Posted by: Gautam B. July 23, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
गाम्लेहरु सबैलाई जदौ! गालेको नियात्रा पढ्दा आफूपनि संगै गएजस्तो लाग्छ। ********* चौतारी महोत्सव मनाउने बारेमा एक दुई कुरा खोकिहालौँ। दादाले जिम्मेवारी बाँडफाँड गर्नुभएको छ, तर भौतिक निकटताको अभावमा ठ्याक्कै भनेजस्तै हुन नसक्ला। एउटा समझदारी बनाएर त्यसै अनुसार जानुपर्ला। मेरो बिचार यस्तो छ। १: चौतारी महोत्सवको तिथि: ०९-०७ मा मनाउने भन्ने कुरो भईराख्या छ, तर यता ०७ हुँदा अम्रिका-कन्ननिडाँडा तिर ०६ नै हुने, त्यता ०७ हुँदा यता ०८ भईसक्ने हुनाले चौतारी महोत्सव दुई दिन मनाउने। पूर्वकाले आफ्नो ०७ र ०८, पश्चिमकाले आफ्नो ०६ र ०७ मा। भब्य रुपमा मनाउन दुई दिन चाहिन्छ पनि। के विचार छ गाम्ले हो? २: चौतारी महोत्सवको चौतारी संस्करणको नामाकरण "चौतारी महोत्सव विशेष" भनेर गर्ने, नेपालीमै गर्ने र लम्बर नझुण्ड्याउने। साज सजावट, सिंगार पटार सहित यस्को डिजाईन गर्न एकजनालाई अहिलेनै जिम्मा दिने, महोत्सव शुरु उसैले गर्ने। ३: स्यान्कान्छाले महोत्सवभरि बज्नेगरी मिठा नेपाली गीत-संगीतको ब्यबश्था गर्ने। ३: चौतारी महोत्सबमा सबैले केहि न केहि प्रस्तुत गर्नै पर्ने। कथा, कविता, नियात्रा, चुट्कीला जे भएपनि हुन्छ। अरु केहि नसके रमाईलो गफ दिए पनि हुन्छ। ४: चित्रेको तर्फबाट एउटा map quiz आउनेछ भन्ने आशा छ। महोत्सबको शुरुमा चित्रेले त्यो पेश गर्ने र अरुले नक्शाको ठाऊँ चिन्ने। ५:मिसको तर्फबाट poem quiz को आशा छ। केहि नेपाली कविताशं दिएर कवि र शिर्षक मिलाउने। यो पनि महोत्सबको शुरुमा पेश गर्ने, महोत्सबको समापन हुँदा सहि उत्तर मिसले बताइदिने। (४ र ५ दुबैमा मिलाउनेलाई पुरस्कारको पनि ब्यबश्था गर्न सके काइदा हुन्थ्यो, तर त्यो अलिक सकिन्न कि?!) ६: विशेष प्रस्तुतिमा नेपे दाईबाट एउटा राजनीतिमा पोल्टिक्स घुसेको गजल र पुण्टे दाईबाट एक खण्ड "धोबिनी पुराण" अनूरोध गर्ने। यो गोतामेको कुरो कस्तो लाग्यो कुन्नि?
Read Full Discussion Thread for this article