Posted by: Birkhe_Maila July 23, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लु आफ्नो त चाइन्जो राऊटेओ ताल भ’र कैले एता कैले उता अर्दैमा दिन बितो, रात बितो, चाइन्जो बैँस पनि बित्न बित्न लाओ के रे। मुउलान पसेओ थेँ गोडा दुएक मैनालाई आज ब्यान गाम फर्केको। रोपाईँको चटारो छ, तेति मुन्टो देखाम्न त पाउन्न के रे तै पनि गाम्लेअरु क्यार्दैछन भनेर चिओ अरेको नि। धेरै मुन्छे चाइन्जो आम्न थालेछन, लु सपैलाई मेरो जदौ छ! जता लाए नि भारि बिसाम्न, चिलिम तान्न, कुरा काट्न, मयाँ साट्न चाइन्जो चौतारिमा आम्दै अरम्ला। चौतारी चिन्दा चिन्दा याँ सम्म आइपुगेछ। कुम्लेओ कथा बाँच्ने पारा खासाओ लाओ मुलाई। लु फलाक्दै अर्नु बेला बेलाँ च्याउन म नि आइरन्छु अब। चित्रेओ कथाले मलाई अगेर भेडेटाराटी राजारानी भन्ने ठाममा हिनेको अनि तल कालो पइरो हुँदि लेउतिआँ (लेऊति खोलामा) पौडि खेलेर माछा पोलेओ सउँजना आओ! गालऊको कुरोले चाइन्जो उ बेला गामघराँ जन्त गएको र उखु बारिमा पसेर ऊखु चोरेको सउँजना आओ, खप्पिस जो रेछौ कथा फलाक्न, लेख्दै अर्नु! लु सपै पुराना बुडाहरु ठिकै छौ होला? गोताएँ, नेपे दाजू, दादा, भाउते, सिरे , लाले, मून्द्रे, काका बुडा सपै कता छन? गोताएँ त एइँ रेछ! मास्टरनी नानीओ किलास कस्तो जाँदैछ? हाम्रा भुराभुरिले दुख दिन्छन कि दिँदैनन्? एउ बर्ख बितेछ चौतारी सुरु अरेको पनि….., लु जोर मादल ठोकेर मारुनि नाचेर तुच्च तुच्च पार्दै मनाम्ला चौतारिको पइलो बर्खदिन्। मेरो बाउसे लाउनु परो खेत तिर एसो दुई चारजना गाम्ले ठिटा ठिटि मेला भर्न आम्छन कि?
Read Full Discussion Thread for this article