Posted by: kick March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
नेपे दाजीको च्यात्न नसकेको चिठीले एउटो पुरानो घटना याद गरायो। बसिबियाँलो के.... ----लेख्नै नहुने चिठी------ प्रेम पत्रका मामिलामा आफूलाई कमजोरै भन्न परो। हुन नि जीवनमा एक चोटी लेखियो प्रेम पत्र। त्यहि एउटैले नै जीन्दगी भरीलाई पुगो लौ मलाई चैं। अगुल्टाले हानेको कुकूर जस्तो नै भयो। अहिले सम्म नि लाज लाग्च गाँठे कुरो सम्जिदा। नौ कक्षामा पढ्दाको कुरो परो। एउटी थी गाउँमा, ज्याद्रै जो राम्री, कुरै नगरम त्यो त। परी जो भने नि हुनि के। नक्कलीलाई बाटाँ भेट्यो त तेसै तेसै मस्किने के जैले नि। मलाई मन त पारेकै नै रैचि त नि भन्नि पारी। उस्का कर्के नजरले कमलो मेरो दिल हुन सम्म जो घायल भयो। अति नै भएसी चैं केइ त गर्नै परो भनेर थुप्रै जो ट्याम लाएर गारा गारा शब्द हालेर मोरीलाई लप लेटर लेँखे। अनि अरुले थाहा नपाउन भनेर हुलाकी केटाकेटी नि नखोजी आफैले नै मौका पारेर सुटुक्क चिठी उस्का हाताँ थमाएर हिनेँ। दिन गए हप्ता गए, आउन्न के रे केइ खबरखाबर! आउँथ्यो पनि किन? मोरी त सारै जो निष्ठूरी पो परेची के। मायालुको मीठा शब्दको आशामा बसेको थैं म, तर सपनामा नि नचिताएको कुरो भयो। मलाई मनै नपराउने रैचि भने पनि हदै गरे मेरो चिठी च्यातेर फाल्ली त नि भन्ने सोँचेको थे मैले, तर बोक्सिनीले त कुरो त गाउँ भरि जो बनाइचे। ठूलो बेइज्जत गरी मेरो। गाउँका साना-ठूला सबैले थाहा पाए गाँठे पाउन नि। किन तेस्तो सारो हल्ला भयो त्यो जाबो कुरामा, मैले अइलेसम्म बुझ्न सकेको छैन। जे होस्, गाउँमा मुख देखाउन नि लाज हुनि बनाइदी। कूकुर्नीले मलाई दिल दिन मन नलाको भए खुरुक्क लाएर मेरो चिठी च्यातेर फालेको भए त हुनि नि। किन बेइज्जत गर्न परो गाँठे अर्काको! झन म त उस्को मायाको भिखारी। तर के को च्यात्ती? बरु चिठीलाई राम्ररी जो घोकेर मैले के के लेखेको थिएँ, त्यो सबै अरुलाई सुनाउँदै हिँडिचे। कोइकोइले त मैले लेखेको चिठी नै पढेँ भन्ने पनि निस्के। गाउँमा फोटोकपी हुन्तो भनि रामाराम तेल्ले सबैलाई मेरो चिठीको एक-एक कपि बाँडने थि होला। हुन सम्म जो लाज भयो। मलाई सबैभन्दा लाज लागेको चैं मैले उस्लाई सम्बोधन गर्दा लेखेका शब्दहरु अरुले थाहा पाउँदा भयो। अरुको त कुरै छाडम, आफ्नै आमाले ‘तैँले त यसो लेखेको थिइस् रे नि तेल्लाई’ भन्दा चैं सारै जो नमज्जा हुनि रैच के। के नमिले के नमिले जस्तो के। हत्तेरिका! मैले उस्लाई के भनेर सम्बोधन गरे होला त? त्यो चाँहि यतिका बर्ष पछि अइले लेख्न पनि लाज लागे जस्तो हुनि के। तर त्यो नै नभने पछि कुरो नै नटुङे जस्तो लाग्नी फेरी। ‘मेरी ह्रदयकी रानी’ लेखेको थेँ के। त्यो बेला युधीर थापाको ठूलै जो फ्यान थिएँ के रे, उनैको उपन्यासबाट सिकेको हुनुपर्च तेस्तो अन्टसन्ट लेख्न।
Read Full Discussion Thread for this article