Posted by: Birkhe_Maila March 4, 2006
Login in to Rate this Post:
0
?
ल मलाइ पनि सम्झना आयो पुराना दिनहरुको!
एक दिन-
"मेरो बिहे हुने भयो!"
यति भन्दा ऊनको आँखा रसिलो थियो र निधारमा एऊटा गुजुल्टो परेको थियो!
त्रिचन्द्र कलेजको लाइब्रेरीको माथिल्लो तलाको एऊटा बेन्चमा हामि दुईजना आफ्नै पिडामा अल्झिरहेको थियौँ।
मेरो कानमा उनले भनेको बाक्य पर्ने बित्तिकै, थाहा छैन म मा के भयो तर अचानक मेरो सारा तौल घटेको अनुभव गरेँ मैले। छातिको मध्य भाग बाट एऊटा नमिठो लहर चारैतिर उठेर मेरो सबै शरिर भरि दौडियो। ओठ सुकेको अनुभव भयो। मेरो हातमा एऊटा एक रुपियाँको डबल थाहा छैन कतिबेला देखि थियो, त्यसले बेसरि टेबल कोर्न थालेँ र भनेँ-
" कहिले हो?"
" खै घरमा सबै कुरा भैरहेको छ मैले केटा भने हेरेको छैन तर म बाध्य छु हेर्नै पर्छ मैले"
ऊनको उत्तरले मेरो उफ्रिरहेको मुटुलाई फेरि एकपल्ट जोर संग हान्यो।
" हेर यस्तो कुरामा नजिस्क है?" मैले निहुरिएर डबल टेबुलमा घोट्दै उनको सधैँ जिस्कने बानिलाई यसपालि पनि जिस्क्याईको रुपमा लिने कोशिस गरेँ र पुलुक्क ऊनको अनुहार हेरेँ।
ऊनले मुन्टो म तिर फर्काइन त डबडबाऊँदो आँखाले मलाइ हेर्दै भनिन् -
" साँच्चै हो बाबा!" र यति भनेपछि ऊनको आँखा बाट गन्डकी बगेको मैले प्रस्ट देखेँ!
मेरो संसार हल्लियो!.....
म सोच्दै थिएँ तर एकैछिनमा ऊनका साथिहरु आएको देखियो पर ढोकाबाट, र ऊन्ले आँखा पुछिन् र एकपटक मेरो हात समातिन् सुस्तरि अनि मेरो कपालमा स्पर्श गर्दै साथिहरु भएतिर गइन्।
त्यसको आठौँ दिन -
"अस्तिको तिम्रो कुरा मैले धेरै सोचेँ! म संग जान्छौ?" मैले हिम्मत गर्दै सोधेँ।
अलिकता प्रेमले भरिएको हेराई र अलिकता दुखले भरिएको हेराईले ऊनले मलाइ हेरिन् र भनिन्-
" तिमी जहिले पनि उस्तै छौ, मेरो मन कहिले पनि बुझैनौ! अहिले मेरो बिहे पक्का भैसकेपछि यस्तो कुरा गरेर मलाइ रुवाऊछौ!"
म जड् भएँ!
"राम्रो संग पढ है?"
यो ऊनको अंतिम वाक्य थियो मेरो लागि!!!