Posted by: kick March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ओहो नेपे दाजी, तपैंलाई त मर्कै जो परेओ रैच गाँठे पर्न नि! कति छुचि रैचि तो मोरी त भने के भन्नु खै! मनओ कुरो सुन्न नि नसुन्दिदा तपैँलाई कस्तो भयंकर पिँडा भओ होला तो बेला... उफ! ..सोच्दा नि मन कटकटी दुखे जस्तो हुनि। कम्तिआँ मेरी निष्ठूरीले मेरो मनओ कुरो थाहा त पाइ नि जे भा नि। ‘दुई वर्ष जति एकतर्फी पिरिमको घनघोर आगोमा जलेर....‘ बा..बा..बा ..धन्न खरानी नै चैं हुनु भएनच गाँठे, खुशी लाओ! तेस्तो जातिबिति हुँदा कोइ कोइ त रुखाँ झुन्निन बेर लाउन्नन के रे नि। ********** ल है दाजी, मैले त यतै जो ल्याइदिएँ तपैँको कविता। ज्याद्रै जो मन परो के। -----तिमीले पठाएको रित्तो चिठी----- (नेपे) तिमीले पठाएको रित्तो चिठी रित्तो थिएन हो, त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको रात जस्तो थिएन न त सूर्यलाई उदरखुट्टी बोकेर सकि नसकि हिंडीरहेको दिन जस्तो त्यो त बरु मिर्मिरे जस्तो थियो शान्त, ताजा र सिनित्त सफा वा सन्ध्याकाल जस्तो प्रशान्त विश्रामरत र कसैको आगमनको प्रतिक्षारत अथवा मानौं बिहानको शान्त फेवा हावाको एक फाँको सट्ट आईदिन के बेर अथवा दन्त्यकथाको त्यो बगैचा जहाँ अदृश्य फूलहरु फूल्दथे सुगन्ध भएर क्यानभासको त्यो चित्र जुन कुनै आकस्मिक वाध्यतामा हतार हतार मेट्न परेको थियो यो शिघ्र विश्वासमा कि उसका सपना-आँखाले त देखिहाल्छ नि उसका हृदय-ईजेलले त टाँगिहाल्छ नि यो "न" नभएको नाई यो "हो" नभएको स्वीकार यो समापन बिनाको अन्त्य यो भूमिका नभएको शुरुवात तिमीले रित्तो चिठी सहस्र आवाजहरुलाई निलेर बसेको मौनता प्रियतम तिम्रो चिठीलाई अर्थ्याउने प्रयासलाई विश्राम दिएर केवल त्यसको अनुभूतिमा जब रम्दै गएँ तिम्रो कस्सम तिम्रो रित्तो चिठीमा हजारौं हजार अक्षरहरु देखें र धन्य भएँ ।
Read Full Discussion Thread for this article