Posted by: Gautam B. July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए राता मकै, जमाना पनि के उल्टो आयो गाँठे, सोझो ग-यो, बुझ्नीले चाइञ्जो अर्कै बुझ्दिनी। अब जिम्मालकाँ'ट मधेशी रौसी थोरै झिरिप्प पारेर चौतारीको बाटो घर आम्दै थें, स्कूलमा त बत्ती झलमल! अब यो राती हुँदो चोर त पसेन, बिताउनी भ' साईँध्वाले, गामका बरालिएका केटकेटी बल्ल लईनमा आ'का थे, अब फेरि बिग्रिने भन्ने पीर प-यो। चोरलाई आज मैले तेसको बाउको बिहे देखाइदिन्छु भनेर पसेको, के को चोर हुनु नि! मिस पो टेबुलमा ऊँघिर'नु भ'को गाँठे! केटाकेटीका कापी जाँच्दा जाँच्दै निदाउनु भ'छ बरा! भित्र पसौं आफ्नो मुख ह्वास्स गनाउनी, बाहिरैबाट नमस्कार भनेर हिँने के रे। मिस तर्सिनु भो जस्तो छ। हुनत भउते पनि मूढोझैँ चौतारीमा पसारिएर घ्वार्र---घ्वार्र घुरिराथ्यो'। मिस त्यै सुनेर पनि तर्सिनु भो होला।
Read Full Discussion Thread for this article