shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93534 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 11-01-05 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई मन परेकोचैँ तलको शेर है, सच्याउनु अघि पनि पछि पनि।
"ढुङ्गे मन फूलेको उराठ बगरले छहरासित
फूल बगाई ल्याउन, गर्यो अनुरोध पनि, कर पनि ! "

एउटा अर्को लेख्ने कोशिश गरेको छु मैले पनि, सुझाव पाउने आशा छ गुरुहरुबाट।
गोतामेको गजल-३
(भउते प्रभोको इस्टाइल चोरेको रे क्या! कपी राइट तिर्नुपर्छ र प्रभो?)

"आँशुको तालमा अझ सर्प पसी डसेका छन्
थोरै अँध्यारो के आयो,ढुकी ब्वाँसा बसेका छन्,

मान्छे हो सावधान रगतको इन्द्रेणीसंग!
झूटो नाच्दै कागजी मुजूर वस्ती पसेका छन्,

वासी युग गन्हाऊँछ पिशाची अट्टहासमा
तैपनि बजारको नया अत्तर घसेका छन्,

जग भास्सिइसक्यो मालिकको शालीकको
यी दासहरुले गजूरको पेच कसेका छन्!

बोक्नु बोकियो बित्थामा अरुकै पापको भारी
आँखाका काला पर्दा सब च्यातिँदै खसेका छन् । "


काफिया र रदीफ एउटै शब्दमा भयो भने मिल्छ कि मिल्दैन? मिल्छ भने यो
गजललाई यसरी लेख्न मन लागेको थियो।

"आँशुको तालमा अझ सर्प पसी डस्दैछन्
थोरै अँध्यारो के आयो, ढुकी ब्वाँसा बस्दैछन्,

मान्छे हो सावधान रगतको त्यो इन्द्रेणी!
झूटो नाच्दै कागजी मुजूर बस्ती पस्दैछन्,

वासी युग गन्हाऊँछ पिशाची अट्टहास
तैपनि बजारको नया अत्तर घस्दैछन्,

जग भास्सिइसक्यो मालिकको शालीक
किन दासहरु गजूरको पेच कस्दैछन्?!

बोकिएछ बित्थामा अरुकै पापको भारी
आँखाका काला पर्दा आज च्यातिँदै खस्दैछन् । "

कुन ठिक होला? सल्लाह र सुझावको आशा छ।

(अत्तर घस्नु नमिल्न सक्छ। छर्किनु लेखौँ कि जस्तो पनि लागेको थियो तर
घस्नुले यो प्रसंगमा बढी बल दिने जस्तो लागेकोले घस्नुनै प्रयोग गरेँ।)

 
Posted on 11-01-05 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Bhaute ji for pointing out the mistake.

Here is my correction

ग्रहणको, अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो,
तर आयो उज्यालो हरा'को सूचना पनि, खबर पनि !

I was thinking of the sunset even after solar eclipse, if, some portion of the day is still remaining ! ko thape pachi thikai huncha hola ni.
OK, I will add one sher for your tashalli hai bhaute!

Hunk in grave,
That agenda of publication is there and making this Sajha my lab. Let me be better then we will proceed towards publication.
Thanks for your comments.

gautam jee,
डस्दैछन् ko satta डस्दै छन् gare ta radif bani halcha hoina ra !
yadi radif nai nabhaye pani kaam chalcha, gair-muraddaf ko roopma !
ramro cha bijhnu bho gautam jee. bhani halen ni, piano bajaunelai harmonium bajauna ke ko saro?

 
Posted on 11-01-05 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hanyabad Bhaute ji for pointing out the mistake.

Here is my correction

ग्रहणको, अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो,
तर आयो उज्यालो हरा'को सूचना पनि, खबर पनि !

I was thinking of the sunset even after solar eclipse, if, some portion of the day is still remaining ! ko thape pachi thikai huncha hola ni.
OK, I will add one sher for your tashalli hai bhaute!

Hunk in grave,
That agenda of publication is there and making this Sajha my lab. Let me be better then we will proceed towards publication.
Thanks for your comments.

gautam jee,
डस्दैछन् ko satta डस्दै छन् gare ta radif bani halcha hoina ra !
yadi radif nai nabhaye pani kaam chalcha, gair-muraddaf ko roopma !
ramro cha bijhnu bho gautam jee. bhani halen ni, piano bajaunelai harmonium bajauna ke ko saro?

 
Posted on 11-01-05 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्थाको अभाबमा , एउटै मूर्ती पनि, प्रस्तर पनि !
हो ! आफ्नो मत आफैलाई, सदर पनि, बदर पनि !

प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ?
स्वेच्छाको सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि !

फाटेको सिरक भित्र संस्कारैले थिचिनु बाहेक,
मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि !

ढुङ्गे मन फूलेको उराठ बगरले छहरासित
फूल बगाई ल्याउन, गर्यो अनुरोध पनि, कर पनि !

ग्रहणको अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो,
तर आए उज्यालो हरा'को सूचना पनि, खबर पनि !

मेरो बिरुद्दका फैसला सुनेर रमाउछौ नै भने
आफै रच्नु तिमीलाई मिल्दो मुद्दा पनि, ठहर पनि !

(भउतेको सम्मानमा यो)
आफन्तले राज्यै देख्ला मेरो, शत्रुले निरिह प्रजा
मेरो संसारको मै अकबर पनि, नोकर पनि !


साला शिरिषको अर्थै नदेखिने कस्तो बन्यो माला ?
गजलमा नमिलेको जस्तो, काफीया पनि, बेहर पनि !



भउते,
आर्को एउटा करेक्सन, बेहर हो बहर होईन !

 
Posted on 11-01-05 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषका अनवरत रचना र तिनका उत्कृष्टता समेत देख्दा गजल रचनामा शिरीष अहिले उनको उर्वरतम काल (prime time) मा पुगेको/पुग्न लागेको अनुभव हुन्छ मलाई ।

शिल्पका हिसाबले उनले लामो छलाङ मारेर उनका दुई कमजोरीहरुमाथि विजय हासिल गरेका छन् । ती दुई कमजोरीहरु थिए, १) केहि उबड-खाबड (awkward) भाषा, २) लामा बहर ।

भाषाको स्निग्ध (smooth) बहाव र शब्दका किफायतमा शिरीष अब सजग देखिन्छन् ।

*** *** *** ***

गजलमाथिको प्रविणता नाप्ने एउटा कसी (मेरो विचारमा है) के हो भने गजलकार 'काफिया' को प्रेमान्धता (obsession) बाट कति मुक्त छ ।

सिकारुहरु 'काफिया' प्रति यति प्रेमान्ध हुन्छन् कि, उनीहरु 'शेर' लाई 'काफिया' को समस्यापूर्ति (word game) को रुपमा लेख्छन् ।

आवश्यकता हेरी न्यूनतर अनुप्रास (low degree rhyme) राखेरै भए पनि 'काफिया' भन्दा भावलाई नै समृद्ध बनाउनु गजल प्रविणताको लक्षण हो ।

*** *** *** ***

शेरमा चमत्कारी प्रभाव उत्पन्न गराउने एउटा रहस्य के हो भने शेरको पहिलो 'मिसरा' (पंक्ति) र दोश्रो मिसरा बिच श्रम विभाजन (division of labor) ।

जस्तै, पहिलो मिसरा प्रश्न होस्, दोश्रो मिसरा उत्तर । पहिलो मिसरा दाबी होस्, दोश्रो होस् प्रमाण । पहिलोमा [ढाँट] बयान होस्, दोश्रोमा पोल खोलियोस् । पहिलोमा लोकविश्वास होस्, दोश्रोले छिद्र देखाओस् । पहिलोले सुम्सुम्याओस् , दोश्रोले झापट देओस् । आदि ईत्यादि ।

*** *** *** ***

गौतमजी,

शिरीषले ठीक जानकारी दिए । गजलमा 'रदिफ' अनिवार्य नभएर ऐच्छिक कुरा हो । मेरो नाम Nepe मा किटिक्क गर्नु भयो भने एउटा रदिफविहिन (गैरमुरद्दफ) गजल देख्नुहुनेछ ।

जहासम्म तपाईको गजलको कुरा छ, भाषिक बहाव, शाब्दिक किफायत, मिसराको श्रम विभाजन र भावको समृद्धिकरण सबै उच्च स्तरका छन् । शाब्दिक किफायतीमा त 'हाईकु' को अभ्यासबाट उच्च कुशलता हासिल जो गर्नु भएको छ ।

अनि, छर्कनु र घस्नु मध्ये घस्नुले भाव सघन बनाउला जस्तो लाग्छ । घस्नुमा आतुरता (desperation) झल्किन्छ, जो बढि स्वाभाविक छ, जस्को बारे कुरा हुँदैछ ।

*** *** *** ***

भउते,

तपाईप्रतिको वैचारिक-दार्शनिक आत्मियताको आधिक्यले पनि हुनसक्छ, 'पिउनु' बिम्ब प्रयोग भएका हजारौं सस्ता शायरीहरु देखेर पनि हुन सक्छ, तपाई गजल बेजोड लाग्यो । खास गरेर मतला र अन्तिम दुई शेर त दामी छन् ।

पिउनु बिम्ब को एउटा अनुपम र समृद्ध काव्य हो हरिवंश राय बच्चन को 'मधुशाला' । नपढि नहुने कृति हो त्यो ।

__
 
Posted on 11-01-05 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद शिरिष र नेपे गुरुलाई। गुरुवरहरु, गल्ती पनि औँल्याईपाऊँ न! म बढी फुर्कन सक्छु, खराब छ मेरो यो बानी।

गुरुहरुले भनिहाल्नु भो, त्यसैले final गर्दैछु, थोरै केहि मिलाएर।

"आँशुको तालमा अझ सर्प पसी डस्दैछन्
थोरै अँध्यारो के आयो, ढुकी ब्वाँसा बस्दैछन्,

मान्छे हो सावधान रगतको त्यो इन्द्रेणी!
झूटो नाच्दै कागजी मुजूर बस्ती पस्दैछन्,

वासी युग गन्हाऊँछ पिशाची अट्टहास
तैपनि बजारको नया अत्तर घस्दैछन्,

जग भास्सिइसक्यो मालिकको शालीक
दासहरु अझै गजूरको पेच कस्दैछन्!

बोकिएछ बित्थामा अरुकै पापको भारी
आँखाका काला पर्दा आज च्यातिँदै खस्दैछन् । "

(केहि समय मकता नराखी अभ्यास गर्ने विचार छ।)

 
Posted on 11-01-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Nepe Guru for your feed back, which are always positive for sikarus.

Here is a new one I have started wrokin on...

Kasto khyal khyal hunda hunda obsession huna thalyo aba ta...SADHANA bhanya yestai hola hagi ?


झर्दै गरेको पात आफै हल्लन्छन्
बतासे प्रभाबको कुरा नगर !

शिशा भै टुक्या?छु सङ्गमर्मरमा
हठी रे? स्वभाबको कुरा नगर !

चरम् सुख अघि स्खलीत हुन्छौ भने
फेरि ईन्कलाबको कुरा नगर !

 
Posted on 11-02-05 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धितोमा ईमान त राख्न सकेनौ !
जमीनी अभाबको कुरा नगर !

मेरो म्वाईको लगाब कांडा तिर ,
कोमल गुलाबको कुरा नगर !

चीर हरेर रम्ने निर्लज्ज सित
लाज छोप्न, नकाबको कुरा नगर !

कुन हदसम्म म गिरें देखेनौ ?
जमाना खराबको कुरा नगर !

झर्दै गरेको पात आफै हल्लन्छन्
बतासे प्रभाबको कुरा नगर !

शिशा भै टुक्या?छु सङ्गमर्मरमा
हठी रे? स्वभाबको कुरा नगर !

उत्कर्ष अघि सम्झौता हुन्छ भने
फेरि ईन्कलाबको कुरा नगर !



 
Posted on 11-02-05 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh my Godddddddddd......

You guys are graet!nMy kudos to all of you.
Let your creativity soar!
 
Posted on 11-02-05 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी धन्यबाद, मीठा शब्दहरुको लागि।

शिरिष जी, के हो आजकाल त ASAD होइन, AGAD- A Ghazal A Day, हुन लाग्यो नि। ल ल, कुदोस कुदोस :-)

गौतम जी, गजब छ। सबै शेर सारै मन परे मलाई त। कुनै भन्दा कुनै कम छैन।
 
Posted on 11-02-05 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, दामी लाग्यो। बढी मन परेकोचैँ यो,

"उत्कर्ष अघि सम्झौता हुन्छ भने
फेरि ईन्कलाबको कुरा नगर ! "



गुरुहरुको संगतले मलाई पनि रस बस्दै छ। हिजो राति आफ्नै जिन्दगीको कुनाबाट निस्केका
यी टुक्राहरुलाई मिलाऊँदै छु, काँटछाँट गर्दै छु। अहिलेलाई सोझै राख्दे छु,

यो मुटु तिम्रै, चाहे सेरे हुन्छ
या टापू यो, पानीले घेरे हुन्छ,

किन सोधेको माया गर्छस् भनी?
सोझै ती अँगालोमा बेरे हुन्छ,

कच्चा मुखको भाखा मेरो, के भो!
दुई आँखाको भाव हेरे हुन्छ,

छातीमा लुकेर कहिलेकाँही
आँखा-आँखैले साटो फेरे हुन्छ,

सपनीमा बर्बराऊँछु रे म
चाहेमा रातभरि केरे हुन्छ। (निद्रामा बर्बराऊँदा मान्छेले साँचो बोल्छ रे!)







 
Posted on 11-03-05 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute wrote:
शिरिष जी, के हो आजकाल त ASAD होइन, AGAD- A Ghazal A Day, हुन लाग्यो नि। ल ल, कुदोस कुदोस :-)

Teti talented bha"chaina yo sikaru.
Purano ho taal tool garun ki bhanera tasya ke..afai lai ali pressure dina !
 
Posted on 11-03-05 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lets see how this revision has worked ?

बिव्हल हुंदा, भाबको कुरा नगरे हुन्छ !
पिउदै गर्दा हिसाबको कुरा नगरे हुन्छ !

धितोमा ईमानसम्म त राख्न सकेनौ !
जायजेथा, अभाबको कुरा नगरे हुन्छ !

मेरो ओठ, म्वाईको लगाब कांडा तिर,
सुकोमल गुलाबको कुरा नगरे हुन्छ !

मेरा नजरले चीर हरेर नग्न प्राय: छौ,
लाज छोप्न, नकाबको कुरा नगरे हुन्छ !

झर्दै गरेको पात हुं, हल्लिदै?छु आफै
हावाको प्रभाबको कुरा नगरे हुन्छ !

सङ्गमर्मरमा ठोक्की टुक्रन्छु बरु शिशा झै !
हठी छु रे ? स्वभाबको कुरा नगरे हुन्छ !

सम्झौतामै बिजयको अनुभुति हुन्छ भने
आहुति, ईन्कलाबको कुरा नगरे हुन्छ !

 
Posted on 11-03-05 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुका गजलका अगाडी कच्चै देखिन्छ यो , लाज लागेको छ तर टाँसिहालियो। अलिक बढी सपारौँला भनेको सकिएन। यस्को फाइनल यस्तै भयो लौ!

गोतामेको गजल-४

यो मुटु तिम्रै, चाहे सेरे हुन्छ
या टापू यो, मायाले घेरे हुन्छ,

आज नसोध माया गर्छस् भनी
सोझै ती अँगालोमा बेरे हुन्छ,

मुखको भाखा कच्चा मेरो, के भो!
दुई आँखाको भाव हेरे हुन्छ,

छातीमा लुकेर, कहिलेकाँही
आँखा-आँखैले साटो फेरे हुन्छ,

सपनीमा बर्बराऊँछु रे म
चाहेमा रातभरि केरे हुन्छ।

 
Posted on 11-03-05 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरु, बडा उस्?ताद देखीनुहुन्?छ, कति राम्रो लेख्?न सकेको होला. भउते गुरु, सिरिस गुरु
गौतम गुरु को लेखाइ सँाचिकै जिनियस छ.
 
Posted on 11-04-05 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिव्हल हुंदा, भाबको कुरा नगरे हुन्छ !
पिउदै गर्दा हिसाबको कुरा नगरे हुन्छ !

धितोमा ईमानसम्म त राख्न सकेनौ !
जायजेथा, अभाबको कुरा नगरे हुन्छ !

मेरो ओठ, म्वाईलाई कांडै हो संसार,
सुकोमल गुलाबको कुरा नगरे हुन्छ !

मेरा नजरले चीर हर्दा नग्न प्राय: छौ,
नमान लाज, नकाबको कुरा नगरे हुन्छ !


झर्दै गरेको पात हुं, हल्लिदै?छु आफै
हावाको प्रभाबको कुरा नगरे हुन्छ !

सङ्गमर्मरमा ठोक्की टुक्रन्छु बरु शिशा झै !
हठी नहुने सुझाबको कुरा नगरे हुन्छ !


सम्झौतामै बिजयको अनुभुति हुन्छ भने
आहुति, ईन्कलाबको कुरा नगरे हुन्छ !


सुन थिएं, फलाम भएं, माटो हुन्छु
समयसित सबाबको कुरा नगरे हुन्छ !


 
Posted on 11-04-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते ,सिरिशे र गोतामे
बुझ्न पर्यो मलाइ हम्मे हम्मे

लेख्छन मिठा मिठ गजल
बनाए साझा झलमल

अच्म्मै ,पुग्चन कता कता
झुल्किनछन अनि हुन्छन बेपत्ता

बिको अग्लो ठाउ चढि
बजाए मैले यो थपाढी
-------------------------------------------------


 
Posted on 11-04-05 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते ,सिरिशे र गोतामे
बुझ्न पर्यो मलाइ हम्मे हम्मे

लेख्छन मिठा मिठ गजल
बनाए साझा झलमल

अच्म्मै ,पुग्चन कता कता
झुल्किनछन अनि हुन्छन बेपत्ता

बिश्वको अग्लो ठाउ चढि
बजाए मैले यो थपाढी
-------------------------------------------------


 
Posted on 11-04-05 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीयन ब्रो,
शिरिष गुरु र भउते गुरु त थाहा भएन, मचैं

जिन्दगीको सडकमा पागलझैं कराएको छु
धेरै हिँडे कतै पुगिन, यै मनमा हराएको छु।
 
Posted on 11-05-05 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कती गजल का धागाहरू रैचन साझामा....
साह्रै रमाइलो लागो.......पस्?कदै गरम है साथि हरु,
म पनी आए स्?वाद लिनलाइ..... :)
बिर्?खे माइला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters