shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93572 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 07-21-05 4:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



be_talab daiN to maza usme siwa milta hai
woh gada jisko na ho KHoo-e-sawaal achcha hai




नमागी, नसोधी, दिईने चीजको मज्जा अरु नै हुन्छ,
भिखारि जो सबाल जवाफ गर्दैन, उस्को चाल ठिक छ


_ghalib

 
Posted on 07-21-05 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?"

मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि?
भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ?

तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर
योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो !

बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा
सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो !

युद्घमा होमिएर अन्धा लङ्गडा अपाङ्ग भएकाहरुलाई
थप आदेश लिएर, सपाङ कहाबाट बिल्ला सहित आयो ?

ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु
खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ?

मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा
रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?


 
Posted on 07-21-05 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Two quick suggestions

1. Make कहाँबाट a part of Radif by placing it after Qafiya. Reads better

2. I will be tempted to convert the whole ghazal into one with a short meter like your 'पिटिएर सुन भईनँ' . Will be an interesting exercize.


 
Posted on 07-21-05 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe Guru

Your suggestions are always welcome.
I will convert this into both of the types.

Guru Puja ko upalakcya ma yo tapai lai dedicated gardinchu !
 
Posted on 07-21-05 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा
रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?>>

मलाई यो सारै मन पर्यो।

अनि त्यो "सपाङ" भनेको के हो गुरु?
 
Posted on 07-21-05 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अपाङ्ग' को विपरित 'सपाङ्ग' त राख्न खोज्या होईन ? तर 'सपाङ्ग' शब्दमाथि मलाई शंका छ ।

अप+अङ्ग=अपाङ्ग

तर 'सप' भन्ने prefix त भएजस्तो मलाई लाग्दैन ।

बरु 'पूर्णाङ्ग' भने कसो होला ??
 
Posted on 07-21-05 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni ek haat chhad dim na hai.......:-)

अस्थिर मन, ढुङगोले पानी छिचोल्दा आज मलाई तरङग याद आयो
रसिलो फल पनि कौवाले लुछाचुडि गर्दा यसैयसै बिशादी याद आयो

खनाउँछु, पिउँछु एकाबिहानै यो प्यास काहाँ बाट आयो
बोल्दा लर्बराउँछु, घाम ढल्दै जादा पो बल्ल मात आयो

फाटेको कट्टु..पुरानो प्रेम देखाउन नमिल्ने बिबशता आयो
आखा चिम्ली कुटिमा बस्दा अझ झन अशान्ति याद आयो




 
Posted on 07-21-05 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अपाङ्ग' को विपरित 'सवलाङ्ग'

जिरा जी ल ल जाओस्।

आऊ प्रिय ... ... ...
कोदो बारीमा हिमाल हेरेर
 
Posted on 07-22-05 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै

मेरो दिमागमा "बिभुषित" भन्ने शब्द थियो "बिल्ला सहित" को बदलामा तर अगाधि
चार वटा लेटरको शब्द भेट्टउन नसकेर 'सपाङ' राख्या मात्र हो !
पु्रणाङ्ग को सट्टा बरु "सर्बाङ्ग" कस्तो होला ? dadagiri ko sawalanga sounds better. TY

It sort of distorts and I will write the whole thing again anyway?

Thank you for your interest and suggestions.

I am almost done (?) with Nepe's suggestion and this will be an example of long beher and short beher.






 
Posted on 07-22-05 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले भनेको 'सबलाङ्ग' नै सही र प्रचलित शब्द हो ।

सर्बाङ्ग भनेको त 'पुरै जिउ' हो । जस्तो, सर्वाङ्ग भिजेको, सर्वाङ्ग नाङ्गो ईत्यादि ।
 
Posted on 07-22-05 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुद्धाशुद्धि:

सर्व, वल

तसर्थ

सवलाङ्ग
सर्वाङ्ग
 
Posted on 07-22-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanx Shirish. i don't think i can ever write gajal, i'm not even going to try..but i can read them :) one sher per day, is that what the heading of this thread is? okey..keep it up, they're nice to read.

 
Posted on 07-23-05 6:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru
I did listen to you and changed it like this:
Hope its readable. Rest is your job.


सुद्दि बुद्दि, बिपरित कहाँबाट आयो ? १४

प्रक्रिया उहि दिनहुँ, बिग्रदो भत्कदो, १४
आकस्मिकता; नियमित कहाँबाट आयो ?१५

हल्ला भै सके, बल्ल परिचय हुदा? नि, १४
खै सम्बन्ध, अनुचित, कहाबाट आयो ? १४

हाम्रो रातको योजना बिथोल्न, सांझै १३
तेस्रो ब्यक्ति; परिचित, कहाबाट आयो ? १४

सिमाना भित्रै अरु सिमाना खिचाउन
रेखा आफै, बिभाजित, कहाबाट आयो ! १४

रोग, ब्याधी, माहामारि नै सार्ने जस्तो, १३
सासहरु; संक्रमित, कहाबाट आयो ? १४

अन्धा अपाङ्गलाई युद्घमा भर्ती गर्न
सपाङ; बिल्ला सहित कहाबाट आयो ? १४

हानिएका ढुङा टिपेर जग हाल्दैछु , १४
ठेकेदार; अनाधिक्रित कहाबाट आयो ? १५

लाग्थ्यो शहरमा, सबै बस्छन् महलमा !
सुकुम्बासि; बिस्थापित कहाबाट आयो ? १४

पीडा दबाएकै हैन न र 'शिरिष'ले ? १४
सुस्केरा झै, प्रायश्चित कहाबाट आयो ? १४


It seems it rarely exceeds a dozen shers in a ghazal so I will end this even though I can still go on.
 
Posted on 07-24-05 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is the same one with the short beher.
Nepe guru, it was indeed a good practice/exercise. I wonder what grade did I get....None of them are in the question format anymore.



बिनाश काल, सुनिश्चित आयो !
सुद्दि बुद्दि, बिपरित आयो !

दिनहुँ, बिग्रदो भत्कदो,
आकस्मिकता; नियमित आयो !

परिचय हुदै हल्ला भो,
खै सम्बन्ध, अनुचित, आयो !

रातको योजना बिथोल्न,
तेस्रो ब्यक्ति; परिचित, आयो !

सिमाना भित्रै अरु सिमाना
रेखा आफै, बिभाजित, आयो !

माहामारि नै सार्ने जस्तो,
सासहरु; संक्रमित, आयो !

युद्घमा अपाङ्ग भर्ती गर्न
सवालाङ; बिल्ला सहित आयो !

हानेका ढुङाले जग हाल्दैछु ,
ठेकेदार; अनाधिक्रित आयो !

सबैको बास महलमा कहा?
सुकुम्बासि; बिस्थापित आयो !

बिगत दबाएन शिरिषले !
सुस्केरा झै, प्रायश्चित आयो !


The Original one:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?"

मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि?
भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ?

तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर
योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो !

बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा
सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो !

युद्घमा होमिएर अन्धा लङ्गडा अपाङ्ग भएकाहरुलाई
थप आदेश लिएर, सपाङ कहाबाट बिल्ला सहित आयो ?

ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु
खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ?

मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा
रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?

 
Posted on 07-24-05 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी,
मलाई चैँ
........................................
........................................

प्रक्रिया उहि दिनहुँ, बिग्रदो भत्कदो, १४
आकस्मिकता; नियमित कहाँबाट आयो ?१५

हल्ला भै सके, बल्ल परिचय हुदा? नि, १४
खै सम्बन्ध, अनुचित, कहाबाट आयो ? १४

हाम्रो रातको योजना बिथोल्न, सांझै १३
तेस्रो ब्यक्ति; परिचित, कहाबाट आयो ? १४

.....
...........
.........................

यो version ठिक लाग्यो। त्यो "कहाँबाट" राख्दा खेरि गजलमा कौतुहल भावले धेरै मिठास थपेको हो कि ! महागुरु नेपे जीले के भन्नु हुन्छ अब, हेरम।

-भउते
 
Posted on 07-24-05 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते

मलाई नि त्यस्तै लाग्यो ! सप्पै छोटो गर्न नमिल्ने रै'छ यात मेरो सुझबुझ
वा अझ समय दिन पुगेन !
 
Posted on 07-24-05 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते र शिरिष दुबैको कुरा मनासिब छन् ।

संक्षिप्तता र विचार सम्प्रेषणियताको बिचको एउटा सन्तुलन समात्न पर्छ ।
 
Posted on 07-25-05 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया स्रृंख़ला

तिम्रो जालमा, स्वेच्छाले फस्न आ?को,
प्वालहरु बनाउन किन पर्?यो !

Je hos afno bachan ta rakh_nai paryo !!

 
Posted on 07-25-05 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जालमा, स्वेच्छाले फस्न आ'को,
प्वालहरु बनाउन किन प-यो !

किन प्वाल बनाएँ ? जिन भए पनि
तिमीलाई किन जवाफ दिन प-यो ?
 
Posted on 07-25-05 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जालमा, स्वेच्छाले फस्न आ'को,
प्वालहरु बनाउन किन प-यो !

nepe wrote:
किन प्वाल बनाएँ ? जे नै भए पनि
तिमीलाई किन जवाफ दिन प-यो ?

shirish writes

तल न माथी, घुम्दो छ मेरो संसार
बेहोसीलाई मताउन किन प-यो ?




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters