shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93491 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 08-04-05 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he bhaute

a good writing comes only after years of distillation.

Nepe guru,
testo chwaak laii kina dhilaii bhanya.

Ma ni ghar aayera chalya, aba pugyo kehi dinlai. I hav echanged some shers.
View/Share this post only
 
Posted on 08-04-05 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he bhaute

a good writing comes only after years of distillation.

Nepe guru,
testo chwaak laii kina dhilaii bhanya.

Ma ni ghar aayera chalya, aba pugyo kehi dinlai. I hav echanged some shers.
View/Share this post only
 
Posted on 08-04-05 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै?छ इनाममा ?

खुद्रा- थोकको ब्यापारी न परें
किन्छौ माया? कबोल, गोदाममा !

दोहोरो माप, एकै जागीरमा
तिम्रो नाम, सप्पै मेरो काममा !

हाबा चल्दा, छाया समेत चल्छ
के छ हो स्बार्थ, तिम्रो सलाममा ?

आशीष के दियौ पछि सोधौंला,
पैला भन, दाम कति छ खाममा !

 
Posted on 08-04-05 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता कता लेख्या हो गुरुले ! मेरोमा त के के हो के के भएर आयो ! सबैकोमा त्यस्तै भा हो?
 
Posted on 08-04-05 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते,

धन्यवाद यार ।

***

शिरीष,

खै के भनुम, भलादमी पल्टेर बस्या भनुम् कि निख्रेर बस्या भनुम । जे भे नि मेरो हौसला बढ्या छ । धुलो फुकफाक गर्दैछु, खोपा'ट निकाल्या कागतको प्राचिन मुठामा । Revising youthful days भनम न ।

अनि शिरीषको यो शेर दामी छ ल ।

आशीष के दियौ पछि सोधौंला,
पैला भन, दाम कति छ खाममा !

 
Posted on 08-04-05 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे revising youthful days पो लेखेछु, थुक्क । त्यस्तो संसोधन गर्नु पर्ने कौने कुरा ग-या छैन है मैले । मैले त revisiting youthful days लेख्न खोज्या हो ।

 
Posted on 08-04-05 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

When did you write Farkeko chhu pugera timro dailo ma? was it published in Nepal?
 
Posted on 08-04-05 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न Houston जीले के यस्तो मुश्किलमा पार्न लाग्नु भो, खै जानेर हो वा नजानेरै हो, मेरो त मुटुले ढ्याङ्ग्रो ठोक्यो भने हुन्छ । भख्खर संसोधन गर्नु पर्ने त्यस्तो कौने कुरा छैन भनेर किरिया हाले, अब के भनम् ?

त्यो टुक्रो पनि प्राचिनकालमै लेखिया हो । अब प्रकाशित गरेर त सेरिएर मर्नु-मराउनु थियो र ?

 
Posted on 08-05-05 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकता आरम्भिक शेर 'मतला' मा संसोधन र अन्तिम शेर 'मकता' थपथाप गरेर नयाँ संस्करण


अड्केका कुरा र गोलमटोल बेग्लै
चर्केका चुराले खोलेको पोल बेग्लै

खै यो टोलमा तिर्खा, जलन र छटपटी
उ: उता मायालु बसेको टोल बेग्लै

के पत्याउँ खै सधै मुस्काईरहन्छौ
मुहार मुहारमा अचेल खोल बेग्लै

किन्ने भाउ बढाउँछ, बेच्ने घटाउँछ
मायाको, आँसुको के रे मोलतोल बेग्लै

गजब कुनै कुनै हेराईको असर
बाहिर हाँस्यो भित्र डाँवाडोल बेग्लै

रस लिन जाँदो डुबेर म-यो 'नेपे'
के जानोस् बरा, रस बेग्लै हो, झोल बेग्लै


 
Posted on 08-05-05 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this one I wrote couple of months back:

The qafia is the one like Nepe recently posted.
usage of बोल,खोल, टोल are common



एउटा दुइटा, त कसैको ठूलै बिटाको बोल हुन्छ !
तिम्रो, मेरो, हर एकको बिक्ने, एउटा मोल हुन्छ !

मन रुझाउने दु:ख होस् या आखा भिजाउने खुशी
बेहोरा जे होस् ! बाहिर चिट्ठीको, उस्तै खोल हुन्छ !

ठोस जिन्दगीमा मिसाउछन् कोहि तरल नशा
बाच्न, रक्त प्रवाह गर्ने कहिले, त्यही घोल हुन्छ !

बरिपरि भित्ता सुद्द थिएन, हाम्रो कानेखुशी सुन्ने
बिषय सूची सहित कुरा जान्ने, सारा टोल हुन्छ !

किन जलाउन मज्जा लाग्छ मलाई आर्काको मन ?
बुझिकन पनि, अन्तत: रुप मेरो, त्यस्तै गोल हुन्छ !


गोल= charcoal

 
Posted on 08-05-05 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

मलाई साह्रै मन परेका शेरहरु:


एउटा दुइटा, त कसैको ठूलै बिटाको बोल हुन्छ !
तिम्रो, मेरो, हर एकको बिक्ने, एउटा मोल हुन्छ !

मन रुझाउने दु:ख होस् या आखा भिजाउने खुशी
बेहोरा जे होस् ! बाहिर चिट्ठीको, उस्तै खोल हुन्छ !

बरिपरि भित्ता सुद्द थिएन, हाम्रो कानेखुशी सुन्ने
बिषय सूची सहित कुरा जान्ने, सारा टोल हुन्छ !


खासमा यो गजल (निर्माणाधिन हुँदैको ) पढेपछि मलाई बल्ल मैले शिरिषको प्रतिभा महसुस गर्न पाएँ भन्ने लाग्या थियो । अरु के भनम् ।

बाँकी अरु शेरमा भाषा अलिक ackward छ, भाव गहन भए पनि । अलिक संसोधन नै उचित होला ।

 
Posted on 08-05-05 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु, त्यो "गोलमटोल" भनेको के हो?

शिरिष गुरुका त ऐलेका भन्दा पैलेका खुङ्खार रेsछन् नि गजलहरु।

हुन त ऐलेका नि खुङ्खार छन्, तर पैलेका त्यो भन्दा खुङ्खार के।
 
Posted on 08-05-05 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

As I have repeately said, you are responsible for me to get acquinted with ghazals.
What ever I produce, tesma your "den" cha/.

चर्केका चुराले खोलेको पोल बेग्लै

sounds good but I could not figure out what you meant to say.

Bhaute,

testai ho kahile gham kahile pani.
Tala mathi kaha hunaa? Real estate, economy, logne swasni...

ma school ma chanda euta guru le bhannu hunthyo:

ramro bhanda ramro garna sakne,
naramro bhanda naramro garne,
kahile hathat jangar dekhaune,
kahile alchi bhanda alchi garne,
yestai cha.......(real name) ko ram kahani.
 
Posted on 08-05-05 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते,

गोलमटोल = obscure, ambiguous, murky (statement), विपरित शब्द: सफासफी

प्रचलितै शब्द हुन्, क्यारी नसुन्नु भा' ?

*** ***

शिरीष,
>चर्केका चुराले खोलेको पोल बेग्लै
>sounds good but I could not figure out what you meant to say.

यो कुरो सफासफी भन्न मिल्दैन, गोलमटोल जबाफ दिम भने के जबाफ दियाई भो र ?
बरु, भउतेलाई- अझ राम्रो त दादागिरीलाई हुन्छ- अघि सारें मैले, कुईनाले घच्चा लगाउदै ।



 
Posted on 08-05-05 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धराप राख्न पाए हुन्थ्यो - डाडा पाखा तरेलिमा
दाप राख्न पाए हुन्थ्यो - मुटु काट्ने परेलिमा
 
Posted on 08-05-05 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

I thought I memorized that Gazal while I was in I. Sc. Thats why I was enthusiastic to know. I do not recall where did I read it.
 
Posted on 08-05-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दाप राख्न पाए हुन्थ्यो - मुटु काट्ने परेलिमा


वाह ! वाह ! क्या रोप्ने मिसरा !

*** ***
Houston,

मेरो गजल जीवन TC बाट शुरु भा हो र TU पुग्दा मौलाएको भन्नु प-यो, पहिलो चरण । त्यसपछि लामो शितनिद्रा । र दोश्रो चरण केहि वर्ष अघि साझाबाट थालियो ।

Ascol मा I.Sc. पढ्दा गद्यकविता अभ्यास गरिन्थ्यो । केहि विद्रोही, केहि रुमानी, केहि विसंगतिवादी । "प्रगतिशिलता" को कसीमा खह्रो नउत्रने । मेरा राजनैतिक गुरुहरु यसलाई बुर्जुवा भयो भनेर भन्थे ।

गोडा दुई तीनेक लघुकथा पनि लेखेर छापेको हो । एउटालाई मेरा अखिल गुरुले बुर्जुवा रुमानियत भएको भने । तर पारिजातले भने रुचाएकी थिईन् त्यसलाई ।


 
Posted on 08-07-05 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरुलाई हार्दिक बधाइ छ। स्थापित पत्रिकामा गजल प्रकाशित भएकोमा। :)
 
Posted on 08-07-05 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थापित पत्रिकामा गजल प्रकाशित हुनु ठुलो कुरो होईन । राम्रो गजल लेख्नु ठुलो कुरो हो। शिरिष गुरुलाई हार्दिक बधाइ छ ।
 
Posted on 08-08-05 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थापित पत्रिकामा गजल प्रकाशित हुनु ठुलो कुरो होईन ।

Bhaute, Houston

Thank You.

I think you need some kind of push with the publication. Feed backs are important to know which direction one is heading to.

राम्रो गजल लेख्नु ठुलो कुरो हो।
You are certainly right Houston.
I am preety much new to this field and as you can see I miss points occasionally but I will keep trying despite writing FAZAL from time to time. You guys have been of great help by making positive and constructive comments.

राम्रो लेख्नु kalli man hunaa ra hoina? rahyo kura grey matter ko capability ma.

Here is one with Matla and maqta only...

हालत नाजुक हुंदा, भेटिन उपकारी एउटा !
घाँटी थिची मुक्ति दिन, अघि सर्छ आभारी एउटा !


khali tahu vara! -----------------------------------
-------------------------------------------------------
------------------------------------------------------
------------------------------------------------------

शिरिष हैरान भो, साथीहरुका अबतार हेर्दा
कता पो मिल्ने ? बिद्रोही एउटा, अधिकारी एउटा !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters