[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93589 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 10-16-05 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

VP and Nepeji,
Thanks for reading my poem.I am always intimidated by human tendency to hunt for road that are easily walked.Hence,once more
The golden destination
far enough to climb
and if I may seek
the short-cut
my conscious of the wiser side
let me not arrive
before my turn and time
for I may always seek to dive
avoid to ride on the experiences
and the joy I may not find
for it lies on the road
and I may of shame
will have to hide
before the destinations arrive

I have called it "The Joy Ride"
 
Posted on 10-16-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा इमप्रोम्प्टु गजल


उस्को म्रीत्युको उपहार आयो
कहाबाट यस्तो प्रहार आयो ?

---------------------------------
--------------------------------

नामर्दको यो बस्ति भित्र
कहाबाट गलत तार आयो ?

-----------------------------------
-----------------------------------


शिकारि रेटिएको खबर पछि
बल्ल शिकारको शार आयो ?
 
Posted on 10-16-05 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी, नियमका लागि धन्यवाद।

<<<<
Stick to your Bhupi-type poetry. You are good in it. <<<<<<<<

Houstonjee, धन्यवाद। भूपिका शैलीका कविता पनि लेख्दै गरौँला। कहिले कहिँ मनमा उठ्ने भावनाहरुले फरक बाटो पनि खोज्दा रहेछन्। गजल सुन्ने बानी भएकाले लेख्ने कोशिश पनि गरौँ भनेको मात्रै हो, राम्रो लेख्न नसकेमा छोड्नुपर्ला।
 
Posted on 10-17-05 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina GAutam jee lekham lekham !
Yo recycle garya ! Ali Shringar RAS ma pani dina paryo bhanera !

मनमा तिम्रो हर एक मुद्रा खिचेको छु !
कोषहरु मेरा तिम्रै मायाले जोडेको छु !

तिमीलाई हेर्दा हावाले छेक्न सक्ने कारण
तिम्रो दृश्य मैले आंखाको नानी मै गासेको छु !

असली बाहेक अरु, हुनै सक्दैनन् तिम्रा गहना
नम्बरी सुन झैं, आफूलाई धेरै गालेको छु !

अंगालोमा बाधिदा पनि केहि दूरि रहला
गांठो पारि तिमीलाई छाति भित्रै राखेको छु !

आधा क्षण के हरायौ मानसपटलबाट ?
उनी देखेका छौ ? भनि सबै सित सोधेको छु

चित्तामा सुति सकेको शिरिष अचेत भई
बस् एकै पल्ट तिमी भेट्छु भनेर जागेको छु !

 
Posted on 10-17-05 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माने गुरु। अब मन परेका शेरचैँ;

"तिमीलाई हेर्दा हावाले छेक्न सक्ने कारण
तिम्रो दृश्य मैले आंखाको नानी मै गासेको छु !


अंगालोमा बाधिदा पनि केहि दूरि रहला
गांठो पारि तिमीलाई छाति भित्रै राखेको छु ! "

अब पाचौँ शेरमा एउटा सानो कमेण्ट है "मानसपटलबाट"पछि "?"को ठाऊँमा "," होईन?

 
Posted on 10-18-05 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रद्दामा झुक्ने मेरो शिर, मुकुटको भारले झुक्न नपरोस् !
ईज्जत जोगाउन सगरमाथाको छायामा लुक्न नपरोस् !

Sirish good one. You have travelled a long long way. I remember your your early gazals.
 
Posted on 10-18-05 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,

धन्यबाद !
प्रेमका बारेमा लेख्दा कुराहरु दोहरिन सक्छन् भन्ने मान्यता लाई केहि हद

सम्म ध्वांस दिनलाई गरेको प्रयास हो यो ! कति हद सम्म यो शिकारु सफल भयो

भन्ने त तपाईहरुकै नजरमा !

उनी मेरो मानसपटल बाट आधा क्षण हराउदा म पागल जस्तै सबै सित सोधेर

हिड्को कुरा मैले फेरि सफाई दिनु पर्दा मेरो भाब प्रष्ट नभएकोमा म आइन्दा स्पष्ट

हुने कोशिश गर्नेछु ! तर मलाइ त ठिकै जस्तो नि लाग्छ ! पस्केको भात नपाक्या

हो की ?

ह्यूष्टन जी

शुरुका दिनमा तपाईले गर्नु भएको मद्दत र अहिलेको हौसला कहां बिर्सन्छु र ?

बरु तपाईको गजलमा एउटा मेरो कमेन्ट है

त्यो मतला को काफिया छ नि , उपहार, प्रहार मा अनुप्रास हार जस्तो देखिन्छ तर

अरु शेरमा चाहि आर...बरु मतलाको दोस्रो लाइनमा प्रहार को सट्टा हरु केहि राखे बेश

हुन्थ्यो कि? सल्लाह मात्र है एउटा पाठक को हैसियतले !

उस्को म्रीत्युको उपहार आयो
कहाबाट यस्तो प्रहार आयो ?

I think it will look better if you dont repeat the same rhyming words. I don't think its wrong rule wise and I have done that myself.

नामर्दको यो बस्ति भित्र
कहाबाट गलत तार आयो ?











 
Posted on 10-18-05 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, भोकाएको बेला काँचै भात पनि मिठो लाग्छ। तपाईँले पकाएको 'भात' काँचै छ भन्न खोज्याचैँ हैन है!
अनि यो लेखाई भन्ने कुरा यस्तै हो, लेख्नेले एउटा भावले लेख्छ, पढ्नेले अर्कै भाव बुझ्छ।

बर्षौँ पहिले 'कादम्बिनी'मा पढेको एक टुक्रा शेर याद आयो, आज यल्लाई पस्किहेरौँ ।

"टुकडोंको मेरे खतको नफेंको, यिने ले जाओ
जोडोगे तो कट जाएगा कुछ वक्त सफरमें ।"
 
Posted on 10-21-05 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


असली बाहेक अरु, हुनै सक्दैनन् तिम्रा गहना
नम्बरी सुन झैं, आफूलाई धेरै गालेको छु !

यो पनि स्त्रीहरुले राम्रो अभिव्यक्तीको रुपमा लिन्छ्न् जस्तो लाग्छ क्या!
 
Posted on 10-23-05 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-----------------------------------------------------------
Here is the one that I am working on....need to create a tauko..


सबैलाई उत्तिकै न्यानो र उज्यालो दिने, घामलाई
अर्घ चढाउ श्रद्दाले या हातले छेक, रोकेको छ कसलाई ?

बिधाता एउटै, चोर र सज्जन सबैको हातमा भाग्य कोर्ने
त उसैले मन्दिरको ढोका किन थुन्छ? थुनेको छ कसलाई ?

जोडेर हात, हजूर भन्दा पाईताला मुनिको धूलो सम्झ्यौ !
साटो फेर्न नारा घन्किदा अब, दबाउन सकेको छ कसलाई ?

झुठो बोलेका कुराहरु त रड्गे हात पक्राउ परि नै सक्यौ !
यादले फेरि धोका दियो भनी जनाउन परेको छ कसलाई ?

बहादूरी जेलाई ठान्यौ, मुर्खता प्रमाणित भैसक्यो सबै नै !
भोको बाघको मुखमा, सोझै हात हाल्नु भनेको छ कसलाई?

Did you find anything common with all the shers?

 
Posted on 10-24-05 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा पसेपछि गजल लेख्न कोशिश गरौं गरौं हुन्छ भन्या। एउटा थाल्छु है त।

मन दुखाएर मायालुसंग रुँदै एक्लै बिताएको अँध्यारो रात कस्तो ?
मन मिलाएर प्रीत गाँसेपछि संगै आएको उज्यालो प्रभात कस्तो ?
 
Posted on 10-24-05 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन दुखाएर मायालुसंग रुँदै एक्लै बिताएको अँध्यारो रात कस्तो ?
मन मिलाएर प्रीत गाँसेपछि संगै आएको उज्यालो प्रभात कस्तो ?

पीडा सल्किएको अनुहार अनि रोदनले ओद्बलाएका आँखा कस्तो ?
हाँसो छल्किएको मुहार अनि खुशी रसाएका आँशुको वर्षात कस्तो ?

 
Posted on 10-24-05 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति लामो शेर लिएर निस्क्या नव-प्रयोगी, बाम माछाको पुच्छर जस्तो, लामो रे क्या!
तर झकस(कसको ट्रेड मार्क प-यो यो फेरि!) छ है।
 
Posted on 10-24-05 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू यूजर

लेखम् लेखम् ! मलाई नि यस्सो ऊर्जा मिल्छ क्या !
मतला पनि थपि दि' हालम् करेक्सन पछि गरम्ला !


हातमा अटे जति ओषधी खांदैमा, सन्चो पारेको छ कसलाई ?
सुन्या छौ कोही अजम्बरीबाट, अमृत पचेको छ कसलाई ?


सबैलाई उत्तिकै न्यानो र उज्यालो दिने, घामलाई
अर्घ चढाउ श्रद्दाले या हातले छेक, रोकेको छ कसलाई ?

बिधाता एउटै, चोर र सज्जन सबैको हातमा भाग्य कोर्ने
त उसैले मन्दिरको ढोका किन थुन्छ? थुनेको छ कसलाई ?

जोडेर हात, हजूर भन्दा पाईताला मुनिको धूलो सम्झ्यौ !
साटो फेर्न नारा घन्किदा अब, दबाउन सकेको छ कसलाई ?

झुठो बोलेका कुराहरु त रड्गे हात पक्राउ परि नै सक्यौ !
यादले फेरि धोका दियो भनी जनाउन परेको छ कसलाई ?

बहादूरी जेलाई ठान्यौ, मुर्खता प्रमाणित भैसक्यो सबै नै !
भोको बाघको मुखमा, सोझै हात हाल्नु भनेको छ कसलाई?


 
Posted on 10-24-05 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नवप्रयोगीपनि कम निक्लेलान् जस्तो छैन, वास्तवमै झकास छन्। दादा यो "झकास" चैँ ज्यानकाजीको ट्रेड मार्क होला।

गुरुहरुको सत्संगमा बसेर पनि दुई चार शेर हान्न सकिएन भने त मरेकै जुनी हुने भो
भनेर यस्सो कोशिश गरिटोपल्न खोजेको, कस्तो भयो, गजल बन्यो कि गीत कि कविता;
गुरुहरुको सुझाव पाम्। राम्रो लेख्न सकिएन भनेचैँ चाँडैनै हात धोएर हिड्नुपर्ला।

"तिमीसंगै सुँक्क सुँक्क तारा गनी रोएँ भने
तिम्रो आँशु कल्ले पूछ्ने म नै पनि रोएँ भने?

जग सामु देखिनुछ धातु ढाली बनेको झैँ
तिम्रो शिर अड्ने छाती कहाँ अनि रोएँ भने?

वर्षौँ भयो मैनको मन भित्र भित्रै पग्लेको
जिन्दगीनै बाढी बन्ला ऐया भनी रोएँभने!

गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?



(लेख्न त लेखियो तर चित्त बुझ्या भे मार्दिनु!)








 
Posted on 10-24-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गजव छ।

प्रभोको बैँशमा लप परेको जस्तो वासना आउँछ जता पनि।

अनि प्रभो, त्यो काफिया दोहोरिन हुँदैन रे। हजुरकोमा "पनि" दोहोरियो।

कम्तिमा पाँच शेर पुर्याउनु पर्यो। नियम त खै हो कि हैन थाह भएन, तर त्यस्तै देखिन्छ धेरैजसो।

चल्लो बाठो भो भनेर नरिसाउनु होला के रे। नेपे गुरुको "टि ए" गर्देको रे क्या। :-)

:-)
-भउते
 
Posted on 10-25-05 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते प्रभो,
धन्यवाद छ सल्लाह र सुझावका लागि। हजूरले आफूलाई चेलो मर्जी भएमा मैले आफूलाई
के भन्ने? चेलोको पनि चेलो-उपचेलो भन्नुपर्ला। यो काफिया भन्ने जन्तु नदोहोराउन भरपूर कोशिश रहनेछ भविष्यमा।
कन्दा कन्दा बल्ल चार शेर निक्ले, अझ कन्दैछु, हेरौँ अरु शेर पनि निक्लेलान्।

बैँशमा लप गर्न त खुब खोजियो तर के जानिएन कुन्नि लप पर्ने पर्ने बेलामा लप्प
(लोप्पा)चैँ खुब खाइयो। अब यो बूढेशकालमाचैँ लप खुब फष्टाको छ। खसोखास कुरा के
भने यी शेरहरु मेरी वसन्तीकै लागि लेखिएका हुन्। (तेति त लाज नमानी भन्दिएं ल!)
 
Posted on 10-25-05 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईकुको कुशलतामा तिखारिएका गौतमजीको गजलको यो कुमारी यात्रा (virgin voyage) मा मेरो बधाई छ ।

यो गजलले एउटा सिपालु गीतकारलाई बोकेको छ । काली प्रसाद, दिनेश अधिकारी, रमण घिमिरे आदिको स्वाद आउँछ ।

(एउटा अप्रसांगिक कुरा अर्न मुन लायो फेरि । यो रमणसंग एउटा गुनासो छ मेरो । जमानामा 'नेपाल साप्ताहिक' मा एउटा गजल छाप्न पठाएको थिएँ, उनले गजलको 'मतला' नै काटेर बाँकी शेरहरु टाँसिदिएछन् । अरु ठाउँ र बखत भा' भे' एउटा कुरा, संगै एउटा करसाबको राजनैतिक गजल भए पछि ईज्जतको कुरा थियो त्यो कमसेकम । 'मतला' गजलको अभिन्न अंग हो भन्ने कुरा रमणलाई थाहा नभएको पक्कै होईन, बरु त्यसको राजतन्त्र विरोधी संकेतार्थ करसाबको राजामैत्री गजलसंग राख्न नरुचेको हो भन्ने शंकाले मलाई अलिक बेखुश बना'को थियो त्यस बखत । वास्तविकता सम्पादकै जानुन् ।)

अब नियमको कुरामा, 'काफिया' दोहरिन हुन्न भन्ने कुरा मैले कतै नपढेको हुनाले र कतिपय ठाउँमा दोहरिएको समेत देखेको हुनाले मलाई त्यो नियम भन्दा पनि चलन होला भन्ने लाग्छ ।

त्यसैले एउटै 'काफिया' सकेसम्म नदोह-याउने र दोह-याए पनि सकेसम्म भिन्नार्थ हुने शब्दमा मात्र दोह-याउने गर्नु बेस होला भन्ने मेरो विचार छ ।

अनि, मलाई किन किन आँसुले भिजेका, भिज्न खोजेका, खोजेर भिज्न नसकेका शब्दहरुले बढि छुन्छन्; बाँकी त निस्तो निस्तो लाग्छन् ।

गालिबको पनि एउटा शेर थियो, याद आएन । अर्थ चाहिं यस्तो थियो - रुन त चाहेको हुँ, तर मेरो आँसुको बाढीले मेरो घर बगाउला भन्ने डरले सकिनँ । अथवा यस्तै केहि ।

गौतमजीले लोप्पा खानु भएको हो भने, मेरो सह-भोक्ता हुनुहुँदो रहेछ भन्नु प-यो । मेरो प्रथम प्रेम पुराना रुसी लेखक ईभान तुर्गनेभको कथा 'प्रथम प्रेम' जस्तै जस्तै थियो, कम्तीमा कथान्त ।

घाउ पुरिए तर खाटा बाँकी छ
अमलेख भईयो, पाता बाँकी छ

 
Posted on 10-25-05 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जावोस है, नेपे र शिरिश गुरू। भाउते जी र गौतमजीलाई नि साधुबाद, साथ दिदै जाउँ।
मेरो पनि दुइ शेर पस्केको छु,प्रतिकृया दिन कन्जुस्याइँ नगरौ ल!

उड्ने रहरले धूरि चढे, उड्न चाहे सगरमा
फालि फडफडाई हात खुट्टा सगर छुन सकिन ।।

मन मैलो मेरो,शरिर हिलाम्मे असिन पसिन
बजारमा पाइने साबुनले मैलो मन धुन सकिन ।।

सुरेन


 
Posted on 10-25-05 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>घाउ पुरिए तर खाटा बाँकी छ
अमलेख भईयो, पाता बाँकी छ >>>>>>>
वाह वाह! माने नेपे गुरु!

गुरुहरुका प्रतिकृया र सुझावका लागि धन्यवाद। नेपे गुरु, जिन्दगीमा आँशु त त्यसै पनि
बढी छँदैछ, त्यसैले लेख्दा सकेसम्म खुशीका कुरा लेखौँ भन्ने लाग्छ तर नहुने रहेछ।
भोगाइको छाया गाढा भएर टाँसिदो रहेछ।
हाइकुभन्दा गजल लेख्न त कता हो कता गाह्रो लाग्यो, नियम मिलाउन कन्नु पर्दा।

सुरेन गुरु, शेरहरु त दामी छन्। स्वतन्त्र शेरहरु हुन् कि बन्दै गरेको गजलका भाग हुन्?
गजलनै हो भने पूरै कहिले आऊँछ? अब दिग्गज गुरुहरुका अगाडि यो नया चल्लाले के प्वाक्क
बोलिहाल्नु? नेपे, शिरिष,ह्युष्टन, भउते गुरुहरुबाटै सुनौँ पहिला।






 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters