हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 162434 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-25-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
हरि, ठुली, चने, दीप ब्रो, अन्तरे जन्तरे सबैमा प्रभातकलीन जदौ।

उस्को मायाले मार्‍यो, थाहै भएन,
जाने त गैगो, भैगो, चिठ्ठी आएन।

(हाम्रो जमानाको गीत त्यो, अहिले भए-इमेल आएन हुन्थ्यो)
 
Posted on 07-25-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मजाको चौतारी बनाएछ भान्जो ले! लु चिरन्जिवी नै न नबनेस यो कलिजुगमा अलि बढि बाँचेस, संसार देखेस!
चित्रेलाई पनि यहि कपि पेस्ट!

बुधबारे बुधुनो जदौ! यो बिर्खै माइलाको!!
 
Posted on 07-25-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृपया दिमाग नगरि भन है त bhaneko ke ho ritthe?
 
Posted on 07-25-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइन्ड नगरि भन भन्या क्या ठुलि
 
Posted on 07-25-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय स्रोता महानुभावहरु,

यहाँहरुलाई हिजो मैले भने झै आज हामीले यो हफ्ताको "कफि विथ कुम्ले" लिएर आएका छौँ।

बिगतका हफ्ताहरुमा झैँ यो हफ्तापनि हामी चौतारीका केहि बिशेष ब्यक्तित्वहरुलाई म सङ कफि पिउन निम्त्याउने छौँ र केहि कफि गफ गर्नेछौँ। यहाँहरुले हिजो रातभरि लगाएर अनुमान गर्नु भएका अतिथीहरु आज आउनु भयो कि भएन भन्ने कुरा यहाँहरुले एकैछिनमा थाहा पाउनुहुनेछ।

हामीलाई हिजो हाम्रो "कफि विथ कुम्ले" को इमेलमा निकै स्रोता महानुभावहरुले इमेल पठाउनु भयो धेरै जनाले अनुमान लगाउने प्रयास गर्नु भयो, धेरैले खुसुक्क भन्नलाई अनुरोध गर्नुभयो, तर हामीले ठान्यौ हाम्रा पाहुनाहरु को को हुनुहुन्छ भन्ने कुरा यहाँहरु सबैले एकैचोटी थाहा पाउनुहोस। हजुर!!! आजका पाहुनाहरु को को हुनुहुन्छ भन्ने कुरा हामी यो सानो कमर्सियल ब्रेक पछि बताउने छौँ, अहिलेलाई कमर्सियल ब्रेक।




:-)
 
Posted on 07-25-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली हामीलाई बाल न दिने? जिम्माल् बा तारेमाम्। अर्को गाम् मा ( मेरो संसार) एक जना लाई १-२ मुक्कि पुरस्कार दिएर आकोले ढिला भो, हेला नगर्नु होला। तारेमाम्।
 
Posted on 07-25-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढेको! के के सुन्नु परेको यो कान ले??
भउते सुध्रेको रे????
लौ न प्रभु कता जाम???

हहाहहाहा अन्तरे! पइला नै लाइराथो कोइ पुरानो मुन्छे मुउलान पसे'र अइले गाम फर्केको अस्तो लउभग उस्तै रेछ!

हाहाहा दिपे, लोल!
"पेलियो उस्लाइ पेलियो भन्दै अरु गफ थपियो
तिम्रो लोग्ने रे उ भनेसि सबै गफ सकियो "


 
Posted on 07-25-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई! :)

लु कुम्ले छिटो अर, म त मजाले फलैँचाँ तमाखु भरेर बस्या छु अन्तरवार्ता हेर्न!

 
Posted on 07-25-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलिले पल्लो गाममा मुख रातो बना' रेछे?
किन ठुलि? के भओ??
 
Posted on 07-25-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ जदऔ यो दुर्गेको पनि!
हरि र चित्रेलाइ मुरि मुरि धन्यबाद ! कति राम्रो चौतारी बनाएछन् ! चौतारिमा बस्नासाथ थकाइ जति सबै मेटिने
दिपज्यु दामि छ!
अन्तरे लोल
 
Posted on 07-25-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छँदैछ हल्ला नगर

बुधवारे जदौ यो बिर्खेमाइलाको

हरि, गजबको चौतारी छिनेछौ, बत्तिसै लक्षणकी कन्या फेला परोस् यो साल।
दीपज्यो, कबिता दामी छ।
कुम्ले, कति लामो हौ कमर्सियल ब्रेक पनि।
 
Posted on 07-25-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते! एsss भउते!!
तो माथि यान्टेउना मिला'र आउ त, हाउँरो टिबि बिग्रया जस्तो छ, कुम्लेको कार्जेकरम आएन त!
 
Posted on 07-25-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को एन्टिना मिलाउछ अब भउतेले बिर्खेदाई? हिजो राती पून्टेदा को साली भेट्न, झ्याल चढ्न न सके सि, त्यैइ एन्टिनालाई भर्‍याङ बनाई च्ढेको यही आखाले देखेको। पूण्टेदा घुरेको सुनेर बाघ आयो भन्दै भर्‍याङ सर्‍याङ् त्यहो छोडेर हस्याङ फस्स्याङ गर्दै आएको मैले भेटेको। अब बुढा, एन्टिना मिलाउ भन्दै म मिल्छ? पून्टेदा बरु आरम सङ टेलिभिजण हेर्दै होला, त्यहि भर्‍याङ राखेर।
तारेमाम्।
 
Posted on 07-25-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमर्सियल ब्रेकपछि पुन: स्वागत छ स्रोता महानुभावहरु यो "कफि विथ कुम्ले"मा। यहाँहरुलाई मैले अघि नै भनि सके हामीले यस्ता पाहुनाहरुलाई निम्त्याएका छौँ जस्ले चौतारीलाई नयाँ ज्यान दिनुभयो, नयाँ रंग दिनुभयो।

हजुर!! स्रोता महानुभावहरु, जब मैले चौतारीलाई नयाँ ज्यान दिनुभयो भने, यहाँहरुले बुझ्नुभयो म कस्लाई निम्त्याउदै छु भनेर। चौतारीलाई ज्यान दिनु, अर्थात चौतारीलाई ढुकढुकी प्रदान गर्नु, अझ भनौ चौतारीमा आउने युवाहरुको ढुकढुकी बढाउनु हाम्रो पहिलो पाहुनाको बायाँ हातको खेल हो! अब यहाँहरुको प्रतिक्षाको समय समाप्त भएको छ, क्रिपया स्वागत गरौँ हामी सबैकी प्यारी, युवाहरु कि ढुकढुकी ठुल्नानीलाई!

संवाददाता: स्वागत छ ठुल्नानी आजको "कफि विथ कुम्ले"मा!

ठुल्नानी: kumlu dadu muaahhhhhhhhh!!:D :P के च गाम्ले साथीहरु ताअाअाअाअाअाअ!

संवाददाता: हे हे हे!! हाम्री ठुलीको मुआँsss गर्ने बानी चाँहि कसरी सुरु भयो नि?

ठुल्नानी: छि कुम्लु दादुपनि के के सोद्च सबैको अगादि। पछि भन्चु नि हुन्च?

संवाददाता: हुन्छ हुन्छ ठुली! लु भन अब आज यहाँ बसेर कफि पिउँदा कस्तो अनुभव भइरहेको छ?

ठुल्नानी: अनुभव कुम्लु दादु भनेको को हो?

संवाददाता: अनुभव भन्नाले तिमीलाई कस्तो फिल भइरहेको छ आज यहाँ बसेर कफि पिउन?

ठुल्नानी: छि कुम्लु दादु पनि के सोद्छ के। यहाँ बसेर कफि पिउँदा किन अर्कै फिल हुनु नि? जहाँ बसेपनि त्यहि कफि त हो। बरु के सङ चोपेर खाने कफि?

संवाददाता: अब राहुलदाईलाई थाहा हुन्थ्यो क्यारे, कि गालबलाई थाहा हुन्थ्यो! ल अब तिमीमात्रै भएको बेला यो एउटा सानो प्रश्न है त!

ठुल्नानी: छ्या कत्ति सानो प्रश्न मत्रै गरेको होल कुम्लु दादुले अलि ठुलो गरेपनि हुने नि।

संवाददाता: हत्तेरी! सानो भन्नाले सानै त होइन नि, छोटो उत्तर हुने प्रश्न के! ल मलाई भन! यत्ति धेरै केटाहरुको ढुकडुकी कसरी बन्न सक्यौ?

ठुल्नानी: खित खित खित कुम्लु दादु! चि:

संवाददाता: ए ए ए! ल ल ठिकै छ! हे हे हे!! त स्रोता महानुभावहरु! हाम्री ठुलीलाई हामीले यहाँ निम्त्याएर केहि कफि गफ सुरु गरिसकेका छौँ अब हामी आजको अर्को पाहुनालाई निम्त्याउन गइरहेका छौँ।

यहाँहरुलाई अघि मैले भनेको थिएँ कि अर्कि पाहुना जस्ले चौतारीलाई नयाँ रंग दिएकी छिन। नयाँ रंगको कुरा गर्दा यहाँहरुले अनुमान लगाइसक्नुभयो! हजुर! आफुँले बनाएका बिभिन्न किसिमका चित्रहरुले चौतारीलाई धेरैपटक रंग्याएकी हाम्री चौतारीकी अर्कि पपुलर पात्र - सबै कि प्यारी आज कि अतिथी तितौरीलाई जोरदार तालीले स्वागत गरौँ!!

तितौरी: **************आफुँले बनाएका बिभिन्न किसिमका चित्रहरुले चौतारीलाई धेरैपटक रंग्याएकी******** रोटफल कुम्ले रोटफल! कत्ति हाँस्नु हौ! :O :O

ठुल्नानी: तिरु मोरी! कता हराएकी? हामीले कत्ति मिस गरेको तिमीलाई! हिजो पनि गरेको थिएँ, अस्तिपनि गरेको थिएँ!

तितौरी: हे हे हे ठुली मोरी! मैलेपनि मिस गरेको थिए तिमीलाई, Give me a big hug! :D :D

संवाददाता: स्रोता महानुभावहरु! तितौरी र ठुल्नानी एक आपसलाई हग गरिरहनुभएको छ। म चाँहि ट्वाल्ल परेर लाटाले पापा हेरे जस्तै हेरिरहेको छु!

तितौरी: खिहिहिहिहि.... कुम्ले! मार्दिम JPT भन्दा? गर्छुम त हग हामी साथीहरु! पहिले काफल टिप्न जाँदापनि एक डोको टिप्ने बित्तिकै हामी हग गर्थेम, हैन ठुली?

ठुल्नानी: हो त तिरु मोरी! कुम्लु दादु! लाटाले पापा हेरेको भनेको के हो?

संवाददाता: हे हे हे ठुली! यो बारेमा म पछि भन्छु तिमीलाई! अब दुबैजनालाई एउटा प्रश्न! चौतारीमा आउनुहुने पात्रमा सबैभन्दा मनपर्ने पात्र को हो?

तितौरी: खिहिहिहि....! कुम्लेलाई उस्को नाम भन्छु जस्तो लाग्यो होला! भन्दिन!! :P

ठुली: चि: कस्को नाम भन्ने? दालु, दाने, रित्थे, चितरे, गुन्ते, सबै मनपर्छ। :D

संवाददाता: ल ठिकै छ! अब तितौरीले घुमाएर यान्सर दिइन, ठुलीले कसैलाई छुटाइनन्! लौ ठिकै छ! ल अब अर्को प्रश्न! यहाँहरुलाई थाहा भएकै होला गत साल सन् २००६ को साझा टपटेनपोस्टरमा तितौरी छानिएकी छिन् भने ठुल्नानी यो साल लगातार हरेक महिना टपटेनमा आउन सफल भइरहेकी छिन्, यसमा तपाईहरुको के भन्नु छ?

तितौरी: हा हा हा टपटेन पोस्टर रे! मरेँ हासेर..., सर्कियो कफि पनि :O :O पोहोर साल लेख्दिन भनेको नि तर जसलेपनि तितौरी खोइ तितौरी खोइ भन्ने अनि मैले नलेखेर के गर्नु? तिमी चाँहि कसरी टपटेनमा परेनौ नि? :P फेरि निश जिजु आयो, सिम्स दिदी आयो, हजुर्बाले पुस्टकारी खुवाउने भन्नु भयो अनि चौतारीमा लेख्नु परेन? त्यहि भएर टपटेनमा आएको होला नि! छि: कस्तो हसाउने! :O :O

ठुल्नानी: khit khit khit टप टेन रे! कुम्लु दादु टप टेन भयो भने के पाउछ?

संवाददाता: हत्तेरी ठुली! प्रश्न मैले गर्ने कि तिमीले? :-)

स्रोता महानुभावहरु! यहाँहरुले सुनिहाल्नुभयो हाम्रो कफि गफ तर यहाँहरुले यो पनि महसुस गर्नु भएको होला, हामी सङ कफि गफ गर्न अर्को पाहुनापनि आउनुपर्ने हो भनेर! हजुर!! जब हामी चौतारीमा ठुली र तितौरीको कुरा गर्छौँ त्यत्तिबेला अर्कि चौतारी पात्रको नाम हामी बिर्सिन सक्दैनौ! हजुर! हामीले यो कार्यक्रममा चौतारीकै अर्कि प्रख्यात पात्रलाईपनि सङ्गै बसेर कफि पिउन निम्ता गरेका थियौँ तर ब्यस्तताको कारणले उनि यहाँ उपस्थित हुन सकिनन्। तर हामीले हार मानेनौ! हामीले उनलाई टेलिफोनबाटै कफि गफ गर्ने जमर्को गरेका छौँ। हजुर!! अब हामी टेलिफोन गर्न ठिक्क परेर बसेका छौँ हाम्रै चौतारीकि अर्कि हामी सबैकि प्यारी पात्र हाम्री सान्नानी सङ कुरा गर्न!

अहिले फोन अलि ब्यस्त रहेछ स्रोता महानुभावहरु! हामी फोन सम्पर्क गर्ने प्रयास गर्दैछौ! त्यतिन्जेल सम्म कमर्सियल ब्रेक...




कमर्सियल ब्रेक पछि पुन: स्वागत छ स्रोता महानुभावहरु यो कफि विथ कुम्लेमा! मैले अघि भने झै हामी प्रयास गरिरहेका छौ सान्नानी सङ फोन सम्पर्क गर्न! ल फोन लागे जस्तो छ रिङ गइरहेको छ!

टेलिफोन: टिरिङ... टिरिङ... टिरिङ...! (पुरुष आवाज) हेल्लो!?!

संवाददात: हेल्लो! नमस्ते! हामी "कफि विथ कुम्ले" बाट बोलिरहेका छौँ आज हामीले सान्नानी सङ सानो अन्तरबार्ता लिने जमर्को गरेका छौँ, एकैछिनको लागी सान्नानी सङ कुरा गर्न पाइन्छ?

टेलिफोन: (पुरुष आवाज) सान्नानी सङ रे! सान्नानी सङै कुरा गर्ने हो र?

संवाददाता: हजुर हजुर सान्नानी सङै!

टेलिफोन: लौ अचम्म! यो उमेरमा नि अन्तरबार्ता रे! ल ल एकैछिन है त! म दिन्छु! (एकै छिनमा, अस्पस्ट आवाज, सानी नानीले बोलेको जस्तो लाग्ने) पाsss... पाsss... पा.sss.. का.sss. लाss.. बर्‍रर्‍र्र.sss.. हाsss... क्वाँsss... क्वाँsss...!

संवाददाता: हत्तेरी! सान्नानी भनेको सानी नानीलाई दिनुभयो कि के हो हाम्रो ज्वाइँ साहेबले? लौ रुन पो थालिन हत्तेरी!

तितौरी: हा हा हा! खुचिङ कुम्ले हा हा! आज हाँसेरै दिन बित्ने भयो! कस्तो मिठो बोली हाम्री आर्णाको! म उनले हासेको कन्सेप्टमा एउटा पिक्चर बनाउछु, है!

ठुल्नाना: सि इज चो क्युत! muaaaahhhhhhhhh!! :D :D

संवाददाता: हत्तेरी! भएन!! फेरि एकचोटी फोन राखेर पुन: प्रयास गर्नुस त टेक्निसियन महोदय!

टेलिफोन: टिरिङ टिरिङ टिरिङ!! (पुरुष आवाज!) हेल्लो!!$#@!!

संवाददाता: हेल्लो हजुर! हे हे हे! अम्! त्यो.. अघि.. मैले.. गल्ती ..गरेछु! हामीले सानी नानी होइन हाम्री चौतारी कि सान्नानी! त्यहाँ घरमा चाँहि सानी नानी कि मम्मी लाई खोजेको!

टेलिफोन: (पुरुष आवाज!) ए त्यसो भन्नुस न! म त त्यहि भएर मेरी छोरी यत्ति सानो उमेरमा कसरी अन्तरबार्ता दिने भइछ भन्ने सोचिरहेको! एकैछिन है त!

संवाददाता: हजुर हवस! धन्यवाद!! :-) :S

सान्नानी: हेल्लो को बोलेको? हत्तेरी! यसले टेलिफोन चलाएर हैरान गर्छे!

संवाददाता: हेल्लो हेल्लो! सान्नानी हेल्लो! म कफि विथ कुम्ले बाट बोलिरहेको छु! अहिले तिमीलाई सारा स्रोताहरुले प्रत्यक्ष सुनिरहनुभएको छ! आजको कफि विथ कुम्लेमा यहाँ स्टुडियोमा तितौरी र ठुल्नानीपनि छन्! तिमीलाईपनि स्वागत छ!

सन्नानी: छि: कुम्ले! मलाई अलि अघि नै भन्नु पर्दैन? मोरीहरु कस्तो राम्री भएर आएका होलान त्यहाँ म चाँहि यहाँ यस्तो लुगामा छु, कम-से-कम लुगा त राम्रो लगाएर बस्थेँ, के भन्लान गाउँलेहरुले!

संवाददाता: हैन सान्नानी! उहाँहरुले सुन्नेमात्र हो देख्ने होइन, जस्तो लुगा लगाएपनि हुन्छ!

सान्नानी: ए! हो त! कस्तो बिर्सेछु! ल सोध!

संवाददाता: मेरो पहिलो प्रश्न छ...

तितौरी: एकै छिन कुम्ले! सान्नानी! आर्णाको हालखबर कस्तो छ? कत्तिको रुन्छे अचेल!

सान्नानी: तितौरी! मोरी! के छ तिम्रो हालखबर? हेर न हिजो अस्ति रातभरि रुएर सुत्न दिएकी छैन। उहाँले पनि सुत्न पाउनु भएको छैन!

ठुली: चो क्युत!:D

सान्नानी: अँ सो क्युट! पछि थाहा पाउछेउ तिमीले ठुली आफ्नो छोरा छोरी भएपछि!

संवाददाता: अँ मैले प्रश्न गर्न खोजेको....

तितौरी: अनि अस्ति मैले पठाको आर्णाको चित्र कहाँ राख्यौ? लिभिङ रुममा राख है!

संवाददाता: तर मैले प्रश्न ...

सान्नानी: हेर न त्यो फ्रेम गर्न पठाको छ, उहाँले ल्याउने बित्तिकै लिभिङ रुममा राख्ने! ला!! हत्तेरिका!

ठुली: के भयो?

सान्नानी: छोरीले फेरि थाङ्ना भिजाई!

संवाददाता: अनि मैले प्रश्न गर्न खोजेको थिएँ...!

सान्नानी: एकछिन पर्ख कुम्ले!

तितौरी: हिहिहिहिहि! :D :D सान्नानीलाई निकै काम गर्नु पर्ने रहेछ हेर! म चाँहि अब कफि पिउछु!

संवाददाता: हत्तेरिका! भएन यसरी! समयपनि सकियो! लु लास्टमा स्रोताहरुलाई के भन्न चहानुहुन्छ तपाईहरु? :@

ठुली: गाम्ले साथीहरुलाई फेरि के छ ताअाअाअा भन्न चाहन्छु अनि सबैलाई muaaaaaaaaaaaaaaaahhhhhhhh!! :D :D

तितौरी: कुम्लेलाई धन्यवाद यहाँ बोलाएर मिठो कफि खुआएकोमा! अनि सबै गाउँले दाजु भाई साथीहरुलाई यो तितौरीको नमस्ते! आइ मिस यु अल! :'O

सान्नानी: अँsss हेर न केहि भन्नै पाइन! एक हातले छोरी बोकेकि छु अनि अर्को एउटाले मात्र टेलिफोन गर्न पाएको भएर धेरै भन्नपनि सक्दिन! अब आर्णा ठुली भएपछि उसलाईपनि ल्याउछु चौतारीमा! :S

संवादाता: हवस त स्रोता महानुभावहरु! आजको कार्यक्रम यत्तिनै! जदौ!


 
Posted on 07-25-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol कुम्ले lol
अब जिम्माल् बा एण्टिना मिलाउदैमा ब्यस्त होला। यस्तो रमाइलो ठुली, तितौरी अनि सान्नानिको अनतर्वार्ता, बुढाले छुटायो जस्तो छ।
 
Posted on 07-25-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युवाहरु कि ढुकढुकी ठुल्नानी

khai tiru mori kata tira laagi

birkhe dadu maile aaj gaalaa maa laali lagaako le meto gala rati dekheko khit khit khit
 
Posted on 07-25-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले ब्रो !
 
Posted on 07-25-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
हाहाहाहा.... हैन ठुल्दाई एन्टिना मिलेर पनि हेरिसकेँ।

कुम्लेले हँसाउन सम्म हँसायो।
सबै भन्दा रमाइलो र कृएटिभ पार्ट मलाई लागेको चाहिँ हाहाहाहाहा बिचरा ऊ अन्तरवार्ताको प्रश्न सोध्न खोजिरा' छ तिनजना केटिहरु भेटेर आफ्नै कुरा! लोल! हाहाहा क्या सोचेको यार! हाहाहाह अनि सान्नानिले भनेको -
"मोरीहरु कस्तो राम्री भएर आएका होलान त्यहाँ म चाँहि यहाँ यस्तो लुगामा छु, कम-से-कम लुगा त राम्रो लगाएर बस्थेँ, के भन्लान गाउँलेहरुले! "


यो तितौरी फितौरीले चौतारिलाई माया मारेकै हो त???
 
Posted on 07-25-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiruuuuuuuuuuuuuuuuuuuuuuuu we all r really missing u dear. pls come back
 
Posted on 07-25-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि म धेरै पुस्टकारि ल्याउँछु त्यो तितौरीलाई नदिने ल?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters