[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161251 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-25-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब को रेइछ अन्तर्वाता । मुरी मुरी धन्यवाद छ है त कुम्ले लाई ।
 
Posted on 07-25-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huss birkhe dai tyo pustakari malai dinus. mero daat kira le khaako bhaeni ma tyo pustakari khaai dinchu. tiru mori timlai euta pustakari ni nadine ke :(
 
Posted on 07-25-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हा हा हा हा! रोटफल कुम्ले! गज्जबको क्रिएटिभिटि!

>>>>टेलिफोन: लौ अचम्म! यो उमेरमा नि अन्तरबार्ता रे! ल ल एकैछिन है त! म दिन्छु! (एकै छिनमा, अस्पस्ट आवाज, सानी नानीले बोलेको जस्तो लाग्ने) पाsss... पाsss... पा.sss.. का.sss. लाss.. बर्‍रर्‍र्र.sss.. हाsss... क्वाँsss... क्वाँsss...! <<<
हा हा हा हा! हँसायो!
 
Posted on 07-25-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठुलि। तिम्रो दाँत किराले खाएको भए तिमिलाई नै डबल पुस्टकारि चाहिन्छ!
आधि किरालाई आधि तिमिलाई! :)

तितौरीलाई नदिने! खुच्चिङ!
 
Posted on 07-25-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई ठीक भन्नु भो मलाई दबल पुस्टकारि चाहिछ। मेरो दातको किराल्प फेभरेत खाना पुस्टकारि रे खित खित खित

चित्रे तिम्रो प्याकिङ सकियो। chitre have a nice trip hai फेरी जाने बेला मा भन्न बिर्सन्छु भनेर अहिलेनै भन्देको।
 
Posted on 07-25-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कहाँ जान लागेको????
साहुको मेला फेला पर्यो हो???
 
Posted on 07-25-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा कुम्ले, शानदार यार! संबाददाता एकातिर प्रश्न गर्दै, तीनजाना आर्कोतिर कुरा गर्दै- :)

धन्न कसैले कसैलाई check your mail भनेनछ त्यहाँ हुदा,

अत्ति भो!
 
Posted on 07-25-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एीएीएीएे हरी तिमी सँग एउटा कुरा सुध्नु थियो।
 
Posted on 07-25-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है त चौतारी बासीहरू म त अब यस्सो हसुर्न जानु पर्‍यो १२ नि बज्नै लागेछ त
 
Posted on 07-25-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्न bhaneko ke ho ritthe? 12:00 lagyo re :O. ritthe katai timi ni hamro chimeki ta hoina.
 
Posted on 07-25-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रिट्ठे चाइन्जो मजाले हसुर! म नि हसुर्ने हो एउछिनाँ।
आफ्नो त 'घरै पिँडालु बनै पिँडालु ससुरालि जाँदा बाह्र हातको पिँडालु' भने जस्तो हिजो चौतारीमा हल्ला गरि गरि चाउमिन पकाको, हिजो खाएँ, अब एकछिना खाने, भरे बेलुकालाई नि छ, उस्तै परे भोलि बिहान नि हुन्छ। यो ताल छ यि आफ्नु। जे खायो त्यहि खा-खायै हुन्छु म त, अब एइ चाउमिन नि कुन दिन गँड्यौला जस्तो लाग्न थाल्छ अनि छोडिन्छ!
 
Posted on 07-25-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गँड्यौला bhaneko ke ho birkhe da?

चाउमिन malai sarai man parcha :D
 
Posted on 07-25-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
गँड्यौला भनेको माछाको चाउमिन हो!
माछा मार्नेहरुले नि छ नि, बल्छिमा नि है, छ नि, गँड्यौला नि है, छ नि अड्काएर नि , है माछालाई लोभ्याउँछ है, अनि छ नि, सानो सानो माछाहरु छ नि, गँड्यौला देखेर नि है, छनि उनिहरुको मामुलाई नभनेर लुकेर खान जान्छ, अनि फँस्छ!
 
Posted on 07-25-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, थ्याङ्क्यु! प्याकिङ् सकेको छैन ,अझै केही दिन बाँकि छ। जाने बेलामा फून सून गरम्ला नि!

जिम्मी बूढा, सरूवा भएर जान लाको, कुम्लेको नजीकै। के गर्नु कहिले यता दगुर्याछ कहिले कता दगुर्याछ।

साँच्चै, तितौरी कता गै? तिरूऽऽऽऽ
 
Posted on 07-25-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई मलाई see food चाउमिन मन्पर्दैन। चिकेन चाउमिन मात्र मन्पर्छ।

chitre huss
 
Posted on 07-25-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछाको चाउमिन भनेको माछा हालेको हैन हौ माछाले खाने कुरा भनेको! झन त्यत्रो सानो नानुलाई कथा सुनाएको जस्तो गरेर भनेको! " चौबिसै घन्टा चौतारी हेर्यो तितौरी कता गई" भनेको जस्तो!
 
Posted on 07-25-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलै के था त माचा मार्न जादा माचालाइ के खुवाउच भनेर। मैले कहिलेनि माचा मर्न गाको चैन। अनि मलै कसरि थाहा हुन्च त।

 
Posted on 07-25-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awwwwwwwwwwwwww...!

गँड्यौला भनेको Earthworm हो! लामो लामो हुन्छ सर्प जसरि हिँड्छ। ओसिलो माटोमा हुन्छ।

ओसिलो भनेको के हो ताअआआाााआआआ भन्ने होला अब!
 
Posted on 07-25-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Earthworm birkhe dai fori chi
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters