[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161167 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-26-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त जुरेली हाँगा माथि बसेर
डाली डाली चढेर
तिखुलिच्याँक तिखुलिच्याँक
भन्छे है चरीले माया मार्यो च्याट्टै

बिहिबारे जदौ यो बिर्खेमाइलाको।

मुन्नी, धेरै पछि भेट भो नि।
ठुलि, चियामा गँड्यौला चोपेर खाएको हो आज?
चित्रे, आँफै भ्यागुता छौ अरुलाई के भन्छौ? :)
 
Posted on 07-26-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले के छ? भ्यागुताले अरू सब्बैलाइ भ्यागुता नै देख्छ नि त!

हैन के भन्छ यो? भौतेको जुरेली हाँगा माथि बस्या रे? अब भौतेले रूख चढ्ने पिराउटिस् गर्नु परो!
 
Posted on 07-26-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई म के भनुं
फूल् भनुं कि जून भनुं
उपमा धेरै म के दिउं
तिमीलाई मन कि मायालु भनुं
तिमीलाई म के ....................

तारेमाम गाम्लेहरु। ठुली चिया खायौ? चित्रे प्याकिङ् गर्‍यौ? चिप्ले क्या मीठो गीत हाल्यौ।
 
Posted on 07-26-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu

rahul da
 
Posted on 07-26-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिडाईमा हाँसको झैं चाल छ
जे लाएनी सुहाउने जीउडाल छ
मोहनीऽऽऽ तिम्रो बोलीमा
कुर्ता सुर्वाल लाउँदा त यस्ती छौ
कस्ती हौली गुन्यो चोलीमा!!

मेरो पनि बिहिबारे जदौ यो बिर्खेमाइलाको।
 
Posted on 07-26-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari thank u mero lagi yeti raamro kabita lekheko maa
 
Posted on 07-26-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु कता तिर मरेचन।
 
Posted on 07-26-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बच्ना ओ हसिनो लो मै आगया।।
तारेमाम गाम्ले साथी हरू ताअाअाअा
 
Posted on 07-26-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्नु बरु गाह्रो हुन्न,
मर्न बरु गाह्रो हुन्न।
तिम्रो माया मर्नै सकिन
तिम्रो माया मर्नै सकिन।
यो गीत हाम्रो जमानाको हो। गायक फत्तेमान( राजभण्डारी) बाहेक संगितकार नाति काजि (श्रेष्ठ) अनि गीतकार तिर्थ राज तुलाधर हरु स्वर्गबाट आफनो गीतको गति दुर्गति हेर्दै गरेका होलान्।
 
Posted on 07-26-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय श्रोताहरु, आज समाचार बिशेषकारणबस स्थगित गरिएको छ। तर धन्दा नमान्नुस केहि रमाइला र हाम्रो जीवनमा घटिरहने केहि प्रश्नहरु ल्याएको छु। सकिन्छ भने उत्तर दिनुहोला!

१)हिजोको भोज सम्झँदै रेस्टरुममा करिब आधा घन्टा बिताए पछि अचानक थाहा पाउनुहुन्छ कि तपाइँको ट्वाइलेट पेपर सकिएको पो छ, हिजो ल्याउनु पर्ने बिर्सिएछ! तपाइँको हालत कस्तो हुन्छ र के गर्नु हुन्छ?

२)शपिङ सेन्टरमा परबाट कोहि तपाइँतिर हेरेर हाँस्दैछ र हातले इशारा गर्दैछ, तपाइँलाई उक्त अनुहार परिचित लाग्दैन। तपाइँ के गर्नुहुन्छ?

३)सोफामा बसेर हातमा एउटा ग्लासमा एउटा गतिलो रेड वाइन पिउँदै टिभि हेरिरहनुभएको छ। यस्तोमा अचानक तपाइँको हातबाट वाइनको ग्लास खस्न पुग्छ र सबै वाइन तपाइँको काखमा पर्छ। यस्तोमा तपाइँको हालत कस्तो हुन्छ र के गर्नु हुन्छ?

४)कुनै परिचितको घरमा जानुभयो र उसको डेढ बर्षिय बच्चालाई बोक्नुभयो; अलिकता बच्चा मन परेर अलिकता परिचितलाई खुसि पार्न। यस्तोमा अचानक बच्चाले आफू लगायत तपाइँलाई पनि भिजाइदियो। तपाइँको हालत कस्तो हुन्छ र तपाइँ के गर्नुहुन्छ?

५)महिलाहरुको लागि- तपाइँ निकै सजिएर कसैको बिहाको पार्टिमा जानुभयो, लगभग सबैको नजर तपाइँमाथि छ यस्तोमा अचानक तपाइँ संगै बसेकि सुनिताले आत्तिएर तपाइँलाई भनिन् ” लौ न नि तिम्रो नाकमा के लागेको”! तपाइँको हालत के हुन्छ र के गर्नु हुन्छ?

६)पुरुषहरुको लागि- तपाइँ घरायसि चिजबिज हरुको शपिङ गरेर फर्कनुभएको छ र भर्खरै गाडि बाट फेरि के फर्कनु भनेर सबै सामान सकि नसकि बोकेर घर तिर लाग्नु भयो। यस्तोमा तपाइँको एक सुन्दरी छिमेकि (जसलाई बेला बेलामा तपाइँले हेरेर भित्र भित्रै थुक निल्नुभएको थियो) अगाडि त्यसैगरि सामान बोकेर आउँछिन त तपाइँलाई मद्दत गरिदिनुहोस भन्छिन्। तपाइँ के गर्नुहुन्छ?


बिहिबारे जदौ! यो बिर्खै माइलाको!!
 
Posted on 07-26-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा र रित्थेलाई नामअस्ते गरे हैईीईीईी
 
Posted on 07-26-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, हरि, रिठ्ठे, जिम्मी बूढा जदौ!

हा हा! जिम्मी बूढाले त टिडिकी (tricky) प्रश्नहरू सोध्न थालेछन्।मलाइ त्यस्तो कुनै अनुभव त छैन, तर २ नं को प्रश्न जस्तो चैं भा'छ, तर उल्टोबाट।बाटोमा हिंडेको मान्छे चिन्या जस्तो लागेर हाँसेको, तर ऊ चैं हाँस्दैन, पछि थाहा पाइयो कि अर्कै मान्छे परेछ। आफैं बेवकुफ बनियो!

पहिले स्कूलतिर हुँदा नि त्यस्तो भा'छ एक दुइपल्ट, त्यो नि केटीसँग! बाटोमा हिंड्दा पछाडिबाट हेर्दा आफ्नै किलासको केटी जस्तो लाग्यो, अनुहारै नदेखी पछाडीबाट बोलाएँ, हेरिनँ उसले। अनि नजीकै गएर फेरी बोलाएँ।कानको नजीकैबाट बोलाएको हुनाले नाम नमिले नि हेरिछ, तर ऊ त अर्कै नचिन्नै केटी पो परिछ! लौ मार्यो! अनि म त त्याँ बाट टाऽऽऽऽऽप!!!

अरू नि केही छन् यस्ता रमाइला उल्लू बनेका कुरा! पछि ट्याम मिलार सुनाम्ला!
 
Posted on 07-26-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है ल मेरो पनि नमस्कार छ ठुलि तिमीलाई
 
Posted on 07-26-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५)महिलाहरुको लागि- तपाइँ निकै सजिएर कसैको बिहाको पार्टिमा जानुभयो, लगभग सबैको नजर तपाइँमाथि छ यस्तोमा अचानक तपाइँ संगै बसेकि सुनिताले आत्तिएर तपाइँलाई भनिन् ” लौ न नि तिम्रो नाकमा के लागेको”! तपाइँको हालत के हुन्छ र के गर्नु हुन्छ?
जवाफ:- कालो चस्मा लाएर मै तिर हेरीरहने सुनिता कै भलाद्मी श्रीमानको छेवैमा गएर यसो गर्दै सोध्छु 'मलाई किन हेरी रहेको?'

अर्को अप्सन- म सुनिताको कुरोमा ध्यान नै दिदैन।मेरो मेकअपले मलाई नै धोका असंभव

 
Posted on 07-26-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!!

छेवैमा गएर यसो गर्दै सोध्छु 'मलाई किन हेरी रहेको?'

हाहाहाहा....साह्रै नै चोटिलो जवाफ दिएर महिला तर्फको पुरस्कारको हकदार बन्न पुग्नुभएको छ (ईश्क हाइssss) स्काइजी! वहाँलाई दा--मि मेकअप किट पठाउँदै छौँ! धन्यवाद्!
 
Posted on 07-26-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)अहिले आधा घन्टा अझै भा छैन, भएसी सोचेर जवाफ दिम्ला।

२)पछाडि फर्केर हेर्छु कतै भौते काजी (अन्यथा नमाने पैले बिग्र्या बेला को कुरो हो यो) त छैनन मेरा पछाडि।

३)खुसी हुन्छु आफ्नै काख् मा त पोखियो नी सोफाँ पोखिएन भनेर।

४)आफ्नो बच्चा (भएको भए) तिनै परिचित लाई भिडाई दिन्थे ताकि बाउ को बदला लेओस।

६)बराबरी सामान् र'चन, फच्या भए झैँ भयो। लौ मैले तपाईँ लाई तपाईँ ले मलाई मदत् गरे झै मानौ र आ आफ्नो सामान बोकेर घर तिर लागौ भन्न पर्ला।
 
Posted on 07-26-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोटिलो bhaneko ke ho birkhe dadu
 
Posted on 07-26-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
अन्तरेलेजीले पनि प्रश्न को उत्तरहरु दिनुभयो। उत्तरहरु ठिकैछन् तर पनि ४ नम्बरको उत्तरले दुई दुईवटा प्रश्नको उत्तर एकैसाथ दिएकोले पुरस्कारको हकदार वहाँ पनि बन्न सफल हुनुभएको छ। ४ नम्बरको उत्तरले ४ नम्बरको प्रश्नको उत्तर त दियो दियो साथै अन्तरेजीको आफ्नो कुनै बच्चा भए नभएको पनि उत्तर दियो, वहाँ सम्भवत अविवाहित नै भएको कुराको पनि संकेत गरेको छ! वहाँलाई यस्तै परिस्थिती बाट बँच्नको लागि बच्चाको डाइपर थान एक पुरस्कार पठाउँदै छौ! धन्यवाद्!

ठुलि चोटिलो भनेको ठाउँ मै चोट लाग्ने जस्तो गतिलो उत्तर भनेको! :)
 
Posted on 07-26-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा भुझेको भए मरी जानु।
 
Posted on 07-26-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहानका हाताट डाडु, पन्यू, सिलौटा, बेल्ना को बर्शात् गराम्ने काम गर्‍यौ भने जिम्माल् बा फेरि नली खुट्टा बल्झेला नी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters