Posted by: PallaGhareAntare July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ ले लेख्नु भएको “बहुरुपिया” माथि यो अन्तरे का आखा ठ्याक्क पर्न गए आज। हुनता सिधै रिट्ठे लाइ लेखिएको भएता पनि, यो अन्तरे पनि तेस्मा मुछिएको निर्क्योल् निकाले का ले दु चारोटा कुरा इस्पस्ट पार्न चाहान्छु। करिब् नौ दस् बर्स अगाडि भखरै नेपालाँ यो जालो सुरु भए ताका कुन चाहीँ हो वेब् साईटाँ (नाम् याद् भएन) को चौतारी नै भनिने बात् मार्ने कोठा देखि नै यो अन्तरे ले परयोग् गर्दै आएको र अन्तरे कै कपि राईट, प्याटेन्ट् आदी ईत्यादी रहेको “आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न” भन्ने थेगो भाव् लाइ तो रिट्ठे नाम् धारी बहुरुपिया (ठुल् दाई कै शब्दमा) ले ठ्याम्मै उस्तै अर्थ लाग्ने गरि अलि अलि सब्द मात्रै हेर् फेर् गरि “आफु त परियो सोझा साझा, छक्का पन्जा जानिन्न” भनि यो चौतारी मा परयोग् गरेको पाएकाले रिट्ठे ज्यु लाइ अब उप्रान्त एस्तो बित्पाते काम् नगर्नु होला होइन भने, नत्र, अन्यथा, अदरवाइज… भनि बिनम्र शब्द मा अनुरोध् गर्न चाहान्छु। तेस्तै ठुल्दाइ ले भने जस्तै यो रिट्ठे नाम् धारी बहुरुपिया नै कुम्ले हुन सक्ने सम्भावना स्विकार्दै, यो अन्तरे चै तो सोझो कुम्ले हैन र तेस्तो सोझो पनि छैन भन्ने पनि इस्पस्ट पार्न चाहन्छु। सुकला हुँदा (कोल्टे फर्कीँदा बाहेक्) र उभिँदा वा उठ्दा मात्र सोझो हो तर बस्दा (छिडीयाँ पीडीयाँ , मेचाँ, कुर्चीयाँ, कमोटाँ, पिर्काँ, चकटियाँ, गुन्द्रीयाँ, सुकुलाँ, राडियाँ, गलैचाँ, फलैचाँ जता सुकै र थुचुक्क, थचक्क, टुक्रुक्क, पलेटि कसेर वा जसरि सुकै) भने बाङै हो भन्ने पनि जानकारी गराउन चाहान्छु। तेसै गरि यो अन्तरे चौतारी मा बाटो बिराएर आए देखिन् कुम्ले सङ चिन् जान्, देखभेट्, बातचित्, कुराकानी, हाइ हेल्लो केहि पनि नभको तर एसो बुझि ल्याउदा ई सोझो भनिने कुम्ले पनि ती भऊते, नमे, मकरे, साहिँला, सिरे, फुलौरे, इश्वरे जस्तै उत्पाते रेलिङ् को डिउटी गर्नी (काँ भनेर आफैले बुझ्लान्), धुप् सल्कायेर पर्तिर का पसले दाइ कि साली सङ अंख चार् गर्नी भेर लोक् हिताँ दुइ थाल् मासु भात् र शेर्पाँँ दुइ भाँडो तोम्बा खान दी लौ भाइ हो तिमेरु ले त उत्पातै गर्न लायेउ बा, हाम्रो त बिजेतै गर्नी भयेउ, लौ अब सिनियर् दाइ हेरु छैनन् भन्दै मा एस्तो गर्नी हो बित्पाते मोरा हो लौ अब हाम्रा कुरा माने, अब देखिन् एस्तो नकाम् नगरे होइन भने, नत्र, अन्येथा, अदरवाइज् …भनेर मीठा शब्द मा सम्झाका उरन्ठेउला ठिटा मध्ये कै एक् हुनु पर्ने ठहर् गरेको छु। (माथी उल्लेखित् कोही पनि उल्लेखित् अवस्था हरुमा साचिकै पर्न गएमा भने मैले चै सन्योग् मात्र मान्नेछु अरुले नमाने नि हुन्च।) (लौ मार्नि भए अब भुरा हेरु मिलेर। उतिबेला को सप्पै रिस् अब पोख्न्नी भए। साउ बुढा पनि एती नै बेला एतै लखेट्दै आ झैँ देख्दै छु लौ भाग्नु परो अब कान्लै कान्ला। नत्र उता साउ बुढा ले पनि भकुर्नि एता ई भुरा हेरुले नी भकुर्नी गरे भने त नमज्जै हुन्छ।) लौ त ताअाअाअाअाआ
Read Full Discussion Thread for this article