[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93511 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 10-25-05 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिस दिन से वो जुदा हमसे हुआ ईस दिल ने धडकना छोड दिया
हे चांदका मुख उतरा उतरा, तांरो ने चमकना छोड दिया

हमराह कोही साथी भि नहि अब याद कोहि बाकि नहि
अब फूल खिले, जख्मो को क्या ? आंखो ने बरसना छोड दिया !

 
Posted on 10-25-05 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



औ हो
लौ मेहफिल जमेछ यहा त, रात छर्लड्गै हुने भो अब !

सुरेन्द्र जी,
आउने जाने गर्नु भएन, डेरा जमाएर बस्नु पर्यो यहिं !
पहिले पूरा सुनाउनुस् अनि बल्ला कमेन्ट !त्यसमाथी आफू सिकारू

गौतम जि
गजब छ ल !
बरु हलि हलि हिन्दि उर्दू जापानी जे जे भेटिन्छ गजलमा लेख्दै जाम् , उल्था गर्दै जाम्
म त यी यसरि सिकि राख्या छु !


जिन्दगीमा त सबैले माया गर्दै गरेको देखेको छु !
म त मरेर पनि मेरो ज्यान, तिमीलाई चाहेको छु !

तिमी भेटे पछि यस्तो अनुभुति हुंदैछ मलाई,
यो जीबनमा प्रेमको निम्ति समय थोरै राखेको छु !

एऊटा सानै दु:खको दौरानको सत्य थाहा छ जसलाई
मैले त्यो सासहरु पनि तिम्रै निम्ति राखी छाडेको छु !

आफ्ना भाबनाहरुलाई गीत बनाई गाउन,
मैले धड्कन जस्तै, दिलमा तिमीलाई बसाएको छु !

कल्पनैमा मात्र पनि तिमीसित बिछोड कसरि सोचुं ?
मैले त भाग्य रेखाबाटै तिमीलाई चोरेर ल्याएको छु !

(तिम्रा हर पदचापले सोचाईमा चीराग बाल्दछ)
तिम्रा हरेक आबाजले यो मनमा उन्माद ल्याउछ
जब जबै तिमी आयौ, जादू नै चले जस्तो जागेको छु ! !

तिमीलाई छोउँ भन्ने आश फेरि के जागेथ्यो ममा,
मेरो शरीरबाट तिम्रो बास्ना, धेरै बेर देखि सुघेंको छु !

बहारको भबिष्य आखिर तिमी मै निहित छ,
म त मरेर पनि मेरो ज्यान, तिमीलाई चाहेको छु !


गजल बनाउने क्रममा कहि कहि शब्दान्तरण भएका छन्, स्वीकार्नु होला !
मेहदी हसन सा?बको यो गजल भन्छन् फरम्यात अर्कै तर ये, हे , झे चाहि अनुप्राश छ है ! !
अनुराधा पोडबाल ले पनि गायका छन् !

जिन्दगी में तो सभी प्यार किया करते हे
मे तो मरकर भी मेरी जान तुझे चाहुंगा !

तु मिला हे तो ये ऐहसास हुआ हे मुझको
ये मेरि उम्र मुहब्बत के लिये थोडी हे !
एक जरा सा गम-ए-दौरान का भि हक हे जिस पर
मैने वो सांस भि तेरे लिए रख छोडि हे !
में तस्सबुर भि जुदाईका भला कैसे करुं
मैने किस्मत कि लकिरों से चुराया हे तुझे !
अपने जजबात में नगमात रचाने के लिये
मैने धड्कन कि तरह दिल मे बसाया हे तुझे !

प्यार का बान निगाहाबान तुझे चाहुंगा

तेरी हर छाप से जल्ते है खयालो में चिराग
जब भि तु हाये जागता हुआ जादू आये !
तुझको छु लु तो फिर ये जान-ए-तमन्ना मुझ को
देर तक अपने बदन से तेरी खुश्बु आये !
तु बहारों का हे उन्बान तुझै चाहुंगा
मे तो मरकर भि मेरि जान तुझे चाहुंगा !

 
Posted on 10-25-05 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गुरुहरुले गजल लेखेको हेर्दा खपी नसक्नु हुने भन्या
हाइकु चैँ तेती सारै निएम्माँ कडा नभेर लेखिन्तो तर गजल भन्या चैँ आफ्नो वशको रोग हैन जस्तो लाग्थ्यो
तर पनि कतिन्जेल पो चुप्प लागेर अर्काको मात्रै पढेर चित्त बुझाउने भनेर एउटा लेख्न मन लाग्यो।
नेपे गुरुजि ले सिकाकाो निएम अनुसार यो मेरो जीवनको फर्स्ट गजल लेख्ने प्रयास गर्दैचु
गुरुहरु निएम नमिले बताइदिनुहोला है ? हे हे नजिस्काउनुहोला है गुरुहरु? दिएँ है त ?
लौ जा।

"देशको बखान"
अर्काले दिएकोो नखाने बानी परेको को छ र यो देशमा?
महा सिद्ध बनेर नै निर्वाण तरेको को छ र यो देशमा?

भन्नलाई त सजिलो होला बुद्ध थिए नि एउटा भनी
पञ्चशील, अहिंसाको पालन गरेको को छ र यो देशमा?

गफ छाँट्न लाइ त मीठो लाग्ला वीर गोर्खाली नेपाली हामी
निस्वार्थ मनले देशको लागि मरेको को छ र यो देशमा?

स्वाबलम्बी बनौँ र देशको आर्थिक विकास गरौँ भन्छन्
सहयोग जति गरीब को मा छरेको को छ र यो देशमा?

तँ मात्र देशको बारेमा फलाक्दै हिरो नबन "ज्यानकाजी"
दूधको गंगामा नै नुहाएर झरेको को छ र यो देशमा?

गौतम, नेप े,शीरिष, र दादा गुरुहरु चल्छ हैन एत्तिको भए?
 
Posted on 10-25-05 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरु सारै सतही भएच , के गर्नु गहिराइमा पुग्न नै जानिएन मेन प्रोब्लम नै त्यै हो भन्या।
आफूलाई चैँ खालि व्यङ्ग्य मात्र आउँच अनि त्यै भे'नि जुनै विधामा पनि हान्न मन लाग्च।
उमेर पाके'सि अलि खारिएला कि ?
अब त्यै आश मात्र छ।
 
Posted on 10-26-05 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ शिरिष गुरु, लेख्ने कोशिश गरीरहनेछु। तपाईँहरुबाट सिक्न पाइयो साझाको यो धागोमा पस्नाले।

अनि, ज्यानकाजी गुरु, गजलमा ब्यंग्य भरपूर हुन्छ जस्तो लाग्छ मलाई त। समकालीन नेपाली गजलमा पनि ब्यंग्य धेरै नै भेटिन्छ जस्तो लाग्छ। यसबारेमा गुरुहरुका प्रतिकृया कुरौँ हामी।


 
Posted on 10-26-05 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिको गजलमा एउटा शेर थप्न मन लाग्यो।

"तिमीसंगै सुँक्क सुँक्क तारा गनी रोएँ भने
तिम्रो आँशु कल्ले पूछ्ने म नै पनि रोएँ भने?

जग सामु देखिनुछ धातु ढाली बनेको झैँ
तिम्रो शिर अड्ने छाती कहाँ अनि रोएँ भने?

ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
समयको खातबाट घाउ खनी रोएँ भने,

वर्षौँ भयो मैनको मन भित्र भित्रै पग्लेको
जिन्दगीनै बाढी बन्ला ऐया भनी रोएँभने!

गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?


अब under construction तीन शेर। विषयवस्तु नया हैन, नियम पनि तेति मिलेको छैन होला, अभ्यासको लागि लेखेको।


मेरो धर्तीमा कम्पन गर्दै आयो
आज कस्को यो आकार झर्दै आयो?

ध्वाँसो पोतिएको जिन्दगीको पाना
पूछ्दै यो कस्को नाम भर्दै आयो?

----------------------------------------
----------------------------------------

---------------------------------------
---------------------------------------

एक्लो, चिसो, बैरागी गोतामेलाई
'घरजम' मिठो पिर पर्दै आयो।



 
Posted on 10-27-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई शेर थपिहाल्नु पर्यो,


मेरो धर्तीमा कम्पन गर्दै आयो
आज कस्को यो आकार झर्दै आयो?

ध्वाँसो पोतिएको जिन्दगीको पाना
पूछ्दै यो कस्को नाम भर्दै आयो?

सम्हाल्न सकौँला म शारदी मात!?
बैँशालु साँझ मैतिर सर्दै आयो,

मैले एक्लै नापेको लामो बगर
यो मोड तितो अतीत पुर्दै आयो,

एक्लो, चिसो, बैरागी गोतामेलाई
'घरजम' मिठो पिर पर्दै आयो।




 
Posted on 10-28-05 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो लेख्नु भा? गौतम जी ले,
पियानो बजाउनेलाई हारमोनियम बजाउन के गारो पर्थ्यो र?
सुरेन्द्र जी बरु ईदको चांद जस्तो छ !

लौ यो मेरो- करेक्सन गर्न बाकि छ !

मनै नहुंदो हो, नहुंदो नशाको रहर पनि !
कलेजो नै नहुंदो हो, नहराउदो हो असर पनि !
Hmm Physiology.

मूर्तिमा के छ के छ? मौन छ ईश्वर पनि !
भक्त झन् प्रष्ट छैन, के पाउला बर पनि ?

सम्भव हुने भए सपना साकार सजिलै,
किन जागा नै रहन्थें रात-रातभर पनि ?

केहि पाउन धेरै मिटाउन बाध्य सबै नै
अत्तर बन्न तुहाउनु पर्छ फूलले अधर पनि !

भ्रष्ट आचरणलाई सफाई खोज्दा खोज्दा,
साथीको हरायो, भएको अलि कदर पनि !

 
Posted on 10-28-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनै नहुंदो हो, नहुंदो नशाको रहर पनि !
कलेजो नै नहुंदो हो, नहराउदो हो असर पनि !

मूर्तिमा के छ के छ? मौन छ ईश्वर पनि !
भक्त झन् प्रष्ट छैन, के पाउला बर पनि ?

देख्नेले बहार देख्छ आर्काको पतझर पनि
आफूलाई भने कालै, भैसी पनि अक्षर पनि !


सम्भव हुने भए सपना साकार सजिलै,
किन जागा नै रहन्थें रात-रातभर पनि ?

केहि पाउन धेरै मिटाउन बाध्य सबै नै
अत्तर बन्न तुहाउनु पर्छ फूलले अधर पनि !

भ्रष्ट आचरणलाई आबरण खोज्दा खोज्दा,
हरायो मेरो, भएको अलि अलि कदर पनि !

 
Posted on 10-28-05 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, यस्तो फुर्क्याउनु भएन नि यार। लाज लाग्छ क्या! बल्ल बामे सर्ने कोशिश
गर्दै छु।

तपाईँको आजको गजलमा बढी मन परेको शेरचैँ,

"मूर्तिमा के छ के छ? मौन छ ईश्वर पनि !
भक्त झन् प्रष्ट छैन, के पाउला बर पनि ?"
 
Posted on 10-29-05 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,
सबै यात्राको थालनी त सानै पाईलाबाट हुन्छ हैन र ? त्यसमाथी तपाईंको त खतरा !

लौ चल्दै छु म यसैमा....अहिले थप्दै जाम् पछि काटकुट गरम्ला ।।।


प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ?
स्बेच्छिक सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि !

सिरक भित्रबाट संस्कारको गुच्छा बाहेक
मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि !

ढुङ्गे मनको भारमा अचल बगरले नदीसित
बगैचा बगाई ल्याउन अनुरोध गर्यो, कर पनि !


 
Posted on 10-29-05 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फाटेको सिरक भित्र संस्कारले थिचिनु बाहेक
मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि !


 
Posted on 10-29-05 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुवर ! अब त किताव निकाल्ने बेला भएन भन्या। हजुरको परिश्रमलाई कोटी कोटी नमस्कार
गरेँ प्रभु। थकान भन्ने रत्ति देखिदैन ल। झन झन सुक्लपुर्णिमाको चन्द्रमा जस्तो मुहार खारिँदै
गएको छ। हामी पारखीको लागि अरु के चाहियो।

 
Posted on 10-30-05 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute

I exactly dont know the quality of my writing and in the real world, it may not be good enough for a book. I dont want to ridicule the Ghazal Bidha by a mediocre writing.

However, thanks for the encouragements which has kept me going.

"Writng is an art not a chance, as those move easiest who knows how to dance."

BTW, Bhakta jee, I very much liked your ghazal with the picture. You are surely full of talent and your sense of language seems to be great.

Keep Rolling.
 
Posted on 10-30-05 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was in the Gym, sweating and suddenly, the incident came to my mind when I had a sort of hot discussion with a known person.

She expressed dissatisfaction over the things I have said unintentionally which seems to have hurt her. She went on to clearify things on which I never questioned and will never question.

Yet she made so many assumptions and sort of accused me.

She has every right to think good/bad about me like any other person yet I am indebted to her because she gave me an idea.

I thought, wait a minute, let me put this oppurtunity to make a ghazal with the Quafia and RAdif I was using with the ongoing ghazal and here it is. It is one of the fastest Ghazal I wrote.




मष्तिष्क र समयको प्रभाबको रुप, अन्तर पनि !
हो ! आफ्नो मत आफैलाई, सदर पनि, बदर पनि !

मेरो बिरुद्दका कुरा सुनी यदि रमाउछौ नै भने,
तिमीलाई मिल्दो, सोध्नु प्रश्न पनि, दिनु उत्तर पनि !

पर्दा भित्रका दृष्य त खुलस्त देखाउन सकिन
सम्झे हुन्छ, मन्चमा मै नायक पनि, जोकर पनि !

देख्नेले धेरै देख्ला, नदेख्नेको लागी कङ्गालै हुंला
मेरो संसारको, म अकबर पनि, नोकर पनि !

मेरो चासो परिचर्चा देखी अनुमान लायौ प्रशस्त
मलाई उडाउन जागा रहन्छ रात पनि, प्रहर पनि !

मैले धेरै पिएर नलडेको, कुरा गर्नलाई आर्को मौका,
बाताबरण ल्याउने अक्सर तिमी पनि, टक्कर पनि !

स्पष्टिकरण पाएर म के गरुं मेरा बेबास्ताहरुको?
आफ्नो ब्यबस्था गर्दै छैन फूर्सद पनि, धर पनि !

शंका गर्ने अधिकार छ तिमीलाई मेरा सत्कर्महरुको
तर धड्कनमा मेरो, नेपाली गाउँ पनि, शहर पनि !

साला मेरो जिन्दगीको माने नमिलेको जस्तो लाग्ला !
गजलमा नमिले जस्तो काफीया पनि, बहर पनि !


 
Posted on 10-30-05 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुकै काफिया र रदिफ सापटी मागेर मैले नि यो सानो प्रयास गरेँ है त। :-)

 
Posted on 10-30-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, कति दिन सकेको भन्या? त्यो पनि दामी दामी! फेरि घटना घट्नासाथ गजल आउने गुरुलाई। आफुलाई गोटा दुई एक शेर निकाल्न कति कननुपर्छ!
भउते गुरुले भनेजस्तै किताब निकाल्ने हैन भन्या? मेरो विचारमा पनि चाँडै निकाल्दा राम्रो हुन्छ । बजारमा पारखीहरु पनि अझ दिग्गज होलान्, गतिला सुझावहरु पनि आउलान्।

प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ?
स्बेच्छिक सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि !

फाटेको सिरक भित्र संस्कारले थिचिनु बाहेक
मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि !

ढुङ्गे मनको भारमा अचल बगरले नदीसित
बगैचा बगाई ल्याउन अनुरोध गर्यो, कर पनि !

वाह वाह....!



 
Posted on 10-31-05 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here is the final (yeah final version)


आस्थाको अभाबमा , एउटै मूर्ती पनि, प्रस्तर पनि !
हो ! आफ्नो मत आफैलाई, सदर पनि, बदर पनि !

प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ?
स्वेच्छाको सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि !

फाटेको सिरक भित्र संस्कारैले थिचिनु बाहेक,
मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि !

ढुङ्गे मन फूलेको उराठ बगरले छहरासित
फूल बगाई ल्याउन, गर्यो अनुरोध पनि, कर पनि !

ग्रहण, अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो,
तर आयो उज्यालो हरा?को सूचना पनि, खबर पनि !

मेरो बिरुद्दका कुरा सुनेर रमाउने नै हौ भने
आफै रच्नु तिमीलाई मिल्दो प्रश्न पनि, उत्तर पनि !

साला शिरिषको अर्थै नदेखिने कस्तो बन्यो माला ?
गजलमा नमिलेको जस्तो, काफीया पनि, बहर पनि !


 
Posted on 10-31-05 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one shirish ji. Aren't you thinking of some serious publication, yet?
 
Posted on 10-31-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी,

गजब छ। झुठो प्रशंशा होइन यो। तपाईँको लगावलाई सलाम छ। राम्रा शेर राम्रा हुँदै भए तर पनि यो चेलोको मनमा खस्केको २-४ कुरा है त। गल्ति भए माफ होस् है। नभए अर्को गजलले हानेहुन्छ।

डाह खप्न नसक्नेले लागे हुन्छ आफ्नो बाटो
फूल फुट्न के पाएथ्यो माउ भन्दा चल्ला बाठो



भनेर :-)

मलाई मन परेको शेर



देख्नेले धेरै देख्ला, नदेख्नेको लागी कङ्गालै हुंला
मेरो संसारको, म अकबर पनि, नोकर पनि !


हटाउनु भएकोमा गुनासो छ। यो शेरको पहिलो पाउलाई काटकुट पारेर अलिक रसिक बनाउनेहो भने यसमा मैले धेरै दम देख्छु।

अनि अर्को शेरमा

ग्रहण, अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो,
तर आयो उज्यालो हरा?को सूचना पनि, खबर पनि !

अध्यारो पछि गोधूलि आउने हो कि गोधूलि पछि अँध्यारो आउने हो? म अलमल परे कि हजुर?

अरु त खै हजुरका सुनौला रचनामा कसिको नाममा यो भउते ढुङ्गा रगड्यो भने सुनको वर्वादीमात्र :-)

;-)
-भउते

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters