Posted by: Nepe March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
काकाको पहिलो पिरिमपत्रले तेत्रो हुर्मत लिएछ । मेरो पहिलो पिरिमपत्रको पनि त्यस्तै कथा बेथा छ । हुर्मत त लिएन तर बित्याँस भने झन्नै पारेको । मैले उसको सामु खुत्रुक्क खसालिदिएर हिनेको चिठी टिपी होली भनेको, के टिप्थी ? पछि यसो गएर हेरेको त जाहाँको तहिं भुँईमा बेबारिस भरअ लडिरहेको रहेछ पिरिमपत्र त । धन्न हाम्रो अनुशासनको मामलामा एकदम खुँखार हेडसरले फेला पारेनन् । दुई वर्ष जति एकतर्फी पिरिमको घनघोर आगोमा जलेर एउटा सार्वजनिक गर्न नसकिने दु:खान्तमा टुङ्गिएको थियो त्यो पिरिम । दिएको पत्र त स्वीकारनेन् भने कसैबाट पाउनु त के हुन्थ्यो र भाग्यमा । कसैले केहि नलेखेर रित्तो पठाएको चिठी पनि लाख हुने आफुलाई । तिमीले पठाएको रित्तो चिठी - http://www.gbnc.org/sajha/html/openthreadall.cfm?forum=2&threadid=20794&start=41#128767 Your Blank Message - http://www.suskera.com/jan2002/message.html
Read Full Discussion Thread for this article