Posted by: shirish July 24, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Here is the same one with the short beher. Nepe guru, it was indeed a good practice/exercise. I wonder what grade did I get....None of them are in the question format anymore. बिनाश काल, सुनिश्चित आयो ! सुद्दि बुद्दि, बिपरित आयो ! दिनहुँ, बिग्रदो भत्कदो, आकस्मिकता; नियमित आयो ! परिचय हुदै हल्ला भो, खै सम्बन्ध, अनुचित, आयो ! रातको योजना बिथोल्न, तेस्रो ब्यक्ति; परिचित, आयो ! सिमाना भित्रै अरु सिमाना रेखा आफै, बिभाजित, आयो ! माहामारि नै सार्ने जस्तो, सासहरु; संक्रमित, आयो ! युद्घमा अपाङ्ग भर्ती गर्न सवालाङ; बिल्ला सहित आयो ! हानेका ढुङाले जग हाल्दैछु , ठेकेदार; अनाधिक्रित आयो ! सबैको बास महलमा कहा? सुकुम्बासि; बिस्थापित आयो ! बिगत दबाएन शिरिषले ! सुस्केरा झै, प्रायश्चित आयो ! The Original one: बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?" मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि? भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ? तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो ! बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो ! युद्घमा होमिएर अन्धा लङ्गडा अपाङ्ग भएकाहरुलाई थप आदेश लिएर, सपाङ कहाबाट बिल्ला सहित आयो ? ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ? मन्द पवनको स्बच्छ असर थियो लहलाउदो फाँटमा, खेतमा रोग ब्याधी नै सार्ने जस्तो , सासहरु कहाँबाट प्रदुषित आयो ?
Read Full Discussion Thread for this article