Posted by: shirish July 21, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?" मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि? भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ? तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो ! बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो ! युद्घमा होमिएर अन्धा लङ्गडा अपाङ्ग भएकाहरुलाई थप आदेश लिएर, सपाङ कहाबाट बिल्ला सहित आयो ? ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ? मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?
Read Full Discussion Thread for this article