Posted by: gaalab July 22, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
जदौ, गाउँलेहरु! गफ-गाफ भइराख्या रहेछ। चित्रे -- कमेन्टको लागि धन्यबाद। मैले त्यो बेलाको कुरा जे देखें त्यही लेखेको मात्र हुँ। हाम्रो समाज नै एकदम कम्प्लिकेटेड छ, के गर्ने! आशा छ, अरु भाग पढेर प्रतिकृया दिनुहुनेछ। मास्टर्नी दिदी - तपाईंले त्यस्तो भन्दा त म कति मख्ख हुने होला। मैले त्यति लेख्ने गरेको छैन। पढ्न चाहिं नेपालमा हुँदा नेपाली पुस्तकहरु (वेशेष गरी उपन्यास) पढ्ने बानी थियो। लेख्दा सोचेर लेख्ने बानी छैन। मनमा जे आयो त्यही लेख्दै जाने हो - त्यसैले शब्दचयनमा चाहिं ध्यान दिन पाएको छैन। अब १-२ भागमा नियात्राको टुङ्गो लाग्छ होला। पढ्दै, प्रतिकृया दिंदै गर्नुहोला। तितौरी -- पढ्देकोमा धन्यवाद! ल म पनि छिटो छिटो नै लेखेर कथा सक्ने प्रयास गर्छु। पर्सिदेखि २-४ दिन बारीतिर दिनभरि काम गर्नु छ। चौतारीमा आउन पाइन्छ कि पाइँदैन। बरु हामीलाई चौतारी महोत्सवमा स्वयंसेवक राखिदिएका रहेछन्। के गर्ने हो? आफुले स्वयं आफ्नो सेवा गर्ने त होला नि! :D ठुल्नानीलाई पनि नमस्ते। किन हो आज चाहिं अलि व्यस्त? बिहान बेलुका नै काम छ कि के हो? कुम्लेको पकाएको मम देखेर मुख रसायो। यसो गोलभेंडाको अचार-सचार चैं नबनाएको? नमेदाइको कल्पनाशैलीलाई चाहिं मान्नै पर्छ। कसरी ट्याक्क पारिदिया हँ? शहरका किताप एकदम मोटा हुन्चन्। यति मोटा हुन्चन कि गाता नै हाल्न पर्दैन।
Read Full Discussion Thread for this article