[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 92629 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 08-26-05 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lou real chahi pani tanserea ma gayen week end manauna:


तिम्रो प्रेमीको बहार झर्दा, म ऊपहार हुनु पर्ने !
मुटु दुखाउँछ जब , तब म उपचार हुनु पर्ने !

तिम्रो प्रतिष्ठा बचाउन, गोली खाई शिकार हुनु पर्ने,
घाईते भै स्याहार सुसार माग्दा, बेकार हुनु पर्ने !

सामर्थ्य छ अझै उच्च शिखर भै आकाशलाई चुम्ने
बाध्य भै तिम्रा पाईलाको, सधैं आधार हुनु पर्ने !

आफ्नोलागि, शान्तिसित वाँच्ने, फुर्सद कहाँ छ?
सदैब तिम्रा फाल्तु युध्दकोनिम्ति तैयार हुनु पर्ने !

टल्किन्छु, चम्किन्छु, अस्तित्व बनाउनकोलागि
कुनै तारिफकालागी तिम्रै जुहार हुनु पर्ने !

मेरा बिशेषता: तिम्रा निम्ति पानी पानी भए
तिम्रो ईच्छाको आकार बन्न, निराकार हुनु पर्ने

 
Posted on 08-29-05 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hos aba tasdina bhanda ni manai manena ! Eklai ke barbar garnu ?



तिम्रो प्रेमीको बहार झर्दा, म ऊपहार हुनु पर्ने भो !
मुटु दुखाउँछ जब अरुले, म उपचार हुनु पर्ने भो!

तिम्रो प्रतिष्ठा बचाउन, गोली खाई शिकार हुनु पर्ने भो,
घाईतेलाई स्याहार्नु कता कता, ईन्कार हुनु पर्ने भो !

तिम्रा काला बिचार बिकाउन खुला बजार हुनु पर्ने भो,
मुकुण्डोका पाप अगाडि, मेरो सौम्य अनुहार हुनु पर्ने भो !

मेरो सामर्थ्य छ, उच्च शिखर भै आकाशलाई चुम्ने,
मेरा पाईला अधि बढ्दा, तिम्रै आभार हुनु पर्ने भो!

आफ्नोलागि, शान्तिसित वाँच्ने, फुर्सद कति खेर ?
सदैब, तिम्रा फाल्तु युध्दकोनिम्ति तैयार हुनु पर्ने भो!

टल्किन्छु, चम्किन्छु, अस्तित्व बनाउछु भनेर,
सानै तारिफकालागी तिम्रै जुहार हुनु पर्ने भो !

मेरा बिशेषता: तिम्रानिम्ति पानी सरह भए यता,
तिम्रो ईच्छाको आकार बन्न, निराकार हुनु पर्ने भो!

तिम्रो शासनको प्रतिकुल स्थिती, शक्ति थुनें हरेक
कैदबाट निस्कको सत्य सुनी, म फरार हुनु पर्ने भो!

(कैदीहरुको मूर्दाबाद सुनी, शिरिष फरार हुनु पर्ने भो!)

 
Posted on 08-29-05 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

It appears you are in or close to your prime time of Ghazal writing. You are shining brighter and brighter.

Just keep in mind that 'universality in locality, generality in specifics and timelessness of moments' is what a great poetry convey.

 
Posted on 08-29-05 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा उपहार मलाई उपहास लाग्ने
मेरा उपहार तिमीलाई त्रास लाग्ने

बाध्यता सङ्कट होईन पनि भन्ने
सङ्कटले बाँधिए पनि सँधै भन्ने

स्वतन्त्रता बेचेर बेचिन्न के
दिन दिनै भाउ सोधेर के?

[I don't know how to write ghazal. Just wanted to drop some spilling words somewhere and this is the platform I chose. I apologize if expressions-non-ghazal - of mine were not welcomed here.]
 
Posted on 08-30-05 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for the kind words and I am still struggling and never seems to end.

Here is a sher that may be objectionable
in continuation with the one I posted before and I have made some changes too.


कसै गरि मेटेन तिम्रा प्यास, नालीकै पिउंदा पनि
समर्पण उपभोग भैसक्यो, अब बलात्कार हुनु पर्ने भो!


तिम्रो प्रेमीको बहार झर्दा, म ऊपहार हुनु पर्ने भो ! २०
फूलको धारले दुखाउदा, म उपचार हुनु पर्ने भो! २०


 
Posted on 08-30-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How about this:

कसै गरि मेटेन तिम्रा प्यास, नालीकै पिउंदा पनि
सहमति उपभोग भैसक्यो, अब बलात्कार हुनु पर्ने भो !


 
Posted on 09-03-05 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

for the weekend:



औषधीले झैं चह-यायो खाक घस्दा एक्कासी !
जोगीको आभास भयो जिन्दगी फस्दा एक्कासी !

उडी केल्लाई छोवोस् आकाशिदो उद्देश्यले ?
उचाईमा टांगिएको चन्द्रमा खस्दा एक्कासी !

मन्द बिख दिनदिनै पिई मात्नेलाई पनि,
असर नसामै प-यो, सर्पले डस्दा एक्कासी !

गधाको भारी पनि आफ्नै पिठ्यूमा लादे जस्तो,
उठ्नै गारो भयो, थकाई मार्न बस्दा एक्कासी !

भाग्दा भाग्दै भ-याङ्ग भेट्न भ्याउदै भ्याईएन,
झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी !


 
Posted on 09-04-05 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ghalib ko ghazal

हलचल मच्चाउने जूनको सौन्दर्य बिशाल राम्रो छ !
ती भन्दा पनि मेरो धामका हरेक रुप-ढाल राम्रो छ !

म्वाई त दिन्नन् उनी, तर दिलको चाहना (जिब्रो)मा
हो, म त भन्दैछु, सित्तै पाइए जेसुकै माल राम्रो छ !

नमागी, नसोधी दिईने चीजको मज्जा अरु नै हुन्छ,
भिखारिले जवाफ नदिए हुन्छ, नगरेसवालराम्रो छ !

उन्लाइ देख्ने बित्तिकै मुखमा चमक आउँछ त्यसै नै,
त, उ सम्झन्छे कि बिरामी थिएं भन्नेको हाल राम्रो छ !

खोल्सो नदीमा मिले पछि त नदी नै भै हाल्छ स्वत:
काम उस्कै राम्रो, जस्को नतिजा मालामाल राम्रो छ !

हेर्नोस् प्रेमीहरु: चोटबाट कसरि फाईदा उठाउंछन् ?
बिरही मनले यस्पाली पनि भन्यो, यो साल राम्रो छ !

तर मलाई थाहा छ स्वर्गका बास्तबिकताहरु प्रष्टै
गालिब : तेरो मनलाई खुशि पार्ने यो चाल राम्रो छ ।


 
Posted on 09-04-05 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have delibrateley left out two shers as they were too difficult to understand and put in this form for me. Original is below the translated one. This is just a rough translation and accuracy at certain places are not maintained.


हलचल मच्चाउने जूनको सौन्दर्य बिशाल राम्रो छ !
ती भन्दा पनि मेरो धामका हरेक रुप-ढाल राम्रो छ !

म्वाई त दिन्नन् उनी, तर दिलको चाहना (जिब्रो)मा
हो, म त भन्दैछु, सित्तै पाइए जेसुकै माल राम्रो छ !

नमागी, नसोधी दिईने चीजको मज्जा अरु नै हुन्छ,
भिखारिले जवाफ नदिए हुन्छ, नगरे सवाल राम्रो छ !

उन्लाइ देख्ने बित्तिकै मुखमा चमक आउँछ त्यसै नै,
त, उ सम्झन्छे कि बिरामी थिएं भन्नेको हाल राम्रो छ !

खोल्सो नदीमा मिले पछि त नदी नै भै हाल्छ स्वत:
काम उस्कै राम्रो, जस्को नतिजा मालामाल राम्रो छ !

हेर्नोस् प्रेमीहरु: चोटबाट कसरि फाईदा उठाउंछन् ?
बिरही मनले यस्पाली पनि भन्यो, यो साल राम्रो छ !

तर मलाई थाहा छ स्वर्गका बास्तबिकताहरु प्रष्टै
गालिब : तेरो मनलाई खुशि पार्ने यो चाल राम्रो छ ।



Original:

हुस्न-ए-माह, गर्चे बा-हंगाम-ए-कमाल अच्छा है !
ऊससे मेरा माह-ए-कहुरसेेद-ए-जमाल अच्छा है !

बोसा देते नहि और दिल पे हे हर लहजा निगाह
जि में तो केहते हें, मुफ्त आये तो माल अच्छा हे !

बे तलब दे तो मजा उसमे सिबा मिलता हे
वो गदा जिस्के ना हो खु-ए-सवाल अच्छा हे !

उनके देखने से जो आ जातीहे मुह पर रौनक
वो समझते हें कि बिमारका का हाल अच्छा हे !

देखिये पाते हे उश्शाक बुतो से क्या फेज?
ईक बिराहमण ने कहा है, के ये साल अच्छा हे !

कत्रा दरिया मे जो मिल जाये तो दरिया हो जाये
काम अच्छा हे वह, जिस्का म?आल अच्छा हे !

हमको मालुम हे जन्नत कि हकिकत लेकिन
दिल के खुश रखनेको, गालिब ये खयाल अच्छा हे !

 
Posted on 09-05-05 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

गजलको अनुवाद गजलमै गर्नु एक असम्भवप्राय: काम हो ।

शिरीषको प्रयासले यो मान्यता माथि नै पुनर्विचार गर्नु पर्ने हो कि भन्ने देखाईरहेको छ ।

निश्चय नै कम्तिमा पनि काफियाको बन्धनले गर्दा धेरथोर अर्थान्तर भएकै हुनुपर्छ (परन्तु आफु पनि शिरीष जस्तै Dictionary dependent परिएकोले यस विषयमा अधिक जानिफकार टिप्पणी भने गर्न सक्दिन !)

जे भए पनि, साझाका नेपाली पाठकलाई गालिबसंग परिचय गराउने शिरीषको यो अत्यन्तै परिश्रमपूर्ण कामको चाहि सह्राहना गर्नै पर्छ ।

गालिबको पछिल्लो गजलको छुटेकोहरु मध्ये एउटा दामी शेर यस्तो छ

और बाजार से ले आये अगर टुट गया
सागर-ए-जम से मेरा जाम-ए-सिफाल अच्छा है


(टुट्यो फुट्यो भने बजारमा जति पनि किन्न सकिने
राजाको सुनको थाली भन्दा मेरै घरको माटोको बोहोतो बेस छ)


सम्भवत: यसलाई अतिरंजित मानिएला र निश्चय नै गालिबले यति राजनैतिक भावभूमिमा यो शेर नकथे हुनन्, तर मलाई यो शेरले राजतन्त्र र लोकतन्त्रको अन्तरलाई मजाले प्रष्ट्याएको अनुभव हुन्छ । (के कुरा चाहिं बेग्लै हो भने नेपाली काँग्रेस भित्रको लोकतन्त्र र राजतन्त्रमा त्यति धेरै अन्तर छैन !)

Nepe
 
Posted on 09-05-05 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What an alliteration !

भाग्दा भाग्दै -याङ्ग भेट्न भ्याउदै भ्याईएन,
झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी !


Sirish,

हरेक हिसाबले गालिबको समकक्षी गजल यो त ।

मतलालाई अलिक चुस्त बनाउन बाँकी छ । बाँकि शेरहरु अनुपम । पढेर अवाक भएँ ।

औषधीले झैं चह-यायो खाक घस्दा एक्कासी !
जोगीको आभास भयो जिन्दगी फस्दा एक्कासी !

उडी केल्लाई छोवोस् आकाशिदो उद्देश्यले ?
उचाईमा टांगिएको चन्द्रमा खस्दा एक्कासी !

मन्द बिख दिनदिनै पिई मात्नेलाई पनि,
असर नसामै प-यो, सर्पले डस्दा एक्कासी !

गधाको भारी पनि आफ्नै पिठ्यूमा लादे जस्तो,
उठ्नै गारो भयो, थकाई मार्न बस्दा एक्कासी !

भाग्दा भाग्दै भ-याङ्ग भेट्न भ्याउदै भ्याईएन,
झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी !


Nepe
 
Posted on 09-05-05 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी

तपाईँको यो गजल यात्रा सार्है सह्रानीय छ। खाश भन्नेहो भने मलाई छन्दवद्ध कवितामा आँखा र किबोर्ड चलाउन मन लाग्छ। तर तपाईँ र नेपेजीको प्रेरणाले यो गजल सँग पनि दिल बस्यो। आँखा चै गयो, तर किबोर्ड चैँ समयाभावले हो कि कुन्नि चल्न सकेको छैन।

पस्किँदै गर्नुस।

:)
-भउते
 
Posted on 09-05-05 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा भूल-सुधार र क्षमायाचना गर्नु छ, शिरीषसंग ।

केहि समय अघि गजलको 'काफिया' सम्बन्धी नियमबारे वहस चल्दा 'मतला' ले नै काफिया निर्धारण गर्ने र अन्य शेरहरुले 'काफिया' बदल्न नसक्ने भनेर ढिपी गरेको थिएँ र शिरीषको केहि गजलको काफियाबन्दीमाथि आपत्ती जनाएको थिएँ । यो बहुसंख्यक गजलहरुले पालना गर्ने नियम त हो । तर केहि अपवादहरु पनि भेटेको छु । गालिबको यो गजल नै एउटा उदाहरण हो । त्यसैले मेरो पुरानो आपत्ती फिर्ता लिदै अज्ञानताको लागि क्षमायाचना गर्दछु । जो आज्ञा ।



माल अच्छा है !
माल अच्छा है !

तो माल अच्छा है !

वाल अच्छा है !

का हाल अच्छा है !

ये साल अच्छा है !

आल अच्छा है !

याल अच्छा है !

 
Posted on 09-06-05 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



धन्यबाद नेपे गुरु !
खै अरु साझाबासिलाई असर पार्न सकिएन, भउते बाहेक !
मान्छेले नराम्रै छ भन्दिदा नि ए पढेछन् भन्ने त हुन्थ्यो !
जे होस् नेपे गुरुको कमेन्ट तीन चार चोटी पढें हुंला, अझ पढ्ने छु र त्यसैलाई हौसला मानेर अरु प्रयास गर्ने छु !
Posted on 09-06-05 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नबिराऊनेको मुटुको चाल किन नबढोस् ?
अकारण, सिधै घाँटीमा फन्दा कस्दा एक्कासी !


 
Posted on 09-06-05 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबिराऊनेको मुटुको चाल किन नबढोस् ?
अकारण, सिधै घाँटीमा फन्दा कस्दा एक्कासी !

 
Posted on 09-06-05 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु,

राम्रो नराम्रो जे भनेर भए पनि प्रतिकृया आउँदा हौसला त पक्कै हुन्छ नै। तर प्रतिकृया नआउनुलाई सँधै नकारात्मक अर्थमा नलिनुस है। मेरै १-२ जना साथिहरु हजुरको गजलको पारखि नै हुनुहुन्छ भन्दा हुन्छ, तर साझामा लेख्ने जाँगर चैँ चलाउनु हुदैन। कहिले काहिँ गफ गर्दा पनि हजुरकै गजलका डाइलग पाइन्छ साथिहरु बाट।

नेपे गुरु,

हजुरका नयाँ वा पुरानै भए पनि गजलहरु पढ्न पाए हुन्थ्यो। यसो कहिलेकाहीँ जाँगर चलाम न प्रभु।

त्यो alliteration भन्ने कुरो गजलको, ऐच्छिकै भए पनि, एउटा गहना नै रैछ जस्तो छ। पढ्दा अर्कै मज्जा आउने के।

:)
-भउते
 
Posted on 09-06-05 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitta dukhaunu pardaina shirish ji , tapai ko kaam ko prasansha garne shadba bhaena holan ni sabai sanga,
ma ta tapai ko gajal ko kayal bhaye, mero guru ji ko pani guru bhane si mahaguru,
feri jawos arko pani yasai gari

 
Posted on 09-06-05 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमागी, नसोधी दिईने चीजको मज्जा अरु नै हुन्छ,
भिखारिले जवाफ नदिए हुन्छ, नगरे सवाल राम्रो छ !


यो पुनि मुन प-यो क्यारे!
अब नेपेजीले टिप्पणी गरिसकेसी हाम्ले टिप्पणी गर्नु भन्या त सर्वोच्चले दिएको फैसला केलाउन जिल्ला अदालतको उकिल कस्सिए जस्तो हुनी के। तेही भेऽर नबोल्या नि। मैले जम्मै हे-या छु। साझामा मैले नहे-या धागो रेऽछ भुने मरिजाम!

 
Posted on 09-07-05 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Dhanyabad hai sabailai...सांच्चै गालिबको उल्था, त्यो पनि सिमित उर्दू ग्यानमा, एक हजार पीसको पजल जस्तै हुदो रै?छ ! तर end result साधारण देखिए पनि कहिले भाषा नमिल्ने, कहिले काफीया नमिल्ने, कहिले रदिफ नमिलन्ने, कहिले शब्द नभट्ने ! आफ्नो लेख्ने भन्दा बढी challenging !!
nepe,
sure the meaning has been lost in the translation.


चुम्छन् प्याला तिम्रा निम्तालुहरु भोको !
म त प्यासी रहेको छु सधैं, तिम्रो सन्देको !

घाउले कहिले के गुनासो ग-यो तिमीसित ?
चलाखी हो आकाश, देखिने नीलो रग/font>को !

दिलको आखाले फसाउदो रहेछ के के तर?
यी घेराहरु हुन्, तिमीले रचेका चक्कको !

जमजममा रात पिएं र उषामा मदिरा
(रात भरि जमजम पिएं र मदिरा, उषामा)
टाटा पखाल्दै छु, एहरममा लागेको दाको !

निँहु पारी, चिट्ठी लेख्छु, बेमतलब भए पनि,
मौका मिल्छ लेख्ने, पारखी न परें तिम्रो नाको !

माया पिरतिले गालिबलाई निकम्मा बनायो,
नभए, मान्छे थिए ऊ पनि त केहि काको !


(जमजम: मक्काको कब्बामा रहेको ईनारको पबित्र पानी
एहरम: हज गर्दा लगाउने सेतो लुगा )

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters