[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 84566 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-25-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई ले नि कुखुरा र रौसी चुर्नु भाको होकी क्या हो ।
आज त को को आएचन यो चौतारीमा । सबैलाई स्वागत छ यो साझा चौतारीमा ।
 
Posted on 07-25-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्ननी म त नया हैन है, पुरानै हो।
२-४ बाहिर गाको ले चौतरीमा आउन न पाएर मात्र हो।

**********************************************************************

गाम्लेहरु लाइ अफिस अनि जेल को फरक था छ? था छैन भने लु हेरुम न त।

If you ever get these two environments confused, this should make things a little bit clearer.

IN PRISON......you spend the majority of your time in a 10X10 cell.
AT WORK............you spend the majority of your time in an 8X8 cubicle.

IN PRISON.......you get three meals a day.
AT WORK...........you get a break for one meal and you have to pay for it.

IN PRISON..........you get time off for good behavior.
AT WORK............you get more work for good behavior.

IN PRISON..........the guard locks and unlocks all the doors for you.
AT WORK............you're often required to carry a security card and open all the doors yourself.

IN PRISON..........you can watch TV and play games.
AT WORK...........you get fired for watching TV and playing games.

IN PRISON.........you get your own toilet.
AT WORK..........you share the toilet with some people who pee on the seat.

IN PRISON..........they allow your family and friends to visit.
AT WORK............you're not supposed to even speak to your family.

IN PRISON.........all expenses are paid by the taxpayers.
AT WORK............you pay all your expenses to get to work, and then they deduct taxes from your salary to pay for prisoners.

IN PRISON..........you spend most of your life inside bars wanting to get out.
AT WORK .........you spend most of your time wanting to get out and go inside bars.

IN PRISON........you must deal with sadistic wardens.
AT WORK...........they're called managers.

Have a Good Day at Work!
:)
 
Posted on 07-25-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
नेप्चे, राम्रो रहेछ ल!
 
Posted on 07-25-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी तिमी नि आएउ चौतारीआँ :)
तेइ त म पुनि हेर्दै छु के नये नये मुन्छे धेरै आ'रचन् रमैलो भैरारे'च ।अँ तिमि क्यार्दै छौ बरै ठुल्नानि , सान्नानि कता गैछे अघि त ट्याँउ ट्याँउ बोल्दैथि अ आ इ ई भन्दै ?
उफ ! यो दीप् दाइ ले २१२ लम्बर् को बिडिको धुवा उडाएर फेरि ! चौतरीमा बसिनसक्नु पर्नु भे'छ ,छि !
लौ ठुल्नानि जाउ तिमि र म माथि काफल् टिप्न धुवामा बस्न हुन्न के केट्केटि हरु।
 
Posted on 07-25-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लाहुर त गैयो कि बिर्खे, लेकिन त्यो चाइन्जो पैसो भन्ने लड्किले माया मान्या भए त मरी जाम । जति आउँछे उति जान्छे, मैले त केही ठम्माउन सक्या होईन। हैन क्यारेर कमाउनी हो यो पैसो भन्ने जन्तु? खै मलाई पनि सिकाउनुन चौतारी बन्धुहरु :पी अब त्यो लेउससमा चड्ने औकात हुन नपाउदै सिल्टिमुर खाइएला जस्तो छ अनि भुत्राको सेउसी ले पत्याउँछ्न?

अनि तिम्रो मुग्लान यात्रा कस्तो भो नि माइला? गोडा २ ४ वोटा गोरीहरु पट्यायोउ रे भन्ने हल्ला छ गाम्मा त? :पी खै खै एउटो फोटु टाँस त, आफुले नपाएनि एसो फोटु हेरेर भयेनी यी नयनले राहत पाउँथ्यो कि? पी

ओहो नेप्चे पनि टुप्लुक्क झुल्केछ आज त मेरी बासै! हन क्यार्दै छौ केन्डाँडातिर? भाउजुको दर्शन कहिले हुने हो कुन्नी :पी

अनि कुम्ले नि आजभोलि निकै सेउसी कुरा गर्न थाल्या रच, मु त जाड पानी भुनेसी सासैले टिप्न थाल्छु :पी बचाएर राखो है नत्र फेरी गीत नै फुर्दैन यो ज्यानलाइ। अब यस दोहोरी सोहोरी गर्नु परो नि चौतारी महोत्सबमा, कि कसो गाम्ले हो?

अहो तितौरि मैयाँ त कपाल बाटी वोरि खास्साकी देख्खेकी रचिन्। म लाहुर जाँदा त सानी सानी
भयेको जस्तो मान्याँथे। अहिले त हर्लक्क बडिछिन्, कति राम्री भयेकी नि हेरिरहुँ जस्तो। :पी

अनि साझायुजरलाइ पनि अब कपुरी क पढाउने हन त? :पी :पी

रोल लम्बर ४२०-- यस् मिस्!!! :डी :डी

लुते
 
Posted on 07-25-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा तिमी त पुरनो हो ।मैले वीरसेको छैन ।
तितौरी म त काम मा अलि बिजी छु । तिम्रो के छ नि ।
 
Posted on 07-25-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी पख म झोला लिएर आउछु । झोला भरि काफल तिप्नु पर्छ । :P
 
Posted on 07-25-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाई खार आयो ।पिलिज यसरी बिदी नफुक्नुस् भनेको । अहम अहम लौ हेर खोकिनी लाग्यो । :P
 
Posted on 07-25-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुरे दाइ लाउरे भे'र आचन् लौन ,केके ल्याए होलान् त लाउर् बाट निक्कै कपालाँ तेल् टल्कार चौतरी मा झुल्किन थलेचन् नि लौ!

ओइ! लुरे दाइ, कैले फर्किन्चौ नि फेरि कि नफर्किनि गरि आ हो?
रोल् न् नि ४२० कति राम्रो छनेचन् बरै :ड् आफै छान्या हो कि मिस् ले दिनु भा हो? :D

ठुल्नानि ल ल मलाइनि ल्यादेउ है एउटा झोला अलि ठुलो के नत्र डोको भे'नि हुन्छ:D
 
Posted on 07-25-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, चौतारीमा त निकै नयाँ गाम्लेहरू आउनुभा' रैछ, खुशी लाग्यो, स्वागत छ है सबैलाई। चौतारी महोत्सव चैं भव्यताका साथ मनाउन पाइने भयो। :)

नेप्चे नि धेरै दिनपछि झुल्किएछ नि, खेतीपाती कस्तो भो? तिमीले टाँसेको काम र जेलको तुलना चैं साह्रै घत लाग्यो, मलाई नै हेरेर लेख्या हो कि भनेर झसंग पो भएँ। :)

ओहो! लुते बुरो नि घुम्दै चौतारीमा पाल्नुभो नि, के छ हालचाल? राम्रो रोल नं छानेछौ, आफ्नो चैं रोल नं ८ हो। दीप जी र साझा चलाउने लाइ नि नमस्ते।

ए बिर्खे जिम्माल, कविताहरू लेखम् न, तपैंको कविता सुन्न नपा' नि जुग भो।
सान्कान्छा, आउँदै गर्नु है मीठा गीत लिएर।
कुम्ले, सबिना दिदीको कथा चैं के भो नि? ;)

ठूल्नानी र तितौरी, मलाई नि काफल पठाइदेऊ है, म त चूरोट पिउँदिन नि। :)
 
Posted on 07-25-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि कुरो गइरो र'छ लुतेओ। अब चाइन्जो लेउसास मा चडेर सेउसि पट्टयाउन नसके कम से कम क्याम्री चडेर राम्रिलाई साइडमा राख्न त परो नि लुते।
अब मेरो के कुरा गराई भो र, पट्ट्याएको त हो नि ऊ जमानामा २-४ जनालाई नै, तर के गर्नु आफ्नो त न लुगा पट्ट्याउने ढङ्ग पुगो उतिबेला न त कन्या। एउडिलाई पट्ट्याएको मोरि त १००% कटन जस्ति परिछे, चम्र्याकचुम्रुक्क खुम्चेर बरबाद्। अर्को पट्ट्याएको माडा लाको फरिया जसतो चाइन्जो कक्र्याककुक्रुक्क पर्छ यसो गरे नि मिल्दैन उसो गरे नि मिल्दैन। लु भएन अझै एउबाजी टराई गर्नु परो भनेर फेरि पट्ट्याको त सिलिक को सारी अस्तो
सल्याकसुलुक्क कहिले यता चिप्लन्छे कहिले उता, हुँदा हुँदा अब त आफ्नै धोती पनि चाइन्जो पट्ट्याम्न बिर्सिसकेँ....हरिशरणम्!!

***************
थुल्नानी बयर तिपेर मलाई पनि कुवाउ हइ? :)
 
Posted on 07-25-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त याहा को नियम नै थाहा भएन । रोल नम्बर चाँहीने हो ? को हुन चौतारी को मिस् ?
 
Posted on 07-25-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कुरा अर्दा अर्दा चित्रे नि आइपुगेछ।
लेख्छु चित्रे लेख्छु सुरु त धेरै गरेको थिए कुनै पनि सक्न पाको छैन सकिने बित्तिकै टाँसुमला।
आजकल मैनाको के छ हालखबर?
 
Posted on 07-25-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा पर्योगकर्ता,
चौतारीको मिस चैं मास्टर्नी दिदी(miss_me) हुनहुन्छ। रोल नं चैं आफैं छान्ने हो, तर लिइसक्या चैं छान्न पाइदैन। नत्र मास्टरको लागि दर्खास्त दिए नि हुन्छ, विद्यार्थी बन्न मन नलागे। यौटा प्रौढ शिक्षाको कक्षा नि छ।

अहिले सम्म गैसकेका रोल नं मैले सम्झेसम्म:

प्रौढ शिक्षामा
० बब दाई
१ बिर्खे जिम्माल

साधारण कक्षामा
१ नमे
२ गाले हो कि को हो बिर्से
३ आइते
४ साहिंला होल
५ पिरती
६ ठूल्नानी
८ चित्रे (म आफैं) :D
११ खै को हो बिर्सें तर गैसक्यो
१२ नि गैसक्यो क्यारे
१३ यामे जस्तो छ
१५ मिस्टे
२० भुसुक्कै बिर्सें :)
२१ नेप्चे
२२ तितौरी
२३ कुम्ले हुनुपर्छ
४२० लुते

ल, यी बाहेक जे छान्दा नि हुन्छ, अनि आफ्नो रोल नं चैं सम्झिनु है,अरूको भुले नि! ;)
 
Posted on 07-25-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है अब त झन रमाइलो भको छ चौतारीमा ।



त्यो महोत्शबमा सप्पैले केही न केहि गर्नु पर्यो ।
 
Posted on 07-25-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे जिम्माल बूढा,
के भन्या? मैना रे? अचेल त मेरी ठूल्नानी पो त। :D ;) ठूल्नानी र मेरो कविताहरू पढ्नु भएन कि क्या हो? तपाई मधेस जाउन्जेल त मेरो कहानी नै कता मोडिसक्यो। ;)
 
Posted on 07-25-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई सर्को तान्या त यस्तो आयो। कोदा रस त बाँकि नै छ, बटुकामा।


बादल भै हेरेँ, बर्सेर सकिएँ
घाम भै हेरेँ, अस्ताएर सकिएँ
जिन्दगी भै हेरेँ, मरेर सकिएँ

आगो भै हेरेँ, बलेर सकिएँ
हावा भै हेरेँ, निस्सासिएर सकिएँ
जिन्दगी भै हेरेँ, मरेर सकिएँ

सपना भै हेरेँ, ब्युँझेर सकिएँ
बाजी भै हेरेँ, हारेर सकिएँ
जिन्दगी भै हेरेँ, मरेर सकिएँ
 
Posted on 07-25-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे!! यि मैना को हुन् नि?? अब कुरो बुझियो!! ल यहाँ समाजका अगाडी ल्याम्न परो ति मैनालाई। धन्न ठुल्नानी काफल टिप्न गा'को बेलामा कुरो निस्क्यो नत्र यिनलाइ बिजोग पार्थिन् बिचरीले। :पि

माल्दाइ को कक्र्याककुक्रुक सल्याकसुल्लुक के कुरो हो तेस्तो? बुझे मार्नु लौ!
 
Posted on 07-25-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइछन् बरा ठुल्नानी, हेर त हाँसेकी! के गरुन् बिचरी!! :डि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters