shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93557 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 10-03-05 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gautam ji

lau yo purano bhaye pani complete samjhera tashi diyen hai !
chapna lai pathako chapi diyena...
yesma radif chaina..khali kafia matra.
Yo kafia sayad sabai bhanda badi use garya hola ghazal lekhne haru le..


न छ कर्तुतमा गाली !
या त सहमतिमा ताली !

आगो अंगाली आउनेलाई,
पानीले पोल्यो यस पाली !

मन, औंशी, सोस्छ उजेली !
दियो बाल्दैमा के दिवाली ?

जाली वक्ताको कल्ले सुन्ने ?
श्रोता दीर्धामा लाटा खाली !

मर्दा पर्दाका छिमेकी,
ताक्छ सिमानाका आली !

फूल चुडें, मूर्ती पूज्न,
कांढा गोड्छ दु:खी माली !

गोली हान्ने कि छाति थाप्ने,
खुट्याउँदैछु, को शक्तिशाली ?

शान्त देश छ, अझै कतै !
कहां ? कहां ? सोध्छन् नेपाली !

 
Posted on 10-03-05 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद शिरिष गुरु । यी दुईटा टुक्राचैँ खुब मन पर्छ।


मर्दा पर्दाका छिमेकी,
ताक्छ सिमानाका आली !

शान्त देश छ, अझै कतै !
कहां ? कहां ? सोध्छन् नेपाली !

 
Posted on 10-03-05 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो मात्रा (बहर) को गजलमा सबभन्दा challanging मतला बनाउनुमा हुन्छ । यो गजलको मतला बाँकि शेरहरुको तुलनामा अलिक सपाट भए जस्तो लाग्छ ।

बाँकी त चिटिक्क छन् शेरहरु ।

एउटा सामान्य शुद्धाशुद्धी: दीर्धा नभएर दीर्घा हुनु पर्ने हो ।

अनि टाठा श्रोता हुने सभा बारे पनि शेर जाओस् न । हुन त पुरा गजल वैरागप्राय: रसमा छ, तर पनि गजलमा रसविविधता ग्राह्य हुने हुँदा यस्सो एक दुई प्याला हौसला-रस राख्दा राम्रै होला भन्ने लाग्छ ।

ममा जीवनलाई सकारात्मक, आशावादी र प्रयोजनवादी दर्शनले हेर्ने पूर्वाग्रह छ, त्यसैले सन्देशविहिन वैराग्य मेरो अम्खोराको मही होईन ।

वैराग्यमा पनि जीवनप्रति राग जगाउने लुप्त सन्देश खोज्छु म । र पाएँ पनि यो गजलका शेरहरुमा ।

 
Posted on 10-08-05 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरुवर

हैन, ठुला मान्छेले जे गरे पनि हुनी, साना मान्छेलाई मात्र नियम लाग्नी हो कि के हो प्रभो, मैले त कुरो बुझ्नै सकिन।


- http://www.kantipuronline.com/Nepal/sahitya.php

-ज्ञानुवाकर पौडेल

लाग्दैछ किन आज बिरानो यो सहर ? था' छैन -१७
खोसिन्छ किन यहाँ सधँै आफ्नो रहर ? था' छैन -१७

थाल्न त थालेँ मैले जिन्दगीको नयाँ सफर - १६
जुझ्ने हो फेरि कहाँ कोसित नजर ? था' छैन - १६

नगुनगुनाए हुन्छ अब उसले जीवनमा गजल- २०
जसलाई के हो छन्द के बहर ? था' छैन - १५


आय-आर्जनको अचेल यस अन्ध-दौडमा -१६
को बगरे अब यहाँ को डक्टर ? था' छैन -१५

औषधिको दुष्परिणाम त तिमीले देखिनैहाल्यौ - १८
कस्तो हुँदो हो कुन्नि बिखको असर ? था' छैन - १६

यता छौँ हामी बसेका उता जङ्गली जनावर - १७
कसलाई लाग्छ यहाँ कसको डर ? था' छैन - १६

दुनियाँको मन जित्न पनि अहो ! कति गाह्रो - १६
लगाएँ हुँला मैले कसको कति चक्कर ? था' छैन - १८


आफै बोक्सि आफै धामी भएन र यो, प्रभो ?


:-)
-भउते काजी

 
Posted on 10-09-05 2:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते
बडा प्वाईन्ट समात्नु भो !
ठ्याक्क मिले राम्रो नमिले केहि बिग्रया छैन ! Ghalib pani farak parya chan testai !
यदि गाउने हो भने सड्गितकारले भन्ला ? हे गजले, लौ यो मिला?


मत्लालाई हेर्दा (यहि कतै भा?को डिसकसनलाई हेर्दा)

हर था' छैन justo lagcha tara hudo raicha !

सहर
रहर

नजर
बहर
डक्टर
असर
डर
चक्कर

 
Posted on 10-09-05 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले बित्ता(Meter) को कुरा गरेका होलान्।
 
Posted on 10-09-05 3:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute le meter ko kura garya

moile kafia ko kura garya. ekchoti estai kafai ko prayog ma discussion parya thiyo tehi aad ayo tyo kafia dekhera.

Prasta na bhako ma chema parthi chu.
 
Posted on 10-09-05 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wawawa,, give us more short and sweet....
 
Posted on 10-09-05 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समकालिन नेपाली गजलको चर्चाहरुमा ज्ञानुवाकर पौडेलको नाम पहिला आउँछ । उनका गजलहरु सर्वोच्च कोटीका भएर त्यसो भएको भने होईन, बरु हो समकालिन गजल युगको शुरुवात गर्ने मुठ्ठीभर कविहरुमध्ये भएको हिसाबले ।

मोतिराम भट्ट, शम्भु प्रसाद ढुङ्गेल, भीमनिधि तिवारीकालिन गजलको शास्त्रिय युग पछि भीमदर्शन रोक्काका रचना बाहेक सामान्यतया नेपाली साहित्य गजलविहिन नै रह्यो लामो समयसम्म ।

२०३६ साल पछि समकालिन नेपाली गजल युग शुरु भयो ज्ञानुवाकर पौडेल, ललिजन रावल आदिहरुबाट ।

हुन त ज्ञानुका गजलहरु अझै पनि छन्दानुशासनविहिन र धेरथोर नारावादी नै रहेछन्, तर शुरुका गजलहरु त यी कमजोरीहरुद्वारा निकै खट्कन्थे ।

सम्भवत: गजलको अत्यन्तै कमजोर शुरुवातको कारणले गर्दा हो, नेपाली वाङमयको संस्थापन पक्ष (?) वा मुलधारले गजललाई औपचारिक साहित्यिक मान्यता दिन समय लगायो वा अझ दिईसकेकै पो छैन कि जस्तो लाग्छ मलाई त ।

"औपचारिक साहित्यिक मान्यता" भन्नुको मेरो आसय नेपाली साहित्यको पाठ्यक्रम (विद्यालय देखि विश्वविद्यालय सम्म, कतै) मा गजललाई समावेश गर्नु र औपचारिक साहित्यिक संस्थाहरुले अन्य कविता विधाको हाराहारीमा गजल विधाको पनि मुल्याङ्कन गर्ने मापदण्डहरुको स्थापना गर्नुतिर लक्षित छ ।

२०३६ उँधो नेपाली गजल समृद्ध र धेरै हदसम्म छन्दानुशासित भईसकेको छ । नेपालीकविता डट कमको उत्कृष्ट गजलकारहरुको रचना संकलन सर्सर्ती हेर्दा यो कुरो स्पष्ट देखिन्छ । त्यसैले नेपाली गजलले "औपचारिक" साहित्यिक मान्यता पाउँन धेरै लामो प्रतिक्षा गर्नु नपर्ला ।

*** *** *** ***

हुन त मैले पनि गजल यात्रा झण्डै ज्ञानुवाकर पौडेलहरुसंगै शुरु गरेको हुँ । तर म कलेजका स्वागत-विदाई समारोह र साथीभाईहरु माझ मात्र सिमित रहें । प्राध्यापकज्यूहरु र केटा साथीहरुको वाह वाह र केटी साथीहरुको तारीफयुक्त नजरहरु पछि मलाई तेश्रो कुरोको आवश्यकता नै के थियो र ?
रसायनशास्त्र केन्द्रिय विभागका एकजना प्राध्यापक मेरा ठूलै प्रशंसक थिए र अक्सर मसंग हात मिलाएर मेरो नमस्तेको जवाफ दिन्थे ।

एउटा समारोहको भोलिपल्टको उनको 'लेक्चर' मा म ढिलो पुग्दा मलाई झपार्नुको साटो अघिल्लो दिनको मेरो एउटा 'शेर' माथि टिप्पणी गरेर पुरै क्लासलाई गललल्ल हँसाएका थिए । उनले भने, " Deepakjee, your's was a hell of a FOUNDATION".

मेरो शेर चाहिं यो थियो:

को भन्न सक्छ मेरो घर बन्नेछ कमजोर
जग तिम्रो गालाको खाल्डोमा हालेको छु ।


Nepe
 
Posted on 10-09-05 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेगुरुले उन्को गालाको खाल्डोमा घरको जग बनाउनु भो, मैले लेख्ने उन्को नाम मेरो मष्तिष्कको कसरत लागि हो !


समयका धर्काहरु लुकाउन, श्रृंगार फेर्ने गर्छु !
मष्तिष्कको कसरत भनेरै, तिम्रो नाम केर्ने गर्छु !

जिन्दगी बुझ्न सकिएन त्यति, अनुभब हुंदा हुंदै
मृत्यू खै के बुझिएला? तैपनि कात्रो चाहि बेर्ने गर्छु !

फूल झै कोमल हुने रहर, जाग्ने गर्छ घरि घरि,
फुल्दछु, फुल्दिन थाहा छैन ! कांडाले पक्कै घेर्ने गर्छु !

गतिमा या घुमी रहेको छु कतै, खाली एकै बिन्दूमा ?
आफ्नो अबस्था जाँच्न, बाटाका स्थीर बस्तु हेर्ने गर्छु !
or,
गतिमा या घुमी रहेको छु यतै, खाली एकै बिन्दूमा ?
नशा चढ्यो/चढेन जान्न, रित्तिएका शिशी हेर्ने गर्छु !


 
Posted on 10-09-05 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुब्हानल्लाह !

हाम्रा गजलका अग्रजहरुको असम्मान गर्ने मेरो आसय छैन, तर यसो भन्न म पटक्कै हिचकिचाउँदिन- यार शिरिष, तिम्रो गजल कतिपय स्थापित गजलकारका रचना भन्दा कता कता श्रेष्ठ छन् ।

तर नरोकिनु, अझ अगाडि बढ्नु । नत्र अरुले हेरिदिनेछन् "स्थिर वस्तु" को रुपमा नि ?

 
Posted on 10-09-05 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aakhir chela kasko?

Mero itihaas yehi sajha ma cha.
 
Posted on 10-09-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फूल झै कोमल हुने रहर, जाग्ने गर्छ घरि घरि,
फुल्दछु, फुल्दिन थाहा छैन ! कांडाले पक्कै घेर्ने गर्छु !

गतिमा या घुमी रहेको छु कतै, खाली एकै बिन्दूमा ?
आफ्नो अबस्था जाँच्न, बाटाका स्थीर बस्तु हेर्ने गर्छु !

Badhai cha mero sabai rachana ani rachanakaar haru lai. Nepe ani Shirish ka abhibyakti shashakta lagyo malai. Keep writing. Nepe ko lekhai bela mauka ma padhne gareki chu nikhariyeka chan tapain ka prastuti haru.

Mathi ka haraf haru padhe pachi kina ho malai ta Mirza Ghalib ko euta ghazal po yaad ayo ta.
"Hazaron khwahishe aise ke har khwahis pe dam nikle
Bahot niklay mere armaan lekin phir bhi kam niklay"

 
Posted on 10-10-05 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vantage point,

Thank you for your kind words. "Hazaron Khwahishe aise. . .", indeed a great sher. And it reminded me of a movie by the same name.

Hazaaron Khwaishein Aisi (2005)

Here is a quick review of it from me:

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23508#157993

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23508#158135

Nepe
 
Posted on 10-10-05 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Vintage Point for bringup hajarou Khawaishen
I translated this long time back but hesitated to post for some of the shers were too dificult and I did not feel good to differ from the original. However, ervryindividual has different interpretation. This is not exactly what I wanted.

Here is my try:

हजारौं ईच्छा हरु नै त्यस्ता, हर एकमा ज्यानै जाने
जति धेरै आकांक्षा साकार भए पनि कमी नै रहे !

किन डराउछौ, मेरो हत्यारा के रहन्छ तिम्रो घाँटिमा ?
आँखा भिजाउने रगत जिन्दगी भर अबिरल निक्ले !

सुन्दै आएको छु स्बर्गबाट आदम निकालिएको कुरा
म चाहि खुबै बेईज्जत भएर तिम्रो गल्लीबाट फर्कें !

भ्रम खुलोस् तिम्रो क्रुरताको, ढिलै तर खुलस्त होस्
अलङ्कार श्रीपेचको केबल घुम्रिएका कपाल थिए !

यदि कसैले उन्लाई पत्र लेख्छ भने मलाई लेखावोस्
बिहान हुनासाथ कानमा कलम राखेर म आए !

मायामा केहि फरक रहन्न, वाँच्नु र मर्नुको अबस्थामा
जुन जुन अधर्मी मरे, उनीहरुलाई हेरेर बाँची हेरे !

भगबानलाई छेक्न पर्दा कहिले नउठाउनु है पूजारी
कहि यो नहोस् कि यहा पनि त्यहि दानब साथी रहे !

जो सित भरोसा थियो कमजोर बिरुद्द अन्याय नहुनेको
त्यो म भन्दा पनि बढि क्रुर तर्बारले घाईते थिए !

कहां भट्टीको ढोका ? गालीब, कहां मन्दिरका भट्ट ?
तर यति थाहा छ कि, जहा गए? नि म गएं !


The original

हजारो ख्वायसें ऐसी के हर ख्वाईश पे दम निकले !
बहुत निक्ले मेरे अरमान लेकिन फिर भी कम निकले !

डरे क्यों मेरे कातिल क्या रहेगा उस्के गर्दन पर
वो खून जो चश्म-ऐ-तर से उम्र भर यूं दम-बा-दम निकले !

निकलना खुल्द से आदम का सुन्ते आये हे लेकिन
बहुत बे-आबरु होकर तेरे कूच से हम निकले !

भ्रम खुल जाये जालीम तेरे कामत कि दराजाका
आगर ईस तुर्रा-ए-पुर पेच-ओ-खाम का पेच-वो-खाम निकले !

हुई जिन्से तभक्कु खस्तगी के दाद पाने कि
बो हमसे भी ज्यादा खास्ता-ऐ-तेग-सितम निकले

मगर लिखे कोहि उस्को खत तो हमसे लिखबाये
हुई सुबह ओर घर हे कान पर रखकर कलम निकले !

मुहब्बत मे नही हे फरक जिने ओर मर्नेका
उसीको देखकर जिते हे जिस काफिर पर दम निकले !

खुदा के बासते पर्दा ना कभि से उठा जालीम
कहि ऐसि ना हो यहा वोहि काफिर सनम निकले !

जरा कर जोड सिने पर कि तीर-ऐ-परसितम निकले
जो वो निकले तो दिल निकले, जो दिल निकले तो दम निकले !

कहा मेहखाने का दरवाजा गालिब ओर कहा वाइज
पर ईतना जानता हे कल वो जाते थे कि हम निकले !



 
Posted on 10-10-05 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

read
तर यति थाहा छ कि, जहा गए? नि म निस्के !

 
Posted on 10-10-05 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलमा बच्चै भएकाले प्वाक्क बोल्ने आँट त तेति छैन। मलाई बढी मन परेकाचैँ तलका दुई शेर है।

----"जिन्दगी बुझ्न सकिएन त्यति, अनुभब हुंदा हुंदै
मृत्यू खै के बुझिएला? तैपनि कात्रो चाहि बेर्ने गर्छु !

फूल झै कोमल हुने रहर, जाग्ने गर्छ घरि घरि,
फुल्दछु, फुल्दिन थाहा छैन ! कांडाले पक्कै घेर्ने गर्छु !" ------

अब यै धागोका गुरुहरुलाई गुरु थापेर गजल लेख्न थाल्नुपर्ला। स्वीकार छ कि छैन गुरुवरहरु यो चेलो?



 
Posted on 10-11-05 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,

मन पराई दिनु भएकोमा धन्यबाद !
हजुरको हाइकु बास्तबमा झन् स्वीईट छन् !
तपाईले यहां कसैको स्वीकृती लिई रहनु पर्ने जरुरत छैन, अरुले जे सुकै सम्झे नि गजलको आधारभुत नियम पालना गरे
त्यस्तो हाइकु लेख्न सक्ने लाई खासै समस्या नहोला ! बरु हाइकु पनि लेखम् गजल पनि लेखम् !
कसैले सच्याए भने बरु पोजितिभ लिनु होला ! नपिटि कहा सुन, सुन बन्छ? नघोटि हिरा कसरि चम्कन्छ?

सिक्ने माहोल छ यहां-खासगरि नेपेका सल्लाहहरु !

नेपे गुरु
हौसला दिदैं जाम सबैलाई र आफैलाई पनि !

 
Posted on 10-11-05 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुसा युद्ध लडनको लागी निस्कीयो
यहा आफ्नै बिरालो बागि निस्कीयो - १

 
Posted on 10-11-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

You missed Manu Brazaki. He is often given credit to revive the Gazals. I think, Bhaim Darshan Rokka was the originator of MUKTAK CHHANDA KA KABITA rather than gazals.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters