Posted by: Birkhe_Maila July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
"गोताएँ....ए गोताएँ..." मुढो बोल्ला गोताएँ बोल्दैन। मदेसाटी ल्याको रौसी ला'र हाम्रो घरको फलैँचाको पल्लो कुनामा भौते र यता भित्ता पट्टी गोताएँ कतिखेर निदाएछन मैले पनि पत्तो पाइन। मेरो पनि कन्चट तल कालो गैराको घट्ट फन्के जस्तो फन्फनी फन्किराथ्यो। हुन त मेरै फलैँचाँ सुते नि हुनि हो केटाहरुलाई,तर अगि सम्म गोताएँ " भोलि ब्यान सखारै याउँकली मइत बाट आम्छे राति जसरी भ' नि घर पुउनु पर्छ" भन्दै थ्यो तेसैले बोलाको मुइले। "ओ गोताएँ, उठेर घर जा... फेरी याउँकलीले भोलि उठिबास लाउलि" यसपाली अलि ठुलै स्वरले कराइछु क्यारे, गोताएँ त उठेन, तर भौते बज्जेको सातो गएछ। सपनाँ छल्न आएर आत्तिँदै उठेको जसरी जर्याकजुरुक उठेर आँखा रातो रातो पार्दै, एकछिन मलाई हेर्यो, फेरि पल्याक-पुलुक यताउता मुन्टो घुमार गोताएँलाई हेर्दै म पट्टी कन्नो फर्कार सुतो र एक निभेषमै घुर्न थाल्यो। फेरी गोताएँलाई घच्घच्यार उठाएँ, बल्ल बल्ल बिम्झ्यो। " अघि त घर जानु पर्छ जिम्माल भन्दै थ्यौ नि?, खाने बेला आँखा देखेनौ" गोताएँ "हिँ हिँ हिँ" गर्न थाल्यो। "ए राता मकै, यसो एकछिन पल्टेको पो त, यति खा'र नि रौसि लाउछ त मुलाई" यो गोताएँले जति खा'र ढले पनि रौसि लागो र पुगो भनेको कइलेइ सुन्न पाइएन। " लु अब म जान्छु, घर पुउनु छ, भौतेलाई उठाम्नु परो" भुँडि कन्याउँदै गोताएँ भौतेलाई बोलाम्न थालो। भौतेलाई झकझक्याएर उठ्यायो र घर फर्किने कुरो गर्यो। भउते चुपचाप उठ्यो र केइ नबोलि आँगनको डिलमा पुगो र तल कान्लाको सिँचाई गर्न थालो। भउते रौसि लाए पछि तेती बोल्दैन,तर नजिकै पुन्टेकी साली देखो भने बोलिमा बिरेक नै लाग्दैन, अचम्मको बबुरो छ भउते। आँगनको डिलाट धारा बगाउँदा भउते हल्लिएको देखेर मैले त आज तल कान्लामा नै सुत्ने भो भन्ठानेको तर गोताएँले गएर समातो। त्याँटी दुइ भाइ ढुन्मुनिँदै " यो ल्याउने र ऊ ल्याउने था छैन एउटि स्वास्नि नल्याइ नि भाछैन" भन्दै माथि इस्कुलको बाटो घरलाग्या थे, गोताएँको त इस्कुलाँ माष्टरनी नानी सँअ जम्का भेट भओ रे, अनि के के भो था पाइएन। भौतेलाई तेइ इस्कुलको चौतारिमा छाडेर हिनो कि के हो...घर नि पुगो कि पुगेन..
Read Full Discussion Thread for this article