Posted by: world_map July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, हरि, रिठ्ठे, जिम्मी बूढा जदौ! हा हा! जिम्मी बूढाले त टिडिकी (tricky) प्रश्नहरू सोध्न थालेछन्।मलाइ त्यस्तो कुनै अनुभव त छैन, तर २ नं को प्रश्न जस्तो चैं भा'छ, तर उल्टोबाट।बाटोमा हिंडेको मान्छे चिन्या जस्तो लागेर हाँसेको, तर ऊ चैं हाँस्दैन, पछि थाहा पाइयो कि अर्कै मान्छे परेछ। आफैं बेवकुफ बनियो! पहिले स्कूलतिर हुँदा नि त्यस्तो भा'छ एक दुइपल्ट, त्यो नि केटीसँग! बाटोमा हिंड्दा पछाडिबाट हेर्दा आफ्नै किलासको केटी जस्तो लाग्यो, अनुहारै नदेखी पछाडीबाट बोलाएँ, हेरिनँ उसले। अनि नजीकै गएर फेरी बोलाएँ।कानको नजीकैबाट बोलाएको हुनाले नाम नमिले नि हेरिछ, तर ऊ त अर्कै नचिन्नै केटी पो परिछ! लौ मार्यो! अनि म त त्याँ बाट टाऽऽऽऽऽप!!! अरू नि केही छन् यस्ता रमाइला उल्लू बनेका कुरा! पछि ट्याम मिलार सुनाम्ला!
Read Full Discussion Thread for this article