Posted by: shree5 March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
यसो लहडमा- घाम पानी जिन्दगानी गर्नी खानी मर्नी जानी काका हिजो यस्सो नुन-तेल लिन हटिया बजार तिर गाका अरे, पुन्टे दाजीलाई भेट्टाएँ भन्थे । बजियाले हाताँ १०-१२ वोटा पिन्सिउँ पट्टा (pension book) लिएर उँधो तिर लाग्थ्यो, गल्ला (लाहुरे भर्ना गर्ने मान्छे) काम अर्न थालेछ कि गामका पिन्सिउँ पाकेका लाहुरेहुरको चईनी गोरपुर (गोरखपुर) सम्म गएर पिन्सिउँ (pension) बुझेर ल्याईदिन पो थालेछ कि त कुन्नि, होस अरेस है जाद्रै धेरै पैसो बोकेर हिँड्दा खेरि जमाना असल छैन केरे भनेर अर्ति दिएँ । मैले तेसो भन्दा पुन्टे भनि खुईलेको थाप्लो (टाउको) कन्याम्दै मुसु मुसु हाँस्दै थियो केरे भन्थे काकाले । मेरो बिचाराँ भनि नेपे दाजीले आफूले च्यात्न सकिन, लौ न च्यातिदेओ भनेर पुन्टे दाजीलाई तो किताब च्यात्न पठाका हैचन कि त ? कि गल्ला काम थालेउ र हो पुन्टे दाजी? गाम तिर त्यति बितरिएको देखिन्न केरे हिजाऽज । Keep rolling...
Read Full Discussion Thread for this article