Posted by: CaMoFLaGeD July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
कमर्सियल ब्रेकपछि पुन: स्वागत छ स्रोता महानुभावहरु यो "कफि विथ कुम्ले"मा। यहाँहरुलाई मैले अघि नै भनि सके हामीले यस्ता पाहुनाहरुलाई निम्त्याएका छौँ जस्ले चौतारीलाई नयाँ ज्यान दिनुभयो, नयाँ रंग दिनुभयो। हजुर!! स्रोता महानुभावहरु, जब मैले चौतारीलाई नयाँ ज्यान दिनुभयो भने, यहाँहरुले बुझ्नुभयो म कस्लाई निम्त्याउदै छु भनेर। चौतारीलाई ज्यान दिनु, अर्थात चौतारीलाई ढुकढुकी प्रदान गर्नु, अझ भनौ चौतारीमा आउने युवाहरुको ढुकढुकी बढाउनु हाम्रो पहिलो पाहुनाको बायाँ हातको खेल हो! अब यहाँहरुको प्रतिक्षाको समय समाप्त भएको छ, क्रिपया स्वागत गरौँ हामी सबैकी प्यारी, युवाहरु कि ढुकढुकी ठुल्नानीलाई! संवाददाता: स्वागत छ ठुल्नानी आजको "कफि विथ कुम्ले"मा! ठुल्नानी: kumlu dadu muaahhhhhhhhh!!:D :P के च गाम्ले साथीहरु ताअाअाअाअाअाअ! संवाददाता: हे हे हे!! हाम्री ठुलीको मुआँsss गर्ने बानी चाँहि कसरी सुरु भयो नि? ठुल्नानी: छि कुम्लु दादुपनि के के सोद्च सबैको अगादि। पछि भन्चु नि हुन्च? संवाददाता: हुन्छ हुन्छ ठुली! लु भन अब आज यहाँ बसेर कफि पिउँदा कस्तो अनुभव भइरहेको छ? ठुल्नानी: अनुभव कुम्लु दादु भनेको को हो? संवाददाता: अनुभव भन्नाले तिमीलाई कस्तो फिल भइरहेको छ आज यहाँ बसेर कफि पिउन? ठुल्नानी: छि कुम्लु दादु पनि के सोद्छ के। यहाँ बसेर कफि पिउँदा किन अर्कै फिल हुनु नि? जहाँ बसेपनि त्यहि कफि त हो। बरु के सङ चोपेर खाने कफि? संवाददाता: अब राहुलदाईलाई थाहा हुन्थ्यो क्यारे, कि गालबलाई थाहा हुन्थ्यो! ल अब तिमीमात्रै भएको बेला यो एउटा सानो प्रश्न है त! ठुल्नानी: छ्या कत्ति सानो प्रश्न मत्रै गरेको होल कुम्लु दादुले अलि ठुलो गरेपनि हुने नि। संवाददाता: हत्तेरी! सानो भन्नाले सानै त होइन नि, छोटो उत्तर हुने प्रश्न के! ल मलाई भन! यत्ति धेरै केटाहरुको ढुकडुकी कसरी बन्न सक्यौ? ठुल्नानी: खित खित खित कुम्लु दादु! चि: संवाददाता: ए ए ए! ल ल ठिकै छ! हे हे हे!! त स्रोता महानुभावहरु! हाम्री ठुलीलाई हामीले यहाँ निम्त्याएर केहि कफि गफ सुरु गरिसकेका छौँ अब हामी आजको अर्को पाहुनालाई निम्त्याउन गइरहेका छौँ। यहाँहरुलाई अघि मैले भनेको थिएँ कि अर्कि पाहुना जस्ले चौतारीलाई नयाँ रंग दिएकी छिन। नयाँ रंगको कुरा गर्दा यहाँहरुले अनुमान लगाइसक्नुभयो! हजुर! आफुँले बनाएका बिभिन्न किसिमका चित्रहरुले चौतारीलाई धेरैपटक रंग्याएकी हाम्री चौतारीकी अर्कि पपुलर पात्र - सबै कि प्यारी आज कि अतिथी तितौरीलाई जोरदार तालीले स्वागत गरौँ!! तितौरी: **************आफुँले बनाएका बिभिन्न किसिमका चित्रहरुले चौतारीलाई धेरैपटक रंग्याएकी******** रोटफल कुम्ले रोटफल! कत्ति हाँस्नु हौ! :O :O ठुल्नानी: तिरु मोरी! कता हराएकी? हामीले कत्ति मिस गरेको तिमीलाई! हिजो पनि गरेको थिएँ, अस्तिपनि गरेको थिएँ! तितौरी: हे हे हे ठुली मोरी! मैलेपनि मिस गरेको थिए तिमीलाई, Give me a big hug! :D :D संवाददाता: स्रोता महानुभावहरु! तितौरी र ठुल्नानी एक आपसलाई हग गरिरहनुभएको छ। म चाँहि ट्वाल्ल परेर लाटाले पापा हेरे जस्तै हेरिरहेको छु! तितौरी: खिहिहिहिहि.... कुम्ले! मार्दिम JPT भन्दा? गर्छुम त हग हामी साथीहरु! पहिले काफल टिप्न जाँदापनि एक डोको टिप्ने बित्तिकै हामी हग गर्थेम, हैन ठुली? ठुल्नानी: हो त तिरु मोरी! कुम्लु दादु! लाटाले पापा हेरेको भनेको के हो? संवाददाता: हे हे हे ठुली! यो बारेमा म पछि भन्छु तिमीलाई! अब दुबैजनालाई एउटा प्रश्न! चौतारीमा आउनुहुने पात्रमा सबैभन्दा मनपर्ने पात्र को हो? तितौरी: खिहिहिहि....! कुम्लेलाई उस्को नाम भन्छु जस्तो लाग्यो होला! भन्दिन!! :P ठुली: चि: कस्को नाम भन्ने? दालु, दाने, रित्थे, चितरे, गुन्ते, सबै मनपर्छ। :D संवाददाता: ल ठिकै छ! अब तितौरीले घुमाएर यान्सर दिइन, ठुलीले कसैलाई छुटाइनन्! लौ ठिकै छ! ल अब अर्को प्रश्न! यहाँहरुलाई थाहा भएकै होला गत साल सन् २००६ को साझा टपटेनपोस्टरमा तितौरी छानिएकी छिन् भने ठुल्नानी यो साल लगातार हरेक महिना टपटेनमा आउन सफल भइरहेकी छिन्, यसमा तपाईहरुको के भन्नु छ? तितौरी: हा हा हा टपटेन पोस्टर रे! मरेँ हासेर..., सर्कियो कफि पनि :O :O पोहोर साल लेख्दिन भनेको नि तर जसलेपनि तितौरी खोइ तितौरी खोइ भन्ने अनि मैले नलेखेर के गर्नु? तिमी चाँहि कसरी टपटेनमा परेनौ नि? :P फेरि निश जिजु आयो, सिम्स दिदी आयो, हजुर्बाले पुस्टकारी खुवाउने भन्नु भयो अनि चौतारीमा लेख्नु परेन? त्यहि भएर टपटेनमा आएको होला नि! छि: कस्तो हसाउने! :O :O ठुल्नानी: khit khit khit टप टेन रे! कुम्लु दादु टप टेन भयो भने के पाउछ? संवाददाता: हत्तेरी ठुली! प्रश्न मैले गर्ने कि तिमीले? :-) स्रोता महानुभावहरु! यहाँहरुले सुनिहाल्नुभयो हाम्रो कफि गफ तर यहाँहरुले यो पनि महसुस गर्नु भएको होला, हामी सङ कफि गफ गर्न अर्को पाहुनापनि आउनुपर्ने हो भनेर! हजुर!! जब हामी चौतारीमा ठुली र तितौरीको कुरा गर्छौँ त्यत्तिबेला अर्कि चौतारी पात्रको नाम हामी बिर्सिन सक्दैनौ! हजुर! हामीले यो कार्यक्रममा चौतारीकै अर्कि प्रख्यात पात्रलाईपनि सङ्गै बसेर कफि पिउन निम्ता गरेका थियौँ तर ब्यस्तताको कारणले उनि यहाँ उपस्थित हुन सकिनन्। तर हामीले हार मानेनौ! हामीले उनलाई टेलिफोनबाटै कफि गफ गर्ने जमर्को गरेका छौँ। हजुर!! अब हामी टेलिफोन गर्न ठिक्क परेर बसेका छौँ हाम्रै चौतारीकि अर्कि हामी सबैकि प्यारी पात्र हाम्री सान्नानी सङ कुरा गर्न! अहिले फोन अलि ब्यस्त रहेछ स्रोता महानुभावहरु! हामी फोन सम्पर्क गर्ने प्रयास गर्दैछौ! त्यतिन्जेल सम्म कमर्सियल ब्रेक... कमर्सियल ब्रेक पछि पुन: स्वागत छ स्रोता महानुभावहरु यो कफि विथ कुम्लेमा! मैले अघि भने झै हामी प्रयास गरिरहेका छौ सान्नानी सङ फोन सम्पर्क गर्न! ल फोन लागे जस्तो छ रिङ गइरहेको छ! टेलिफोन: टिरिङ... टिरिङ... टिरिङ...! (पुरुष आवाज) हेल्लो!?! संवाददात: हेल्लो! नमस्ते! हामी "कफि विथ कुम्ले" बाट बोलिरहेका छौँ आज हामीले सान्नानी सङ सानो अन्तरबार्ता लिने जमर्को गरेका छौँ, एकैछिनको लागी सान्नानी सङ कुरा गर्न पाइन्छ? टेलिफोन: (पुरुष आवाज) सान्नानी सङ रे! सान्नानी सङै कुरा गर्ने हो र? संवाददाता: हजुर हजुर सान्नानी सङै! टेलिफोन: लौ अचम्म! यो उमेरमा नि अन्तरबार्ता रे! ल ल एकैछिन है त! म दिन्छु! (एकै छिनमा, अस्पस्ट आवाज, सानी नानीले बोलेको जस्तो लाग्ने) पाsss... पाsss... पा.sss.. का.sss. लाss.. बर्‍रर्‍र्र.sss.. हाsss... क्वाँsss... क्वाँsss...! संवाददाता: हत्तेरी! सान्नानी भनेको सानी नानीलाई दिनुभयो कि के हो हाम्रो ज्वाइँ साहेबले? लौ रुन पो थालिन हत्तेरी! तितौरी: हा हा हा! खुचिङ कुम्ले हा हा! आज हाँसेरै दिन बित्ने भयो! कस्तो मिठो बोली हाम्री आर्णाको! म उनले हासेको कन्सेप्टमा एउटा पिक्चर बनाउछु, है! ठुल्नाना: सि इज चो क्युत! muaaaahhhhhhhhh!! :D :D संवाददाता: हत्तेरी! भएन!! फेरि एकचोटी फोन राखेर पुन: प्रयास गर्नुस त टेक्निसियन महोदय! टेलिफोन: टिरिङ टिरिङ टिरिङ!! (पुरुष आवाज!) हेल्लो!!$#@!! संवाददाता: हेल्लो हजुर! हे हे हे! अम्! त्यो.. अघि.. मैले.. गल्ती ..गरेछु! हामीले सानी नानी होइन हाम्री चौतारी कि सान्नानी! त्यहाँ घरमा चाँहि सानी नानी कि मम्मी लाई खोजेको! टेलिफोन: (पुरुष आवाज!) ए त्यसो भन्नुस न! म त त्यहि भएर मेरी छोरी यत्ति सानो उमेरमा कसरी अन्तरबार्ता दिने भइछ भन्ने सोचिरहेको! एकैछिन है त! संवाददाता: हजुर हवस! धन्यवाद!! :-) :S सान्नानी: हेल्लो को बोलेको? हत्तेरी! यसले टेलिफोन चलाएर हैरान गर्छे! संवाददाता: हेल्लो हेल्लो! सान्नानी हेल्लो! म कफि विथ कुम्ले बाट बोलिरहेको छु! अहिले तिमीलाई सारा स्रोताहरुले प्रत्यक्ष सुनिरहनुभएको छ! आजको कफि विथ कुम्लेमा यहाँ स्टुडियोमा तितौरी र ठुल्नानीपनि छन्! तिमीलाईपनि स्वागत छ! सन्नानी: छि: कुम्ले! मलाई अलि अघि नै भन्नु पर्दैन? मोरीहरु कस्तो राम्री भएर आएका होलान त्यहाँ म चाँहि यहाँ यस्तो लुगामा छु, कम-से-कम लुगा त राम्रो लगाएर बस्थेँ, के भन्लान गाउँलेहरुले! संवाददाता: हैन सान्नानी! उहाँहरुले सुन्नेमात्र हो देख्ने होइन, जस्तो लुगा लगाएपनि हुन्छ! सान्नानी: ए! हो त! कस्तो बिर्सेछु! ल सोध! संवाददाता: मेरो पहिलो प्रश्न छ... तितौरी: एकै छिन कुम्ले! सान्नानी! आर्णाको हालखबर कस्तो छ? कत्तिको रुन्छे अचेल! सान्नानी: तितौरी! मोरी! के छ तिम्रो हालखबर? हेर न हिजो अस्ति रातभरि रुएर सुत्न दिएकी छैन। उहाँले पनि सुत्न पाउनु भएको छैन! ठुली: चो क्युत!:D सान्नानी: अँ सो क्युट! पछि थाहा पाउछेउ तिमीले ठुली आफ्नो छोरा छोरी भएपछि! संवाददाता: अँ मैले प्रश्न गर्न खोजेको.... तितौरी: अनि अस्ति मैले पठाको आर्णाको चित्र कहाँ राख्यौ? लिभिङ रुममा राख है! संवाददाता: तर मैले प्रश्न ... सान्नानी: हेर न त्यो फ्रेम गर्न पठाको छ, उहाँले ल्याउने बित्तिकै लिभिङ रुममा राख्ने! ला!! हत्तेरिका! ठुली: के भयो? सान्नानी: छोरीले फेरि थाङ्ना भिजाई! संवाददाता: अनि मैले प्रश्न गर्न खोजेको थिएँ...! सान्नानी: एकछिन पर्ख कुम्ले! तितौरी: हिहिहिहिहि! :D :D सान्नानीलाई निकै काम गर्नु पर्ने रहेछ हेर! म चाँहि अब कफि पिउछु! संवाददाता: हत्तेरिका! भएन यसरी! समयपनि सकियो! लु लास्टमा स्रोताहरुलाई के भन्न चहानुहुन्छ तपाईहरु? :@ ठुली: गाम्ले साथीहरुलाई फेरि के छ ताअाअाअा भन्न चाहन्छु अनि सबैलाई muaaaaaaaaaaaaaaaahhhhhhhh!! :D :D तितौरी: कुम्लेलाई धन्यवाद यहाँ बोलाएर मिठो कफि खुआएकोमा! अनि सबै गाउँले दाजु भाई साथीहरुलाई यो तितौरीको नमस्ते! आइ मिस यु अल! :'O सान्नानी: अँsss हेर न केहि भन्नै पाइन! एक हातले छोरी बोकेकि छु अनि अर्को एउटाले मात्र टेलिफोन गर्न पाएको भएर धेरै भन्नपनि सक्दिन! अब आर्णा ठुली भएपछि उसलाईपनि ल्याउछु चौतारीमा! :S संवादाता: हवस त स्रोता महानुभावहरु! आजको कार्यक्रम यत्तिनै! जदौ!
Read Full Discussion Thread for this article