हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-25-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे ओ मदनवा त के छ तिम्रो हालखबर? कुशले मंगल् हैन त? तिमी त हराइगएछ । माछा मार्न गैलिएको थियौ कि कसो?
 
Posted on 07-25-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि बाँलिवुडके सनिमा बहुते देखेछ बड्कि,

सनिमा सला देख्दा देख्दा हम्रो लाइफके पार्ट भयो
हमि जहाँ खडे भयो वहिँसे लाइन अस्टार्ट भयो

 
Posted on 07-25-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि जहाँ खडे भयो वहिँसे लाइन अस्टार्ट भयो dammmmmmmmmmmmmmm nice one
 
Posted on 07-25-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ब्रेकमा थिएं। चिलिम भन्ने अचम्मको अंमल रैछ, फुर्यो कबिता सबिता। अर्ज हे-
यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।
 
Posted on 07-25-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, कस्तरी जिब्रो निकालेको, झिङ्गा बस्ला है।
 
Posted on 07-25-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु मैले जिब्रो निकाल्नु भन्दा अगाडि झिङा मर्ने औषधी चरेको थिए।
 
Posted on 07-25-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



कसरी गरु म बयान तिम्रो, पाइन शब्द मैले खोजेर
शायद शब्द नै छैन कि कतै या त
म डराए कि शब्दको अभिब्यक्तीको उपहास हुन्छ भनेर ।

मनमा छौ दिलमा छौ तर धड्कन मा छैनउ किन?
किन होला गाम्ले हरू?
 
Posted on 07-25-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिङ्गा मार्ने औषधी गँड्यौलाहरुलाई खुब मन पर्छ भन्ने सुनेको थिएँ। होश राखे है ठुलि।
 
Posted on 07-25-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा, हाम्रो गाममा बिजुली चहियो। ( फेरि बुढाले बिजुली चुरोट् भने होला )। घाम अस्तायो कि चौतारी सुस्तायो? तारेमाम्।
 
Posted on 07-25-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा रिठ्ठे, दिलमा र मनमा भएर धडकनमा नभाको त आमिर खान हैन र भन्या?

बिजुली चुरोटै किन चाहिनि नि यो ठुल्दाइलाइ। बरु खुकुरी, गोरखा भयो भने कमसेकम फिल्टर त हुन्छ, त्यो मागुम न बरु!
 
Posted on 07-25-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, चिलिम छोडेर चुरोटतिर लागिएको हो कि कसो?
 
Posted on 07-25-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाही जवाफ हरिया, ३ लाख बीस हजार जीतगए आप। छे लाख चालिस हजार के लिये आप का अग्ला प्रश्न आप्का कम्प्युटर स्क्रीन पर ए राहा ।
 
Posted on 07-25-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिमको मजा त चुरोट् त के चुरोटको बाउ बाजे को पनि हजुरबाले पनि बिस्थापन गर्न सक्दैन नि चिप्ले। गाम् मा बिजुली चाहियो, जिम्मालबा सङ माग हो, साँझ परे सि चौतारी सुनसान हुने रोग बाट् जोगाउनलाई भनेको हो, फेरि बुढाको कान नि कमजोर् छ, बिजुलीको माग लाई काउली साग सुन्न बेर छैन , तारेमाम्।
 
Posted on 07-25-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरी आगन्तुक सम्पूर्ण अग्रजम तथा बालबालीकएन: अहम जोड दार नमस्काराम्म् पेश् करन्ती।
धेरै पछी अहम् येस् स्थान्मा आवन्ती। क्या मज्जा लागती। चौतारीको ब्रीक्छ्य पनि कत्रो थुलो भवती। येस्तो लागन्ती की रुख्लाइ मलम्, जलम्, तथा स्यार्-सुसारम् सबै जना मीली जुली करीसेत्। उत्तम्-उत्तम्! अती उत्तम्!
ओ,के अहम् साझा भ्रमनम् करनार्थ पुन: नीकलन्तम्। समयले ट्याम् दीयोभने पुनस्च् भेट् करन्ती!

हरी ॐ!!!


 
Posted on 07-25-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वेल्कमम नेप्२ुस
 
Posted on 07-25-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ले यत्रो दिनं पश्चातं चौतारीम भ्रमणम करन्ती। कता लापत्ता भवन्ती? अहं नमस्कारं स्वीकारन्ति अनि अर्को नमस्कारं करन्ति!

रिठ्ठे, छ लाख चालिस हजारको कोईशन खै त?

ठुल्दाइ, टिरेन छुट्ने बेला भा को छैन?
 
Posted on 07-25-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि टिरेनको को ट्याम भएको छैन। टिरेन छुटे केही हुन्न, फिरेन्ड छुट्नु हुन्न।
तारेमाम्।
 
Posted on 07-25-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिया, छे लाख चालिस हजार के लिये आप का अग्ला प्रश्न आप्का कम्प्युटर स्क्रीन पर ए राहा ।

दुई जना सर्दार जी मिलेर न्यूरोड मा एउटा गराज खोलेको १ महिना सम्म पनि कोइ पनि कस्टमर आउँदैन किन?

आप अप्ना तिनो लाईफ लाइन का इस्तमाल कर चुके है ।
 
Posted on 07-25-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाह्हा, पुरानो जोक भए नि पुरस्कार मिलि लिन्छ कि?
सही जवाफ हो- पहिलो तल्ला अर्थात अमेरिका मा भए सेकेन्ड् फ्लोरमा गराज खोले पछि, को आउछ त ग्राहक?
 
Posted on 07-25-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मानवी-जीलाई त अलिक बढिनै चोट परेको जस्तो मानेको छु। '------------------------ भौतेजी तपाईंको बर्तमान को लेख्ने कलाले नै भौतेपात्रको राम्रो 'इमेज' देखेको । ईतिहास खोल्नेपढने तिर सोच गरेको छैन। कुरो 'चोट' को हो भने तपाईंको कुरोले मलाई एतिक्न झिंगाको टाउको (झिंगाको टाउको सब भन्दा सानो हुन्छ भन्नु हुन्थ्यो क्या मेरो हजुरमुवा)जती एक पित्को जती एक थोपा जती पनि चोट लगेको छैन । भौते 'बिग्रिदा' यस्तो 'सप्रिदा' झन कस्तो नि?

अब अरु दिदी बहिनी को कुरो त म के जानु । मेरो ब्यस्ततालाई त्यसरी एक्तर्फी सोचिदिदा भने दु:ख लाग्यो 'जिजु'

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters