Posted by: Gautam B. October 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
भउते प्रभो, धन्यवाद छ सल्लाह र सुझावका लागि। हजूरले आफूलाई चेलो मर्जी भएमा मैले आफूलाई के भन्ने? चेलोको पनि चेलो-उपचेलो भन्नुपर्ला। यो काफिया भन्ने जन्तु नदोहोराउन भरपूर कोशिश रहनेछ भविष्यमा। कन्दा कन्दा बल्ल चार शेर निक्ले, अझ कन्दैछु, हेरौँ अरु शेर पनि निक्लेलान्। बैँशमा लप गर्न त खुब खोजियो तर के जानिएन कुन्नि लप पर्ने पर्ने बेलामा लप्प (लोप्पा)चैँ खुब खाइयो। अब यो बूढेशकालमाचैँ लप खुब फष्टाको छ। खसोखास कुरा के भने यी शेरहरु मेरी वसन्तीकै लागि लेखिएका हुन्। (तेति त लाज नमानी भन्दिएं ल!)
Read Full Discussion Thread for this article