[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 84589 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-22-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle le aaja mo mo khayechha:D


kvitako banauna kati ghanta lagyo ta ??
 
Posted on 07-22-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, गाउँलेहरु! गफ-गाफ भइराख्या रहेछ।

चित्रे -- कमेन्टको लागि धन्यबाद। मैले त्यो बेलाको कुरा जे देखें त्यही लेखेको मात्र हुँ। हाम्रो समाज नै एकदम कम्प्लिकेटेड छ, के गर्ने! आशा छ, अरु भाग पढेर प्रतिकृया दिनुहुनेछ।

मास्टर्नी दिदी - तपाईंले त्यस्तो भन्दा त म कति मख्ख हुने होला। मैले त्यति लेख्ने गरेको छैन। पढ्न चाहिं नेपालमा हुँदा नेपाली पुस्तकहरु (वेशेष गरी उपन्यास) पढ्ने बानी थियो। लेख्दा सोचेर लेख्ने बानी छैन। मनमा जे आयो त्यही लेख्दै जाने हो - त्यसैले शब्दचयनमा चाहिं ध्यान दिन पाएको छैन। अब १-२ भागमा नियात्राको टुङ्गो लाग्छ होला। पढ्दै, प्रतिकृया दिंदै गर्नुहोला।

तितौरी -- पढ्देकोमा धन्यवाद! ल म पनि छिटो छिटो नै लेखेर कथा सक्ने प्रयास गर्छु। पर्सिदेखि २-४ दिन बारीतिर दिनभरि काम गर्नु छ। चौतारीमा आउन पाइन्छ कि पाइँदैन। बरु हामीलाई चौतारी महोत्सवमा स्वयंसेवक राखिदिएका रहेछन्। के गर्ने हो? आफुले स्वयं आफ्नो सेवा गर्ने त होला नि! :D

ठुल्नानीलाई पनि नमस्ते। किन हो आज चाहिं अलि व्यस्त? बिहान बेलुका नै काम छ कि के हो?

कुम्लेको पकाएको मम देखेर मुख रसायो। यसो गोलभेंडाको अचार-सचार चैं नबनाएको?

नमेदाइको कल्पनाशैलीलाई चाहिं मान्नै पर्छ। कसरी ट्याक्क पारिदिया हँ? शहरका किताप एकदम मोटा हुन्चन्। यति मोटा हुन्चन कि गाता नै हाल्न पर्दैन।

 
Posted on 07-23-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त गाउँले हो। नियात्राको अर्को भाग पनि पस्केको छु।
चिम्सेको जन्ती जाँदा - ८

धन्सारको माथिल्लो तल्लामा उक्लेर हेरेको त पुरै गुन्द्री ओछ्याइएको रहेछ। एउटा कुनामा अलिकति पराल थियो। ओढ्ने ओछ्याउने कपडाहरुले भरिएको होला भनेको त कपडाको नाममा एउटा टुक्रो पनि थिएन। ल, परेन फसाद? अब, कहाँ सुत्ने? हामी मुखामुख गर्यौं र केही नभनी हाँस्न थाल्यौं। केहीबेर यो गाउँ "यस्तो" "उस्तो" भन्यौं। यस्तो दुर्गम भेगमा कठीन जीवनशैली बिताउन सक्ने यी मानिसहरुप्रति नतमस्तक त थियौं नै, तर त्योभन्दा बढी उनीहरुप्रति सहानुभूति दर्शायौं।

यस्तै गफ चल्दै थियो, धन्सारमा एकजना घरपट्टिको (दुलहीपट्टिको) अधवैंशे मानिस आए र भने - "बाबुहरु जन्तीसँग आएका बाहुन नानीहरु हुनुहुन्छ?"
हामीले स्वीकृति जनाउँदै मुन्टो हल्लायौं। उनले हामीलाई तल बोलाए र हामी सरसर तल ओर्ल्यौं। मनमनै सोच्यौं - "ए रात्तै! केही व्यवस्था होला जस्तो छ"। अघि बसेको ठाउँनेरको परालको थुप्रोमा आडेस लगाउँदै गरेका एकजना मानिस हामीलाई कुर्दै रहेछन्। उनले हातमा कापी बोकेका थिए र निकै जान्नेसुन्ने जस्ता देखिन्थे। मैले उनी घरपट्टिको बिहेको हर्ताकर्ता होलान् भन्ने अनुमान लगाएँ। हामी आउनासाथ उनीले सोधे - "यो गाउँमा तपाईंहरुको कोही नाता-गोता हुनुहुन्छ?"
उनी सायद हाम्रो खानपिनको चिन्ता गर्दै थिए वा हामी अर्कै उद्देश्यले आएको (जस्तै आफन्तहरु भेट्न) हो कि भन्ने अनुमान लगाउँदैथिए। हाम्रो बारेमा चिन्तित भने अवश्य थिए। हामीले "छैन" भन्यौं।
"उसो भए खानाको व्यवस्था के गरौं त?"
हामी कागको बथानमा बकुल्ला भैसकेका थियौं। सँगै आएर बेकारमा यिनीहरुलाई टेन्सन् दियौं जस्तो लाग्यो। "अरु जन्ती सरह खान्छौं" भनिदिने मन थियो। तर, उता जन्तीहरु रक्सी खान मै व्यस्त थिए। त्यो लट रक्सी खाएर राति अबेर खाना खानेजस्तो मान्यौं। अरुसँग खाना खानको लागि कुर्नुभन्दा बरु सुत्न पाए भोलि केही गरौंला भन्ने लाग्यो। त्यसैले मैले भनें - "हामीले अघि नै आरखेतमा खाना खायौं। खानको व्यवस्थातिर नलागौं। हामीलाई सुत्ने ठाउँ भए पुग्छ।"
ती मानिसको अनुहारको चिन्ताको रेखा निकै कम भएको महसुस भयो।
"उसो भए, सुत्नको लागि यही धन्सार छ। अरु केही चाहिएमा भन्नुहोला।"
"त्यो जाबो गुन्द्री मात्रै भएको धन्सारमा भुत्रो सुत्ने? यस्तो जाडो ठाउँ छ, जाऊ सिरक-दसना ल्याऊ" भन्दिन मन थियो। तर त्यस्तो भन्न सक्ने हुति पनि थिएन, भन्ने कुरा पनि भएन। त्यसैले समझदार उत्तर दिएँ, "हैन त्यस्तो केही छैन। हामी अहिले सुत्न चाहन्छौं।"

"आज चाहिं फेला परियो, देखिस्?" राजुले धन्सारमा आइसकेपछि भन्यो।
"के गर्ने त? यस्तो ठाउँमा सुताउँछन् भन्ने के थाहा?" मैले पनि उत्तर दिएँ।
हामी यहाँ आएकोमा पश्चाताप भने थिएन। अघि गफ गरेको मान्छेबाट फुत्केपछि, यसो बिहेघरको वरिपरि हिंडेका थियौं। त्यस्तो वर्णनयोग्य कुरा खास केही थिएन। घरभित्र त्यस्तै हल्ला थियो। चिम्से पनि कुनै कोठाभित्र पसिसकेको थियो क्यारे। उता जन्तीहरु पनि सानो-सानो आवाजमा गफ गर्दै गरेकोले उनीहरु पनि संयमित रुपले पिउँदै गरेको लख काट्यौं। एकाध घण्टापछि हामी फेरि धन्सारमा फर्केका थियौं। अहिले मध्यरात हुन लागिसकेकोले हाइ काढ्न थाल्यौं। बिस्तार बिस्तार भोक पनि लागेर आयो। शरीर स्थीर राख्न मान्छेले दुई कुराको ख्याल राख्नुपर्ने हुन्छ- भोक र निद्रा। भोक खप्नु परेमा निद्राको साहरा लिनुपर्छ, र अनिदो बस्नु परेमा प्रशस्त खाना खानुपर्छ। हामीलाई दुवै कुराले सताउँदै थिए। त्यसैले छिटो छिटो निद्रादेवीको साहरा लिने निधो गर्यौं। निधो त गर्यौं, तर कसरी निदाउन सकिन्छ? लेकको ठाउँ, चिसो रात, न ओढ्ने-ओछ्याउने, त्यसमाथि पनि धन्सारको काठको खापबाट चिसो स्याँठ भित्र छिर्ने। खुट्टा र कान चिसो भएकोले निदाउनै सकिएन। राजुले कोट फुकालेर त्यही ओढ्यो। म चाहिं हेरेको हेर्यै भएँ। थाकेको, हारेको र भोकाएको गोरुलाई रिस उठेको हुन्छ, वरिपरि नपर भन्ने भनाइ छ, मलाई पनि एक किसिमको रिस उठेर आयो। मेरो पालो नजीकै ओच्छ्याएको गुन्द्री बोकेर ल्याएँ। त्यही गुन्द्री खुट्टामाथि राखेर सुतियो। हुन त अरु जन्तीको लागि भनेर राखिएको गुन्द्री थियो त्यो, तर "तिनीहरु रक्सी खाएर कुन बेला मातेर आउँछन्, के को गुन्द्रीको चाहियो र?" जस्तो लाग्यो। राजुको कोटको एउटा बाउला तानेर अनुहारमाथि राखें र कान छोपें। घरबाट हिंड्ने बेलामा कोट बोकेर आएको देखेर राजुको हाँसो उँडाएको थिएँ, तर अहिले त्यही कोटले मेरो जीवन बचाउँदैछ जस्तो लाग्यो। यस्तैमा हामी कतिखेर निदाएछौं पत्तै भएन। राति ३-४ बजेतिर एकचोटि ब्युँझिदा त झन जाडो लागेर आयो। १ घन्टाजति त्यसै अनिद बसेपछि फेरि निदाएछु।

बिहान राजुले मलाई उठाउँदा मिरमिर उज्यालो भैसकेको थियो। बिहान छ-साढेछ बजेको थियो होला। यस्तो कठीन रात मैले जिन्दगीमा कहिल्यै पनि काटेको थिइन। बिहानीभएको देखेर मनमनै ठुलो राहत महसुस गरें। वरिपरि हेरेको त, अरु १०-१२ जना मान्छेहरु मस्ती निद्रामा थिए। त्यो भीडमा श्यामे पनि थियो। हामीलाई चटक्कै छोडेर ऊ खुब पिउन हिंड्ने भएको! एक लात हानिदिउँ जस्तो लाग्यो।

ओर्लेर तल आएको त दुलाहाका बाउ उठिसकेका रहेछन्। हामीले यहाँबाट बिदा मागेर अगाडि नै फर्किने निधो गरिसकेका थियौं। राजु अघि सर्यो - "ल त दाइ, हामी फर्कन्छौं। हिजो वास्तवमा मामाघर जाऔं भनेरै हिंड्या थियौं, तर तपाईंहरुलाई देखेर यो ठाउँ हेरौं भनेर आएका। आज खाना खानेबेलासम्म मामाघर नपुगी भा'छैन। हामी हिंडिहाल्छौं।"
"मलाई नै त्यस्तै लाग्या'थ्यो हिजो। तर आरखेतसम्मै आइसकेपछि चाहिं हामीसँगै आउनुभा'रछ भन्नी सोचें। अनि बाबुहरुको हिजो खानपिन कस्तो भयो खै?"
"सबै राम्रो भयो दाइ। अब हामी लाग्छौं है त!"
"हवस् त" भन्दै चिम्सेका बाउले नमस्ते फर्काए।
तगारो कटेपछि मैले मजाक गरें, "खूब गफ मिलाइस् नि!"
राजु पनि हाँस्न थाल्यो, "के गर्नी त? 'भोकै बसियो' भन्नी?"
आरखेतमा पुगेर केही नास्ता गर्ने सुरले हामी छिटो छिटो ओरालो लाग्यौं।

क्रमश:
 
Posted on 07-23-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good goin Gaalab:)
jaaos jaaos ...
 
Posted on 07-23-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब् जि, ल यो पनि पढि सिधियो , । एकदम् फरक् खाल्को जिबनशैलि र परिबेश् आफैले देखेजस्तो अनुभव् भै'रा छ। रमाइलो लागिरा'छ पढ्दा :)
 
Posted on 07-23-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् तितौरी ए के ए तिरु ए के ए टायरा ब्यान्क्स्!
चित्रे को जन्ती जाँदा जाम्ला नि गालब गए जस्तो गरी!
उकाली ओराली गर्दै!
बरु चित्रेनिलाई(Thulnani) छिट्टो फकाउ त बिहे गर्नको लागि!
 
Posted on 07-23-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mysty ke bhanya????!!!!
 
Posted on 07-23-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फोउसे ल तिमिलाइ म टाइरा ब्यान्क्स् जस्तो लागो कि के हो? होइन् है म त ,चौतारी को तितौरी हो , तिमि धेरै अ मेरिकाज् नेक्स्ट् टप् मोडल्स् हेर्छौ जस्तोछ् बाबै ।
अ चित्रे को बिहे मा चै मनि जानिहो ,ल तिमि नि जानि हो र ?
हुन्छ नि जाने भए सङै जाउला ,बरु ठुल्नानि पो कता गै मोरि अचेल् आउन्न चौतारि तिर ।ल म माथि डाडा मा गएर कराएर बोलाउछु है आउछे कि ल।
ओइsssssssssssssssssठुल्नानिssssssssssss!!!!!!
 
Posted on 07-23-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ahem Ahem!!

:-S
 
Posted on 07-23-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..***********मिस् तितौरी ए के ए तिरु ए के ए टायरा ब्यान्क्स्
miss-titauri AKA Tiru AKA Tyra Banks bhanya miss!
hajur lai haina hai ;)
tiru le ta kura bujhyo:
 
Posted on 07-23-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

E kumle :-S ????!!
 
Posted on 07-23-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई नमस्ते
 
Posted on 07-23-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी पनि आइपुगिछन् कस्तो लामो आयु!
अनि के छ त गाम्ले हरु ? हालखबर सुनाओ न!
कुम्ले र तितौरिको खास् खुस् बुझिएन!
बरु गीत सुनुम भो!
मेरो रिडिओ मा त नेपथ्यको गीत बज्दै छ!
"चौतारीको डिलमा बसी ए मेरी मायालु
धेरै धेरै चिट्ठी तिमीलाई कोरें,
तिम्रा हृदयका सारा भावना हरु तेही चिट्ठिमै कोरी पठाइदेउ!"
 
Posted on 07-23-06 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-23-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु सबैलाई जदौ!

गालेको नियात्रा पढ्दा आफूपनि संगै गएजस्तो लाग्छ।

*********

चौतारी महोत्सव मनाउने बारेमा एक दुई कुरा खोकिहालौँ। दादाले जिम्मेवारी बाँडफाँड गर्नुभएको छ, तर भौतिक निकटताको अभावमा ठ्याक्कै भनेजस्तै हुन नसक्ला। एउटा समझदारी बनाएर त्यसै अनुसार जानुपर्ला। मेरो बिचार यस्तो छ।

१: चौतारी महोत्सवको तिथि: ०९-०७ मा मनाउने भन्ने कुरो भईराख्या छ, तर यता ०७ हुँदा अम्रिका-कन्ननिडाँडा तिर ०६ नै हुने, त्यता ०७ हुँदा यता ०८ भईसक्ने हुनाले चौतारी महोत्सव दुई दिन मनाउने। पूर्वकाले आफ्नो ०७ र ०८, पश्चिमकाले आफ्नो ०६ र ०७ मा। भब्य रुपमा मनाउन दुई दिन चाहिन्छ पनि। के विचार छ गाम्ले हो?

२: चौतारी महोत्सवको चौतारी संस्करणको नामाकरण "चौतारी महोत्सव विशेष" भनेर गर्ने, नेपालीमै गर्ने र लम्बर नझुण्ड्याउने। साज सजावट, सिंगार पटार सहित यस्को डिजाईन गर्न एकजनालाई अहिलेनै जिम्मा दिने, महोत्सव शुरु उसैले गर्ने।

३: स्यान्कान्छाले महोत्सवभरि बज्नेगरी मिठा नेपाली गीत-संगीतको ब्यबश्था गर्ने।

३: चौतारी महोत्सबमा सबैले केहि न केहि प्रस्तुत गर्नै पर्ने। कथा, कविता, नियात्रा, चुट्कीला जे भएपनि हुन्छ। अरु केहि नसके रमाईलो गफ दिए पनि हुन्छ।

४: चित्रेको तर्फबाट एउटा map quiz आउनेछ भन्ने आशा छ। महोत्सबको शुरुमा चित्रेले त्यो पेश गर्ने र अरुले नक्शाको ठाऊँ चिन्ने।

५:मिसको तर्फबाट poem quiz को आशा छ। केहि नेपाली कविताशं दिएर कवि र शिर्षक मिलाउने। यो पनि महोत्सबको शुरुमा पेश गर्ने, महोत्सबको समापन हुँदा सहि उत्तर मिसले बताइदिने।
(४ र ५ दुबैमा मिलाउनेलाई पुरस्कारको पनि ब्यबश्था गर्न सके काइदा हुन्थ्यो, तर त्यो अलिक सकिन्न कि?!)

६: विशेष प्रस्तुतिमा नेपे दाईबाट एउटा राजनीतिमा पोल्टिक्स घुसेको गजल र पुण्टे दाईबाट एक खण्ड "धोबिनी पुराण" अनूरोध गर्ने।

यो गोतामेको कुरो कस्तो लाग्यो कुन्नि?
 
Posted on 07-23-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आफ्नो त चाइन्जो राऊटेओ ताल भ’र कैले एता कैले उता अर्दैमा दिन बितो, रात बितो, चाइन्जो बैँस पनि बित्न बित्न लाओ के रे। मुउलान पसेओ थेँ गोडा दुएक मैनालाई आज ब्यान गाम फर्केको। रोपाईँको चटारो छ, तेति मुन्टो देखाम्न त पाउन्न के रे तै पनि गाम्लेअरु क्यार्दैछन भनेर चिओ अरेको नि। धेरै मुन्छे चाइन्जो आम्न थालेछन, लु सपैलाई मेरो जदौ छ! जता लाए नि भारि बिसाम्न, चिलिम तान्न, कुरा काट्न, मयाँ साट्न चाइन्जो चौतारिमा आम्दै अरम्ला।

चौतारी चिन्दा चिन्दा याँ सम्म आइपुगेछ। कुम्लेओ कथा बाँच्ने पारा खासाओ लाओ मुलाई। लु फलाक्दै अर्नु बेला बेलाँ च्याउन म नि आइरन्छु अब। चित्रेओ कथाले मलाई अगेर भेडेटाराटी राजारानी भन्ने ठाममा हिनेको अनि तल कालो पइरो हुँदि लेउतिआँ (लेऊति खोलामा) पौडि खेलेर माछा पोलेओ सउँजना आओ! गालऊको कुरोले चाइन्जो उ बेला गामघराँ जन्त गएको र उखु बारिमा पसेर ऊखु चोरेको सउँजना आओ, खप्पिस जो रेछौ कथा फलाक्न, लेख्दै अर्नु!

लु सपै पुराना बुडाहरु ठिकै छौ होला? गोताएँ, नेपे दाजू, दादा, भाउते, सिरे , लाले, मून्द्रे, काका बुडा सपै कता छन? गोताएँ त एइँ रेछ! मास्टरनी नानीओ किलास कस्तो जाँदैछ? हाम्रा भुराभुरिले दुख दिन्छन कि दिँदैनन्? एउ बर्ख बितेछ चौतारी सुरु अरेको पनि….., लु जोर मादल ठोकेर मारुनि नाचेर तुच्च तुच्च पार्दै मनाम्ला चौतारिको पइलो बर्खदिन्।

मेरो बाउसे लाउनु परो खेत तिर एसो दुई चारजना गाम्ले ठिटा ठिटि मेला भर्न आम्छन कि?
 
Posted on 07-23-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें जिम्माल!आरामै?

देख्यौ त गाम्ले हो, मैले भनेको हैन बूडाहरु चाँडै आम्छन् भनेर? अब काका, सिरे, लाले, मुन्द्रे सप्पै एक एक गरेर फर्किन्छन्।
 
Posted on 07-23-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरे है बिर्खेजी !!!!
तर रिस् उठिराछ का गा'को एतिका दिन्

पहिलेको सबै पाठ कण्ठ त छ???

:D
 
Posted on 07-24-06 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुडा आइसी, चौपारीमा हररर बतास चल्छ.

चुलेछ बुतास सुस्तरी मुनै हररर
भुर त छैन बुडाको बिताउँ हाँसेर!
... ...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters