Posted by: miss_ me March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
नेपे दाजुको चिठीले.अतितको सम्झना गरायो। सबैले आ-आफ्नो कहानी सुनाको देखेर मलाई नि एउटा कथा लेख्न मनमा आयो। भर्खर स्कूल सकेर क्याम्पस शुरु गरेको। निकै रमाइलो नै हुने। एकदिन एकजना साथी (केटा)ले हातमा एउटा लिफाफा दिदै तपाईको लागि भनेर गयो। मैले सहस्रलिए। घरमा गएर हेरेको त ,,,,,,,,,,,,,,,,, लौ न नि मेरो त सातो नै ऊड्यो । अब के गर्ने ? कस्तो मेरो बुद्धिपनि? भोलि देखि क्याम्पस जानै मन लागेन। एक हप्ता पछि भिनाजुसंग साथीहरुले खबर पठाए पढ्न आऊ भनेर।उहाले सोध्नु भो किन स्कूल नगएको? अनि गालि पनि खाइयो। मेरो पिडा बुझ्ने कल्ले ?तै पनि हिम्मत गरेर गए। साथीको किन? को जवाफ मा चिठि दिए ,सबले हेरे , भन्न थाले कति राम्रो कबिता !!!! हुनपनि साच्चिकै राम्रो थियो। हुनत कविता लामो थियो त्यसको सानो ट्क्रा ---- “--------- झरीको भोलिपल्टको जस्तै ताजाछ सम्झना मनमा आउछ सधैनै तिम्रो सपना बिपना-----------“ अन्तिममा “कोपिला” थियो । को हुनसक्छ? सबजनाले खोज्न शुरुगरे । पछि थाहा भयो मिल्ने साथी पो रहेछन, मैले त विस्वाशै गर्न सकिन???????!!!!!!!!!! माफी माग्दा उन्को आखामा आँशु थियो। त्यसपछि राम्रो साथिको रुपमा ४ वर्ष सम्म एउटै क्लासमा पढ्यौं। भेट नभएको वर्षौ भयो। मेरो निचोड के भने "कसैले कसैलाई मन पराउनु "पाप होइन। यो कथा मात्र :-P Echoes ji यस्को वेव साइट डिजाइन कस्तो होला ?:)
Read Full Discussion Thread for this article