[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 96182 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-02-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो लहडमा सम्झेको ----
झरेको पात झै भयो उजाड मेरो जिन्दगी
निभेको दिप झै भयो उदास मेरो जिन्दगी


चुर फुटेशरी भयो चराहरु उडी गए
हजार थोप्लाहरु नमुस्कराउदै झरे
उठेको बस्ति झै भयो प्रवस मेरो जिन्दगी
बिहान जो खुसि थियो जलेर साथ गइसक्यो
भिजेको पात पातमा मिठासको कथा थियो
अधेरी रात झै भयो बिसात मेरो जिन्दगी
 
Posted on 03-03-06 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो लहडमा
नटुसाउँदै जली मर्छन् मेरो मनका इच्छाहरु
जहाँ जाऊँ म आज आफन्तबाटै ठगिन्छु म ... ... ...

 
Posted on 03-03-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो लहडमा-

कहिलेकाहिँ बिर्सिएर आकाश खोज्दै हिँड्छु
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिँड्छु
धेरै भयो अल्झेको यहाँ भिड भित्र
त्यै भिडमा जीन्दगीको सुवास खोज्दै हिँड्छु!!

 
Posted on 03-03-06 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो लहडमा-


पारी बनपालेमा
ठूलो रुख साजै हो
ए ऽ हेऽ भेट भाको आजै हो

जाम न मया जाम
बसम सितलु
चर्को लाग्यो घाम



Keep rolling...
 
Posted on 03-03-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीलाई धेरै धेरै बधाईँ तथा शुभ-कामना! उपन्नेस कस्तो लाओ पढेसी लेखम्ला।
***

कुरैकुरामा,

..पारी बनपालेमा
ठूलो रूख सालै हो
खान्चु भन्च मुटू कलेजो..

...सानो छँदाखेरी मेरी फुपैले रातीआँ डराउन दिन (तर्साउन) गाउनी गीत...
 
Posted on 03-03-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भो चौतारीआँ बात अर्न नपाको। बुढेसकालाँ के के आईपर्नि, के के। तन्नेरी हुँदा जो चेतारी मै दिन बित्थो के रे।

सरबपरथम त दादा लाई चईनि बधाई दिन मन थो। पुत्री पाईछ, सुत्केरी ब्वारीको निऊ पारी कुखुरा को टाउको चईं च्वाम् च्वाम् चपाई रा’ होला! अनि फेरुन ति भिमाद सम्मुन पुएर चईने तिं माथि रिसिङ् किन नउक्लेका होलान्? तै थोत्रो मटराँ हुईंकेर यस्सो दुई टुक्रा कोदोको रोटी चपाएर उताको खबर ल्याए हुन्थो नि! माउबादी छ्याप छ्याप्ति छन् अरे भन्चन् के रे अईले त उता।

अनि के रे, ए, काका! सबले सुन्ने अरि अर्न आँट्या पाप बोलेसि तेस्तै हुन्छ! खुचिङ् के रे नि! हेर, काका, आफू त त्याँ पुगि सकेम्, जे जे अर्न पर्नि हो अरि सकेम्! हामी संग सिक दुई-चार कुरो!

तेस्ता कुरो चईने, अरुले था’ पा’ मात्र लाग्छ पाप! सुटुक्क अरेसि न कसैले था’ पाम, न कसैको गाली सुनम्, अनि त के को पाप नि? लोग्ने मुन्छे जो परेउ के रे, चईने आफ्नो मनले नमाने नि तनले काँ मान्च? अनि तनको ईच्चे पुरा नभईसि मन कयारि सान्ती हुन्च? अब अईले लाइ त बस के रे चुप चाप, अलि सान्त भएसि फेरि सुटुक्क अर्नि जमर्को अरम्। बरु, हामी नि सिकाम्ला के रे नि उपाई, हाम्लाई नि फलको दुई रस चईं चाख्न देओ! नमरि बाँचे, दैवले साँचे, भ्याम्नि हो गाँठे सक्दो! ;)
 
Posted on 03-03-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो लहडमा-

घाम पानी जिन्दगानी
गर्नी खानी मर्नी जानी


काका हिजो यस्सो नुन-तेल लिन हटिया बजार तिर गाका अरे, पुन्टे दाजीलाई भेट्टाएँ भन्थे । बजियाले हाताँ १०-१२ वोटा पिन्सिउँ पट्टा (pension book) लिएर उँधो तिर लाग्थ्यो, गल्ला (लाहुरे भर्ना गर्ने मान्छे) काम अर्न थालेछ कि गामका पिन्सिउँ पाकेका लाहुरेहुरको चईनी गोरपुर (गोरखपुर) सम्म गएर पिन्सिउँ (pension) बुझेर ल्याईदिन पो थालेछ कि त कुन्नि, होस अरेस है जाद्रै धेरै पैसो बोकेर हिँड्दा खेरि जमाना असल छैन केरे भनेर अर्ति दिएँ । मैले तेसो भन्दा पुन्टे भनि खुईलेको थाप्लो (टाउको) कन्याम्दै मुसु मुसु हाँस्दै थियो केरे भन्थे काकाले ।

मेरो बिचाराँ भनि नेपे दाजीले आफूले च्यात्न सकिन, लौ न च्यातिदेओ भनेर पुन्टे दाजीलाई तो किताब च्यात्न पठाका हैचन कि त ?

कि गल्ला काम थालेउ र हो पुन्टे दाजी? गाम तिर त्यति बितरिएको देखिन्न केरे हिजाऽज ।

Keep rolling...
 
Posted on 03-03-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए पून्टे, किन हो गाँठे यो सोजो काकालाई अन्टसन्ट सिकाउनी? बरु अपूर छन नि याँ चौपारीआँ लंठिनी यता त उताका छौँडाहुर, हो तिनलाई तेरा कला सिकाइदे। तिन्को उद्यार हुन्तो के रे नि बरु। तो मुन्द्रे कता मोरेच? तेल्लाई त यस्तायस्तिआँ कखरा बाट जो सिकाम्न पर्ला।
 
Posted on 03-03-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीको च्यात्न नसकेको चिठीले एउटो पुरानो घटना याद गरायो। बसिबियाँलो के....


----लेख्नै नहुने चिठी------

प्रेम पत्रका मामिलामा आफूलाई कमजोरै भन्न परो। हुन नि जीवनमा एक चोटी लेखियो प्रेम पत्र। त्यहि एउटैले नै जीन्दगी भरीलाई पुगो लौ मलाई चैं। अगुल्टाले हानेको कुकूर जस्तो नै भयो। अहिले सम्म नि लाज लाग्च गाँठे कुरो सम्जिदा।

नौ कक्षामा पढ्दाको कुरो परो। एउटी थी गाउँमा, ज्याद्रै जो राम्री, कुरै नगरम त्यो त। परी जो भने नि हुनि के।

नक्कलीलाई बाटाँ भेट्यो त तेसै तेसै मस्किने के जैले नि। मलाई मन त पारेकै नै रैचि त नि भन्नि पारी। उस्का कर्के नजरले कमलो मेरो दिल हुन सम्म जो घायल भयो। अति नै भएसी चैं केइ त गर्नै परो भनेर थुप्रै जो ट्याम लाएर गारा गारा शब्द हालेर मोरीलाई लप लेटर लेँखे। अनि अरुले थाहा नपाउन भनेर हुलाकी केटाकेटी नि नखोजी आफैले नै मौका पारेर सुटुक्क चिठी उस्का हाताँ थमाएर हिनेँ।

दिन गए हप्ता गए, आउन्न के रे केइ खबरखाबर! आउँथ्यो पनि किन? मोरी त सारै जो निष्ठूरी पो परेची के। मायालुको मीठा शब्दको आशामा बसेको थैं म, तर सपनामा नि नचिताएको कुरो भयो।

मलाई मनै नपराउने रैचि भने पनि हदै गरे मेरो चिठी च्यातेर फाल्ली त नि भन्ने सोँचेको थे मैले, तर बोक्सिनीले त कुरो त गाउँ भरि जो बनाइचे। ठूलो बेइज्जत गरी मेरो। गाउँका साना-ठूला सबैले थाहा पाए गाँठे पाउन नि। किन तेस्तो सारो हल्ला भयो त्यो जाबो कुरामा, मैले अइलेसम्म बुझ्न सकेको छैन। जे होस्, गाउँमा मुख देखाउन नि लाज हुनि बनाइदी। कूकुर्नीले मलाई दिल दिन मन नलाको भए खुरुक्क लाएर मेरो चिठी च्यातेर फालेको भए त हुनि नि। किन बेइज्जत गर्न परो गाँठे अर्काको! झन म त उस्को मायाको भिखारी। तर के को च्यात्ती? बरु चिठीलाई राम्ररी जो घोकेर मैले के के लेखेको थिएँ, त्यो सबै अरुलाई सुनाउँदै हिँडिचे। कोइकोइले त मैले लेखेको चिठी नै पढेँ भन्ने पनि निस्के। गाउँमा फोटोकपी हुन्तो भनि रामाराम तेल्ले सबैलाई मेरो चिठीको एक-एक कपि बाँडने थि होला।

हुन सम्म जो लाज भयो। मलाई सबैभन्दा लाज लागेको चैं मैले उस्लाई सम्बोधन गर्दा लेखेका शब्दहरु अरुले थाहा पाउँदा भयो। अरुको त कुरै छाडम, आफ्नै आमाले ‘तैँले त यसो लेखेको थिइस् रे नि तेल्लाई’ भन्दा चैं सारै जो नमज्जा हुनि रैच के। के नमिले के नमिले जस्तो के। हत्तेरिका!

मैले उस्लाई के भनेर सम्बोधन गरे होला त? त्यो चाँहि यतिका बर्ष पछि अइले लेख्न पनि लाज लागे जस्तो हुनि के। तर त्यो नै नभने पछि कुरो नै नटुङे जस्तो लाग्नी फेरी। ‘मेरी ह्रदयकी रानी’ लेखेको थेँ के। त्यो बेला युधीर थापाको ठूलै जो फ्यान थिएँ के रे, उनैको उपन्यासबाट सिकेको हुनुपर्च तेस्तो अन्टसन्ट लेख्न।
 
Posted on 03-03-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका को चिट्ठी त मलाई नि पढ्म पढ्म लाग्यो । जे होस काका यो बुढेसकालमा पनि त्यो चिट्ठी सम्झेर तन्नेरी भएको अनुभव हुदो हो है काका । हाम्रा काका धेरै रमाइलो हुनुहुन्छ ।
 
Posted on 03-03-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काका को कुरा सुनेर मलाई नि एउटा गीत याद यायो ।
हामि नदिका दुइ किनारा
हाम्रो सङम् असम्भव् छ।।
 
Posted on 03-03-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काकाले फेरि अर्को उपद्रव कुरो गर्नु भो फेरि। काकी उता गाँउले दिदी बहिनी लाई गित सुनाउदै हुनु हुन्थ्यो
------
चुँडाली देऊ जन्जिर सबै हातबाँधी नबस
यो अन्ध विस्वाश रूढी र ब्यथा सहेर नबस--------

ल है काका काकी क्रान्तीकारी हुनथाल्नु भा'छ् :)

नेपे दाजुको 'च्यात्न नसकेको चिठी ' कसरि पढ्न पाइन्छ कुन्नि?
 
Posted on 03-03-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, नेपे दाइलाई याँ पनि बधाई दि' हालम् न उपन्यासको लागि, पढ्न चैं सारै मजा आउने भो। आज शुक्रवारको दिन, यसो फुर्सद निकालेर साझा छिर्या त के के भैरा' रैछ। अनि काकाले नि मज्जाको कथा सुनाउनु भो, पहिले पनि यौटा रमैलो कथा सुनाउनुभा' याद छ, तरकारी चोरेर खाएको। काका पनि नम्मरी कथाकार थिए जस्ता छन् पैला, अरू पनि सुनाम्दै गर्नुस् है!
अरू सब गाम्लेहरूलाई मेरो नमस्कार छ है। आजकल साझामा लेख्न नि शुक्रबार कुर्नु पर्ने, के गर्ने!
 
Posted on 03-03-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! मास्टर्नी दिदी पनि यतै, नमस्ते है, मैले त कस्तो नदेख्या ल।
 
Posted on 03-03-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चित्रे भाई तिमीपनि यही पो रहेछौ त ?
म त अब काम मा जान थाले को ।
 
Posted on 03-03-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल चौतरोमा मान्छेहरु आउन कम गरेछन । आफु त एसो छिरेरे हेर्ने के के गफ गरे यसो सुन्ने र कहिले काही काहि यासो गफ गर्ने हो ।
नेपे दाज्यैको किताब किनेकी छु अब केही दिनमा हुलकिले ल्याउला त्यसपछी त्यो किताब पढेर म पनि आफ्नो बुडालाई लोप love लेटर लेख्नु पर्ला जस्तो छ । ढेरै भयो लोप् लेटर् नलेखेको।
ल फेरी पनि नेपे दाज्यै लाई धेरै धेरै बधाई छ है किताब् लेख्नु भएकोमा।
 
Posted on 03-03-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए डल्ली फुपू,
तपाईले राम्रो आइडिया दिनुभो, धन्यवाद है! म पनि अब यो नेपे दाइको किताब पढेर मेरी मैनालाई लोप लेटर लेख्छु। मास्टर्नी दिदीले त मैनाको लागि भनेर कति कविता लेखिदिनु भा'थ्यो, तपैंले पनि केही सुझाव दिनुस् न मैनालाइ कसरी लोप लेटर लेख्ने भनेर!
 
Posted on 03-03-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकाको पहिलो पिरिमपत्रले तेत्रो हुर्मत लिएछ । मेरो पहिलो पिरिमपत्रको पनि त्यस्तै कथा बेथा छ । हुर्मत त लिएन तर बित्याँस भने झन्नै पारेको । मैले उसको सामु खुत्रुक्क खसालिदिएर हिनेको चिठी टिपी होली भनेको, के टिप्थी ? पछि यसो गएर हेरेको त जाहाँको तहिं भुँईमा बेबारिस भरअ लडिरहेको रहेछ पिरिमपत्र त । धन्न हाम्रो अनुशासनको मामलामा एकदम खुँखार हेडसरले फेला पारेनन् । दुई वर्ष जति एकतर्फी पिरिमको घनघोर आगोमा जलेर एउटा सार्वजनिक गर्न नसकिने दु:खान्तमा टुङ्गिएको थियो त्यो पिरिम ।

दिएको पत्र त स्वीकारनेन् भने कसैबाट पाउनु त के हुन्थ्यो र भाग्यमा । कसैले केहि नलेखेर रित्तो पठाएको चिठी पनि लाख हुने आफुलाई ।


तिमीले पठाएको रित्तो चिठी
- http://www.gbnc.org/sajha/html/openthreadall.cfm?forum=2&threadid=20794&start=41#128767

Your Blank Message
- http://www.suskera.com/jan2002/message.html
 
Posted on 03-03-06 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा सबै रातहरु तेइ चिठ्ठिसंग बिते

मेरा सबै रात अब माथहरु भए
जिन्दगी नै नबुज्ने बातहरु भए
आफैलाइ राख्ने याहा कुनै ठाउ भएन
सबै आश बेहोसिका बारातहरु भए
मेरा सबै रात अब ......

सधै यो सडकमा म के के रोज्दै हिड्छु
आफै सडक माझमा परिचय खोज्दै हिड्छु
भुलेर बजारभरीका हजार बैशहरु
म त आफैलाइ हराइ आफै खोज्दै हिड्छु
मेरा सबै रात अब ......

कहिले काहि बिर्सिएर आकाश खोज्दै हिड्छु
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु
धेरै भयो अल्झेको याहां भिड भित्र
यिनै भीडमा जिन्दगिको आभास खोज्दै हिड्छु
मेरा सबै रात अब ......

 
Posted on 03-03-06 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए मास्टर्नी नानी के का उल्का अर्न लागेउ ए गाँठे तिम्ले त! बुडीलाई खुरुखुरु बुडाओ सुश्रुषा अर्न नदेएर के को तथानाम नारा सिकाउन थालेओ छिउ? चाइनी-नचाइनी कुरा किन सिकाउन परेओ हो कुन्नि बुडेसकालाँ?

‘काकी, यस्पाली त यो गामओ आमा समूहको अदच्छे हुन पर्च तपैं जो’ भन्दै उचाल्दै थिउ रे अस्तिन। बुडीले ‘के रैच र हो तो?’ भनेर मलाई सोध्दै थी। ‘खै कुन्नि बुडी, यस्सो हेर्दा त तिन्को काम भनेओ मैनाओ एउचोटी गामओ एउटो लोग्ने मान्छेलाई केरकार अर्नी, अनि मौका परे कालो मोसो दल्नि झैं मान्चु के रे’ भने। के जानम गाँठे मैले तिमुरआ गत न पताआ कुरा!

बरु यस्सो आईमाई पाटीहुर भेटेर मीठा चिल्ला रोटा कसरी हाल्नि, मीठा तिउन-तर्कारी कसरी पकाम्नि छलफल अरे त हुन्तो के रे नी! चट्टै!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters