chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 96162 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-03-06 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली, हो हो पुराना कुरा सम्जिदा हिँजै जो जस्तो लाग्च के। तैंले भने झैं तन्नेरी जो लाग्च गाँठे लाग्न नि। हुन त आफ्नो तरुनो हुँदाओ बल्दो रुप एक रति गए झैं मान्दिन के रे अजै त। कुरैकुराँ एउटो पुरानो गीत याद आओ के..

...जीन्दगी बियरको फीँज हो साथी
प्वाँक्क ढकनी अनि त ठ्याँस्स...

नेपे दाजीले बाटो खोल्देआ छन के रे मया-पिरिमआ कुरा अर्नि। बरु मना गडेआ पुराना गाँठा छन भनि फुकाइहाल् एइ मौकाँ। सुनम्ला त नि!

रामकिस्ने नि तेस्का ठाडा कान झन ठाडा अरेर बसेओ छ।
 
Posted on 03-03-06 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेपे दाजी, तपैंलाई त मर्कै जो परेओ रैच गाँठे पर्न नि! कति छुचि रैचि तो मोरी त भने के भन्नु खै! मनओ कुरो सुन्न नि नसुन्दिदा तपैँलाई कस्तो भयंकर पिँडा भओ होला तो बेला... उफ! ..सोच्दा नि मन कटकटी दुखे जस्तो हुनि। कम्तिआँ मेरी निष्ठूरीले मेरो मनओ कुरो थाहा त पाइ नि जे भा नि।

‘दुई वर्ष जति एकतर्फी पिरिमको घनघोर आगोमा जलेर....‘ बा..बा..बा ..धन्न खरानी नै चैं हुनु भएनच गाँठे, खुशी लाओ! तेस्तो जातिबिति हुँदा कोइ कोइ त रुखाँ झुन्निन बेर लाउन्नन के रे नि।

**********
ल है दाजी, मैले त यतै जो ल्याइदिएँ तपैँको कविता। ज्याद्रै जो मन परो के।

-----तिमीले पठाएको रित्तो चिठी-----
(नेपे)

तिमीले पठाएको रित्तो चिठी
रित्तो थिएन

हो,
त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै
आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको
रात जस्तो थिएन
न त
सूर्यलाई उदरखुट्टी बोकेर
सकि नसकि हिंडीरहेको दिन जस्तो

त्यो त
बरु
मिर्मिरे जस्तो थियो
शान्त, ताजा र सिनित्त सफा
वा
सन्ध्याकाल जस्तो
प्रशान्त
विश्रामरत
र कसैको आगमनको प्रतिक्षारत

अथवा
मानौं
बिहानको शान्त फेवा
हावाको एक फाँको सट्ट आईदिन के बेर

अथवा
दन्त्यकथाको त्यो बगैचा
जहाँ अदृश्य फूलहरु फूल्दथे
सुगन्ध भएर

क्यानभासको त्यो चित्र
जुन कुनै आकस्मिक वाध्यतामा
हतार हतार मेट्न परेको थियो
यो शिघ्र विश्वासमा
कि
उसका सपना-आँखाले त देखिहाल्छ नि
उसका हृदय-ईजेलले त टाँगिहाल्छ नि

यो "न" नभएको नाई
यो "हो" नभएको स्वीकार
यो समापन बिनाको अन्त्य
यो भूमिका नभएको शुरुवात

तिमीले रित्तो चिठी

सहस्र आवाजहरुलाई निलेर बसेको मौनता

प्रियतम

तिम्रो चिठीलाई अर्थ्याउने प्रयासलाई विश्राम दिएर
केवल त्यसको अनुभूतिमा जब रम्दै गएँ
तिम्रो कस्सम
तिम्रो रित्तो चिठीमा
हजारौं हजार अक्षरहरु देखें

र धन्य भएँ ।
 
Posted on 03-03-06 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! काकाओ पिरिम-पत्रको कथाले हँसायो।
 
Posted on 03-03-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मलाई पनि पिरिम पत्रको कुरा को याद आयो । म होस्टेलामा हुँदा एउटा केटाले म्लाइ पनि प्रेम्-पत्रो पठाएको थियो, त्यती आट त गरेछ । हाम्रो होस्टेल्को कानुन एकदम कडा थियो । मैले त त्यो चिट्ठी लगेर होस्टेल वार्डनलाई दिए । ल त्यसपछी त के के भयो, भयो नि । बिचरा केटालाई होस्टेल्बाट निकल्ने कुरा भयो । आफुलाई त कस्तो नरमाइलो भयो र अलिकति भए पनि उसको माया लाग्यो । अब म आँफै केटाहरु को होस्टेल म्यानिजर लाइ गएर हरेक कुरा बिन्ती गरेर त्यो केटालाई होस्टेलबाट ननिकल्नुहोस भन्नु पर्‍यो ।

कति उपदेश् र धम्किहरु दिएर् बल्ल बल्ल उसले त्यो केटालाइ होस्टेलमा बस्न् दियो।

त्यसपछि न त हाम्रो भेट् कहिले भयो। कहिले कहि त त्यस्तो कुरको पनि सम्झना आउदो रहेछ बाबै! त्यो चिट्ठिमा के लेखेको थियो होला, म पनि कस्ति रहेछु कम से कम त्यो चिट्ठि
 
Posted on 03-03-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि कस्ति रहेछु कम से कम त्यो चिट्ठि त पढ्नु पर्ने।
 
Posted on 03-03-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लि रेशम,
हजुर र हजुरको वार्डेन जस्ताको कारणले गर्दा हाम्रो समाजमा प्रेमपत्रहरु लक्ष हासिल गर्न असफल छन् ।

तर कतै त्यो अझै पनि नच्यातिएको भए त, म त्यसको लागि एउटा वेबसाईट डिजाईन गर्न हाजिर छु । :-)

कृपया पत्ता लाउनु होला । :-)
 
Posted on 03-03-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजुको चिठीले.अतितको सम्झना गरायो। सबैले आ-आफ्नो कहानी सुनाको देखेर मलाई नि एउटा कथा लेख्न मनमा आयो।
भर्खर स्कूल सकेर क्याम्पस शुरु गरेको। निकै रमाइलो नै हुने। एकदिन एकजना साथी (केटा)ले हातमा एउटा लिफाफा दिदै तपाईको लागि भनेर गयो। मैले सहस्रलिए। घरमा गएर हेरेको त ,,,,,,,,,,,,,,,,, लौ न नि मेरो त सातो नै ऊड्यो । अब के गर्ने ? कस्तो मेरो बुद्धिपनि? भोलि देखि क्याम्पस जानै मन लागेन।
एक हप्ता पछि भिनाजुसंग साथीहरुले खबर पठाए पढ्न आऊ भनेर।उहाले सोध्नु भो किन स्कूल नगएको? अनि गालि पनि खाइयो। मेरो पिडा बुझ्ने कल्ले ?तै पनि हिम्मत गरेर गए।
साथीको किन? को जवाफ मा चिठि दिए ,सबले हेरे , भन्न थाले कति राम्रो कबिता !!!! हुनपनि साच्चिकै राम्रो थियो। हुनत कविता लामो थियो त्यसको सानो ट्क्रा ----

“---------
झरीको भोलिपल्टको जस्तै ताजाछ सम्झना
मनमा आउछ सधैनै तिम्रो सपना बिपना-----------“

अन्तिममा “कोपिला” थियो । को हुनसक्छ? सबजनाले खोज्न शुरुगरे । पछि थाहा भयो मिल्ने साथी पो रहेछन, मैले त विस्वाशै गर्न सकिन???????!!!!!!!!!! माफी माग्दा उन्को आखामा आँशु थियो।
त्यसपछि राम्रो साथिको रुपमा ४ वर्ष सम्म एउटै क्लासमा पढ्यौं।
भेट नभएको वर्षौ भयो।
मेरो निचोड के भने "कसैले कसैलाई मन पराउनु "पाप होइन।
यो कथा मात्र :-P
Echoes ji यस्को वेव साइट डिजाइन कस्तो होला ?:)
 
Posted on 03-03-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु त बाटोमा भेट हुन्थ्यो, लप परेर पठाउँथ्यो (यताबाट उता मात्र के) अनि ठेगाना माग्न नसक्ने।


चिट्ठी तिम्लाई लेखुँ भन्थेँ
मनको कुरा मनमै रह्यो
... ... ...

 
Posted on 03-04-06 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मलाइ पनि सम्झना आयो पुराना दिनहरुको!

एक दिन-

"मेरो बिहे हुने भयो!"
यति भन्दा ऊनको आँखा रसिलो थियो र निधारमा एऊटा गुजुल्टो परेको थियो!
त्रिचन्द्र कलेजको लाइब्रेरीको माथिल्लो तलाको एऊटा बेन्चमा हामि दुईजना आफ्नै पिडामा अल्झिरहेको थियौँ।
मेरो कानमा उनले भनेको बाक्य पर्ने बित्तिकै, थाहा छैन म मा के भयो तर अचानक मेरो सारा तौल घटेको अनुभव गरेँ मैले। छातिको मध्य भाग बाट एऊटा नमिठो लहर चारैतिर उठेर मेरो सबै शरिर भरि दौडियो। ओठ सुकेको अनुभव भयो। मेरो हातमा एऊटा एक रुपियाँको डबल थाहा छैन कतिबेला देखि थियो, त्यसले बेसरि टेबल कोर्न थालेँ र भनेँ-
" कहिले हो?"
" खै घरमा सबै कुरा भैरहेको छ मैले केटा भने हेरेको छैन तर म बाध्य छु हेर्नै पर्छ मैले"
ऊनको उत्तरले मेरो उफ्रिरहेको मुटुलाई फेरि एकपल्ट जोर संग हान्यो।
" हेर यस्तो कुरामा नजिस्क है?" मैले निहुरिएर डबल टेबुलमा घोट्दै उनको सधैँ जिस्कने बानिलाई यसपालि पनि जिस्क्याईको रुपमा लिने कोशिस गरेँ र पुलुक्क ऊनको अनुहार हेरेँ।
ऊनले मुन्टो म तिर फर्काइन त डबडबाऊँदो आँखाले मलाइ हेर्दै भनिन् -
" साँच्चै हो बाबा!" र यति भनेपछि ऊनको आँखा बाट गन्डकी बगेको मैले प्रस्ट देखेँ!
मेरो संसार हल्लियो!.....
म सोच्दै थिएँ तर एकैछिनमा ऊनका साथिहरु आएको देखियो पर ढोकाबाट, र ऊन्ले आँखा पुछिन् र एकपटक मेरो हात समातिन् सुस्तरि अनि मेरो कपालमा स्पर्श गर्दै साथिहरु भएतिर गइन्।


त्यसको आठौँ दिन -

"अस्तिको तिम्रो कुरा मैले धेरै सोचेँ! म संग जान्छौ?" मैले हिम्मत गर्दै सोधेँ।
अलिकता प्रेमले भरिएको हेराई र अलिकता दुखले भरिएको हेराईले ऊनले मलाइ हेरिन् र भनिन्-
" तिमी जहिले पनि उस्तै छौ, मेरो मन कहिले पनि बुझैनौ! अहिले मेरो बिहे पक्का भैसकेपछि यस्तो कुरा गरेर मलाइ रुवाऊछौ!"
म जड् भएँ!
"राम्रो संग पढ है?"
यो ऊनको अंतिम वाक्य थियो मेरो लागि!!!
 
Posted on 03-04-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"राम्रो संग पढ है?"

>राम्रिसत पढेसी के हुन्छ र? भनेर सोध्या भे हुन्थिएन?
 
Posted on 03-04-06 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजीको किताबले सबैका 'बिर्सन नसकेका सम्झनाहरु'लाई ताजा बनायो। किताब हात पर्ने प्रतीक्षामा छु म पनि।
एउटा उस्तै प्रसंग मेरो पनि राखिहालौँ।

म बच्चामा अति लजालु थिएँ। धेरै चोटि, घरमा पाहुनाआएको बेला काका, ठूला बा आदिका घरमा गएर सुतेको याद छ मलाई । पछि स्कूल जान थालेपछि पनि यो बानी रहिरह्यो, विशेषगरी केटीहरुसंग ब्यबहार गर्दा। केटीसंग बोल्दा अनुहार-कान राता राता हुन्थे, राम्रोसंग बोल्न पनि सक्दिन थिएँ। आई.एस्सी. पढ्न थाले पछि बिस्तारै यो बानी छुट्यो।

म एक देखि दशसम्म एउटै स्कूलमा पढेको। चार कक्षामा दुईटी नया केटी थपिए। दुइटै हामीजस्ता गाऊँले केटा भन्दा धेरैनै "forward " थिए (नराम्रो अर्थमा हैन है!), अतिरिक्त कृयाकलापहरुमा धेरै अगाडि। ती मध्येकी एउटी .....र्मिला मसंग निकै नजिक हुन खोज्थी। दिदी (ठूलो बाकी छोरी) पनि एउटै कक्षामा, त्यो केटी दिदीकी पनि मिल्ने साथी थिई।
स्कूलका बनभोजहरुमा पनि जहिले पनि एउटै समूहमा पर्ने। आफ्नो अनुहार-कान राता हुन छाडेका हैनन्! ऊ जति नजिक आएर कुरा गर्न थाले पनि म चाहिँ केहि न केहि बहाना बनाएर भाग्नुपर्ने! अहिले सम्झिँदा पनि अनौठो लाग्छ।

६ कक्षाको दशैँको लगत्तै अघिको कुरा हो। दशैँ बिदा हुनु अघि शुभकामना लेखेर पोष्टकार्डहरु दिने चलन थियो।हाफ ट्याम अघिको कुनै खाली पिरियडमा एउटा खाम मेरो हातमा आईपुग्यो। भित्र एकदम रातो गुलाबको फूलको तस्बीर बोकेको कार्ड थियो। साथमा लामो चिठ्ठी पनि थियो, भनौँ न प्रेम प्रस्ताव पत्र। धेरै कुरा याद छैन अहिले तर शुरु भएको थियो "मेरो प्यारो....., मेरो मन मन्दिरको राजा....." इत्यादिबाट र अन्तमा थियो "उहि अभागी ..
..र्मिला"। बीचमा किशोर मनका धेरै भावनाहरु थिए। चिठ्ठी पूरा पनि पढिनसक्दै लाजले रातो भएर मैले भूईँमा फालेँ। अलि आँटिलो भएर मैलेनै शुरु गर्नुपर्ने कुरा उसैले गर्दा पनि मेरो ब्यबहार त्यस्तो भयो। हामी परम्परागत "नेपाली शैली" को भन्दा ठीक बिपरीत भूमिकामा थियौँ!

फाल्न त फालियो के रे तर बारुलाको गोलोझैँ अरु केटाहरु झुम्मिए त्यो चिठ्ठी वरिपरि। साईँध्वाहरु सप्पैले पूरै पढे! अनि मलाई र उस्लाई जिस्काउन थाले। केहि केटाहरु अलिक पछिसम्म पनि मलाई देखेपछि "ऊ अभागीको भाग्यमानी आयो!" भनेर जिस्काऊँदै थिए।

लगत्तै दशैँ विदा भएकोले कुरो कक्षाबाहिर भने त्यति फैलिएन। तर यो घटनापछि ...र्मिला भने मसंग साह्रै रिसाएर होला, बोल्न त के मतिर हेर्न पनि छाडी। दिदीसंग पनि पहिला जस्तो नजिक भईन। पछि नौ कक्षामा भर्ना भएताका ...र्मिला पोइल गई रे भन्ने हल्ला सुनियो। हो रहेछ, स्कूलकै हामीभन्दा दुई वर्ष माथिका दाईसंग अन्तरजातीय विवाह गरिछे उस्ले। पढाई छाडेर गृहिणी बनी र डेढ दुई वर्षमै आमा बनी।

पछि बाटामा एक दुई पटक भेट हुँदा पनि बोलचाल भएन। मैले आई.एस्सी. सके ताका बजारबाट गाऊँ फर्कने क्रममा मिनिबसमा भीडमा खाँदिएर एकै ठाऊँमा उभिन पुगिएछ। त्यतिखेर भने कुराकानी भयो बसबाट नझरुञ्जेल।

त्यसपछि भेटेको छैन। अहिले १४-१५ वर्ष भएछ। तर अरु साथीहरुसंग भेट्दा भने नसोधौँ भने पनि उस्को बारेमा सोध्न पुगिहाल्छु।
 
Posted on 03-04-06 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सबैका उरेठ लाग्दा कुरा मात्रै छन् । यो चौतारीको नाम्नै उरेठ चौतारी राख्नु पर्ला जस्तो छ है
धेरैले जे गरेउ ठीक गरेनौ जस्तो लाग्यो । मैले त उस्ले दिएको चिट्ठी पढें र ऐले सँगइ छम् है ।
अब छोरा छोरी लाई सिकाउनु पर्ला जस्तो छ ।
 
Posted on 03-04-06 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोका ! ठूलो धोका !! म बाथरुम जान्छु, बेड मा आराम गर्छु, सुनसान छ, चारैतिर चकमन्न अँध्यारो छ, वरिपरि म कसैलाइ देख्दिन, तर उ मलाइ देख्छ, हेरिरहन्छ । म दु:खमा छु र पनि उ सँग गुहार माग्न सक्दिन कारण म उसलाइ देख्दिन । ऊ आउँछ, आफ्नोकुरा सबै सुनाउँछ, आँधि झैँ एकैचोटीमा सबै बढार्छ अनि अन्तर्ध्यान हुन्छ, मानौ कुनै अदृष्य आत्मा हो ऊ !

Author.. Sant...
 
Posted on 03-04-06 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोका ! ठूलो बोका !! म खशी बजार जान्छु, चौरमा बदाम छोडाउछु, चारैतिर उज्यालो छ, भिड छ, तर म एउटा बोका देख्दिन, तर एउटा बोका ले भने मलाई देख्छ, हेरिरहन्छ।
म दुःखमा छु र पनि म बोका भेटाउन सक्दिन कारण म बोकालाई देख्दिन । साहुजी हरु आउछन्, आफ्नो कुरा सबै सुनाउँछन्, खशी भिडाउन खोज्छन् , तर मलाई बोका किन्नु छ । मलाई देख्ने बोकालाई अरु ले नै देख्छ, किन्छ, ट्याक्सिमा हाल्छ, अनि अन्तर्ध्यान हुन्छ, मानौ कुनै अदृष्य आत्मा हो त्यो बोका ।। :S

Author.. Ksthan...
 
Posted on 03-04-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए! काका किन गाली गरेको मलाई । यो कलंकी पनि कलंकी बाट खसी बजार नजिक छ क्यार खसी को कबिता लेख्न थालेछ ।लौ नेपे दाजु को एउटा पुस्तक त मैले पनि खरिद गर्दे गाठे ।यो सप्पै पढेर त मलाई पनि एउटा गीत याद आयो ।
बितेका कुरा ले केइ चोट लाग्दा ।
तिमी टाढा हुँदा धेरै दुख लाग्छ ।
 
Posted on 03-04-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अकबर: बिरबल ! यो दुनियामा कस कसलाइ धिक्कार छ हँ?
बिरबल: जहाँपनाह !
दरिद्रि बीचको यारीलाइ,
धार नभाको कटारीलाइ,
चुहिने आरीलाइ,
बेरोजगारको दाह्रीलाइ,
साझा बजारकी प्यारीलाइ.........
 
Posted on 03-04-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भैरा'छ चौतारा तिर ? सपैलाइ रामराम, अनि नेपे दाजै लाइ बधाइ छ ।
एऽऽऽसपैजाना आफ्नु आफ्नु रामकहानी सुनाम्दै रचन् !
काकाओ कुरा सुन्दा तो बाझाबाझ अर्नी मुन थ्यो तर क्यार्नु खै खानी त ट्याम नभा'बेलाँ के को बाझनु र !
आल्ली पछी फुर्सताँ आ'र बाझ्न पर्ला ! लु चौताराँ देखा' मत्रै पर्न आको म त, हिडिहालेँ !

हे ऽऽऽ
जोडी ठम्याउँछु म,
भने जस्तो पाउँचु म
दिगो मया लाउँचु म !
 
Posted on 03-04-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, नेपे दाइको उपन्यासको प्रभावले त चौतारीमा अतीतका पिरेमपत्रको बाढी नै आउँदैरैछ नि, सबजना आ-आफ्ना प्रथम प्रेम पत्रको स्मृतिमा डुबिरहेका रहेछन्। म पनि एक डुबुल्की मारीहाल्नु पर्यो कि कसो। स्कूलमा साथीहरूको समूहमा केही केटी भएपनि म कसैप्रति चाँडै आकर्षित भैनहाल्ने हुनाले केवल राम्रो साथीको रूपमा मात्र लिएँ मैले। अर्को तर्फबाट केही संकेतहरू आए पनि नबुझे झैं गर्थें किनभने म तिनलाइ साथीको रूपमा मात्र हेर्थें।

तर हाईस्कूल पछिको अध्ययनमा चैं साथीहरूको समूहमा यस्ती केटी भेटिई जसको आत्मीय र मित्रतापूर्ण व्यवहारले मेरो पत्थर हृदयलाई पनि पगाल्न थालेको थियो। तैपनि म यो कतै मृगतृष्णा पो हो कि भनेर आफूलाइ संयमित तुल्याउँथें। ती दुइ वर्ष दुइपल्ट आँखा झिमिक्क गर्न नभ्याउँदै बितिहाल्यो र हामी सबै आ-आफ्ना उच्च शिक्षाका लागि तयारी गर्न तर्फ लाग्यौं। उनले राम्रो साथीको रूपमा मलाइ ‘हामी दुबै सँगै पढौं है!’ भन्थिन्, र मलाईमात्र सँगै पढ्न मन कहाँ नलाग्या हो र? तर समयको छाल शक्तिशाली छ, मेरो भाग्यलाई समयको गतिवान छालले सात समुद्र पारी ल्याएर अड्याइदियो। देश छोड्नु अघि मैले केही कविताहरू लेखेर उनलाई दिएको थिएँ। धेरैजसो प्रेम सम्बन्धी कविता नलेख्ने मलाइ त्यतिबेला चैं खूब फुरेको थियो प्रेम र सौन्दर्यको कविता। गद्यमा पिरेम पत्रै चैं अलि लेख्न भ्याइएन समयाभावले गर्दा।

दूरी र अरू केही कारणले गर्दा हाम्रो पिरेम बढ्न सकेन, तर हाम्रो मित्रता पनि पटक्कै घटेन। उनले मेरा भावनालाई कदर गरेकि र सकारात्मक तरीकाले लिएकि भएता पनि केही बाध्यता र समयको प्रतिकूलताको कारणले यसलाई अघि नबढाउन अनुरोध गरिन् र मैले पनि कुरा बुझेर स्वीकारोक्ति दिएँ। हाम्रो मित्रता चैं फक्रीइ नै रह्यो र पछि सम्म पनि फुलिनै रहनेछ।
 
Posted on 03-04-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आफुले त कहिले पनि चिठि लेखियन, मनमा लागेको कुर डाइरेक्ट् भन्ने हो, कुनै केटि मन परो भने straight ho ' Can we go for a coffee?' or somethin like that..........

------------

तर साझाका साथिहरुको प्रेमपत्रको कुरा सुन्द भने रमाइलो लाग्यो। मैले नलेखेपनि मलाइ भने दुइ चारवटा पत्र नाआयका होइनन,
भारतमा पढ्दा कालि केटिहरुको पानि अलि अलि प्रस्ताव आयको थियो

whatever now its all history
 
Posted on 03-04-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते भदहा, भारत को कुन ठाउमा पढेको?? म पनि आफ्नो सबै( धेरै जसो) पढाइ भारत म नै गरेको हो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters