Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 01-24-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफियाजी र flip flopजीलाई कविताको देशमा स्वागत छ।
************************************
माफियाजी, नेपाली साहित्यका केहि कृतिहरु अरु भाषामा अनुदित भएका पक्कै छन्। तर कुन कुन छन् र कसरी प्राप्त गर्ने भन्ने जानकारी भने त्यति छैन।
तपाईँको माथिको सूचिमा भएका मध्ये धेरैजसो कम्तिमा अँग्रेजीमा अनुदित छन् जस्तो लाग्छ मलाई। पारिजातको "शिरिषको फूल" अमेरिकाको एउटा विश्वविद्यालयमा पाठ्यक्रममा पनि छ भन्ने पढेको छु कतै।
साझाका नेपाली साहित्यमा जानकारी राख्ने अरु साथीहरु; नेपे, शिरिष, दादा गिरि, भउते आदिको आँखा यता पर्यो भने पक्कै पनि केहि जानकारी झर्छ।
बिर्खे माइलाजीले माथि औँल्याउनु भएको www.nepalikavita.com पनि एउटा भरपर्दो स्रोत हो।
 
Posted on 01-26-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाल चामल भयर पो के
जब आगो फुकिन्न भने
कविता लेखेर पो के
जब कसैले पढीदिन्न भने
इन्जिनियर मात्र थुपारेर पो के
जब मजदुर नै पाइन्न भने
वनपाले पालेर पो के
जब नेपालको बन पालिदैन भने
ब्यक्तिगत आय बढायर पो के
जब राष्ट्रीय आय घट्दैछ भने

जय नेपाल
 
Posted on 01-26-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जासूस केटा, राम्रो छ। अरु पनि जाओस्।

कसैले पढ्दैनन् भन्दैमा लेख्न छोड्नु त हुन्न है! मेरो अनुभव त के छ भने, लेख्नुले त्यसै पनि आत्मसन्तुष्टि दिन्छ। फेरि अरुले पढ्दै पढ्दैनन् भन्ने पनि होइन।
 
Posted on 01-26-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि तिम्रो सृष्टी सिगार्न देउ
यकै पटक भय पनि फ्वाक्क फक्रीन देउ
अरुलाई खुशी दीने गुलाब बन्न देउ
अफु पिन्जडाभीत्र भय पनि
अरुलाई बोलाउने सुगा बन्न देउ
यकै पटक भय पनि फ्वाक्क फक्रीन देउ
दिक्क परे उकुश मुकुस भै गुम्शियर बस्दा
वाक्क लाग्छ फुल्न नपाई वैलियर झर्नु पर्दा
मलाई पनि तिम्रो सृष्टि सिगार्न देउ
एकै पटक भय पनि फ्वाक्क फकृन देउ

जय नेपाल
 
Posted on 01-26-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fwaakka fakreena deu
arulai khusi deene gulaaba banna deu
afu pinjaDaabheetra bhaya pani
arulai bolaaune sugaa banna deu
yakai paTak bhaya pani fwaakka phakreena deu
dikka pare ukush mukus bhai gumshiyara basdaa
waakka laagchha phulna napaaii wailiyara jharnu pardaa
malai pani timro sriShTi sigaarna deu
ekai paTak bhaya pani phwaakk phakrina deu

jay nepaal
 
Posted on 01-27-06 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन भरिको त्रास भगाउन
सान्सरकै दुख समेट्न खोज्छु
हिजो सहिला कसाइले टन्नै भेडा बख्रा मारे रे
मलाई त केवल बिपना ले तर्साउछ
 
Posted on 01-27-06 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the blame game:

भन्छ भंगेरो
कति कालो, यो जमीन
तर उड्दैन
 
Posted on 01-27-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'उदासी' , सबैले कुनै न कुनै बेला भोग्ने कुरा हो। यस्तै एउटा उदासी म लेख्न खोज्दै छु कविताको देशमा।


उदास रात -

एउटा उदास कोठामा,
बत्तिको पहेँलो उदास उज्यालोमा,
उदास ‘म’;
मेरा सबै उदासीहरु केलाइरहेछु।
कोठाको भित्ता भित्ताले मलाइ हेर्दैछ
र मानौँ भन्दै छ,
तेरो र मेरो एउटै नियती छ,
म जड् छु र एक्लो छु
तँ भौँतारिन्छस र एक्लो छस!

भित्ते घडिको उराठ ‘टिकटिक’ ले,
मेरो व्यर्थ गएको समयको बोध गराउँदा,
‘प्राप्ती’ मेरो लागि अझै असाध्य हुन पुग्छ।
र फेरि अर्को उदासि म जोड्छु
मेरा अघिका कयौँ उदासीहरुमा!

एउटा साङ्ग्लो,
भुइँको एउटा कुना बाट,
दौडँदै अर्को कुना तिर लाग्छ।
म हेर्छु उसको दौड, र सोच्छु-
अनिश्चित र निरुदेश्य दौड त हैन यसको?
तर, अचानक म बुझ्छु
म त्यो साङ्गलो हैन!

धेरै बेरको औडाहा पछि,
चिसो पानीले मेरो अनुहार भिजाउँछु।
चिसै मेरो रगतमा,
म फेरी त्यही उदासी पाउँछु
जुन मुटु देखि ढाड सम्म,
ढाड देखि हात खुट्टा सम्म
र हात खुट्टा देखी टाउको सम्म पुग्छ!

निंद्रा;
एउटा लामो भुतकालको
यथार्थ बनेको छ मेरो लागि,
दायाँ कोल्टेले,
मलाइ मेरो पुरानो पिनास संगै आउने
सकसको आभाष दिन्छ।
बायाँ कोल्टेले,
मलाइ जीवनको तितो संग्राममा लैजान्छ।
उत्तानो पर्दा म पागल हुन्छु,
घोप्टो पर्दा म धुरुधुरु रुन्छु।
यसरि कयौँ उदासी फेरी
मेरो निंद्रा संगै आउँछ!!

 
Posted on 01-28-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-----एउटा साङ्ग्लो,
भुइँको एउटा कुना बाट,
दौडँदै अर्को कुना तिर लाग्छ।
म हेर्छु उसको दौड, र सोच्छु-
अनिश्चित र निरुदेश्य दौड त हैन यसको?
तर, अचानक म बुझ्छु
म त्यो साङ्गलो हैन-----
 
Posted on 01-29-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय बोल्छ -

एक्लै थिएँ म।
र म हेर्दै थिएँ वर्तमानहरु।
अनायाशै, म जस्ता करोडौँ
मान्छे हरुबाट म घेरिएँ
र मलाइ मेरो कर्तव्यबोध भयो!

मैले त,
मेरो अस्तित्व ढाक्ने
क्रुर कालो बादललाई हटाउनु छ,
म बोल्न खोज्दा मेरो मुख थुन्ने
कालो हातलाई काट्नु छ।

मैले त,
म हाँस्न र नाच्न पाउने
चौरको पर्खाल फोर्नु छ,
मेरो गाउँको मन्दीर बाट
त्यो दानवको मुर्ती फाल्नु छ!
र भन्नु छ मैले गाउँले लाई,
धेरै पुज्यौँ हामिले दानवलाई!
धेरै बली दियौँ,
दाईको,भाईको,बुबाको,
काकाको र हजूरबाको।

अब बलीलाई रोक्नु छ।
अब त पुरा गाउँलाई नै
मन्दीर बनाउनु छ,
जहाँ सबैको अस्तित्व
सबैलाई स्विकार्य हुनेछ।

त्यसैले, अहिले त
लाखौँ ढुकढुकीहरुले
मलाई परिवर्तन गरिसके।
मलाइ शुद्ध पारिसके
ती आवाजहरुले,
जुन बर्षौँ देखी
गुम्सिएका थिए, छोपिएका थिए
र दबाईएका थिए!

म त अहिले,
बिशुद्ध स्वतंत्र हावा हुँ।
जसको अस्तित्व छ , गति छ
र बल छ।
बाटोमा आउने जुनसुकै
पर्खाललाई पनि भत्काउने साहस छ।
बहावलाई रोक्न खोज्ने
जुनसुकै अवरोधलाई पनि
हटाउन सक्ने सामर्थ्य छ।
किनकी, अब म संग म जस्ताहरुको
जमात नै छ।
जुन पर्याप्त छ,
हामी सबैलाई थिच्ने र मिच्ने
दानवलाई धर्ती बाट फाल्न!

 
Posted on 01-30-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झना


रनवन डुल्दा खेरि फुस्केका ति भाका
सुसेली भै घन्किन्छ कि?भीरपाखा सारा
कहिले झर्थे वेसीं खोला कैले माथि पाखा
सम्झिन्छ कि अझै पनि ?मलाई मेरै रारा।।

सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो
सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो
चौरी संग हातेमालो गर्दै पहाड वेसी
सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।।

संझना त्यो आँखा भरि झलझली आउछ
सपनामा कोहि मलाई बोलाए झै लाग्छ
पसिना यो मेरो हात को बगिरेछ कतै
खट्किनेछ जीवनभर गुनासो यो सधै।।

ताजा नै छन यादहरु मेट्दा मेटिन्छर?
भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर?
माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली
छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
 
Posted on 01-30-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो
सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो
चौरी संग हातेमालो गर्दै पहाड वेसी
सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।। "

घरको याद दिलाइदिनुभयो माष्टरनी नानी तपाईँले!!! पढ्ने बित्तिकै आफूले नेपालमा गरेको कयौँ उकाली ओरालीको याद आयो। लेख्दै जानुस है
:)
 
Posted on 01-31-06 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको देश कहाँ पुगिसकेछ, आफू त पछाडिको पछाडिनै!

जासूस केटा र का कविताहरु छोटा र तिक्खर लाग्छन्। अरु पनि जाओस् !

जिम्मालको धर्तीलाई सुन्दर बनाउने सपना पूरा होस् चाँडैनै।

माष्टर्नी नानीको 'सम्झना'ले वास्तवमै सबैलाई देश र गाऊँ पाखा सम्झाऊँछ। सुन्दर कविता छ।
 
Posted on 01-31-06 2:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी, धन्यवाद
तिम्रो प्रायत्नको लागि
तर यो filament जलेको चीम
तिमीले switch on गर्दामा बलिहाल्दैन रहेछ
अब मबाट उज्यालो खोज्छौ भने
तिमीनै सुर्य बनी आउ
अनी म
मेरो यो दश हजार टुक्रामा फुटेको शरीरले
तिम्रै अग्निलाई सन्सार मा फिजउला
यो टुटेको ऐनाले अरु के नै गर्न सक्छ र ?
 
Posted on 01-31-06 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह !!!!! जन सशक्त गयो त le chef du nuitको!
 
Posted on 01-31-06 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thankyouबाद :)
 
Posted on 02-01-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्सौ तिमिलाइ सम्झाउन खोजे
लखौ मेरा प्रायस् असफल्

पराए मुटु रहेछौ तिमि,
ब्यर्थै तिमिलाइ अफ्फ्नो बनाउन खोजे !

के कमि थियो र मेरो माया-मा
के ट्रुटि भेट्यो मेरो कोमल् नयन्-मा,
केहि बेर को साथ् दिएर पराए भयौ
ब्यर्थै तिमिलाइ अफ्फ्नो बनौन खोजे !!

बिदेस्-को भुमि-म के तेस्तो भेट्यो?
जोडिय्एको हाम्रो नाम् सजिलइ मेट्यो
के नपुग् थियो र नेपाल्-को माटोमा?
ग्रीन्-कार्ड् को लहद्-मा हाम्रो सम्बन्द रेट्यो !!

के खोत् देख्यो मेरो माया-मा
कुन् हिरा भेट्यो गोरेको छायामा?

ब्यर्थै तिमिलाइ अफ्फ्नो बनाउन खोजे !!


सुन-या नसुन मेरा गीत-हरु
पढ-या नपढ मेरा पत्र-हरु
यो मेरो अन्तिम् पत्र पृय्ए तिमिलाइ
फर्केर आउ न-आउ नेपालि माटोमा
ब्यर्थै तिमिलइ अफ्फ्नो बनौन खोजे !!
 
Posted on 02-01-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuit जि को त चटनी चाटेको जस्तो तिख्खर जाँदो रेछ नि :)

ल जासुस केटा लेख्दै जानुस!

एउटा टुक्रा राख्दै छु :)

तिम्रो सुन्दरता र म-

माछापुछ्रेलाई बिस्तारै
बादलले ढाकेर,
फेरी बादल हटेर,
माछापुछ्रे हाँस्दै
अन्नपूर्ण संग जोडिएको,
मैले सरानकोट बाट नियाल्दा
निलो आकाशले
जसरि मलाइ छोप्छ;
त्यसैगरी,
तिमीले तिम्रा केशरासी
मुहार बाट हटाउँदा,
तिम्रो अर्धमुदीत नयन
अलिकता माथि उठेर
मलाइ हेर्छन र फेरी झुक्छन।
ठिक त्यतिबेला,
तिम्रो नाकको फूलिबाट
परावर्तित ज्योतीले,
मेरो आँखामा चमक ल्याउँछ
र म तिम्रो गालाको लाली हुँदै
ति अमृत प्यालाहरुमा
हराउँदै तिम्रो मुहार जब हेर्छु,
मलाइ तिम्रो सुन्दरताले छोप्छ!

 
Posted on 02-02-06 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडाले होला, जिम्मालनी बुढीसित झनै लप बढ्दै गएजस्तो मानिचू ! :)
 
Posted on 02-02-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे मुन्द्रे, यो त पहिल्यै को हो!
कता बाट लप बढ्नु नि, जिम्माल्नि नै कता हो कता
:):)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters