Posted by: Nepe October 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
हाईकुको कुशलतामा तिखारिएका गौतमजीको गजलको यो कुमारी यात्रा (virgin voyage) मा मेरो बधाई छ । यो गजलले एउटा सिपालु गीतकारलाई बोकेको छ । काली प्रसाद, दिनेश अधिकारी, रमण घिमिरे आदिको स्वाद आउँछ । (एउटा अप्रसांगिक कुरा अर्न मुन लायो फेरि । यो रमणसंग एउटा गुनासो छ मेरो । जमानामा 'नेपाल साप्ताहिक' मा एउटा गजल छाप्न पठाएको थिएँ, उनले गजलको 'मतला' नै काटेर बाँकी शेरहरु टाँसिदिएछन् । अरु ठाउँ र बखत भा' भे' एउटा कुरा, संगै एउटा करसाबको राजनैतिक गजल भए पछि ईज्जतको कुरा थियो त्यो कमसेकम । 'मतला' गजलको अभिन्न अंग हो भन्ने कुरा रमणलाई थाहा नभएको पक्कै होईन, बरु त्यसको राजतन्त्र विरोधी संकेतार्थ करसाबको राजामैत्री गजलसंग राख्न नरुचेको हो भन्ने शंकाले मलाई अलिक बेखुश बना'को थियो त्यस बखत । वास्तविकता सम्पादकै जानुन् ।) अब नियमको कुरामा, 'काफिया' दोहरिन हुन्न भन्ने कुरा मैले कतै नपढेको हुनाले र कतिपय ठाउँमा दोहरिएको समेत देखेको हुनाले मलाई त्यो नियम भन्दा पनि चलन होला भन्ने लाग्छ । त्यसैले एउटै 'काफिया' सकेसम्म नदोह-याउने र दोह-याए पनि सकेसम्म भिन्नार्थ हुने शब्दमा मात्र दोह-याउने गर्नु बेस होला भन्ने मेरो विचार छ । अनि, मलाई किन किन आँसुले भिजेका, भिज्न खोजेका, खोजेर भिज्न नसकेका शब्दहरुले बढि छुन्छन्; बाँकी त निस्तो निस्तो लाग्छन् । गालिबको पनि एउटा शेर थियो, याद आएन । अर्थ चाहिं यस्तो थियो - रुन त चाहेको हुँ, तर मेरो आँसुको बाढीले मेरो घर बगाउला भन्ने डरले सकिनँ । अथवा यस्तै केहि । गौतमजीले लोप्पा खानु भएको हो भने, मेरो सह-भोक्ता हुनुहुँदो रहेछ भन्नु प-यो । मेरो प्रथम प्रेम पुराना रुसी लेखक ईभान तुर्गनेभको कथा 'प्रथम प्रेम' जस्तै जस्तै थियो, कम्तीमा कथान्त । घाउ पुरिए तर खाटा बाँकी छ अमलेख भईयो, पाता बाँकी छ
Read Full Discussion Thread for this article