Posted by: Birkhe_Maila February 1, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
le chef du nuit जि को त चटनी चाटेको जस्तो तिख्खर जाँदो रेछ नि :) ल जासुस केटा लेख्दै जानुस! एउटा टुक्रा राख्दै छु :) तिम्रो सुन्दरता र म- माछापुछ्रेलाई बिस्तारै बादलले ढाकेर, फेरी बादल हटेर, माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको, मैले सरानकोट बाट नियाल्दा निलो आकाशले जसरि मलाइ छोप्छ; त्यसैगरी, तिमीले तिम्रा केशरासी मुहार बाट हटाउँदा, तिम्रो अर्धमुदीत नयन अलिकता माथि उठेर मलाइ हेर्छन र फेरी झुक्छन। ठिक त्यतिबेला, तिम्रो नाकको फूलिबाट परावर्तित ज्योतीले, मेरो आँखामा चमक ल्याउँछ र म तिम्रो गालाको लाली हुँदै ति अमृत प्यालाहरुमा हराउँदै तिम्रो मुहार जब हेर्छु, मलाइ तिम्रो सुन्दरताले छोप्छ!
Read Full Discussion Thread for this article