Posted by: Gautam B. February 22, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
चौतारीमा त कोहि पनि छैन! के भएछ? दम्तरीहरु के के थन्क्याउन ब्यस्त हो? जिम्माल बा पनि देखिन्नन्। काका त काकीसं झगडा गरेर मधेशतिर लागे रे। झगडा परेछ,रिसाएर "तँलाई सौता हाल्छु!" भनेछन्। काकीले पनि "हुती भए गरेरै देखाऊ, के को धाक मात्तै हो?! यस्तालाई पत्याउने को होला?" भनिछन्। हुनपनि कान्छी ल्याऊँछु भनेर महिनाको एक पटक भन्छन् हाम्रा काका, तर अहिलेसम्म ल्या'का छैनन्। के कुराँ झगडा प-यो र मधेश लाग्यौ काका बूढा? काकीको रिस मरिसक्यो, अब गाऊँ फर्के हुन्छ।
Read Full Discussion Thread for this article