[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 96171 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-21-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारीमा त्यति भीड देखिंदैन नि, चिप्ले मात्र बसेर एक्लै बर्बराइरा' जस्तो छ। दादाको पुत्री लाभको लागि बधाइ है! साझामा छिर्यो कि चौतारीमा चियाउन मन लाइहाल्छ। आज चैं बोल्न पनि मन लाग्यो। तर बोल्ने कुरा केही छैन, आफ्नो काम मात्र थुप्रो बाँकी छ। ल, म चैं चूपो लागेर बस्छु, अरूले बोलेको सुन्छु, नबोलि आफ्नो काम गर्छु है गाम्ले हो!
 
Posted on 02-21-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही आए कि भनेर यसो फर्की आको त चित्रे आ रहिछन्। अनि के छ हालखबर? अचेल नक्सा टाँस्या देखिन्न नि।
 
Posted on 02-21-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु चिप्ले, नक्सा टाँस्न त मन थियो, तर व्यस्तताले गर्दा आफ्नो जिन्दगी नै नक्सा जस्तो हुन लाग्यो र पो। अलि फुर्सदाँ टाँसम्ला नि, अनि मैनासित पिरेम नि फुर्सदमै गर्नु पर्ला, अहिले त चूपो लागेर चियायो, ट्याम भए एकछिन बोल्यो, नत्र हिंड्यो।
 
Posted on 02-21-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau jadau jo jati chan yo gaam ma, sabai lai.
aafno ta gharbaar chaina, gaam gaam duldai hidthe. yo gaam ma jhukkiyera aayipygiyo. basobaas byabasthaa milyo bhane yetai tira garna parlaa jasto po laagna thaalyo.
saano umer dekhi nai jhaankri ko kaam gardai aaye. timihur ka gaam ma pani kehi dukheso parya cha bhane aao kyare dekhaauna ma bhaa thaa. herdiula kyaare.
jo jo aauchan, chinaparchi pani bhaihalla.
lau ta. nachine samma kaslai k bhanera bolaauni ho. herau hai ta.
 
Posted on 02-21-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मन मा चोट लागेको छ झान्क्री बा! कसरी ठीक पार्ने होला?
ज्यान्मारा परियो,एसो सन्चो बिसन्चो कस्ले वास्ता गर्छ र? प्रेमिक छैन।
 
Posted on 02-21-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेमिका*
 
Posted on 02-21-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो पुन्टे दाजीको औंलो काटेको, आज मेरो हातैमा त्यो पाबरोटी सेक्नी हुन्छ नि के जाती हो... टोसाटर, हो तेस्मा पाबरोटी सेक्दो भको बिहान, हातैमा डामी हाल्यो नि । आमामा, एक्छिन त रन्थनिए | अहिले कालो डाम छ, क्यार्नु मुया मान्ने कोइ छैन... सुँक्क , सुँक्क :(
 
Posted on 02-21-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद चिप्लेजी, चित्रू!
चिप्लेजीको के छ खबर, केही लाभ हुने बेला भेन र भुन्या?
ल हर्क बढाईँ नि गरुम्ला नि. खशीले अल्लि हुन्न मुन्छे धेरै छन्.



हेऽ नि लै लै
हे रिन्किबुगंको राँगोलाई
चन्किबुगंको चुलेसीले
ताप्लेजुगंमा ताकेर
अरुण तमौर तरौँला

फुल लाउँला केसरी हो
खाउँला बेसरी

ए फुल लाउँला केसरी हो
खाउँला बेसरी
... ... ...

 
Posted on 02-21-06 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!!! दादाले त राँगै काटी हर्कबढाईं दिन लागे जस्ता छन् है। बिर्खे बरु कुन बेला आइपुग्ने हो? बिजुली पानी लेर आउँछु भन्थ्यो।
 
Posted on 02-21-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु दादा, चाइन्जो लय मिलार बोलुम न त भन्दा कुरो बिग्रेच (बिग्रेछ?)। अब देखुन ख्याल राख्नु पर्ला। लु अनि धेरै बधाई छ सुपुत्री लाभ भएकोमा! हर्क बडाईँ त अर्नै पर्ने हो के रे।

हो नि चिप्ले चाइन्जो बिजुलि पानीओ जर्किन लिन भनेर लालेकाँ गाओ हिजो, माथि डाँडा इस्कुलाँ भौते, कैले, किरे,आइते, धने सपै मिलेर मोजाको भकुन्डो बनार खेल्तै रेचन्। फेरि एउ छिन पछि मुइँले लालेकाँट जर्किनभुरि बिजुलि पानी ल्याको छ भन्ने कताटी चाल पाएचन् कुन्नि मुलाइ त समातिहाले बाटैमा। त्याँसि लु जिम्मालबा भएन अलि अलि त हाम्ले पनि चाख्नु परो भन्न थाले। " धुत हुँदैन, दादाओ छोरी जन्मेओ हर्क बडाईँलाई लान लाको" भनेर जति भनेनि केइ लाएन। " हैन जिम्माल बा पन्चाम्रित जस्तो चाख्ने मात्तै हो" भनेर भनो भौतेले, अनि केइ नलार मुइँले नि " लु हुन्छ अलि अलि फारो अरेर खाओ" भन्या त आधा जर्किन स्वाट पारे केटारुले क्यार्नु। हनि आफूलेनि यसो मुख भिजाओ हो यसबेला भो इ याँ आम्न।
 
Posted on 02-22-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजुली पानीको नाम सुनेर निन्द्रै बाट जुरुक्क उठेर आको म त। ख्वै त टुञ्चेपानी ? चिप्ल्या गफै रैछ, त्यसमाथि बिर्खेले थप्न पाको। यो चिप्ले, के जाति एम-टि-भि मा काले ले बोल्या जस्तो बोल्दिन्छु नि म त रन्का छुट्या बेलाँ, आँफू ले चाँहि कहिले हर्कबढाँई गर्ने हो?? त्यो बिहेभोज त खा-खै भो, अरु के के कुरा खा-खै गराउने हो चिप्ले ले। :D बिर्खे्या कुरो सुनेरपो चाल पाएँ, हिजो चौतारी किन सामसुम्मे भनेर -- सप्पै बिजुलीपानी खाएर सोत्रम पर्या रैछन् ।।

दादा ले छोरी पाएछन्, ल बधाई छ दादा!! फेरि नि गर्भवती भएस् -- सन्तानले डाँडा काँडा ढाकुन्।

फेरी सुत्न जान्छु म त।
 
Posted on 02-22-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा मेरो तर्फ बाट पनि बधाई । फेरी अर्को बर्ष अर्को होवोस सन्तान् ले डान्डा कान्ढा ढाकुन्।
 
Posted on 02-22-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*congratulation dada!!*
for bunu---->!*hugz n kicchi*
bunu ko jasto cha ?dada jasto ki bhauju jasto?!

 
Posted on 02-22-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bunu hehe...mero one cousin didi ko name ni bunu, my fav one...congratzzzzzzzzzz.......dadu kai rahicha... :D

sisuuu euta rose yeta tira drop gara ta hehe......

 
Posted on 02-22-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why euta sis?! *basket of red rose for lady in red sis!*

 
Posted on 02-22-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wowwwww a huge bouquet for me...i feeeeeeel lucky...thanku ;) muaaaaaaaaaaaa
 
Posted on 02-22-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातभरि करायो दक्षिणा हरायो भन्या यही हो । बिजुली पानी खान भनेर कुर्यो कुर्यो बिर्खे रित्तो जर्किन लेर आइपुग्छ । तेस्माथि अझ कलंकीको गाली समेत खानु छ । त्यो के के जाती फोटा टाँसेर गाई खाने भाषाँ के लेख्याहुन् फेरी दुई जनाले ?
 
Posted on 02-22-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धेरै बधाई छ दादा लाई (र झन मुख्य काम गर्ने भाउजुलाई)
कलंकी ले भनेजस्तै अरु पनि पाउँदै गर्नुहोला ।
फेरी पनि बधाई ।
 
Posted on 02-22-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो धने पनि आएछ यता। अघि कस्ले पो भन्थ्यो बिजुली पानी पाएछि धनेले घ्याम्पै रित्ताउँछ भनेर। क्यार्नु अब, बिर्खेले बैमान गरी रित्तो जर्किन बोकी आयो।
 
Posted on 02-22-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा त कोहि पनि छैन! के भएछ? दम्तरीहरु के के थन्क्याउन ब्यस्त हो? जिम्माल बा पनि देखिन्नन्।
काका त काकीसं झगडा गरेर मधेशतिर लागे रे। झगडा परेछ,रिसाएर "तँलाई सौता हाल्छु!" भनेछन्। काकीले पनि "हुती भए गरेरै देखाऊ, के को धाक मात्तै हो?! यस्तालाई पत्याउने को होला?" भनिछन्। हुनपनि कान्छी ल्याऊँछु भनेर महिनाको एक पटक भन्छन् हाम्रा काका, तर अहिलेसम्म ल्या'का छैनन्।
के कुराँ झगडा प-यो र मधेश लाग्यौ काका बूढा? काकीको रिस मरिसक्यो, अब गाऊँ फर्के हुन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters