हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 163056 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-24-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma first hai badai dine ma
 
Posted on 07-24-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका-जीलाई धेरै धेरै बधाइ छ, यति राम्रो चौतारी बनाउनु भएकोमा।

खाली उल्टा-पाल्टा मात्र गफ गरेर चौतारीबासीमा भउतेको इमेज सारै नै बिग्रेकोले यो चौतारी देखी भउते सुध्रिने प्रयाशमा भएको खबर सुनाउन पाउँदा हामीलाई सारै खुशी लागेको छ।

यो प्रयाश सबैजना गाम्लेहरुलाई नमस्ते भनेर सुरु गरेँ है त मैले।

:-)
-भउते
 
Posted on 07-24-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेऽऽऽ, ह्यारी बुरो! दाऽऽऽमी बनायौ यार!

लु अब आशिष दिनु परो।

हाम्रो ह्यारी बुरोलाइ
यौटी प्यारी मिलोस्
रात दिन तरकारी
दिन रात पुस्टकारी
सँधै भरि खाइरहने
शुभ साइत जुरोस्

 
Posted on 07-24-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अहिले चैं म नै पहिला भये नयां चौतारी मा अौने अनि हरि र चितरे भैया लाई आशिर्बाद दिने
आशिर्बाद पो के दिनु खै? हैन हरि अनि चित्रे तपाईं हरु लाई कस्तो आशिर्बाद चहिन्छ् सुटुक्क भनम है।
हैन लेख्दा लेख्दै भौते अनि डाउडर् नानि आइ सकेका रैछन्
 
Posted on 07-24-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा पहिलो तारेमाम्!

चित्रे र हरि
सबैको आँखा वरिपरि
चित्रेलाई दाम आउने काम
हरिलाई छोरि दिनेहरुको लाम
मेरो आशिष भने नि यही हो
मेरो बक्सिस भने नि यही हो।
तारेमाम्।
 
Posted on 07-24-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
हरिलाई धन्यबाद! चित्रलाई पनि धन्यबाद!!

भउते सप्रेकै हो त? तर अहिल्यै मानिन्न! एक वर्षको परीक्षणकाल राख्नुपर्छ। एक वर्षसम्म सो----झो भ'र जाँड-रउसी सित्तै पाएनी नखानी, केटी आफैं जिस्किन आएपनि नजिस्किनी, चौतारीका ठूलाबडालाई बिहान-बिहान दर्शन गर्नी गरपछि बल्ल परीक्षण काल फुकुवा हुन्छ र भउतेले सप्रेको स्थायी प्रमाणपत्र पाउँछ।

कि कसो राहू बूडा, नेउची दि, पुण्टे बूडा जिम्माल बूडा, सानीमा?!
 
Posted on 07-24-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
दर्शन अरे है गौतमबाउ anikheri सुनिमiसिस नेप्चिसिस्,राहुल्दा चित्रेभाइ सप्पैलाई जो नमस्ते अरेkim :):)
देवरजी,
तेसै सुध्रिए भनेर पाईन्छ ?प्रमाणपत्र पेश अर्न पर्च्।गौतमबाउ हउरको कुरो मुनासिव छ.लु देवरजी हउरको परिक्षण काल शुरु भओ:)(bhagnu paryo aba)
 
Posted on 07-24-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजी सप्रेको प्रमाण
:):)

************************************************************
bhaute
Email Posted on 07-24-07 11:23 PM Reply | Notify Admin
ल्वाम ल्वाम-जी,

मेरो प्रयाश हेर्नुस, तर विश्वाश नगर्नुस।

१: उत्तर:

If I could not get there,I will send him. (यदि म त्यहाँ पुग्न नसक्दो भएँ भने मैले उसलाई पठाउने छु)
If I cannot get there,I will send him. (यदि म त्यहाँ पुग्न सक्दिन भने मैले उसलाई पठाउने छु)

शारांस: दुबै वाक्यले उही अर्थ / शुद्धता दिन्छ, तर पहिलो वाक्यमा बढी मीठास दिन्छ। जुन कुरा नेपालीमा पनि उत्तिकै लागू हुन्छ।

२: उत्तर:

I had always thought that all my friends I would see on the streets were her friends too.

मैले सधैँ सोँचेको थिएँ कि सबै मेरा साथिहरु-- (जसलाई) मैले बाटोमा देख्दथेँ, उनीका पनि साथिहरु थिए।

अर्थात,

मैले सधैँ सोँचेको थिएँ कि मैले बाटोमा देखेका सबै मेरा साथिहरु उनीका पनि साथिहरु थिए।


३:उत्तर:

सबै ठाउँमा त हैन, तर धेरै ठाउँमा can को सट्टा could र will को सट्टा would राख्दा भाषामा मीठास र सौहाद्रता आउँछ। यो कुरा नेपाली भाषामा नि लागू हुन्छ।

जस्तै:

I can do it. ( म यो गर्न सक्छु।)------------- I could do it. (म यो गर्न सक्दो हुँ।)

I will do it. ( म यो गर्ने छु)------------- I would do it. (म यो गर्दो हुँ।)

LOL !!!!!! कोही भाषा विशेषज्ञ आएर मलाई लात हान्नु अगि म यहाँ बाट बेपत्ता भए राम्रो हुँदो हो।

:-)
-भउते
 
Posted on 07-24-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम-जी र मिस-मि जिलाई नमस्ते गरेँ है।

गौतम-जी, १ बर्षको परिक्षणकाल त अलिक भढी भएन र भन्या ! चौतारीको पुरानो सदस्यको नाताले अलि अलि फुकुवा गर्न पर्यो नि, यसो ठूला बडाको जन्मोत्सब पारेरै भए पनि। धेरै अपराध त गरेको छैन के रे। एउटा काल्पनिक पात्र जुरेलीलाई अलिक बढी अपमान गरियो कि। त्यसैको सुरमा चौतारीका दिदी-बहीनीहरुलाई नानाथरी काल्पनिक नाताले अलि अलि चोट पुर्याएको स्विकार्छु। मानवी-जीलाई त अलिक बढिनै चोट परेको जस्तो मानेको छु। सायद मैले निभाइराकेको पात्रको इतिहास राम्रो सँग नबुझ्नुभएकोले पनि त्यसो भएको हुनुपर्छ।

मिस-मि-जी, कागजको खोस्टोमा नै के छ र ! म श-शरीर (श-शब्द) हाजिर छु।
 
Posted on 07-25-07 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मेरी बास्सै!! घोर कलिजुग लाओ के रे ? होस् पर्दैन देवरजी सप्रिन। मुलाई उही मुया अरेर भावी भुन्ने रमाइलो देवरजी नै राउरो लाओ ।सप्रिदा त ह उर कस्तो डर लाग्दो देखिने बाबै
देवरजीle मिस-मि-जी,भुनेओ मनै परेन( मनमनै : भावीहरुलe बढी मुया अरेर नै य्सतो बिधी घुर्कौन सिकेको हुनुपर्छ)
बा यो बुढेस्कaल लगेओ भावीलाई पनि नाम अरेर बोलाम्नी :(
अझ त्यो नि जी थपेर रोइदिम अस्तो :(
 
Posted on 07-25-07 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, ल मेरो तर्फबाट पनि परिक्षण काल मिनाहा भो। अब पात्तेका बूडाहुर्ले के गर्छन् कुन्नि?!

(खासमा त कल्ले कस्को चित्त दुखायो, मैले बुझ्या छैन। कुरा गरेर चित्त दुखाउनेको पित्त कुरैले झार्दे'सी सबै ठीक हुनुपर्नी हो! उहिले सत्तेजुगमा हामी तेसै गर्थेम के रे!)

अहिले त पिर पो लाउन लाओ गाँठे, भउते पनि सप्रियो कुम्ले पनि सप्रिने होला, कुम्ले सप्रे निशे पनि, निशे पछि हरि, चित्रे-------! गामका सबै केटा सप्रेर रामायण-महाभारत-गीता पढ्नी भे भने त गामै नरमाईलो भईहाल्छ नि! भयो, कोहि पनि सप्रिनु प-या छैन! बरु मै पनि बिग्रिन्छु! कसरी बिग्रिने हो, लु सिकाउ त भउते काजी मलाई!


 
Posted on 07-25-07 4:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
हरिलाई धन्यबाद! चित्रलाई पनि धन्यबाद!!
 
Posted on 07-25-07 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, चिप्ले, जिम्माल् बा
गोतायेँ, कुम्ले, मदनवा

हरी, ठुली, मास्टर्नी नानी
नेप्चे, नेप्चि, भऊते र सान्नानी

चने, यामे, पुन्टे दाइ
निशे, दुर्गे दि, राहुल् दाइ

दीप् ज्यो, रिट्ठे, जग्गे
ग्वाँचे, दादा बुरो, नेपे दाइ

लौ नमस्कार् है सप्पै लाई

छुटेका ले मन् नदुखाये सप्पै लाइ नमस्कार्।
 
Posted on 07-25-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाई धन्यबाद

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 07-25-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले लेख्नु भएको “बहुरुपिया” माथि यो अन्तरे का आखा ठ्याक्क पर्न गए आज।

हुनता सिधै रिट्ठे लाइ लेखिएको भएता पनि, यो अन्तरे पनि तेस्मा मुछिएको निर्क्योल् निकाले का ले दु चारोटा कुरा इस्पस्ट पार्न चाहान्छु।

करिब् नौ दस् बर्स अगाडि भखरै नेपालाँ यो जालो सुरु भए ताका कुन चाहीँ हो वेब् साईटाँ (नाम् याद् भएन) को चौतारी नै भनिने बात् मार्ने कोठा देखि नै यो अन्तरे ले परयोग् गर्दै आएको र अन्तरे कै कपि राईट, प्याटेन्ट् आदी ईत्यादी रहेको

“आफु त परियो अन्तरे
लप्पन् छप्पन् जानिन्न”

भन्ने थेगो भाव् लाइ तो रिट्ठे नाम् धारी बहुरुपिया (ठुल् दाई कै शब्दमा) ले ठ्याम्मै उस्तै अर्थ लाग्ने गरि अलि अलि सब्द मात्रै हेर् फेर् गरि “आफु त परियो सोझा साझा, छक्का पन्जा जानिन्न” भनि यो चौतारी मा परयोग् गरेको पाएकाले रिट्ठे ज्यु लाइ अब उप्रान्त एस्तो बित्पाते काम् नगर्नु होला होइन भने, नत्र, अन्यथा, अदरवाइज… भनि बिनम्र शब्द मा अनुरोध् गर्न चाहान्छु।

तेस्तै ठुल्दाइ ले भने जस्तै यो रिट्ठे नाम् धारी बहुरुपिया नै कुम्ले हुन सक्ने सम्भावना स्विकार्दै, यो अन्तरे चै तो सोझो कुम्ले हैन र तेस्तो सोझो पनि छैन भन्ने पनि इस्पस्ट पार्न चाहन्छु। सुकला हुँदा (कोल्टे फर्कीँदा बाहेक्) र उभिँदा वा उठ्दा मात्र सोझो हो तर बस्दा (छिडीयाँ पीडीयाँ , मेचाँ, कुर्चीयाँ, कमोटाँ, पिर्काँ, चकटियाँ, गुन्द्रीयाँ, सुकुलाँ, राडियाँ, गलैचाँ, फलैचाँ जता सुकै र थुचुक्क, थचक्क, टुक्रुक्क, पलेटि कसेर वा जसरि सुकै) भने बाङै हो भन्ने पनि जानकारी गराउन चाहान्छु।

तेसै गरि यो अन्तरे चौतारी मा बाटो बिराएर आए देखिन् कुम्ले सङ चिन् जान्, देखभेट्, बातचित्, कुराकानी, हाइ हेल्लो केहि पनि नभको तर एसो बुझि ल्याउदा ई सोझो भनिने कुम्ले पनि ती भऊते, नमे, मकरे, साहिँला, सिरे, फुलौरे, इश्वरे जस्तै उत्पाते रेलिङ् को डिउटी गर्नी (काँ भनेर आफैले बुझ्लान्), धुप् सल्कायेर पर्तिर का पसले दाइ कि साली सङ अंख चार् गर्नी भेर लोक् हिताँ दुइ थाल् मासु भात् र शेर्पाँँ दुइ भाँडो तोम्बा खान दी लौ भाइ हो तिमेरु ले त उत्पातै गर्न लायेउ बा, हाम्रो त बिजेतै गर्नी भयेउ, लौ अब सिनियर् दाइ हेरु छैनन् भन्दै मा एस्तो गर्नी हो बित्पाते मोरा हो लौ अब हाम्रा कुरा माने, अब देखिन् एस्तो नकाम् नगरे होइन भने, नत्र, अन्येथा, अदरवाइज् …भनेर मीठा शब्द मा सम्झाका उरन्ठेउला ठिटा मध्ये कै एक् हुनु पर्ने ठहर् गरेको छु।

(माथी उल्लेखित् कोही पनि उल्लेखित् अवस्था हरुमा साचिकै पर्न गएमा भने मैले चै सन्योग् मात्र मान्नेछु अरुले नमाने नि हुन्च।)

(लौ मार्नि भए अब भुरा हेरु मिलेर। उतिबेला को सप्पै रिस् अब पोख्न्नी भए। साउ बुढा पनि एती नै बेला एतै लखेट्दै आ झैँ देख्दै छु लौ भाग्नु परो अब कान्लै कान्ला। नत्र उता साउ बुढा ले पनि भकुर्नि एता ई भुरा हेरुले नी भकुर्नी गरे भने त नमज्जै हुन्छ।)

लौ त ताअाअाअाअाआ
 
Posted on 07-25-07 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती परदेशी जमघटमा देशको कुरो भो
टोल छिमेकको नी कुरो त उठनेनै भो

तिमीलाइ मेरी त भनील्याकै हो
पुरानो दाबी फेरी दोहोर्याइयो

चिन्ने तिमिलाइ त्यहाँ अर्को एउटा नी भेट भो
प्रतिस्पर्धामा तेस्लाइ नी अब पछार्नै पर्ने भो

तिमी मेरी भन्ने हल्ला चलाउने त हो मै हो
चलाइसकेसी हल्ला अब हम्किनै पर्यो

प्रतिद्वन्दी त उ अलि बेग्लै खाले निक्लियो
शसन्कित हो कि त्रसित तेस्तो पो देखियो

पेलियो उस्लाइ पेलियो भन्दै अरु गफ थपियो
तिम्रो लोग्ने रे उ भनेसि सबै गफ सकियो

हरि शरणम्।
 
Posted on 07-25-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यो क्या दामि गयो

हरि चित्रेलाइ धन्यबाद - हरेक हप्ता म:म: खाने साइत जुरोस

अन्तरे लोक् हिताँ दुइ थाल् मासु भात् र शेर्पाँँ दुइ भाँडो तोम्बा खाने कुरो अरेसिन बाँकि कुरो बुझियो के रे

लौ है तारेमाम सप्पैलाइ, मन्तयेक ला !!!!
 
Posted on 07-25-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि सप्पैलाई जदौ गरेँ है!!

दीप ज्यो, टेन्शन नै भएछ नि त! दामी गयो!

अन्तरे, लोल!
 
Posted on 07-25-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, चिप्ले, जिम्माल् बा गोतायेँ, कुम्ले, मदनवा, हरी, ठुली, मास्टर्नी नानी, नेप्चे, नेप्चि, भऊते र सान्नानी चने, यामे, पुन्टेदाइ ,अन्तरे, निशे, दुर्गे दि, राहुल् दाइ ,दीप् ज्यो, रिट्ठे, जग्गे ,ग्वाँचे, दादा बुरो, नेपे दाइ सबैलाई यो नयाँ शीतल चौतारी मा रिट्ठे को स्वागत अनी अभिबादन |
हरी लाई धेरै धेरै धन्यवाद भन्न मून लागेको छ भित्रै बाट किन हो किन ।

अनी ठुलि लाई एउटा कूरा सोधु सोधु लागिरछ । ठुलि त्यो namaste gamle saathi haroo taaaaaaaaa भनेको चाँही के हो नि त्यो अन्तमा ताअाआ भनेको के हो ठुलि? कृपया दिमाग नगरि भन है त । माइन्ड नगरि भन भन्या क्या
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters