भनेर रिप वान विंकल प्रायः काँधमा बन्दुक बोकेर आफ्नो इमानदार कुकुर उल्फलाई सँगै लिएर पत्नीसँग एक बचन पनि नबोली घरबाट निस्कन्थे । पत्नीको झिनो स्वर समेत नसुनिने ठाउँमा उनी पुग्न चाहन्थे । उनी पहाड, खोलाको तिरैतिर र सल्लाघारीमा घुम्थे जहाँ चराहरूको चिरबिर, पात सुसाएको र उसको कुकुर थाकेर स्याँस्याँ गरेको मात्रै सुनिन्थ्यो । घर फर्केपछि यसको बदलामा घेरै कुरा सुन्नु पर्नेछ भन्ने उनलाई थाहा थियो । तर दिनभरिको शान्तिपूर्ण र घमाइलो दिनको बदलामा यो उनका लागि कुनै ठूलो कुरा थिएन ।

एक दिन यस्तै शान्त एकान्त वातावरणमा हराएको बेला रिप वान विंकल रुखको सिँयालमुनि आराम गरिरहेको बेलामा उनले कसैले बोलाएको सुने । "रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल !" भनेर कसैले चिच्याएर बोलाइरहेको थियो ।
उल्फ कुकुरले कान चनाखो पार्दै आवाज आएको दिशातिर हेर्दै सुस्तरी भुक्यो । रिपले पनि त्यतातिर हेर्यो । हरिया घाँसहरूको माझमा उनले निहुरिएको हरियो प्वाँख देख्यो । त्यो प्वाँख चहकिलो रातो टोपीमा घुसारिएको थियो । अनि त्यो टोपी लामो दाह्री पालेको मानिसको टाउकोमाथि थियो । त्यो मानिस रिपले लाएको बुट जुत्ताभन्दा अग्लो थिएन । त्यसले काठले बनेको जाँड (बियर) राख्ने गोलो भाँडो, ब्यारललाई बोकेर लैजाने कोशिस गर्दै थियो ।

त्यो बाउन्नेले रिपलाई बोलाउँदै भन्यो, "रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल ! यो ब्यारेलको भारीले म च्यापिन लागेँ । तिमी मलाई मदत गर्न सक्छौ कि !"
रिपलाई अरुले अह्राएको काम गर्ने बानी परिसकेको थियो । बाउन्नेको कुरा सुन्ने बित्तिकै उसलाई मदत गर्न उनी तयार भए ।

ब्यारल गह्रुँगो थियो । रिपले एकातिरबाट उचालेको देखेर बाउन्नेले लामो सासा फेर्दै भन्यो, "बेस गर्यौ । अब हामी माथितिर लागौँ !" यसरी रिपले बाउन्नेलाई आफ्ना बुटले कुल्चनबाट जोगाउँदै दुईतिर दुई जनाले उचालेर पहाडको उकालो चढ्न थाले ।
यसरी एक घण्टाभन्दा धेरै उकालो हिँडेपछि बाउन्नेले रिपलाई छङछङ गर्दै झरिरहेको छाँगोमा पुर्यायो । छाँगोको पछाडि गोप्य बाटो थियो । त्यो बाटो भएर उनीहरू ठूलो गुफाभित्र पुगे ।

गुफाभित्र धेरै बाउन्नेहरू थिए । जताततै बाउन्नेहरू यताउता गरिरहेका थिए । केही बाउन्नेहरूले भोज ख्वाउनेहरूले लाउने एप्रोन लाएका थिए । उनीहरूले रिपले ल्याएकाजस्ता ब्यारलबाट अग्लाअग्ला मगहरूमा बियर भर्दै थिए । केही बाउन्नेहरू नाइनपिन भनिने खेल खेलिरहेका थिए । उनीहरू खेलमा रमाउँदै कराइरहेका थिए । धेरै बाउन्नेहरू बियर खाएर मस्त भै बियर खाएको मग आपसमा ठोक्काउँदै त्यसैको सुरमा ठूलोठूलो स्वरले गाइरहेका थिए ।

"कुर्सी तानेर बस ।" रिपको नयाँ साथीले रिपलाई भन्यो र मगभरि बियर राखेर उसलाई खान दियो । "उकालोमा भारी बोक्दा तिमी थाक्यौ होला । तीर्खा पनि लाग्यो होला । दिल खोलेर बियर खाऊ ।" उसले भन्यो ।

"ओहो यति धेरै बियर कसरी खाने !" भन्दै छक्क परेको रिप वान विंकलले बियरको ठूलो घुटको निल्दै भने । "जे होस् । यो त साह्रै मिठो रहेछ !" उनले ओँठ चाट्दै भने र फेरि आफ्नो मग बियरले भरे । कुनै पनि बाउन्नेले उनलाई वास्ता गरेन । अनि रिपले बाउन्नेहरूले नाइनपिन खेल प्रतियोगिता खेलिरहेको हेर्न थाले ।

"दिउँसोको समय बिताउने यो सबैभन्दा रमाइलो काइदा रहेछ !" उनले अर्को मग बियर थप्दै मनमनै भने । उनले थपीथपी बियर खान थाले । उनलाई आफूले कति रक्सी खाएँ भन्ने होसै भएन । उनी नजिकैको ठूलो ढुंगामाथि पल्टे र भुसुक्क निदाए ।

रिप जाग्दा बाउन्नेहरू गइसकेका थिए । गुफा रित्तो थियो । उनले हाई काढ्दै सँगै सुतेको उल्फलाई बोलाए । ती दुबै जागे र जिउ तन्काए । उनीहरू हतारहतार गुफाबाहिर निस्के, डाँडा ओर्ले र घरतिर लागे ।

घरको आगनमा पुग्ने बेलामा रिपले उल्फलाई भने, "एक छिन पर्ख । मेरी पत्नी अहिले आकासपाताल उचाल्ने गरी कराउन थाल्नेछिन् ।" उनले ढोका ठेल्ने हातो समातेर बिस्तारै ढोकालाई घचेटेर खेल्न खोजे । तर सजिलोसँग ढोका खुलेन । रिपले अलि जोड लगाए । तैपनि खुलेन । उनले ढोकामा साँचो लाएको अडकल गरे । तर उनकी पत्नीले कहिल्यै पनि ढोकामा साँचो लाउन्नथिन् ।

त्यही बेला घरको मूलढोका खुल्यो । ढोकाबाट रिसले चूर भएकी महिला उभिएकी थिइन् । "को हौ तिमी ?" ती महिला चिच्याइन् ।

ती महिला रिपकी पत्नी थिइनन् । यसैले उनले भने, "तिमी मेरो घरको ढोकामा के गरिरहेकी छ्यौ ?" ती महिलालाई रिपले पहिले कहिल्यै देखेका थिएनन् ।

"तिमी को हौ ? मेरो घरमा के गर्दैछ्यौ ?" रिपले आत्तिँदै सोधे ।

"के रे ? तिम्रो घर रे ? म यो घरमा बस्न थालेको उन्निस वर्षन्दा धेरै भयो !" महिलाले रिसाउँदै भनिन् ।

रिपले आफ्नो वरिपरि र घरको बरण्डा अनि आगनमा हेरे । उनले टाउको तन्काएर हेरे । ती महिलाको कुरा ठिक थियो । त्यो घर उनको थिएन । त्यो घर उनको घरजस्तै थियो । तर घरका झ्यालमा राखिएका पर्दाहरू बेग्लै थिए । आगनमा राखिएका टेबुल कुर्सी पनि फरक थिए । गोठअगाडि राखिएको घोडाले तान्ने गाडी पनि पनि उनको थिएन ।
"तर, ... म, ... कसरी ..." रिप भकभकाउन थाले । "श्रीमती वान विंकल कहाँ छिन् त ?"
"श्रीमती वान विंकल ?" छक्क परेकी ती महिलाले ट्वाल्ल परेर हेरीरही । "उनी त बीस वर्षअघि नै यो गाउँ छाडेर गइन् । घुम्न गएको उनको लोग्ने हराएपछि उनी यहाँ बस्नसकिनन् । अब तिमी यहाँबाट गइहाल, नत्र प्रहरीलाई बोलाउनु पर्ला ।"

"बीस वर्ष!" रिप वान विंकल छक्कै पर्यो । उनले आफ्नो लामो दाह्री कन्याउन थाले । दाह्रीमा हात पुग्ने बित्तिकै रिपको ध्यान दाह्रीतिर गयो । उनको दाह्री बढेर घुँडासम्म पुगेको रहेछ । ती महिलाको कुरा साँचो हुनुपर्छ । म त बीस वर्षसम्म निदाएछु !

पुरानो कुरा सम्झना आउनेबित्तिकै रिपको जिउ फतक्क गल्यो । उनी काम्न थाले । उनले नजिकै उभिएको उल्फलाई ढाडस दिँदै थपथपाए । अनि उनले आफ्नो अनुहार माथितिर फर्काउँदै अलिकति मुस्कुराए । उनले अरुले नबुझ्ने गरी भने, "उल्फ, कस्तो दिन आयो ! अब कत्ति पनि कचकच सुन्नै पर्दैन ।"

यति भन्दै रिप त्यहाँबाट बाहिर निस्के र मुखले रमाइलोसँग सिठी बजाउँदै सडकको अर्को छेऊमा पुगे । तर रक्सी भट्टी भने पहिले जहाँ थियो अहिले पनि त्यहीँ रहेछ । उनी भट्टीभित्र पसे । त्यहाँ भएका मानिसहरू उनको कथा सुनेर निक्कै रमाए । त्यस दिनदेखि उनलाई जाँड खान एक पैसा पनि खर्च गर्नु परेन ।
Man ta mero Nepali nai ho.
 
Posted on 07-24-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिकृयाको लागि मिस्टे, तितौरी, गोतामे, बिर्खे, अरु गाम्लेहरु तथा चौतारीमा बस्न आउने तर गुपचुप सुइँकुच्चा ठोक्ने मौन साथीहरु, सबैलाई धन्यवाद छ। लौ त अन्तीम भाग पनि पस्केको छु।
एन्डिङ् झुर भयो भनेर चैं नभनम् है? :)

यो गाउँको ठिट्टो म, गालब मेरो नाम!
आउँदै जाँदै गर्नु है सबलाई राम राम!!


चिम्सेको जन्ती जाँदा - ९ (अन्तीम भाग)

हामी अघिल्लो दिनकै बाटो पक्रिंदै ओरालो लाग्यौं। पूर्वतिरको क्षितिज रातो हुन थाल्यो, र झन झन उज्यालो हुँदै आयो। पहाडको फेदीतिर भने कुहिरोले ढम्मै ढाकेर सेतै थियो। बुढीगण्डकी नदी, खहरे खोलाहरु र आसपासका बेंसीमा अवस्थित बस्तीहरुमाथि सेतो कुहिरो लागेको, तर अग्लो ठाउँहरु भने खुल्ला। जेटबाट बादल हेरे जस्तै मनोरम दृष्य हाम्रो अगाडि थियो। अरु एकछिन त्यसै हेरेर बस्न मन नभएको त हैन, तर हामीलाई चाँडै तल पुग्नु थियो। ठुला-ठुला चट्टानहरु बाटोको दुबैतिर लडिरहेका थिए, कुनै कुनै ढुङ्गा त कति ठुला भने घरजत्रा। जोतेर डल्ला फर्किएका सुख्खा बारी, र ती बारीहरुमा ५-७ मीटरको फरकमा थुप्र्याइएका मलका थुप्राहरु। बिहानीको किरणमा रमणीय संसार हाम्रो अगाडि खडा थियो। अघिल्लो दिन काटेको भीर त कहाली लाग्दो रहेछ - एकदम छङ्गाछुर। मैले अघिल्लो दिन रक्सी खाएर यस्तो बाटो हिंडेको शिरेदाइलाई सम्झें; ज्यानै सिरिङ्ग भएर आयो। बाटो त भीरमा खोपेर पो बनाइएको रहेछ। तैपनि बाटो भने फराकिलै थियो।

आरखेत आइपुग्दा ८ बज्न लागेको थियो, ओरालो बाटो हिंड्न त के बेर र! त्यहाँको दोभाननेर एउटा धारो रहेछ, जहाँ हामीले पञ्चस्नान गर्यौं (पञ्चस्नान, अर्थात्को शरीरको पाँच अंगको स्नान - अनुहार, दुई हात, दुई खुट्टा)। अघिल्लो दिन चना-चाउचाउ खाएको पसल पनि खुल्न लागेको रहेछ। साहूनी भर्खर सरसफाइ गर्दै रहिछन्। आज चाहिं त्यो पसलको पल्लो पट्टिको दोकानमा चिया र एक-एक पोका ग्लूकोज बिस्कुट खायौं। लेकतिर लाग्ने मानिसहरु फाट-फुट देखिन्थे। तिनीहरु धेरै जसो हातमा वा झोलामा रेडियो बोकेका हुन्थे, र निरन्तर रेडियो सुन्दै हिंड्थे। बिचमा ४-५ जना बिदेशी र तिनका भरिया एक हुल नदी किनार किनारै उत्तरतिर लागे - सायद लाङ्टाङ् र गणेश हिमाल क्षेत्रमा ट्रेकिङ् जाँदै थिए। हामी चाहिं दक्षिण हानियौं।

ग्लूकोज बिस्कुटमा कति ग्लूकोज थियो कुन्नि स्फूर्ति भने निकै दियो। अघिल्लो दिन काटेको सुनौलो बजारबाट अलि तल आइपुगेपछि राजुको मामाघरतिर जाने भनेर नदी किनार छोडेर उकालो लाग्यौं। पाँच मिनेटपछि एउटा रमणीय फाँटमा आइपुगियो। खेतका गराहरुमा काटेर बाँकी रहेका धानका गाँजमात्र थिए। त्यसैले होला हिँउदे बाटो खेतको डिलमा नभई गराहरुको बिच-बिचमा थिए। वरिपरि गाईबस्तु पालेको धन्सारहरु छरपुष्ट थिए। राजुको मामाहरुको बेंसी पनि यहीं रहेछ। त्यो फाँट काटेपछि फेरि उकालो पन्ध्र मिनेट हिंडेपछि राजुको मामाघर आइपुगियो। अलि वरपट्टिको घरबाट आइपुग्दा ठिक्क नेवारी समाचार सकिएको रेडियोको आवाज कानमा पर्यो - "रेडियो नेपाल: समाचार कुचल:"।

राजुको हजुरआमा ढोकाबाट निस्कनै लाग्नु भएको रहेछ, अनुहार राजुको आमासँग दुरुस्तै मिल्ने। साह्रै अप्रत्यासित रुपमा नाति आइपुगेकोले होला, हल्का हाँस्नुभयो। राजुले साथीको बिहेमा जन्ती गएर फर्केको बतायो। वहाँले मलाई इङ्कित गर्दै सोध्नुभयो - "उता बाबु को नि?"
राजुले भन्यो - "साथी हो।"
हुन त मैले वहाँसँग भेटेको पहिलो पल्ट थियो, तर बेलीबिस्तार लगाएर परिचय दिएको भए चिन्नुहुन्थ्यो होला। मतलब, मलाई चिन्ने भन्दा पनि कसको छोरा कसको नाति भनेर चिन्नुहुन्थ्यो। तर सानोमा अलि लजालु स्वभावको थिएँ, बोलिरहन अलि संकोच लाग्यो। एकछिन त्यत्तिकै बसेपछि, राजुका कान्छा मामा पनि आउनुभयो। मामा भनेपनि राजुभन्दा ५-७ वर्षले मात्रै जेठो, उसको साथी जस्तै हुनुहुँदो रहेछ। मामा आउन नपाउँदै राजु मोरा करायो - "ल मामा, आज म आ'छु। परेवा काट्नुपर्छ।" परेवा काट्ने काम त भएन, तर खाना भने धेरै मिठो लाग्यो। मसिनाको चामलको भातमा दाल, भात, तरकारी, अचार। एकदिनको भोक बल्ल टर्यो। राजुको हजुरआमा हामीलाई अरु एक दिन बस्नको लागि कर गर्दै हुनुहुन्थ्यो, तर मध्यान्हतिर चाहिं बाटो लागियो। अलि तल आएपछि टाढैबाट अघिल्लो दिन सँगै जन्तीहरु फर्केको देख्यौं। रुखको छेल परेकोले त्यति प्रष्ट त देखिएन, तर छाता ओढेको आधारमा चिम्से र उसकी श्रीमतीलाई चाहिं ठम्यायौं। घरमा फेरि भोज थियो क्यार, उज्यालैमा घर पुग्ने गरी हिंडेका रहेछन्। हामीहरु उनीहरुसँग नमिस्सिकनै माथिमाथिकै बाटो पक्डेर आफ्नै तालमा घर फर्क्यौं।

जिन्दगीमा धेरै जन्त गइयो भन्न त सक्तिन किनभने सानै उमेरदेखि बाहिर हिंडियो। त्यसमाथि पनि आजभोलि त एकदिने बिहेको चलन र नजीकै बिहे गर्ने चलन अलि बढेको छ। तर, जे जति जन्त गइयो, ती सबै अविश्मरणीय रहे। धेरै जसो त नयाँ ठाउँ पुगेको रमाइलो मात्रै हुन्थ्यो। दिनभरि थाके पनि राम्रोसँग खान पाइन्थ्यो, आनन्दले सुत्न पाइन्थ्यो। तर, यसपालीको जन्त चाहिं बिशेष महत्वको रहयो। पहाड भेगमा जन्मेर हुर्केर पनि ती दुई दिनमा मैले कहिल्यै नदेखेका कुरा देखें, कहिले नभेटेका मानिस भेटें र लेकाली भेगको रहन-सहन आफ्नै अगाडि प्रष्ट देखें। हल्का रुपले सही, तर नेपालका साधारण जनताको हविगत बुझ्ने मौका मिल्यो। त्यसको १०-१२ हिउँदपछि, अहिले, मलाई यो सुबिधासम्पन्न विरानो मुलुकमा चौबीसै घन्टा संचार, प्रविधि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका सबभन्दा बिकसित प्रणालीहरु सर्वसुलभ रुपमा उपोभोग गर्दा, कहिलेकाहीं यस्तो लाग्छ - त्यो दिन जन्ती गएको कुरा सपना पो थियो कि विपना नै? वा सिर्फ कुनै सप्तान्तमा हेरेको चलचित्रको दृष्य त थिएन?
 
Posted on 07-24-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow गालब very touchy ending. एकदम राम्रो कथा छ ल। मेरो अनुभव पनि मिल्न गयो अलिअलि तपाइको सङ्ग। मेरो खालि अलि छोटो थियो।
तपाइले भनेजस्तै पहाड भेगमा जन्मेर हुर्केको तपाइको कथा म शहरमा जन्मेर हुर्किनेको भन्दा धेरै फरक् हुन्छ होला भन्ठानेको त हैन रैछ। म पनि करिब डेढ घन्टा हिँडेर जन्ति गएर भोकै घर फर्केको थिएँ। काठ्मान्डुबाट धेरै टाढा पनि होइन, धुलिखेलको एउटा गाउँको कुरा हो यो। साच्चैँ अहिले सम्झिदा खै कस्तो कस्तो के के ....
 
Posted on 07-24-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे यो गालव कति उत्साहका साथ पर्खेको के मामाघर् कस्तो हुदोरे'छ भनेर झन त आफ्नोमामाघर् नगएर पो फर्केको ह्जूर आमाले कति माया गर्दोरहेछन् था पाउन चाहेको झन् ....... साच्चि आमाको नि आमा कस्तो हुन्छ होला है ..8->

म चै आफ्नो...... भन्दा अर्काको बिहेको जन्ति जाने मौका पाएकि छैन् अझै:P

जे होस् गालव को नियात्राले २ ३ दिनरमाइलो गरायो ।राम्रो लेख्नु भो । मलाइ नि अलिअलि पहिलेको दिन्हरु सम्झेर केहि लेख्न मन लाग्यो
:)
 
Posted on 07-24-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जि, ल यो अन्तिमभाग् नि सार्है राम्रो! यतिका दिन् हामि लाइ पनि तपाइसङै सङै जन्ति लगेर धेरै रमाइला ठाउ हरु घुमाउनु भयो। भोकै बसाउनु भयो अनि मिठो दाल् भात् मामा घर् मा लगेर खुवानुभयो । भन्न खोजेको तपाइले बर्णन् गरेका सबै घटना हामि ले पढ्दा अनुभब् गर्यौ । त्यसको लागि तपाइ लाइ मेरो तर्फ बाट धेरै धेरै धन्यबाद् । अरु अरु यस्तै रमाइला कथा हरु सुनाउदै जानुस् है :-)
 
Posted on 07-24-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस् ,
खै त " मिस् र सान्ननि म सङ नि छ है सुनाउने कुरो " भन्ने .......... अनि भन्ने अनि भन्ने ......... भन्ने मात्र :( :( :(
 
Posted on 07-24-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब कस्तो राम्रो एन्दिङ । धरै राम्रो छ ।
रोल #६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍ मिस्
 
Posted on 07-24-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्‍है राम्रो गालब जी,

राम्रो नियात्रा अनि त्यसमाथी तपाइँको लेखनशैली सार्‍है राम्रो कम्बिनेसन। हरेक पंक्ती उत्साहका साथ पढेँ।

मलाइ एउटा सानो घटना याद आयो। म सार्‍है सानो थिएँ त्यो बेला। हामीले सायद ब्यान्ड पार्टी लानुपर्ने थियो होला त्यो बिहेमा। तर हामी ढीलो पुगेको भएर, जन्ती गैसकेका रहेछन। हामी भने ब्यान्ड पार्टी लिएर पछी बेहुलीको घर पुगेका थियौँ। कस्को बिहे हो, को को थियौँ मलाइ याद छैन। अहिले सम्झिदा हाँस्न मन लाग्छ कस्तो अफ्ठ्यारो भा'थ्यो होला त्यो बेला।

मिसको कथा जाओस न अब।
 
Posted on 07-24-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नमस्ते मेरो पनि, तिरु गालब को सुनेछि मेरो सुन्नै पर्दैन अब, मलाइ त्यति मिठो लेख्नै आउदैन। अनि के छ अरु तिम्रो?
 
Posted on 07-24-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prettyyyyyyyy!!!

भोलि ल !!तिरु

आज कुम्ले लाइ लेख् भनुम् न । उ नि मज्जाको लेख्छ नि । गालवले कथाहालेको देखेर मलाइ नि बाल्यकालको कथा हाल्न मन लायो मात्र भनेको के
 
Posted on 07-24-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति मलाइ ठिकै छ ,तिमि नि? सुनाउन तिमि लाइ राम्रो आउछ लेख्न मलाइ थाह छ के जो राम्रो छ उस्ले कहा आफुलाइ राम्रो भन्छ त , त्यहि त उस्को राम्रोपन् हो नि :)
मिस् कहा हराएको हो हजुर् त , म फेरि सबै को अगाडि भन्दिम् त्यो हजुर् ले सिकाएको " नया शब्द "
कुम्ले ल मिस् ले भन्या कथा लेखेर टास्नु रे चौतारी मा आज को पाठ् !
ए थुल्नानि ! के छ् खबर्?
 
Posted on 07-24-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--- अनि वरदान लागेर त्यो केटी त यस्ती भै कि बाँस जस्तो अग्ली, पातली अनि दुब्ली। उसको अनुहार त रुखको टुप्पा मै पुग्यो। उनले यसो तल हेरेकी त ढुकुरको गुँड देखिन्। त्यहाँ ढुकुरले फुल सेकिराखेको थियो।
ढुकुरले उनलाई थर्काउँदै भन्यो, "हेर, यो लोखर्के मेरो फूल खान आएको?"

"म लोखर्के सोखर्के केइ हैन के इउटी केटी मात्रै हुँ। हेर न म यस्तो अग्ली भएँ।" उनले दुकेसो पोखिन्।

"लोखर्केले पनि फुल चोरेर खान्छ, केटीहरुले पनि फुल खान्छ बने मेरो लागि लोखर्के र केटीमा के फरक भो त?" ढुकुर्नी च्याँठिई।

---
देशदेशावरयागु पुलां बाखं (बिभिन्न देशका लोक कथाहुर)
- करुणाकार वैद्य सरको एउटा सानो पुस्तकमा पढेको कुरा याद आयो।
 
Posted on 07-24-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम् अहम्:

एउटा फरक किसिम को कथा, है त?
Disclaimer: यो कथाका सबै पात्रहरु काल्पनिक हुन। यदि कसै सङ्ग मिल्न गएमा केवल संयोग मात्र हुनेछ।
(कथा सुरु):
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
"१.... २... ३...."
म हेलिकप्टरबाट हाम्फाल्छु।
“वाह्! उडिरहेको हेलिकप्टरबाट हाम्फाल्नु को मज्जै अर्को हुने। पृथ्वीको गुरुत्वाकर्शण भन्दा बाहिर को यो मेरो पहिलो अनौठो अनुभव” यो मेरो जीवनको अत्यन्त रमाइलो पल हो। म हावामा उढिरहेको छु। मलाइ पृथ्वीको गुरुत्वाकर्शणले तानेको छैन। म चरा झै हावामा उधिरहेको छु। मैले लगाएको सेफ्टी सुटले मलाइ टम्मक्क बाँधेको छ।

“टिरिङ्ग! टिरिङ्ग!” त्यो शान्त वातावरणलाइ खल्बलाउदै मेरो गोजीमा रहेको फोनको घन्टी बज्छ ।
“लौ जा!! मेरो फोन त भित्रको प्यान्टमा पो छ त। अब कसरी निकाल्ने?"
टेलिफोनको आवाजले मलाइ सताउछ। म कान थुन्ने प्रयास गर्छु। तर यो आवाजले मलाइ सताइरहन्छ। म पसिना पसिना हुन्छु। त्यो आवाज अझै रोकिंदैन।

म झसङ्ग भएर ब्युझिएँ। मेरो टेबल मा रहेको टेलिफोन दुनियालाइ तर्साउने गरि चिच्याइरहेको थियो।
"ओहो! राती को ३:३० बजे कस्ले फोन गरी रा'होला?"
"हेल्लो!" मैले फोन उठाएँ।
"हेल्लो भाइ कति सुतेको हौ, उठ्ने बेला भएन भन्या?"
"को बोल्नु भा'होला?" म निन्द्रैमा थिएँ
"ल भाइ चिनेन मलाइ? म क्रीश ब्रो के।"

क्रीश ब्रो को खास नाम चाँही कृष्ण प्रसाद । हामी युवाहरुको आदर्श। जिन्दगीको यो स्टेज सम्ममा क्रीश ब्रो ले हामीलाइ ४ जुनी सम्म तिर्न नसक्ने ऋण लगाइसक्या'छन। किर्केट टुर्नामेन्ट गर्न, पल्लो टोलका केटाहरु कुट्न, पिक्निक जान, देउसी खेल्न, सिनेमा हेर्न, कलेजमा भर्ना हुन जुनसुकै काममा पनि हामीलाइ सहयोग गर्ने मान्छे भनेका यिनै क्रीश ब्रो। उमेरले हामी भन्दा त्यहि ६-७ बर्ष जेठा होलान्। उनको सबै भन्दा राम्रो गुण भनेको उनले कहिले नि दु:खी हुन जानेनन्। उनलाइ चिन्तित अवस्थामा मैले अहिले सम्म भेटेको छैन। हामीलाइ सधैँ भन्ने गर्थे "हेर भाइ, जिन्दगीमा कहिले पनि हार खानु हुन्न। प्लान बनाइरहनु पर्छ, एउटा असफल भयो भने अर्को जरूर सफल हुन्छ।" हामी धन्य हुन्थ्यौं क्रीश ब्रो का महाबाणी सुनेर।

"अनि क्रीश ब्रो किन नि यो बेला फोन गर्नु भा'त"
"भाइ तिमी कलेज जान छड्यौ कि कसो? जाने बेला त हुनलाग्यो नि अब जुरुक्क उठ"
"दाइ के भन्नु भा'होला हजुरले, मेरो कलेज ८ बजे देखि हो, यो साडे ३ बजे उठेर के गर्नु?" मेरो निन्द्रा अझै खुलेको थिएन। सपनामा हावामा उड्दा रोमान्चित मेरो मस्तिस्क अझै सहि ठाउँमा आएकै थिएन।
"हैन भाइ आज तिमी र म सङ्गै कलेज जाने, अब तिमी तयार हुनु म बाहिर तिमीलाइ पर्खीरहन्छु है। ठिक साडे चार बजे बाहिर निस्किनु" क्रीश ब्रो ले आफ्नो प्रोग्राम सुनाए। मेरो के हिम्मत हुन्थ्यो "नाइ" भन्ने। उठेर तयार हुन लागे।

म तयार भएर बाहिर निस्किएँ, क्रीश ब्रो मलाइ पर्खीरहेका थिए।
"भाइ अलि ध्यान दिएर सुन" क्रीश ब्रो ठुलै कुरा भन्न लागे जस्ता देखिए।
"तिमी सरितालाइ चिन्छौ?"
"कुन सरिता? ए ए! त्यो थापा अंकलको छोरी? चिन्छु नि, तर तेत्ति राम्ररी चिन्दिन। किन?" अब आउन लागेको समस्याले मलाइ घेर्न थालेको अनुभव गर्न थालिसकेँ मैले ।
"पर्ख! मैले उसको बारेमा धेरै जानकारी लिइसकेकोछु।" उन्ले आफ्नो खल्तीबाट लिस्ट निकाले।
"मैले एक हफ्ता देखि उनलाइ वाच गरिरा'थेँ। अनि मैले उन्को सबै इन्फर्मेसन तयार गरेको छु।"
"अनि क्रीश ब्रो मैले के गर्ने नि यो लिस्ट लिएर?" म अलमलमा परेँ।
"भाइ तिम्रो क्रीश ब्रो प्रेममा परेको छ।"
अब मैले बुझ्नु पर्ने केहि बाकिँ रहेन। क्रीश ब्रो ले मलाइ फसाए भन्ने सोच्न थालेँ। "हुन्न" भन्न नि मिलेन तेत्ति धेरै रिण लगा'का छन्।

"अहिले सरिता त्यहाँ बसपार्कमा गाडी पर्खिरहेकी छिन, तिमी त्यहाँ गएर उनि सङ्ग परिचय गर्नु। अब मेरो जिन्दगी तिम्रो हातमा छ भाइ" मलाइ ठुलै काम सुम्पेर उनि लागे आफ्नो घर तिर। म त्यो मिर्मिरे बिहानमा लागेँ बसपार्क तिर नयाँ मिशन लिएर।
"मिशन सरिता"

"सरिता दि नमस्ते" मैले अलि अफ्ठेरो मान्दै नजिकिने प्रयास गरेँ।
उनले मलाइ नचिन्ने त होइन, कत्ति चोटि हाम्रो किर्केटको बलले उनको घरको सिशा फुटा'को थियो। तर पनि आज पहिलो पटक बोलेको।
"ए भाइ, तिम्रो नि यो बेला कलेज जाने टाइम पर्छ?" उनलाइ केही पत्तो छैन म के मिशनमा छु भन्ने।
"हैन दि, आजकाल अलि फ्रेश हुन मन लाग्छ अनि तेहि भएर बिहानै उठ्छु।"
"ओहो अत्ति राम्रो! मलाइ यस्तो मान्छे सार्है मनपर्छ" सरिता दि भन्दै थिइन।
"मलाइ सब थाहा छ" मैले मनमनै भने। त्यो क्रीश ब्रो ले दिएको लिस्टको के काम नि नत्र?
"दि हजुरले हिजो कसौटी हेर्नु भयो?" मैले कुरो झिकेँ
"हेरेँ त" सरिता दि चाख दिन थालिन।
"इन्डियामा नि तेस्तो हुन्छ र? एउटै केटीको तेत्ति धेरै बिहे?"
"यो भाइलाइ कत्ति चाख लाग्या होला यस्ता कुरामा" सरिता दि हाँस्न थालिन।

अब मेरो काम अलि सजिलो हुने भयो। भोलि पल्ट देखि म दिनै सरिता दि लाइ भेट्न थालेँ। हामी ख्याल ठट्टा गर्दै कलेज जान्थ्यौँ।

क्रीश ब्रो बिच बिचमा म सङ्ग 'प्रोग्रेस रेपोर्ट' माँग्थे। म नि उत्साहित हुदै उनलाइ सबै कुरो बेलिबिस्तार लाउथेँ। मेरो कलेजको क्यन्टीनमा क्रीश ब्रो ले खाता खोलिदिएका थिए। दिउसो घुम्नको लागी मलाइ मोटरसाइकल सधिँ तयार थियो। मतलब खाना फ्री, घुम्न फ्री, एउटा रहिस जिन्दगी बिताइरहेको थिएँ।

"अब त भन्नु पर्यो। कत्ति दिन भुमिका मात्र बाँध्ने?" मैले निर्णय गरेँ।
"सरिता दि हजुर लाइ क्रीश ब्रो कस्तो लाग्छ?" मैले आँट गरेर सोधेँ
"ठिकै लाग्छ" सरिता दि ले सजिलो गरेर उत्तर दिइन।
"हजुरलाइ एउटा कुरा भन्छु है?"
"भन न"
"हजुरलाइ क्रीश दाइले अत्ति मनपराउनु हुन्छ। वहाँ ले मलाइ यो कुरा हजुरलाइ भन्नु भनेर पठाउनु भएको। हजुर ले नि "हुन्छ" भन्नु भए मलाइ नि ढुक्क हुन्थ्यो।" मैले एकै साँसमा कुरो सिध्याएँ।

सरिता दि त राता राता आँखा पारिसकेकी रहिछन्। मैले कुरो सकेर उनको अनुहार हेरेको त आँधी आउन लागेको आकाश झैं काली भएर बसेकी रहिछन। मैले सबै कुरो बुझेँ। त्यहाँ बस्नुको कुनै अर्थ छैन भन्दै मेरो दिमागले खतरा घन्टी बजाइसक्यो। म त्यहाँ बाट कुलेलाम ठोकेँ।


"बिचरा क्रीश ब्रो लाइ के भैरा'होला?" मलाइ क्रीश दाइ को सार्है माया लागेर आयो। "उनको एउटा काम पनि गर्न सकिन। मैले के गर्ने नि? अब उनैले मन पराइनन् त मैले के गर्ने? मनपराउने मान्छे ले पनि त मनपराइदिनु पर्यो नि।" मैले आफुलाइ सम्झाउने असफल प्रयास गरिरहेँ।

एक हफ्ता सम्म म बाहिर नि निस्किन। मलाइ सार्है नरमाइलो लागिरह्यो।

"टिरिङ टिरिङ" मेरो फोनको घन्टी फेरि बज्यो। राती को ३:३० बजे फेरि क्रीश ब्रो ले मलाइ फोन गरे।
"भाइ तिमी चाँडो तयार भएर बाहिर आउ त" क्रीश ब्रो को हुकुम आयो।
म सोच्न थालेँ, "ओहो! त्यो सरिता दि ले कुरो बुझ्नु भएछ। दुइ जनाको कुरो मिल्यो जस्तो छ।" म खुसि हुदैँ तयार भएर बाहिर निस्किएँ। मेरो एक हफ्ता देखि को गुप्तबास टुट्यो।

"क्रीश ब्रो मलाइ सार्है खुसि लाग्यो हजुर ले फोन गर्नु भयो" मैले मेरो मनका सबै कुरा बिसाएँ
"भाइ सुन न" क्रीश ब्रो खल्तीमा हात हाल्न थाले।
"ल यो लेउ" क्रीश ब्रो को हात मा एउटा लिस्ट थियो।
"दाइ के हो यो?"
"तिमी सबिनालाइ चिन्छौ? ............अब यो दाइ को ज्यान तिम्रो हात मा छ। अहिले ५ मिनेट पछि उनि यहि बाटोबाट आउछिन" क्रीश ब्रो ले हातको लिस्ट मलाइ थमाए।

म अवाक भएँ।

"एकै नजरमा माया बस्यो है लुकी छिपी हेरी दिना ले, त्यो आखाँले जिउदै मार्यो है............"उनि गीत गुन्गुनाउदै घर तिर लागे।
म उनलाइ हेरि रहेँ। मेरो दिमागमा उनको त्यो महाबाणी गुन्जिरह्यो "......प्लान बनाइरहनु पर्छ, एउटा असफल भयो भने अर्को जरूर सफल हुन्छ.......।"

समाप्त :oP
 
Posted on 07-24-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितारी!!!!!
उफ्!!! डिस्टर्ब नगर त मैले चेरी खाइरछु के.:D :D :D

कतिछिटो कुम्ले तयार् थियो कि कसो? पढ्न बसे म अब:)
 
Posted on 07-24-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ! कस्तो रमाइलो कथा !
राम्रो लाग्यो, कुम्लेजि , तर कथा अधुरो जस्तो लग्यो नि , त्यो सरिता दि को आखा रातो भएपछि र कुम्ले कुलेलम् ठोक्नु भन्दा अघि (बिच)को एक्सन् चै डिलिट् गर्या जस्तो छ् कुम्ले ले हिहिहि ;-)
 
Posted on 07-24-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् चेरी नि खाने कुरो हो त? सजाएर राख्ने हो cherry on the top ! :)
 
Posted on 07-24-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मेरो सबै ठिकै छ । तिमी हरु को नि । सानानी, तितौरी अनि मास्टरनी दिदि के छ हो तपाईं हरु को नयाँ खबर ।
मास्टरनी दिदी अनि भुराभुरिहरु र सर को के छ नि । सर लाई धरै सम्झेको छ भनि दिनुस् ।
 
Posted on 07-24-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी हा हा हा!!

विच को एक्सन नि भन्नु पर्ने? लामो छ, तर कुनै अप्रिय घटना भने भएन।
"कसरी?" यदि तिम्रो यो प्रश्न हो भने तिमीलाइ मैले यो भन्नु पर्ने हुन्छ "क्रीश ब्रो को लिस्ट को के काम नि?" सरिता दि लाइ खुसि पार्ने एक एक तिक्डम थियो त्यहाँ।

अझ उनको दोस्रो लिस्टमा अरु नि धेरै इन्फर्मेसन थिए।
 
Posted on 07-24-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho kumle gajjabko chha katha.

thulnani ma ni thikai chhu.

mis hajur ke bhannu bha?
 
Posted on 07-24-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए आपतकालिन अबतरण को ट्रेनिङ् पुरा गरेर गा' हो भने त ठिकै हो ,तर सबै लेख्या भए अझ मरिमरि हास्न पाइन्थ्यो कि? :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters